Sunday, September 19, 2010

क्लिन नोट नीति कार्यान्वयनमा

केरमेट गरिएका नोट राष्ट्र बैंकबाट मात्र साटन सकिने व्यवस्था

नक्कली नोट पुरानामा बिढ
बैंकको एटिएममा समस्या
नोटमा स्टिज लगाउन नपाइने

नारायण सापकोटा
काठमाडौं असोज २

पुराना र थोत्रा नोट प्रचलनमा नराख्नका लागि राष्ट्र बैंकले ुक्लीन नोटु नीति कार्यान्वयनमा ल्याएको छ । तत्कालका लागि एक स्टिज लगाएका नोटका वण्डल मात्रै राष्ट्र बैंकले लिने छ । आउने दिनमा स्टिज लगाएका र केरमेट गरिएको झुत्रा नोट बैंकहरुले संकलन गर्न नपाउने व्यवस्था केही समयमा नै कार्यान्वयनमा आउँदैछ ।
बजारबाट थोत्रा नोट हटाउन चालु आर्थिक वर्षको मौदि्रक नीतिले नयाँ व्यवस्था गरेको थियो ।
। दशैंपछि निश्चित समय सिमा दिएर केरमेट गरिएको नोट संकलन गर्न राष्ट्र बैंकले समय दिने भएको छ । यसका लागि सर्वसाधारणसँग अपिल गरिने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् ।

सामान्यत नोटको आयू डेढ वर्ष हुने गरेको छ । तर जतन नहुने गरेकोले तीन महिनामा नै नोट फेरि प्रयोग गर्न नसकिने हुने गरेको छ । दशैंमा निस्काशन भएका नोट तीन महिनामा फिर्ता हुँदा नै फेरि प्रयोग गर्न नसकिएको विगतको अनुभव अधिकारीहरुसँग छ ।

बजारमा पुराना नोट घटाउन राष्ट्र बैंकबाट तीन पटक भन्दाबढि एउटै नोटलाई बजारमा नपठाउने व्यवस्था गरिने भएको छ । यसले झुत्रा नोटको संख्या बजारमा घटाउने अनुमान छ । बैंकहरुलाई स्टिज लगाई झुत्रा भएका नोट संकलन नगर्न समेत केही समय दिएर राष्ट्र बैंकले सूचना जारी गर्नै भएको छ । यस्ता नोट साट्न राष्ट्र बैंक नै आउनु पर्ने व्यवस्था गर्ने गृहकार्यमा राष्ट्र बैंक छ । यस्तो व्यवस्थाबाट सर्वसाधारणले नोट जतन गर्न थाल्ने विश्लेषण अधिकारीहरुले गरेका छन् ।

केही समयमा नै नोटमा स्टिज लगाउन नपाइने निर्देशन जारी गर्ने गृहकार्यमा राष्ट्र बैंक छ । अहिले केन्द्रीय बैंकबाट बाहिरिने नोटमा समेत एक मात्र स्टिज लगाउने गरिएको छ । ुविस्तारै नोटका वण्डलमा स्टिज नलगाउने नीति अवलम्वन गरिने छु एक अधिकारीले भने । नोटमा धेरै स्टिज लगाउँदा नोट चाँडै झुत्रा बनेको राष्ट्र बैंकको विश्लेषण छ ।
नोटको वण्डलमा स्टिज लगाउन नपाईने व्यवस्था कार्यान्वयनमा ल्याएपछि नोट गणना गर्ने मेशिन राखिने भएको छ । एक मिनेटमा १ हजार नोट गन्ने मेशिनको व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । मेशिन राखिएको निश्चित परिधि भित्र सर्वसाधारणले नोट अपुग भएमा दावी गर्न पाउने छन् । त्यहाँबाट बाहिर निस्किएपछि नपुग भएको दावी गर्न नसकिने व्यवस्था गरिने अधिकारीहरुले जनाएका छन् ।
नोटलाई जतन गर्ने चलन छैन । जतिसुकै झुत्रा नोट समेत व्यवहारमा छन् । यसबाट बैंकहरुलाई एटिएममा नोट राख्नका छनोट गर्नुपर्ने अवस्था छ । एटिएममा समेत धेरै समय समय प्रयोग भएका नोट राखिने गरेका छन् । नेपाली नोटको कागज गुणस्तरिय भएकोले पुराना नोट समेत एटिएममा प्रयोग हुने गरेको हो । पुराना नोटले एटिएम मेशिनको आयु घटाउने भएकोले यसका लागि समेत नयाँ नीति आवश्यक परेको हो । ुकेही समयमा नै एटिएमका लागि योग्य नोट बजारमा हुने व्यवस्था गरिने छु एक अधिकारीले भने ।


