Thursday, July 28, 2016

अझै बढ्छ सेयरको भाउ, नया लगानीकर्ता प्रवेश नगर



                                                            नारायणप्रसाद सापकोटा


यो साता उद्योगपति तथा सेयरका लगानीकर्ता राजेन्द्र खेतानले फेसबुक स्टाटसमा मा लेखे–सेयर बजार परिसूचक नेप्से २००० विन्दुमा पुग्नेछ । केही समयअघि उनले नेप्से १ हजार ७ सयमा पुग्ने घोषणा गरेका थिए । खेतानको घोषणालाई उद्यमी ज्ञानेन्द्रलाल प्रधानले समर्थन गरे । अहिले बजार १९ अंक नजिक छ ।

अहिलेको नेपाली सेयर बजारको सकारात्मक पक्ष यसको कारोवार उच्च हुनु हो । कारोवार रकम एक दिनमा नै २ अर्ब ७५ करोड पुग्यो । बिहीबारको कारोवार पनि २ अर्ब ३० करोड रुपैया“ पुगेको छ ।  बिहीबार नेप्से १ हजार ८ सय ७७ अंकमा  छ ।
नेप्से हरेक दिन हरियो देखिएर बजार उकालो लाग्ने होइन । जतिसुकै मूल्य बढेको बजारमा पनि रातो चिन्ह सहित बजार ओरालो लागेको देख्न पाईन्छ । यो क्रम नेपालको सेयर बजारले पनि समातेको छ ।

बैंकको न्युन व्याजदर र संस्थागत लगानीकर्ताको प्रवेशले स्टकको भाउ बढाएको हो । साधारण सेयरको मूल्य देखाउने फ्लोट सुचक अझै पनि १ सय ३९ अंकमा नै छ । २०६५ भदौलाई आधार मान्दा नेप्से धेरै माथी गएको मान्न सकिंदैन । त्यसपछि बजार घटेर २ सय ९२ सम्म झरेको थियो । यो न्युन विन्दु भनेको नेपाली सेयर बजार ‘क्रयास’ भएको हो ।

तर अहिलेको बजारमा भाउ वृद्धि लगातार हुनु भनेको डरलाग्दो हो । यसले नया“ लगानीकर्तालाई डुबाउन सक्छ । बजार त बढेर नै जाने हो । तर यसरी लगातार होइन । अहिले नया“ लगानीकर्ता बजारमा प्रवेश गर्ने समय होइन । तर बजार बढेको बेलामा कोही पनि यस्तो सुझाव सुन्न चाह“दैन ।

जुनबेला बजार क्रयास भएको थियो त्यो समयमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको व्याजदर १५ प्रतिशतको हाराहारीमा पुगेर उच्च थियो । अहिले व्याजदर तीन प्रतिशतको हाराहारीमा झरेको छ । यो  न्युन विन्दु हो । न्युन व्याजदर नै बजारमा सेयरको भाउ बढाउने पहिलो कारण हो ।

व्याजदर

व्याजदर र सेयर बजारको सम्वन्ध जहिले पनि विपरित हुने गर्दछ । व्याजदर बढेको बेला सेयरको मूल्य घट्ने र घटेको बेला सेयर मूल्य बढ्ने गर्छ । यो प्रवृत्ति नेपाली सेयर बजारमा पनि पटक पटक देखिईसकेको छ । विश्वभरिकै बजार र व्याजदरको सम्वन्ध विपरित हुन्छ ।

नेपालमा बैंकले लगानी गर्ने क्षेत्र पाएपछि यो दर माथी जानेछ । अहिले बैंकमा तरलता थुप्रिएको छ । लगानी गर्ने ठाउ“ कम छन् । लगानीकर्तालाई पनि बैंकमा पैसा राख्दा भन्दा सेयरमा लगानी गर्दा बढि आम्दानी हुन्छ । कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा हुने अवस्था छ । बजारमा सेयरको बढेर हुने नाफा र कम्पनीले दिने लाभांशलाई हेर्दा सस्तो दरमा कर्जा लिएर सेयरमा लगानी गर्दा फाइदा नै हुन्छ । यसैले अहिले बजारमा सेयरको भाउ बढेको हो ।

म्युचुअल फण्ड

अहिलेको सेयर बजार दुई, चार जना लगानीकर्ता मिलेर मूल्य घटाउन र बढाउन सक्दैनन् । बजार पूर्ण रुपमा बजारमा नै निर्भर छ । संस्थागत लगानीकर्ता (म्युचुअल फण्ड) को प्रवेशले बजारले नया“ उत्साह र औजार पाएको छ ।
सामूहिक लगानी कोष संचालनले बजारलाई नया“ गति दिएको छ । यस्ता कोष सञ्चालनमा आएपछि बजारमा सेयरको मूल्य निर्धारण पूर्णतया बजारबाट नै हुनेछ । अहिले पनि धेरै लाभ नआउने देखेर नेपाल टेलिकमको सेयर मूल्य नबढ्नु यसको उदाहरण हो ।
सेयरको मूल्य घटेको बेलामा यस्ता कोषले खरिद गर्ने छ भने बढेको समयमा बिक्री गरि बजारलाई सन्तुलित बनाई राख्नेछ । अहिले वाणिज्य बैंकहरुले स्थापना गरेका यस्ता कोषले सेयरमा लगानी गर्न थालेपछि पनि स्टकको भाउ आकाशिएको हो ।

लाभकर परिवर्तन

बजारमा अहिले सेयरको नाफामा बुझाउनुपर्ने पु“जीगत लाभकर पनि अवैज्ञानिक छ । जति अवधि सेयर होल्ड गर्नेले पनि उही दरमा पु“जीगत लाभकर बुझाए पुग्छ ।
यसलाई बैज्ञानिक बनाउन एक वर्ष भन्दा घटि अवधिमा सेयर होल्ड गर्नेलाई बढि र लामो समय होल्ड गर्नेलाई घटि कर लगाउनुपर्छ । स“गस“गै तत्काल सेयर किनबेचमा संलग्नलाई बढि दर तोक्नुपर्छ । यसबाट तत्कालको ‘सट्टेबाजी’ मा संलग्न हुनेलाई निरुत्साहित गर्नेछ र दीर्घकालका लागि सेयर किन्ने प्रोत्साहित हुने छन् । धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र ब्रोकरले विभिन्न शिर्षकमा उठाउने शुल्क घटाउनु सकारात्मक छ । तर ब्रोकरले पनि राम्रो आम्दानी गरिराख्नुपर्छ । यसबाट लगानीकर्तालाई उत्साहि गर्नेछ ।