पुराना नोट धेरै प्रचलनमा रहेकोले नयाँको तुलनामा सक्कली नक्कली छुट्याउन समेत राष्ट्र बैंकलाई कठिनाई परेको छ । ुपुराना सक्कलीमा नक्कली नोट मिसाउँदा सुरक्षाको चिन्ह छुट्याउन कठिन हुन्छु ती अधिकारीले भने । नयाँ नोटमा सुरक्षाका लागि राखिएको चिन्ह पहिचान गर्न सजिलो हुने गर्दछ । राष्ट्र बैंकमा पुगेका मध्ये पुरानामा नक्कली नोट बढि देखिएका छन् । आर्थिक वर्ष ०६५÷०६६ मा राष्ट्र बैंकमा २ सय १९ वटा नक्कली नोट पुगेका थिए । त्यसमा १ सयका २ ५ सयका १ सय २ र १ हजारका १ सय १३ नक्कली नोट थिए । यी मध्ये अधिकांश नक्कली नोट पुराना सक्कली नोटमा मिसाईएका थिए । ।

नक्कली नोट पहिचान गर्नका लागि समेत पुराना नोटको चल्ती हटाउने योजना राष्ट्र बैंकले बनाएको हो । शहरको तुलनामा ग्रामीण र दुर्गम क्षेत्रमा पुराना नक्कली नोट बढि भएको अनुमान छ ।
नक्कली नोटको प्रयोग चुनौतीपुर्ण नभैसकेपनि अर्थ व्यवस्थामा यसको प्रयोग भैरहेको छ । यसका लागि समयमा नै होसियारी अपनाउन पुराना नोटलाई प्रयोगमा नराख्न खोजिएको हो ।
नयाँ नीतिमा राष्ट्र बैंकमा पुराना नोट आएपछि नयाँ दिने व्यवस्था गरिने भएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका ६७ ठाउँमा राष्ट्र बैंकको नोट कोष छ । यी कोषले समेत पुराना नोटको सट्टा नयाँ दिनुपर्नेछ ।
पुराना नोटको प्रयोगबाट विभिन्न रोग एकव्यक्तिबाट अर्कोमा सर्ने संभावना हुन्छ । सर्वसाधारणलाई स्वस्थ्य नोट प्रयोग गर्न दिन नयाँ नोट मात्रै ल्याउन खोजिएको हो । नयाँ नोटको प्रयोग बढाउँदा राष्ट्र बैंकको खर्च समेत बढ्नेछ । ुखर्च कति बढछ भन्ने एकिन भैसकेको छैनु ती अधिकारीले भने ।

अहिले सम्म जति पुराना नोट पनि प्रचलनमा छन् । कामै नलाग्ने गरि आइपुगेका नोटलाई राष्ट्र बैंकले जलाउने गरेको छ । यसको सट्टा नयाँ नोट बजारमा पठाउने गरिएको छ । अहिले राष्ट्र बैंकले बजारमा १ खर्व ५१ अर्ब नोट बजारमा पठाएको छ । यसमध्ये कति नोट कति पुराना छन भन्ने एकिन राष्ट्र बैंकले समेत गरेको छैन । आउने दशैंका लागि प्रयोग भैसकेका सुकिला र नयाँ नोट मिसाएर बजारमा पठाइने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् ।

Saturday, September 18, 2010

एनएमबि बैंकको लाभांश र बोनस सेयर घोषणा

नागरिक संवाददाता
काठमाडौं भदौ 31

एनएमबि बैंकले शेयरधनीलाई सेयरधनीलाई नगद लाभांश र बोनस सेयर दिने भएको छ । बैंकले १० प्रतिशत नगद लाभांश र चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने जनाएको छ ।
बैंकको बिहीबारको साचालक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकको चुक्ता पुँजी अहिले ।१ अर्ब ५० करोड १५ लाख रुपैयाँ छ ।
बैंकले गत आर्थिक वर्षमा करअघिको नाफा २२ करोड ५९ लाख थियो । साचालन मुनाफा २४ करोड १५ लाख थियो । बैंकको १५ औं वार्षिक साधारण सभा २०६७ असोज २४ मा गरिने विज्ञप्तिमा छ
दशैंमा नोटको अभाव हुँदैन ः राष्ट्र बैंक
नोटको मौज्दात ९७ अर्ब
दशैंका लागि २५ अर्ब
सुकिला र नयाँ नोट मिसाएर बजारमा


नागरिक संवाददाता
काठमाडौं भदौ 31
राष्ट्र बैंकले आगामी दशैंका लागि नयाँ र सुकिलो नोट मिसाएर उपलव्ध गराउने भएको छ । ९७ अर्ब रुपैयाँ नोट मौज्दात रहेको जनाउँदै दशैंका अवसरमा २५ अर्ब रुपैयाँ सम्मको नोट बजारमा पठाउने तयारीमा राष्ट्र बैंक छ । यसमध्ये ११ अर्ब रुपयाँको नयाँ नोट बजारमा आउने छ । बाँकी एक पटक प्रयोगमा आइसकेका सुकिला नोट हुनेछन् ।

गतवर्षको दशैंमा राष्ट्र बैंकबाट ६ अर्ब रुपैयाँ बजारमा गएको थियो । यसअघिको वर्ष दशैंमा केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ पठाएको थियो । गतवर्ष नोटको अभावदेखिए पछि यसपटक समयमा नै पर्याप्त व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ुसर्वसाधारण ढुक्क भएहुन्छ यसपटक नोटको अभाव हुने कुनै गुन्जायस छैनु राष्ट्र बैंकका प्रवत्ता गोपाल काफ्लेले भने ।

ुदेशभर नोटको कमी नहुने वातावरण बनाईएको छु काफ्लेले बुधबार नागरिकसँग भने-ुदशैंका लागि करिव ८ अर्ब नोट बजारमा जाने अनुमान भन्दा धेरैको व्यवस्था गरिएको छ ।ु

फरक दरका नोट आवश्यकता अनुसार दिइने व्यवस्था भएको काफ्लेले बताए । यसपटक सुकिला र नयाँ नोटसँग सँगै बजारमा पठाइने कन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका देशभर रहेका ७ क्षेत्रीय कार्यालयमा पर्याप्त नोटको व्यवस्था भैसकेको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेको राष्ट्र बैंकको ६७ नोटकोषमा रकमको व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
नोट कोषमा समेत रकम न्युनतम तहमा आउन नदिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । नोट कोषमा राख्ने क्षमता भएजति नोट राख्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् ।

बुधबार सम्म राष्ट्र बैंकबाट बजारमा १ खर्ब ५१ अर्ब रुपैयाँ गएको छ । दशैंमा यो रकम बढछ् । दशैंमा राष्ट्र बैंकबाट गएका नयाँ नोट ३ महिनामा फिर्ता आउने गरेका छन् । यी मध्ये दशैंमा बजारमा गएका ८० प्रतिशत नोट पुन प्रयोग गर्न नमिल्ने गरि राष्ट्र बैंकमा फर्कने गरेको छ । नयाँ नोट धेरै पठाउँदा यसको आयू घटने भएकोले यसपटक सटहीका लागि विगतमा जस्तो विशेष व्यवस्था गरिएको छैन । डेढ वर्ष सम्म प्रयोग गर्न सकिने नोट ३ महिनामा नै काम नलाग्ने भएपछि मुलुकको खर्च बढ्ने गरेको छ । यस्तो खर्च बढ्न नदिन यस पटकदेखि दशैंमा नयाँ नोट दिने अवधारणा हटाउन खोजिएको राष्ट्र बैंकले जनाएको छ । ुसधैं सफा नोट प्रयोग गर्ने विषय राष्ट्र बैंकको प्राथमिकतामा छु एक अधिकारीले भने ।


राष्ट्र बैंकले तीन वर्षका लागि आवश्यक नोट छपाईका लागि दिइसकेको छ । तीन वर्षका लागि आवश्यक नोट मध्ये पहिलो खेप आउने क्रम जारी छ । त्यसपछि दोस्रो खेप आउने छ । अन्तिम खेप आएपछि पुन बोलपत्र आव्हान गरि राष्ट्र बैंकले नोट छपाईमा दिने जनाएको छ । बोलपत्र र छपाई भएर नोट मुलुकमा आइपुग्न ९ महिनाको अवधि लाग्ने गरेको छ । गतवर्षको अभावबाट पाठ सिकेर राष्ट्र बैंकले नोटको अभाव हुन नदिने दीर्घकालीन नीति अवलम्वन गरेको हो ।