मार्जिन लेन्डिङमा नीतिगत स्थिरता जरुरी

चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि मार्जिन लेन्डिङ लाई नियन्त्रण नगरे पनि नीतिगत स्थिरता दिएन । मार्जिन लेन्डिङ एक पटक तोकेपछि चलाईरहनु भनेको बजारलाई अस्थिर बनाएर नियन्त्रणमा लिनु हो । राष्ट्र बैंकले यसपटक पनि मार्जिन लेन्डिङ कर्जाको सिमा परिवर्तन गरेर नीतिगत अस्थिरताको सन्देश दिएको छ ।
विगतमा राष्ट्र बैंकले यस्तै नीतिगत अस्थिरताबाट सेयर बजारलाई खेलाउ“दै आएको थियो ।
पछिल्लो समय स्टक ब्रोकर मार्फत लगानीकर्तालाई कर्जा दिने मार्जिन लेन्डिङको प्रस्ताव अगाडी आएको छ । धितोपत्र बोर्डको पा“च वर्षे गुरुयोजनामा पनि ब्रोकर मार्फत मार्जिन लेन्डिङ गर्ने व्यवस्था छ । स्टक ब्रोकरको क्षमता अभिवृद्वि नगरि तत्कालै यो व्यवस्था कार्यान्वयनमा ल्याउन संभव छैन । यसका लागि स्टक ब्रोकको पु“जी, पुर्वाधार र जनशक्तिको क्षमता बढाउनुपर्ने हुन्छ । लगानीकर्तालाई सेयर धितो राख्न बैंक तथा वित्तीय संस्थामा धाउनुभन्दा सक्षम ब्रोकर मार्फत नै लगानी गर्ने व्यवस्था बढि सरल हुन्छ । भारतमा ब्रोकरले नै लगानीकर्तालाई कर्जा दिन्छन् ।

अनलाईन कारोवार आवश्यक

केन्द्रिय निक्षेप प्रणाली (सिडिएस) सञ्चालनमा आएपछि बजारमा कारोवार बढेको हो । यसले कागजी प्रमाणपत्रको युग समाप्त गरि डिजिटल जमानामा स्टक बजारलाई प्रवेश गराउने पहिलो चरणको काम पुरा गरेको छ । बजार आधुनिक युगमा प्रवेश गर्न सकेको छैन । बजारलाई पूर्ण रुपमा आधुनिक र अन्तराष्ट्रिय स्तरको बनाउन अनलाईन कारोवार सुरु गर्नूपर्छ । सरकारी स्वामित्वको स्टक एक्सचेन्जले तत्कालै अनलाईन कारोवार सुरु गर्दैन भने निजीस्तरको स्टक स्थापना गर्नुपर्छ ।

एनआरएनको लगानी

गैर आवासिय नेपाली (एनआरएन) लाई सेयर बजारमा लगानी गर्न दिने घोषणा भएको धेरै भैसकेको छ । तर एनआरएनको लगानी बजारमा आउन सकेको छैन । पोर्टफोलियो व्यवस्थापन कम्पनी मार्फत एनआरएनले लगानी गर्न सक्ने भनिए पनि कार्यान्वयनमा ल्याउन ढिलाई गरिएको छ ।
एनआरएनको लगानी सुरु गर्दै अब बजारमा विदेशी लगानीकर्तालाई पनि बाटो खुला गर्नुपर्छ । यो सधैं खुम्चिएर बस्ने कार्यले स्तरोन्नति हुनै सक्दैन । अर्थतन्त्रको ऐना स्टक मार्केट हो  । यो मार्केटमा विदेशी खेलाडी नहुनु भनेको अगाडी बढन नखोज्नुु हो ।

 भविष्यमा आधारित बजार

सेयर बजार भनेको भविस्यमा मुलुक भविस्य कस्तो रहन्छ त्यसबाट कम्पनीको अवस्था निर्धारण हुन्छ भन्नेमा निर्भर रहन्छ । भविस्य आशावादी नभएमा बजार पनि घटिरहन्छ । भविस्य सकारात्मक भए बजार पनि बढिरहन्छ । सेयर बजार तत्काल कम्पनीले दिने नाफा, व्यवस्थापन, सकारात्मक भविस्यमा आधारित हुन्छ । यसको आधार भनेको राजनीति नै हो । राजनीति सकारात्मक भए आर्थिक विकास तिव्र हुन्छ । यो बेलामा कम्पनीको नाफा पनि बढ्छ । लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्छ र सेयरको मूल्य पनि उकालो लाग्छ । यही आधारमा अहिलेको बजार बढेको हो । सेयर बजार प्राविधिक विश्लेषणमा मात्रै आधारित हुन सक्दैन ।

 बजारका लागि आवश्यक पुर्वाधार र आधुनिकताका लागि सरकारी निकायले प्रयास गर्नुपर्छ । बजारमा प्रतिस्पर्धा नहुने अवस्था, झन्झटिलो व्यवस्था अन्त्य गर्ने तर्फ नियामक निकाय लाग्नुपर्छ । आवश्यक पुर्वाधार तयार भएपछि बजारले निर्धारण गरेको मूल्यमा चिन्ता लिन जरुरी छैन । मूल्य बढ्ने घटन लागि हो भने भाउ घटने बढनका लागि हो ।


बजार के होला
राष्ट्र बैंक र धितोपत्र बोर्डले बजारलाई घटबढ गराउने नीतिगत खेल नखेलेमा बजार उकालो तर्फ नै लाग्नेछ । जब सम्म बैंकमा निक्षेप र कर्जाको व्याजदर बढ्दैन त्यतिबेला सम्म बजार उकालो लाग्छ । जब व्याजदर बढ्छ त्यसपछि बजार ओरालो लाग्न  सुरु गर्नेछ ।

मुलुकको भविस्य सकारात्मक देखिएपछि सेयरको मूल्य बढ्ने हो । बजार पनि केही घटबढ् हु“दै भाउ बढ्ने तर्फ नै अगाडी बढ्ने छ । बैंक तथा वित्तीय संस्थाको चुक्तापु“जी बढाउने राष्ट्र बैंकको निर्देशनले बजारमा सेयरको संख्या बढाउने छ । यो संगै वाणिज्य बैंकहरुले स्थापना गर्ने म्युचुअल फण्डको संख्या पनि बढ्दैछ । यसले बजारमा संस्थागत लगानी बढाउनेछ । लगानी बढनुको अर्थ भाउ पनि बढ्नेछ । बजार नबुझ्नेहरुले म्युचुअल फण्डको स्किम (सेयर)किन्नु उत्तम हुन्छ । नया“ लगानीकर्ता पनि फण्डको स्किममा लगानी गर्ने र प्राथमिक निस्काशनमा एक सय रुपया“ अंकित सेयरमा पैसा हालेर बाजरमा प्रवेश सुरु गर्नु राम्रो हुन्छ ।

दीर्घकालमा करोडपति

सेयर बजारमा लगानीगर्नेहरु धैर्य गरेर बसेमा  एक, दुई वर्षमा हैन कम्तीमा १० वर्ष कुर्ने हैसियत राख्ने हो भने सेयरमा लगानीगर्ने हरेक व्यक्ति करोडपति हुनेछन् ।
यसका लागि कम्पनीको अध्ययन,व्यवस्थापनको व्यवसायिकतालाई भने बुझ्न सक्नुपर्छ । एकै वर्षमा कमाउ“छु भनेर लगानी गर्नेहरु भने टाटै पल्टिन सक्छन् । घरजग्गामा जस्तो मुखका आधारमा सेयरको मूल्य तोकिंदैन । बजारले यसको मूल्य निर्धारण गर्छ ।

Tuesday, July 26, 2016

Nepali stock market all time high




Four years ago Nepali stock market was crashed (bears trend) and Nepse came down 292 point . That day's daily transaction amount was Very low then now .
But now stock market is getting bull trend and Nepse near about 1900 point high. Daily transaction reached very high level .