रेमिट्यान्स कम्पनीका लागि विनियमावली जारी

विदेशमा कार्यालय भएका कम्पनीको पुँजी ५ करोड हुनुपर्ने
स्थानिय एजेन्टले १ करोड पुँजीको व्यवस्था गर्नुपर्ने
रकम भुत्तानी अघि नै विदेशबाट रकम बैंक ग्यारेन्टी चाहिने

नारायण सापकोटा
काठमाडौं भदौ 31
राष्ट्र बैंकले रेमिट्यान्समा काम गर्ने कम्पनीका लागि विनियमावली जारी गर्दै चुक्तापुँजी तोकेको छ । बैंकको साचालक समितिले विप्रेषण विनियमावली जारी गर्दै विदेशमा कार्यालय खुलेर रेमिट्यान्स ल्याउने कम्पनीको पुँजी ५ करोड हुनुपर्ने व्यवस्था गरेको छ । स्थानिय एजेन्टको काम गर्ने कम्पनीको चुक्तापुँजी १ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएकेा राष्ट्र बैंकका एक अधिकारीले बिहीबार नागरिकलाई बताए ।
अहिले सम्म मनी ट्रान्सफर रेमिट्यान्स कम्पनी का लागि १ करोड चुक्तापुँजी तोकिएको थियो । स्थानिय एजेन्ट हुनेलाई १० लाख रुपैयाँ भए पुग्ने व्यवस्था थियो । रेमिट्यान्स कम्पनीका लागि अलग्गै कानुनी व्यवस्था अहिले सम्म थिएन ।

नयाँ व्यवस्था अनुसार विदेशबाट रेमिट्यान्स ल्याउने कम्पनीले नेपालमा भुक्तानी हुनु अघि नै रकम ल्याउनुपर्नेछ । रकम ल्याउन नसकेमा बैंक ग्यारेन्टि ल्याउनुपर्नेछ । यसको पनि व्यवस्था हुन नसकेमा विदेशमा रहेको निकायबाट कानुनी मान्यता प्राप्त लिखित प्रतिबद्वता ल्याउनुपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । यस्तो प्रतिवबद्वतामा रेमिट्यान्सको रकम यताउता भएमा भुत्तानी गर्ने उल्लेख हुनुपर्नेछ ।
यी व्यवस्था पालना नगरि यता भुक्तानी दिने र विदेशबाट रकम ल्याउन नसक्ने कम्पनीलाई विदेशी मुद्रा अपचलनमा कारवाही हुनेछ । यस्तो कारवाही आउन नसकेको रकमको ३ गुणा जरिवाना र ५ वर्ष कैद सम्म हुनेछ । विनियमावलीमा गरिएको नयाँ व्यवस्थाको मुद्रा विप्रषक संघका अध्यक्ष चन्द्र ढकालले सकारात्मक रहेको टिप्पणी गरे । पहिले नै रकम ल्याउनुपर्ने बैंक ग्यारेन्टी हुनुपर्ने व्यवस्थाले सर्वसाधारणको रकम डुब्ने अवस्था अन्त्य भएको उनले नागरिकलाई बताए ।
बैंक ग्यारेन्टि राख्नु नपर्ने अहिले सम्मको व्यवस्थाले विदेशको एउटै कम्पनीले नेपालका धेरै कम्पनीसँग काम गर्ने गरेका थिए । ुनेपाली कम्पनीलाई एक आपसमा जुधाउने काम समेत भएको थियोु ढकालले भने-ुनयाँ व्यवस्थाले मनी ट्रान्सफर कम्पनीलाई अझ विश्वसनिय बनाएको छ ।ु

रेमिट्यान्स कम्पनी डुबेको अवस्थामा विदेशबाट मुलुकमा रेमिट्यान्स पठाउने सर्वसाधारण रकम डुब्न नदिन पुँजीको आधार बलियो बनाउन खोजिएको हो । अहिले धेरै कम्पनीको पुँजीको अवस्था बलियो नभएको ठान्दै राष्ट्र बैंकले पुँजी बढाउन खोजेको अधिकारीहरुले जनाएका छन् । रेमिट्यान्स कम्पनीलाई स्पस्ट र पारदर्शि बनाउनका लागि पनि विनियमावली आवश्यक परेको ती अधिकारीले बताए । अहिले मुलुकमा एजेन्टको रुपमा काम गर्ने सहित ५२ कम्पनी साचालनमा छन् । यी मध्ये पहिलो कम्पनी आईएमई हो ।
अहिले साचालनमा रहेका कम्पनीले २० भन्दा बढि मुलुकबाट रेमिट्यान्स भित्राउने काम गर्दै आएका छन् । खाडी मलेसिया अमेरिका बेलायत जापान अस्ट्रेलिया लगायतबाट मुलुकमा रेमिट्यान्स ल्याउने काम कम्पनीले गर्दै आएका छन् ।