When market will be modern and online what will happen ?



प्रवासी पत्रकारको साझा मञ्च नेजा



                                                       

                                                     नारायणप्रसाद सापकोटा


नौ वर्षअघि स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ(नेजा) प्रवासी नेपाली पत्रकारका लागि साझा मञ्चको रुपमा विकसित भएको छ । यसको विधानले पनि संस्थालाई साझा चौतारी बनाउने खुला र आकर्षक उद्देश्य लिएको छ ।संस्थामा नया“ सदस्य बन्ने र केहीले छोड्ने भै नै रहन्छ । कोही नयाँ आउँदैमा र केही बाहिरिंदैमा संस्थालाई केही फरक पर्दैन । यो निरन्तर रुपमा अगाडी बढि नै रहन्छ । नेजामा पनि हुने यही हो ।नेजाको विधानले लेखनमा रुचि भएका नेपाली मुलका नागरिकका लागि एकैथलोमा जमघट भै चाहेको काम गर्न सक्ने संस्था बनाएको छ । यो उद्देश्य नै सबैभन्दा महत्वपूर्ण छ ।

विभिन्न राज्यमा छरिएर रहेका नेपाली पत्रकार एकै ठाउँ भेला नेजाले गरेको छ । अब सदस्यले समुदायकै प्रगतिका लागि योजना बनाउने थलो यसलाई बनाउने प्रयास गर्नुपर्छ ।मिडियास“ग सम्बन्धित तालिमबाहेकका अरु क्रियाकलाप समेत गर्ने विधानको व्यवस्थाले संस्थालाई सीमित घेरामा राखेको छैन ।यस पटक मे ७ र ८ मा क्यालिफोर्नियामा आयोजना हुने साधारण सभामा नयाँ नेतृत्व चयनसँगै विधानले परिकल्पना गरेका उद्देश्य हासिल गर्ने विषयमा छलफलसहित नया“ बाटो खोज्ने प्रयास हुने आशा गर्न सकिन्छ ।आउने नया“ नेतृत्वले विधान केन्द्रित उद्देश्य हासिल गर्न सदस्यको समर्थन जुटाउन आवश्यक छ । यी उद्देश्य कसरी हासिल गर्ने भन्ने योजना नै कम्तीमा अध्यक्ष हुन चाहने सदस्यले राख्नुभयो भने सुनमा सुगन्ध हुनेछ । के काम गर्न सकिन्छ नेपाली समुदायका लागि र लेखनमा रुचि भएकाहरुका लागि भन्ने योजना नया“ नेतृत्व गर्न चाहनेबाट हामी सदस्यले माग्नुपर्छ ।

नेतृत्व गर्न चाहनेले सदस्यलाई आकर्षित गर्ने भनेको यस्तै कार्यबाट हो । यसका लागि अहिलेको प्रस्थान विन्दु नेजाको विधान नै हो । विधानमा नै भएका व्यवस्था मध्ये नया“ नेतृत्वले केही मात्रै अगाडी बढाउन सके पनि अर्को अधिवेशनमा धेरै प्रगति देखिनेछ ।अमेरिका र क्यानडामा रहेका लेखनमा रुची भएका गैर आवासिय नेपालीलाई सदस्यका रुपमा समेटने यो संस्था नाफामुलक, शैक्षिक, अनुसन्धानमुलक र कर छुट सहितको संस्था हो ।पत्रकारिता, साहित्य, कला, संस्कृति, विज्ञान र आर्थिक लगायतका विषयमा अमेरिकी र नेपाली जीवनशैलीको उजार गर्ने उद्देश्य नेजाले लिएको छ । यस्तो उद्देश्यलाई कार्यान्वयनमा ल्याउन कार्यसमितिले योजना बनाएर सदस्यहरुलाई जानकारी दिन आवश्यक छ । कार्यसमितिले यस्ता कार्य अगाडी बढाउन सदस्यहरुसँग आवश्यक सहयोग लिंदै अगाडी बढ्नुपर्छ । सबै काम कार्यसमितिले मात्रै गर्न सम्भव हुँदैन ।कुनै पनि संस्थाको विधानमा नै सबै विषय खुलाउन सम्भव हु“दैन । विधानस“ग नबाझिने गरी यसलाई असल उद्देश्यले कार्यान्वयनमा ल्याउने कार्यसमितिले हो ।नेजाले मिडियास“ग सम्बन्धित र अन्य क्रियाकलाप नेपाली समुदायको वृहत्तर हितका लागि गर्ने प्रमुख उद्देश्य लिएको छ । अन्य संस्थाको समन्वयमा अन्तरसंवादस“गै पत्रकारिताका तालिम दिने महत्वपूर्ण व्यवस्था विधानमा गरिएको छ । यस्ता तालिम र प्रशिक्षण अमेरिकाका प्रभावशाली संस्थास“ग सहकार्य गरेर प्रवासमा रहेका र नेपालमा कार्यरत पत्रकारलाई दिन सकिन्छ । यसका लागि सबै सदस्यको प्रयास जरुरी हुन्छ । यस्तो वृहत उद्देश्यको काम सबै सदस्यले साथ दिए मात्रै कार्यसमितिले अगाडी बढाउन सक्छ ।

पुरस्कार, अवार्डको स्थापना त नेजाले गरि नै सकेको छ । यसलाई अझ व्यवस्थित गर्ने प्रयास जरुरी छ । बुलेटिन प्रकाशन, वेबसाइट, रेडियो र टेलिभिजनका कार्यक्रम उत्पादन गर्न सकिने व्यवस्था विधानमा छ । यस्ता कार्यक्रम नेपाली समुदायको मिडिया, कला, ईतिहास र संस्कृतिको जगेर्नामा केन्द्रित गर्नुपर्ने प्रावधान विधानमा छ । यी उद्देश्यका लािग निश्चित सिमा पनि तोकिएको छ ।चलचित्रको प्रदर्शन, रेडियो, टेलिभिजन कार्यक्रम उत्पादन र प्रदर्शनीसमेत नेजाले आयोजना गर्न सक्नेछ । नेपाली साहित्य र सूचनाको विषयमा सन्दर्भ सामग्री तयार पार्ने उद्देश्य पनि विधानमा लिईएको छ ।अर्को महत्वपूर्ण विषय भनेको मानवीय र प्राकृतिक विपत्तिमा परेका पीडितसम्म सहयोग गर्न कोष निमार्ण गर्ने उदेश्य पनि विधानले गरेको छ । अन्य मानवीय सहयोगको व्यवस्था त छँदैछ ।विकास आयोजनाका लागि पनि कोष निर्माण गर्न सक्ने विधानको व्यवस्थाले नेजाको कार्यक्षेत्र फराकिलो बनाएको छ । संचारकर्मी बाहेकका सदस्यस“ग पनि यस्तो कोष निर्माणका लागि सहयोग जुटाउन सकिन्छ । यसका लागि साधारण सभामा छलफल गर्न सकिन्छ । यस्तो कोष निर्माण गर्न सके दीर्घकालीन रुपमा नेजा धेरै बलियो र प्रभावकारी संस्था हुनेछ ।मानवअधिकार, प्रेस स्वतन्त्रता विपरितका क्रियाकलापबाट पीडितको संरक्षण गर्ने व्यवस्था विधानमा छ । यो विषयमा नेपाल पत्रकार महासंघस“ग सहकार्य गरि अगाडी बढन सकिन्छ ।नेजाको सदस्यताको प्रावधान पनि उदार नै छ । क्रियाशिल पत्रकार र पत्रकारिताका विद्यार्थीसमेत नेजाको सदस्य बन्न सक्ने व्यवस्थाले सदस्यताको प्रावधान उदार देखिएको हो । यसले अहिलेका विद्यार्थीलाई संस्थामा आवद्व गर्दै भविष्यमा नेतृत्व दिनेछ ।साधारण र आजीवन सदस्य संस्थाका सवै गतिविधिमा समावेश हुन सक्नेछन् । मानर्थ सदस्यलाई मताधिकारको अधिकार छैन । मानार्थ सदस्य नेपाली मुलकै हुनु नपर्ने व्यवस्था छ । नेपाली मुल बाहेकका नागरिकलाई यस्तो सदस्यता दिएर नेजामा आवद्ध गराउदै संस्थाको दायरा फराकिलो बन्न सहयोग गर्नेछ ।नेजाको विधानले कार्यसमिति १५ सदस्यीय तोकेको छ । यसमा दुई जना अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । दुई वर्षको कार्यकाल तोकिएको भएपनि अध्यक्षले साधारण सभा समक्ष मात्रै राजीनामा गर्न सक्नेछन् । अन्यले राजिनामा कार्यसमिति मार्फत दिन सक्नेछन् ।कार्यसमितिमा अध्यक्ष सहित कार्यसमितिलाई दुई कार्यकालको समयावधि तोकिएको छ । एक पटक कार्यसमितिमा नबसि अध्यक्ष हुन नपाउने विधानको व्यवस्था आकर्षक छ । यसले संस्थाको जानकारी नै नभएको व्यक्ति अध्यक्ष हुन नपाउने व्यवस्था गरेको छ ।संस्थाको आर्थिक कोषमा सदस्यबाट प्राप्त शुल्क, वित्तीय सहयोग, चन्दाको रकम रहनेछ । कुनै पनि अन्य संस्थाको सहयोग लिंदा कार्यसमितिको निर्णय हुनुपर्ने व्यवस्थाले नेजालाई संस्थागत रुपमा बलियो बनाउनेछ । उदेश्य अनुरुप नेजाले आम्दानीको नियमित स्रोतको व्यवस्था गर्न जरुरी छ । यसका कुनै न कुनै काम नियमित रुपमा नेजाले गर्नुपर्ने हुन्छ । आर्थिक स्रोतको आधार बलियो भएपछि मात्रै संस्था अन्य काममा अगाडी बढ्न सक्छ ।हरेक दुई वर्षमा विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर मे महिनाको पहिलो सातामा साधारणसभा गर्नुपर्ने विधानको व्यवस्था पनि प्रभावकारी छ । यसले सदस्यलाई सभामा भाग लिनका लागि समय छुट्याउन सहयोग गर्नेछ ।नेजाको विधान अनुरुप सवै सदस्य बराबरी हुन् । कार्यसमितिमा साधारण सभाले चुनेका सदस्य नै आउने हुन् । यसकारण यो कुनै खास व्यक्तिको संस्था होइन । कुनै व्यक्तिस“ग सम्बन्ध राम्रो नभएपनि संस्था सवै सदस्यको हो । अझ भनौ नेपाली मुलका नागरिकको हो ।
खासगरि नेपाली समुदाय सम्मिलित संस्थाका साधारण सभा नेतृत्व चयनमा मात्रै केन्द्रित हुन्छन् भन्ने गुनासो सधैं सुनिन्छ । विधानको उदेश्य र संस्थाको वृहत्तर हितमा सभामा बहस कम हुन्छन् । तर यस पटक नेजाको सभा यो भन्दा पृथक बनाउने प्रयास गर्नुपर्छ र हुनेछ ।चुनावी प्रक्रियामा समावेश हुने जिते ठिक छ भन्ने र हारे संस्थालाई नै गाली गर्ने प्रचलन ठिक होइन । यसले संस्था नै कमजोर हुने हो । चुनावमा जित्ने त जिम्मेवार हुनुपर्छ नै हार्ने त्यो भन्दा बढि जिम्मेवार हुनुपर्छ । समय दिन नसक्नेले नेतृत्वमा बस्ने इच्छा गर्नुपनि ठिक होइन । यसले संस्थालाई अगाडी बढाउ“दैन । संस्थाबाट केही फाइदा पाए ठिक नत्र बेठिक भन्ने पनि यदाकदा देखिने गर्छन । यस्तो प्रवृत्तिलाई बढावा नहुने संस्कृतिको विकास हामी सवैले गर्ने हो ।विधानको खुला र पारदर्शी व्यवस्थाले लेखनमा रुची भएका कोही सवैलाई संस्थामा समेटनेछ ।शतप्रतिशत ठिकठाक त कहीं पनि हु“दैन । नेतृत्वकर्ताले ठिकठाक बनाउंदै लैजाने हो । व्यक्तिगत रुपमा नै हेर्न सुरु गर्ने हो भने सबै आफुले चाहे जस्तो भएको हुँदैन भने यो त समुदाय केन्द्रित संस्था हो । केही कमजोरी छन् भने सुधार्दै अगाडी बढ्ने हो । संस्थालाई नै कमजोर बनाउने प्रवृत्तिले कसैलाई फाइदा गर्दैन । नेजामा यस्तो भएको छैन र हुँदैन पनि ।प्रवासमा नेपाली भाषा केन्द्रित पत्रकारिता नै हुँदै आएको छ । अमेरिकाबाट नेपालमा समाचार, लेख पठाउने र यहींका मिडियामा लेख्ने जे गरेपनि यो समुदाय केन्द्रित पत्रकारिता नै हो । अरु कुनै काम नगरी नेपाली भाषाको पत्रकारिता गरेर मात्र अमेरिका बाँच्न सक्ने अवस्थामा कोही पनि छैन ।अमेरिकामा त मुलधारको पत्रकारिता गर्न अंग्रजीमै पत्रिका निकाल्ने र लेख्ने गर्नुपर्ने हुन्छ । मुलधारमा प्रवेश गर्ने व्यक्ति समुदायगत पत्रकारिताबाट निस्कनेछ । नेपाली समुदाय केन्द्रित पत्रकारिता र पत्रकारको स्तर बढाउन अब नेजानै नेतृत्वकर्ता संस्था हो । यसलाई अझ बलियो र शसक्त बनाऔं ।
–सापकोटा नेपाल आर्थिक पत्रकार समाज(सेजन) का पूर्व अध्यक्ष हुन् । - See more at: http://www.everesttimesnews.com/views/narayan-sapkota-2/#sthash.XTQdm2cN.dpuf