गत आर्थिक वर्षमा बैंकिङ प्रणाली मार्फत २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रीएको छ । गतवर्षको तुलनामा रेमिट्यान्सको वृद्वि १० दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष रेमिट्यान्स ४७ प्रतिशतले बढेर २ खर्ब ९ अर्ब ७० करोड रुपैयाँ मुलुकमा भित्रिएको थियो ।

राष्ट्र बैंकले १ हजार किलो सुन बिक्री गर्ने

नारायण सापकोटा
काठमाडौं भदौ  31
दशैं तिहारमा सुनको अभाव हुन नदिन राष्ट्र बैंकको भण्डारणमा रहेको १ हजार किलो सुन बिक्री गरिने भएको छ ।
भन्सार वृद्विका लागि कानुनी व्यवस्था हुन नसकेपछि आयात बन्द भएपछि राष्ट्र बैंकले बजारलाई सहज अवस्थामा ल्याउन भण्डारमा रहेको सुन बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले हरेक साता १ सय किलो सुन र १ हजार किलो चाँदी बजारमा बिक्री गर्नेछ । राष्ट्र बैंकसँग अहिले ५ सय मेटि्रकटन सुन र १ लाख ३४ हजार किलो चाँदीको भण्डार छ । यसको मूल्य राष्ट्र बैंकले नै तोक्नेछ । भारतमा भन्दा यता धेरै मूल्य फरक नपर्ने गरि मूल्य तोकिने केन्द्रीय बैंकका अधिकारीहरुले जनाएका छन् ।

भारतको बजार अनुरुप सुन र चाँदीको भन्सार बढाउने अध्यादेशको म्याद सकिएपछि आयात रोकिएको थियो । आयात रोकिएपछि भारतिय बजारबाट अवैध रुपमा मुलुकमा सुन भित्रिरहेको छ । यसले मुलुकले राजस्व र भारतिय रुपैयाँ समेत गुमाउनु परेको छ ।

बजारमा मूल्यमा समेत एकरुपता छैन । व्यवसायी बीचको असमझदारीले बजारलाई अस्थिर बनाएको छ । सुनको मूल्य नेपाल सुनचाँदी कला व्यवसायी संघ नेपाल सुनचाँदी आभुषण व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी संघलाई मूल्य तोक्ने अधिकार दिइएपछि उनीहरु बीच विवाद बढेको हो । अहिले व्यवसायिकले बैंकमा रहेको सुन खरिद गरेका छैनन् । अहिले बैंकहरुसँग १ सय ३० किलो सुन मौज्दात छ । मूल्य तोकि विवाद समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बनाएको संयन्त्रको निर्णय पनि व्यवसायीले पालना गरेनन् ।
यसले अस्थिरता बढाउने विश्लेषण गर्दै सरकारको अनुरोधमा राष्ट्र बैंकले भण्डारमा रहेको सुन बिक्री गर्ने निर्णय गरेको एक अधिकारीले बिहीबार नागरिकसँग बताए । राष्ट्र बैंकको साचालक समितिबाट यो प्रस्ताव पारित भैसकको छ ।

बैंकहरुमा रहेको सुन व्यवसायीले नलगेको जनाउँदै राष्ट्र बैंकले बजारमा प्रशस्त सुन रहेको अनुमान गरेको छ । गत आर्थिक वर्षमा ५० अर्बको सुनचाँदी आयात भएकोले बजारमा अभाव नहरेको राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ ।

बढेको भन्सार दर कार्यान्वयनमा नआएमा नेपालमा प्रति दशग्राम सुनको मूल्य १ सय ३० रुपैयाँ हुन्छ । भारतमा ४ सय ७० रुपैयाँ छ । बढेको दर अनुसार चाँदी प्रतिकिलो १६ सय रुपैयाँ मूल्य पर्छ । भारतमा २ हजार ४ सय रुपैयाँ छ । अध्यादेश मार्फत बढेको भन्सार नजोडेमा चाँदीको प्रतिकिलो मूल्य ३ सय रुपैयाँमा झर्छ । भारतमा २ हजार ४ सय नै रहन्छ । यसले अवैध निकासी बढ्ने अनुमान छ ।


बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३८ हजार रुपैयाँसम्म पुगेको छ । बैंकको मूल्य अनुसार सुन प्रति तोला ३६ हजार ७ सय रुपैयाँमा पाइन्छ । माग अनुसार सुन नभएको भन्दै व्यवसायीले ३८ हजार ५ सय रुपैयाँसम्ममा विक्री गरिरहेका छन् ।
व्यवसायीलेसुनमा लगाएको कोटा प्रणाली खारेज वा स्थगित गर्न समेत माग राखेका छन् । उनीहरुले सुन विधेयक टुङ्गो नलागेसम्म झिटीगुन्टाबाट आयातको व्यवस्था गर्न मिलाइ दिन आग्रह गरेका छन् ।

प्रति १० ग्राम १ सय ३० रुपैयाँ भन्सार दर कायम हुँदा एक बर्षमा नै सुन ४२ अर्बको आयात भएर मुलुकको शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ भएपछि सरकारले अध्यादेशमार्फत भन्सार दर बढाएको थियो । सरकारले गत चैतमा अध्यादेशमार्फत भन्सार दरलाई बढाएर प्रति दशग्राम ४ सय ७० रुपैयाँ पुर् याएको थियो । त्यसपछि सुन आयातमा कमी आएर शोधनान्तर घाटा गत बर्ष २ अर्ब ६० करोडमा झरेको छ ।

Wednesday, September 15, 2010

सुनचाँदी आयातको जिम्मेवारी राष्ट्र बैंकलाई दिईने

नारायण सापकोटा
काठमाडौं भदौ 29

भन्सार दर बढाउने प्रयास असफल भएपछि सरकारले सुन र चाँदी आयातको जिम्मेवारी राष्ट्र बैंकलाई दिने भएको छ । भन्सार दर बढाउने कानुनी व्यवस्था नभएपछि आयात खुला गर्न राष्ट्र बैंकलाई यस्तो जिम्मेवारी दिन लागिएको हो ।

नेपालमा भन्दा भारतमा सुन चाँदी महंगो भएपछि अवैध रुपमा उता गएको अनुमान गर्दै अध्यादेश मार्फत भन्सारको दर बढाईएको थियो । यो अध्यादेशको कानुनी वैधता समाप्त भएपछि संसदबाट भन्सार दर बढाउने कार्य अवरुद्व भएको छ । भदौ १८ मा अध्यादेशको कानुनी वैधता समाप्त हुन लागेपछि सुन आयात बन्द गरिएको छ । सुन आयात रोकिएपछि बजारमा कालोबजारी सुरु भएको छ । भारतबाट समेत अवैध रुपमा सुन आयात हुन थालेको छ । भारतबाट आयात हुँदा मुलुकले पाउने राजस्व पनि गुम्छ र विदेशी मुद्रा समेत बाहिरिन्छ । यस्तो अवस्थाको अन्त्य गरि सुन आयातलाई व्यवस्थित गर्न आयातको जिम्मेवारी राष्ट्र बैंकलाई दिन लागिएको एक अधिकारीले बताए ।

अर्थमन्त्रालयले यसको व्यवस्था गर्न वाणिज्यसँग अनुरोध गरेको छ । वाणिज्य सचिव पुरुषोतम ओझा र राजस्व सचिव कृष्णहरि बाँस्कोटा लगायतका अधिकारी बीच राष्ट्र बैंकलाई सुन आयात गर्न दिने विषयमा छलफल गरेका छन् । ुराष्ट्र बैंकलाई सुन आयात गर्न दिने विषयमा छलफल भयोु बाँस्कोटाले नागरिकसँग भने ।

राष्ट्र बैंकले आयात गरेको सुनको मूल्य उसले नै निर्धारण गरि सम्वन्धित व्यवसायीलाई दिन्छ । यसमा भारतमा भन्दा सस्तो नगरि उसले मूल्य तोक्नेछ । बजारको माग र देशको आवश्यकता अनुसार राष्ट्र बैंकले वितरण गर्ने योजना बनाएको एक अधिकारीले बताए ।

बैंकहरुमा रहेको सुन व्यवसायीले नलगेको जनाउँदै राष्ट्र बैंकले बजारमा प्रशस्त सुन रहेको अनुमान गरेको छ । गत आर्थिक वर्षमा ५० अर्बको सुनचाँदी आयात भएकोले बजारमा अभाव नहरेको राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ ।