अमेरिकामा रोजगारीका लागि मेहनत मात्रै होइन, अब लगानी गर्न थालौं



                   
                                                       नारायणप्रसाद सापकोटा

अमेरिका आउनु नेपालीका लागि मात्र नभै विश्वका धेरै मान्छेका लागि सपना बनेको छ । तर आएपछि अमेरिकी शैक्षिक योग्यता विना गर्ने रोजगारीमा मेहेनत धेरै गर्नुपर्छ ।यहाँ आएर कसरी के काम गर्ने भन्ने थाहा नपाई अमेरिका छिर्ने धेरै छन् । यहाँ आएपछि के काम गर्ने भन्ने समस्या जुनै देशबाट भित्रिएकाहरुमा पनि देखिएको देखिन्छ ।धेरै समय अगाडी अमेरिका छिरेर आफ्नो व्यवसाय सुरु गर्न सक्नेलाई भने अमेरिका अझ न्युयोर्कमा धेरै सजिलो छ । सरकारलाई कर बुझाएपछि र ग्राहकलाई सन्तुष्ट पार्न सके यहा“ विजनेस सफल हुन्छ । व्यवसाय संचालनका लागि अलग्गै युवाहरुको समूहलाई पाल्न यहाँ पर्दैन । तर आफ्नो व्यवसाय सुरु गर्न नसक्नेका लागि भने यहाँ कमाउन सहज छैन ।आफ्नो व्यवसाय सुरु गर्न र लगानी गर्न नसक्नेका लागि भने अमेरिका आउनु पनि अन्य मुलुकमा वैदेशिक रोजगारीमा गएजस्तै हुन जान्छ । अमेरिका ‘अवसरको भूमि’ हो । यसको उपयोग कानुनको पूर्ण पालना, सानो भएपनि लगानीको सुरुवात, व्यवसायमा प्रवेश र शैक्षिक योग्यता हासिल गरेपछि मात्रै हुनसक्छ । यसो नगर्ने हो भने वैदेशिक रोजगारीमा मात्रै सीमित हुन्छ अमेरिकाको बसाई ।पाँच वर्षजति जस्तो सुकै काम गरेर आफ्नो व्यवसाय सुरु गरेका केही एसियन नागरिक न्युयोर्कलगायतका ठाउँमा भेटिए । धेरैजसो भारतीयहरु अमेरिका छिरेर व्यवसाय सुरु गर्न थालिहाल्दा रहेछन् । चिनियाँको पनि व्यापार र लगानी धेरै छ । जापनीजहरुको पनि व्यवसाय टन्नै भैसकेको छ । तर नेपाल लगायतका अरु एसियनहरुको व्यापार–व्यवसाय कम छ ।अमेरिकामा व्यवसाय धेरै भएका जापान, कोरियाबाट यता आउनेलाई यहाँ सहज काम पाउन त्यति धेरै समय लाग्दैन । त्यही देशका नागरिकले गरेको व्यवसायमा काम थालिहाल्दा रहेछन् । तर थोरै व्यापार व्यवसाय भएका नेपालीका लागि भने अवसरका ढोका सहजै प्राप्त हुँदैनन् ।आफ्नै देशवासीको व्यवसाय कम हुनेका लागि अन्यत्र काम गर्नुपर्ने हुन्छ । अमेरिकामा अझ न्युयोर्क र क्यालिफोर्नियामा उच्च शिक्षा नलिनेका लागि उच्च आम्दानीको काम भने ड्राईभिङ हो । आफनै कार किनेर वा नकिनीकन ड्राईभिङ गर्न सकिनन्छ । आम्दानी पनि राम्रै हुने रहेछ । लगानी गर्ने हो भने अरु धेरै साना व्यवसाय पनि छन् ।अमेरिकामा नै आएर उच्च शिक्षा लिएका एसियनले पनि शिक्षा अनुसारको काम ढिला, चाँडो पाई हाल्छन । यहाँको शैक्षिक प्रमाणपत्र नहुनेले गर्ने के त ? उत्तर सहज छ लगानी ।लगानी कहाँ गर्ने त ? उत्तर सहज छ सानो व्यापार, सेयर र रियल स्टेटमा । लगानी नगर्ने हो भने भविष्यमा आर्थिक आधार बलियो हुन कठिन हुन्छ । दैनिक रुपमा गरिएको कामको प्रतिफल लगानीको अभावमा सुन्य हुन जान्छ ।अमेरिकामा बस्ने नेपाली भनेपछि बुझेकालाई यो कति दुःख गरेर बसेको होला भन्ने पर्छ भने केही थाहा नभएकाले अमेरिकामा बसेर मस्ती गरेको छ भन्छन् । कहिल्यै ननिदाउने न्युयोर्कको सहरमा जो बाँच्न सक्छ संसारको जुनसुकै ठाउँमा पनि उ जीउन सक्छ । ठुलो सहरमा जति सुविधा हुन्छन् भने संघर्षका कथा पनि त्यतिकै हुन्छन् ।लगानी नगर्ने नेपालीसहितका आप्रवासी दुःखसुख गरेर बसेका छन् अमेरिकामा । दिनको १२ घन्टा सातामा ६ दिन सम्म काम गर्ने नेपाली न्युयोर्कमा धेरै भेटिए । अरु देशका आप्रवासीको अवस्था पनि उस्तै हो ।यसरी दुःख गरेर कमाएको पैसा नेपालीमा विनिमय गरेपछि अलि राम्रै देखिन्छ । विनिमय नेपाली रुपैयाँमा गरेर के गर्नु काठमाडौंमा किन्ने सामान विदेशबाट नै लगिने हुन् । ती सामान पनि अमेरिकी डलरमा पैसा बुझाएर किनिएका हुन् र विक्री हुने नेपाली रुपैयाँमा नै हुन् ।न्युयोर्कमा बस्नका लागि एक जनाको आम्दानीले कोठा भाडामा लिन पनि सकिंदैन । चार जना मिलेर बस्ने हो । दुई वेडरुम भएको कोठा न्युनतम १ हजार ८ सय डलरमा पाइन्छ । यसमा सामूहिक बसाई नगरे काठमाडौंमा पैसा पठाउन वा वचत गर्न सकिंदैन ।काम गर्ने भनेको अधिकांश नेपालीले रेस्टुरेन्ट र ग्रोसरी स्टोरमा हो । काठमाडौंको किराना पसलजस्ता स्टोरमा काम गर्ने नेपाली धेरै छन् । रेस्टुरेन्टको किचेनमा खाना बनाउने, वेटरको काम गर्ने नेपाली धेरै छन् । सेल्सम्यान काम गर्ने केही नेपाली भेटिए । ट्याक्सी चलाउने नेपालीको संख्या पनि अहिले बढेको छ । प्राविधिक र अलि सुविधाजनक काम पाउने नेपाली धेरै कम छन् ।पढ्न बसेका नेपालीले गर्ने काम पनि यस्तै हुन् । केहीले सुरक्षा गार्डको काम पनि गर्छन । विद्यार्थीले काम गर्ने हो भने सुत्ने समय नै पाउंदैनन् । दिनमा १२ घन्टा सम्म काम गर्ने नेपाली धेरै छन् । १२ घन्टासम्म तातोमा चिकेन पोल्ने र महिनामा तीन लाख रुपैयां काठमाडौं पठाउने नेपाली पनि धेरै छन् ।अझ उमेर पाका भएका र सामाजिक सुरक्षा नम्बर नभएकाहरुले काम पाउन कठिन छ । काम केही गरि पाईहाले पनि १२ घन्टामा ६० देखि ८० डलर कमाउंछन् । सरकारले न्युनतम ९ डलर प्रतिघन्टा तोकेपनि व्यवसाय गर्नेले सकेसम्म न्युनमा नै काम लगाउने हुन् । काम गर्नेहरुले सरकारी निकायमा उजुरी गर्ने हो भने यहाँ रोजगारदाता थोरै पारिश्रमिक दिंदा कारवाहीमा पर्छन । धेरैजसो नेपाली उजुरी गर्नुभन्दा पनि खुरुखुरु काम गर्छन् ।दिनको १२ घन्टा यसरी शारीरिक रुपमा खटेर काम नेपालमा गर्ने हो भने त्यहां पनि यहां कमाएजति पैसा कमाउन नसकिन भने होइन । नेपालमा काम गर्न लाज मान्ने, अल्छी मान्ने तर विदेशमा जे काम पनि गर्वका साथ गर्ने हाम्रो आम प्रवृत्ति नै हो ।अब यतिविधि दुःख गरेर कमाएको पैसा अमेरिकामा नै लगानी गर्ने केही नेपाली पनि नभएका होइनन् । तर अधिकांशले यहाँ यस्तै दुःख गरेर बस्ने तर लगानी नगर्ने नीति अपनाएका छन् । भएको पैसा काठमाडौं पठाउने र १० औं वर्षसम्म रेस्टुरेन्टमा काम गर्ने नेपाली धेरै छन् ।सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पूँजीको जोडजाम गर्नपर्छ । काठमाडौंमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहाँ व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरु व्यवसाय सुरु गर्न डराउने रहेछन् । दिमागमा विदेश भन्ने घुसाएर नेपालीहरु अमेरिकी नागरिक बनेका छन् । अमेरिका बस्ने हो भने यसैलाई आफ्नो देश मान्नुपर्छ अनिमात्र केही गर्न सकिन्छ । अमेरिका प्रजातान्त्रिक मुलुक र बलियो न्यायपालिका भएको मुलुक हो । गल्ती नगर्नेले यहाँ डराउन पर्दैन । तरपनि यो देशलाई विदेश नै ठान्ने हो भने यहां बसेर केही गर्न सकिंदैन नेपाल फर्कनुपर्छ ।सानो व्यवसायसँगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्प छ । सेयरमा लगानी गर्ने भनेको कम्पनीको मालिक (सेयर होल्डर) हुने हो ।उदाहरणका लागि फोर्ड वा अन्य कुनै मोटरलाई ट्याक्सीका रुपमा चलाउँदै यसको सेयर होल्डर बन्न सकिन्छ । यसका लागि सेयरमा लगानी गर्नुपर्छ । अमेरिकामा धेरै म्युचुअल फन्ड छन् । यस्ता फन्डको सेयर किन्दा जोखिम कम हुन्छ । लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पाँच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ । त्यसैपनि १० वर्ष अमेरिकामा बिताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ ।सेयरमा लगानी गर्नका लागि आर्थिक क्षेत्रको अध्ययन नगर्ने हो भने घर किन्नुस । महिनामा अपार्टमेन्ट भाडाका लागि तिरेको पैसाले घरको किस्ता तिर्न पुग्छ । अर्को विकल्प भनेको सानो व्यवसाय सुरु गर्ने हो । अरुकोमा काम गर्ने भन्दा अरुलाई काम लगाउने हो । यसका लागि धेरै पुँजी पनि आवश्यक पर्दैन । माात्र क्रेडिट स्कोर राम्रो बनाउने हो भने यहाँ जुनसुकै लगानीका लागि बैंकले पैसा उपलब्ध गराउँछन् ।शैक्षिक योग्यता र लगानीको बाटो नसमाईकन अवसरको भूमि अमेरिकामा सफलता हासिल गर्न धेरै कठिन हुन्छ । यसले लगानीका लागि आजैदेखि योजना बनाउने हो की ?–सापकोटा नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष हुन् । - See more at: http://www.everesttimesnews.com/views/usa-lagani/#sthash.Hd1581Fa.dpuf

Tuesday, June 24, 2014

अमेरिका बस्ने नेपालीले सेयरमा लगानी गर्ने हो कि ?

  • त्यसैपनि १० वर्ष अमेरिकामा विताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ । 

  • सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुंजीको जोडजाम गर्नपर्छ । काठमाडौंमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहां व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरु व्यवसाय सुरु गर्न डराउने रहेछन् 


  • सानो व्यवसायसंगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्पछ । अमेरिकामा धेरै म्युचुअल फण्ड छन् । लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पांच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ 

नारायण सापकोटा 
न्युयोर्क, २४ जुन 

अमेरिकामा बस्ने नेपाली भनेपछि बुझेकालाई यो कति दुख गरेर बसेको होला भन्ने पर्छ भने केही थाहा नभएकाले अमेरिकामा बसेर मस्ति गरेको छ भन्छन् । मेरा एक गूरुआमाले हालैको एक अध्ययनको क्रममा भन्नुभयो न्युयोर्कको शहरमा जो बांच्नसक्छ संसारको जुनसुकै ठाउंमा पनि उ जीउन सक्छ । 