अहिले बैंकहरुसँग १ सय ३० किलो सुन मौज्दात छ । दिनको १० किलोको दरले यो १३ दिनका लागि पर्याप्त हुन्छ । यसपछि आवश्यक व्यवस्था राष्ट्र बैंक मार्फत मिलाइने अधिकारीहरुले जनाएका छन् । दैनिक १० किलो आयात भएको सुन मध्ये ४ किलो वाग्मती अाचल बाहिर बिक्री गर्ने व्यवस्था गरिएको थियो । बाँकी ६ किलो सुन मध्ये व्यवसायीका संघ मार्फत बिक्री गर्ने व्यवस्था गरिएको थियो ।

सुनको मूल्य नेपाल सुनचाँदी कला व्यवसायी संघ नेपाल सुनचाँदी आभुषण व्यवसायी र नेपाल सुनचाँदी व्यवसायी संघलाई मूल्य तोक्ने अधिकार दिइएपछि विवाद बढेको हो । अहिले व्यवसायिकले सुन खरिद गरेका छैनन् । मूल्य तोकि विवाद समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले बनाएको संयन्त्रको निर्णय पनि व्यवसायीले पालना गरेनन् ।


बढेको भन्सार दर कार्यान्वयनमा नआएमा नेपालमा प्रति दशग्राम सुनको मूल्य १ सय ३० रुपैयाँ हुन्छ । भारतमा ४ सय ७० रुपैयाँ छ । बढेको दर अनुसार चाँदी प्रतिकिलो १६ सय रुपैयाँ मूल्य पर्छ । भारतमा २ हजार ४ सय रुपैयाँ छ । अध्यादेश मार्फत बढेको भन्सार नजोडेमा चाँदीको प्रतिकिलो मूल्य ३ सय रुपैयाँमा झर्छ । भारतमा २ हजार ४ सय नै रहन्छ । यसले अवैध निकासी बढ्ने अनुमान छ।

बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३८ हजार रुपैयाँसम्म पुगेको छ । बैंकको मूल्य अनुसार सुन प्रति तोला ३६ हजार ७ सय रुपैयाँमा पाइन्छ । माग अनुसार सुन नभएको भन्दै व्यवसायीले ३८ हजार ५ सय रुपैयाँसम्ममा विक्री गरिरहेका छन् ।
व्यवसायीलेसुनमा लगाएको कोटा प्रणाली खारेज वा स्थगित गर्न समेत माग राखेका छन् । उनीहरुले सुन विधेयक टुङ्गो नलागेसम्म झिटीगुन्टाबाट आयातको व्यवस्था गर्न मिलाइ दिन आग्रह गरेका छन् ।

प्रति १० ग्राम १ सय ३० रुपैयाँ भन्सार दर कायम हुँदा एक बर्षमा नै सुन ४२ अर्बको आयात भएर मुलुकको शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ भएपछि सरकारले अध्यादेशमार्फत भन्सार दर बढाएको थियो । सरकारले गत चैतमा अध्यादेशमार्फत भन्सार दरलाई बढाएर प्रति दशग्राम ४ सय ७० रुपैयाँ पुर् याएको थियो । त्यसपछि सुन आयातमा कमी आएर शोधनान्तर घाटा गत बर्ष २ अर्ब ६० करोडमा झरेको छ ।

Tuesday, September 14, 2010

उपभोग बढ्नु र वचत घटनु अर्थतन्त्रका लागि घातक

नारायण सापकोटा
काठमाडौं भदौ 23

मुलुकमा उपभोग गर्ने क्रम बढेको छ । यसले वचत अझ घटाएको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ० शुन्य ३ प्रतिशत विन्दुले वढेर ९० दशमलव ६ प्रतिशत पुगेको छ । कुल गार्हस्थ्य उत्पादनमा गार्हस्थ्य बचतको अनुपात ९ दशमलव ४ प्रतिशतमा सिमित भएको तथ्यांक राष्ट्र बैंकले दिएको छ ।
कुल ग्राहस्थ उत्पादनको ९० उपभोगमा जानु र वचत १० प्रतिशत भन्दा तल रहनु अर्थतन्त्रका लागि घातक रहेको अर्थशास्त्री विश्वम्भर प्याकुर् यालले नागरिकसँग बताए ।
ुउपभोग बढने बचत कम हुने स्थितिले लगानी संकुचित हुन्छु अर्थशास्त्री रुद्र सुवालले भने-ुलगानीका लागि वचत कम भएपछि राज्यले ऋण र सहायता बढाउनु पर्ने हुन्छ ।ु
कुल ग्राहस्थ वचत दर २० प्रतिशतको हाराहारीमा रहनुलाई सकारात्मक मानिन्छ । ुअधिकांश विकासशिल र विकसित मुलुकमा यस्तो छु उनले भने-ुवचत १० प्रतिशत भन्दा तल हुनु अर्थतन्त्रका लागि सकारात्मक अवस्था होइन ।ु

अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल पूँजी निर्माणको अनुपात ३१ दशमलव ९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६६÷६७ मा यस्तो अनुपातमा सीमान्त वृद्धि भई ३८ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा पुँजी निर्माण बढेको छ । ुवचत कम भएको अवस्थामा पुँजी निर्माण बढनु भनेको आन्तरिक बाह्य ऋणले होु सुवालले भने-ुयस्तो ऋण उत्पादनमुलक क्षेत्रमा लगानी भए अर्थतन्त्रका लागि सकारात्मक नै हुन्छ नत्र हानिकारक हुन्छ ।ु
पुँजी निर्माण र वचतमा २८ प्रतिशतको फरक देखिएको छ । यो दुरी पुरा गर्ने माध्यम भनेको सरकारले लिने ऋण सहायता नै हो । ुयसले सरकारको दायित्व दिनदिनै बढाउँछु उनले भने-ुउपभोग घटाई वचत बढाउन सके भविस्यमा पर्न सक्ने अप्ठेरो कम हुन्छ ।ु

पुँजी निर्माण ६ प्रतिशत विन्दुले बढेपनि यसमा औद्योगिक क्षेत्रको योगदान हुन नसकेकोले अर्थतन्त्रलाई लाभ हुने अवस्था नभएको प्याकुर् यालले बताए । ुअर्थतन्त्रका परिसूचकले आर्थिक वृदिदरमा सहयोग गरेको अवस्थामा यो पुँजी निर्माणले अर्थ राख्थ्योु प्याकुर् यालले भने । औद्योगिक क्षेत्रले पुँजी निर्माण नगरेकोले उत्पादनको लागत घटाउने अवस्था छैन । प्रतिस्पर्धात्मक क्षमता पनि बढेको छैन । औद्योगिक क्षेत्रमा लगानी र रोजगारी सृजना हुन सकेको छैन । ुयसले पुँजी निर्माण भए पनि उत्पादनसँग सम्वन्धित भएको देखाउँदैन र यसले अर्थतन्त्रलाई दीर्घकालीन रुपमा उकास्न सघाउँदैनु उनले भने ।
रेमिट्यान्स लगायतका ट्रान्सफर आयले पुँजी निर्माण बढेको हो । व्यापारमा आधारित यो पुँजी निर्माणले अर्थतन्त्रलाई सहयोग गर्ने अवस्था नभएको प्याकुर् याल बताउँछन् । अहिलेको व्यापारमा आधारित पुँजी निर्माणबाट लाभ हुन नसक्ने जनाउँदै उनले भने -उत्पादन र औद्योगिक क्षेत्रबाट पुँजी विस्तार हुन नसकेकोले व्यापार र उद्योगलाई सँगसँगै लगे मात्रै उपलव्धि हुनसक्छ ।ु


रेमिट्यान्सले गर्दा कुल राष्ट्रिय खर्च योग्य आय बढेको छ । लगानीको वातावरण नभएकाले यस्तो आय पनि उपभोगमा नै लागेको छ । ुयस्तो आय लगानीको वातावरण बनेको भए उपभोगमा कम खर्च हुन्थ्योु प्याकुर् यालले भने ।
वातावरण बनेको अवस्थामा कुल राष्ट्रिय खर्च योग्य आय बढदा लगानीमा जान्थ्यो । लगानी नभएकोले उपभोगमा खर्च भएको उनको विश्लेषण छ । गत आर्थिक वर्षमा १८ प्रतिशतले कुल खर्च योग्य आय बढेको छ । अघिल्लो वर्ष २५ प्रतिशतले बढेको थियो । यस्तो आयको वृद्विलाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए । आर्थिक मुद्दालाई प्राथमिकता दिएर राजनीतिक तहबाट पुँजीको विकास हुन नसकेमा विदेशबाट कामदारले पठाएर बढेको राष्ट्रिय खर्च योग्य आय पनि उपभोगमा खर्च हुन उनले बताए । यस्तो रकमलाई लगानी गर्ने वातावरण राजनीतिक तहबाट सृजना हुनपर्ने सुझाव प्याकुर् यालले दिए ।