हो यस्तै दुखसुख गरेर बसेका छन् नेपालीहरु । यसरी दुख गरेर कमाएको पैसा नेपालीमा विनिमय गरेपछि अलि राम्रै देखिन्छ । विनिमय नेपाली रुपैयांमा गरेर के गर्नु काठमाडौंमा किन्ने सामान विदेशबाट नै लगिने हुन् । ती सामान पनि अमेरिकी डलरमा पैसा बुझाएर किनिएका हुन् र विक्री हुने नेपाली रुपैयांमा नै हुन् । 
न्युयोर्कमा बस्नका लागि एक जनाको आम्दानीले कोठा लिन पनि सकिंदैन । चार, आठ जना मिलेर बस्ने हो । दुई वेडरुम भएको कोठा १५ सय देखि १७ सय डलरमा पाइन्छ । यसमा सामूहिक बसाई नगरे काठमाडौंमा पैसा पठाउन सकिंदैन । 

काम गर्ने भनेको ९९ प्रतिशत नेपालीले रेष्टुरेन्ट र स्टोरमा हो । काठमाडौंको किराना पसलजस्ता स्टोरमा काम गर्ने नेपाली धेरै छन् । रेष्टुरेन्टको किचेनमा खाना बनाउने कि वेटरको काम गर्ने नेपाली धेरै छन् । सेल्सम्यान काम गर्ने केही नेपाली भेटिए । प्राविधिक र अलि सुविधाजनक काम पाउने नेपाली धेरै कम छन् । 
पढ्न बसेका नेपालीले गर्ने काम पनि यस्तै हुन् । केहीले सुरक्षा गार्डको काम पनि गर्छन । विद्यार्थीले काम गर्ने हो भने सुत्ने समय नै पाउंदैनन् । दिनमा १८ घन्टा सम्म काम गर्ने नेपाली धेरै छन् । १२ घन्टा सम्म तातोमा चिकेन पोल्ने र महिनामा तीन लाख रुपैयां काठमाडौं पठाउने नेपाली पनि धेरै छन् । 

अझ उमेर पाका भएका र सामाजिक सुरक्षा नम्बर नभएकाहरुले काम पाउन कठिन छ । काम केही गरि पाईहाले पनि १२ घन्टामा ६० देखि ८० डलर कमाउंछन् । सरकारले न्युनतम ८ डलर २५ सेन्ट प्रतिघन्टा तोकेपनि व्यवसाय गर्नेले सकेसम्म न्युनमा नै काम लगाउने हुन् 

दिनको १२ घन्टा यसरी शारिरिक रुपमा खटेर काम नेपालमा गर्ने हो भने त्यहां पनि यहां कमाएजति पैसा कमाउन नसकिन भने होइन । नेपालमा काम गर्न लाजमान्ने, अल्छीमान्ने तर विदेशमा जे काम पनि गर्वका साथ गर्ने हाम्रो आम प्रवृत्ति नै हो । 

अब यतिविधि दुख गरेर कमाएको पैसा अमेरिकामा नै लगानी गर्ने केही नेपाली पनि नभएका होइनन् । तर अधिकांशले यहां यस्तै दुख गरेर बस्ने तर लगानी नगर्ने नीति अपनाएका छन् । भएको पैसा काठमाडौं पठाउने  र १० औं वर्षसम्म रेष्टुरेन्टमा काम गर्ने नेपाली धेरै छन् । 

सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुंजीको जोडजाम गर्नपर्छ । काठमाडौंमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहां व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरु व्यवसाय सुरु गर्न डराउने रहेछन् । दिमागमा विदेश भन्ने घुसाएर नेपालीहरु अमेरिकी नागरिक बनेका छन् । अमेरिका बस्ने हो भने यसैलाई आफ्नो देश मान्नुपर्छ अनिमात्र केही गर्न सकिन्छ । विदेश नै ठान्ने हो भने यहां बसेर केही गर्न सकिंदैन नेपाल फर्कनुपर्छ । 

सानो व्यवसायसंगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्पछ । अमेरिकामा धेरै म्युचुअल फण्ड छन् । लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पांच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ । त्यसैपनि १० वर्ष अमेरिकामा विताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ । 

अमेरिका बस्ने नेपालीले सेयरमा लगानी गर्ने हो कि ?


  • सानो व्यवसायसंगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्पछ, अमेरिकामा धेरै म्युचुअल फण्ड छन् 

  • त्यसैपनि १० वर्ष अमेरिकामा विताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ?

  • महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस, यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ । 


नारायण सापकोटा 
न्युयोर्क, २४ जुन 

अमेरिकामा बस्ने नेपाली भनेपछि बुझेकालाई यो कति दुख गरेर बसेको होला भन्ने पर्छ भने केही थाहा नभएकाले अमेरिकामा बसेर मस्ति गरेको छ भन्छन् । मेरा एक गूरुआमाले हालैको एक अध्ययनको क्रममा भन्नुभयो न्युयोर्कको शहरमा जो बांच्नसक्छ संसारको जुनसुकै ठाउंमा पनि उ जीउन सक्छ । 

हो यस्तै दुखसुख गरेर बसेका छन् नेपालीहरु । यसरी दुख गरेर कमाएको पैसा नेपालीमा विनिमय गरेपछि अलि राम्रै देखिन्छ । विनिमय नेपाली रुपैयांमा गरेर के गर्नु काठमाडौंमा किन्ने सामान विदेशबाट नै लगिने हुन् । ती सामान पनि अमेरिकी डलरमा पैसा बुझाएर किनिएका हुन् र विक्री हुने नेपाली रुपैयांमा नै हुन् । 
न्युयोर्कमा बस्नका लागि एक जनाको आम्दानीले कोठा लिन पनि सकिंदैन । चार, आठ जना मिलेर बस्ने हो । दुई वेडरुम भएको कोठा १५ सय देखि १७ सय डलरमा पाइन्छ । यसमा सामूहिक बसाई नगरे काठमाडौंमा पैसा पठाउन सकिंदैन । 

काम गर्ने भनेको ९९ प्रतिशत नेपालीले रेष्टुरेन्ट र स्टोरमा हो । काठमाडौंको किराना पसलजस्ता स्टोरमा काम गर्ने नेपाली धेरै छन् । रेष्टुरेन्टको किचेनमा खाना बनाउने कि वेटरको काम गर्ने नेपाली धेरै छन् । सेल्सम्यान काम गर्ने केही नेपाली भेटिए । प्राविधिक र अलि सुविधाजनक काम पाउने नेपाली धेरै कम छन् । 
पढ्न बसेका नेपालीले गर्ने काम पनि यस्तै हुन् । केहीले सुरक्षा गार्डको काम पनि गर्छन । विद्यार्थीले काम गर्ने हो भने सुत्ने समय नै पाउंदैनन् । दिनमा १८ घन्टा सम्म काम गर्ने नेपाली धेरै छन् । १२ घन्टा सम्म तातोमा चिकेन पोल्ने र महिनामा तीन लाख रुपैयां काठमाडौं पठाउने नेपाली पनि धेरै छन् । 

अझ उमेर पाका भएका र सामाजिक सुरक्षा नम्बर नभएकाहरुले काम पाउन कठिन छ । काम केही गरि पाईहाले पनि १२ घन्टामा ६० देखि ८० डलर कमाउंछन् । सरकारले न्युनतम ८ डलर २५ सेन्ट प्रतिघन्टा तोकेपनि व्यवसाय गर्नेले सकेसम्म न्युनमा नै काम लगाउने हुन् । 
दिनको १२ घन्टा यसरी शारिरिक रुपमा खटेर काम नेपालमा गर्ने हो भने त्यहां पनि यहां कमाएजति पैसा कमाउन नसकिन भने होइन । नेपालमा काम गर्न लाजमान्ने, अल्छीमान्ने तर विदेशमा जे काम पनि गर्वका साथ गर्ने हाम्रो आम प्रवृत्ति नै हो । 

अब यतिविधि दुख गरेर कमाएको पैसा अमेरिकामा नै लगानी गर्ने केही नेपाली पनि नभएका होइनन् । तर अधिकांशले यहां यस्तै दुख गरेर बस्ने तर लगानी नगर्ने नीति अपनाएका छन् । भएको पैसा काठमाडौं पठाउने  र १० औं वर्षसम्म रेष्टुरेन्टमा काम गर्ने नेपाली धेरै छन् । 

सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुंजीको जोडजाम गर्नपर्छ । काठमाडौंमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहां व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरु व्यवसाय सुरु गर्न डराउने रहेछन् । दिमागमा विदेश भन्ने घुसाएर नेपालीहरु अमेरिकी नागरिक बनेका छन् । अमेरिका बस्ने हो भने यसैलाई आफ्नो देश मान्नुपर्छ अनिमात्र केही गर्न सकिन्छ । विदेश नै ठान्ने हो भने यहां बसेर केही गर्न सकिंदैन नेपाल फर्कनुपर्छ । 

सानो व्यवसायसंगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्पछ । अमेरिकामा धेरै म्युचुअल फण्ड छन् । लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पांच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ । त्यसैपनि १० वर्ष अमेरिकामा विताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ । 

सेयर बजारलाई स्थिरता दिन राष्टबैंकले एउटै कर्जा नीति लिनुपर्छ

  • खासगरि चुक्तापुंजी बढाउने र घटाउने निर्णय जुनदिनदेखि राष्टबैंकले गरयो त्यहिदिन देखि बजारमा उसले खेल्न थालेको हो

  • अर्को महत्वपूर्ण कुरा सेयरको मूल्य बढ्नुको अहिले प्रमुख कारण म्युचुअल फण्ड संचालनमा आउनु हो

  • बजारलाई स्थिरता दिन राष्टबैंकले सेयरको मूल्य बढ्दा कर्जा नियन्त्रण गर्ने र घट्दा खुकुलो पार्ने काम गर्न छोडनुपर्छ



सेयर बजार परिसूचक नौ सयको नजिक पुगेपछि फेरि राष्ट बैंक सल्बलाउन थालेको छ । राष्ट्र बैंक जहिले पनि सेयर बजारलाई खेलाउने निकाय बन्न थालेको छ । हुन त राष्ट्र बैंकको नीति नियमले सेयर मूल्य घटबढ हुनुलाई स्वभाविक मानिन्छ । तर प्रत्यक्ष रुपमा नै बजारमा सेयरको मूल्य घटाउने र बढाउने खेल राष्ट्र बैंकले खेल्न थालेको निकै अगाडी देखि हो । खासगरि चुक्तापुंजी बढाउने र घटाउने निर्णय जुनदिनदेखि राष्टबैंकले गरयो त्यहिदिन देखि बजारमा उसले खेल्न थालेको हो । 

२०६५ भदौमा सेयर बजार परिसूचक नेप्से १ हजार १ सय ७५ पुगेर लगातार ओरालो लाग्नुको एउटै कारण हो सेयर कर्जामा नियन्त्रण । राजनीति लगायतका अरु कारण सहायक हुन् । 
बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्दै आएको कर्जा नियन्त्रण गरिएपछि सेयर बजार क्रयास भएर २ सय ९२ अंकमा झरेको हो । यहि नियन्त्रीत सेयर कर्जा फुकुवा भएपछि डेढ वर्ष अगाडीदेखि बजार बढन थालेको हो । 

अब बजार बढने कि घट्ने भन्ने पनि सेयर कर्जा नियन्त्रण गर्ने नगर्नेमा भर पर्नेछ । बजारका लागि एउटा स्थिर नीति दिन नखोज्नुमा राष्ट बैंकका अधिकारीको बदनियत पो छ कि भन्ने शंका उत्पन्न भएको छ । नत्र बजारलाई स्वभाविक गतिमा अगाडी बढ्न नदिने खेल राष्ट बैंकले किन खेल्छ ? कतै मूल्य घटाएर सेयर किन्ने र बढाएर बिक्री गर्ने खेलमा राष्ट्र बैंक सहभागी हुन थालेको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । 
यस पटक पनि सेयर बजार केही सुधारिए पछि राष्ट्र बैंकले सेयर कर्जा नियन्त्रणको संकेत गर्नुलाई के भन्ने ? बजार बढ्दा एउटा नीति र घट्दा अर्को नीति हुने बजारमा लगानीकर्ताले कसरी विश्वास गर्ने ? छिनछिनमा नै सेयर कर्जाको निर्देशन परिवर्तन गर्ने कार्य राष्ट्र बैंकले छोडेर दीर्घकालीन नीति अवलम्बन नगर्ने हो भने सेयरको मूल्य घटाउने र बढाउने खेलाडीको चंगुलमा राष्ट्र बैंक फसेको निस्कर्ष निकाल्नुपर्ने हुन्छ ।

अर्को महत्वपूर्ण कुरा सेयरको मूल्य बढ्नुको अहिले प्रमुख कारण म्युचुअल फण्ड संचालनमा आउनु हो । केही म्युचुअल फण्डले सेयर बजारमा लगानी गरिसके भने केहीले गर्दैछन् । यो नै सेयरको मूल्य बढ्नुको प्रमुख कारण हो । अर्को महत्वपूर्ण कारण सेयर कर्जामा राष्टबैंकले लिएको नरम नीति हो । अरु सहायक कारण धेरै छन् । म्युचुअल फण्डले बजारलाई स्थिरता तर्फ लग्नेछन् । 

महत्वपूर्ण विषय बजारलाई स्थिरता दिन राष्टबैंकले सेयरको मूल्य बढ्दा कर्जा नियन्त्रण गर्ने र घट्दा खुकुलो पार्ने काम गर्न छोडनुपर्छ । घटबढ हुंदा एउटै कर्जा नीति अवलम्बन गर्नुपर्छ ।