Monday, August 29, 2016

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले लविङ गर्ने र नेपाल सरकारले चासो दिने हो भने सेयरको अनलाईन कारोवार सुरु गर्न धेरै समय लाग्दैन



नारायण सापकोटा 

विदेशमा बसेका अधिकांश नेपालीको पैसा सजिलो र सहज रुपमा नेपालमा लैजाने गोरेटो सेयर बजार बनाउन सकिन्छ । यसका लागि विश्वको जुनसुकै कुनामा बसेर पनि नेपालका कम्पनीको सेयर किनवेच गर्ने माध्यम सेयरको अनलाईन कारोवार आवश्यक हुन्छ ।
सक्नेले ठुलो पु“जी लैजान्छ, धेरै गर्न नचाहने र नसक्नेलाई थोरै पैसा लगानी गर्ने सजिलो बाटो नेपालको स्टक मार्केट नै हो । स्टक मार्केटमा लगानीका लागि न्युन जोखिम भएको सरकारी ऋणपत्र र वाणिज्य बैंकहरुले स्थापना गरेका म्युचुअल फण्डले  निस्काशन गरेका युनिट (सेयर) हुन् ।
अलिकति जोखिम भएको दोस्रो बजारमा कम्पनीको सेयर किनवेच नै हो । जोखिम कम हुनेमा नाफा कम हुन्छ भने लगानी डुब्ने संभावना पनि थोरै छ । जोखिम धेरै भएको स्टकमा नाफा पनि धेरै हुनसक्छ । तर स्टकमा दीर्घकालका लागि लगानी गर्दा फाइदा हुने निश्चित छ लगानीकर्तालाई । एक लाख नेपाली रुपैया“ बराबरको विदेशी मुद्राबाट लगानी सुरु गर्न सकिन्छ । यो भन्दा कमबाट लगानी गरेपनि हुन्छ ।
केही वर्षमा थोरै, थोरै लगानी थप्दा र नाफा जम्मा हु“दा धेरै ठुलो पु“जीको कोष खडा गर्न सक्छन् विदेशमा बस्ने हरेक नेपालीले व्यक्तिगत रुपमा नै ।
सेयरमा लगानी गर्न विदेशमा काम गरिरहेकै अवस्थामा सकिन्छ । लगानीको धेरै ठुलो योजना बनाउन पनि पर्दैन । समय पनि खर्च हु“दैन । यसका लागि मात्रै सेयरको अनलाईन कारोवार सुरु हुनुपर्छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले लविङ गर्ने र नेपाल सरकारले चासो दिने हो भने सेयरको अनलाईन कारोवार सुरु गर्न धेरै समय लाग्दैन ।
एनआरएनको अमेरिकाको न्युजर्सिमा हुन लागेको नवौं क्षेत्रीय सम्मेलनले यसलाई एजेन्डा बनाएर कार्यान्वयनका लागि नेपाल सरकारलाई दवाव दिए नेपालको अर्थतन्त्रमा धेरै ठुलो लगानी हुनेछ ।
अहिले विदेशमा बस्ने नेपालीलाई धेरै ठुलो पु“जी भएमात्रै लगानी गर्न सकिन्छ नेपालमा भन्ने परेको छ । सानो भन्दा सानो लगानी गर्ने क्षेत्र भनेको नेपालको सेयर बजार हो । सेयरमा पैसा हाल्दा बैंक, जलविद्युत, विमा, हाइड्रोपावर लगायतका कम्पनीमा लगानी हुन्छ । यसले नेपाली अर्थतन्त्र चलायमान र मजवुत बनाउनेछ । विदेशमा बस्ने नेपालीले मिहेनत गरेर कमाएको पु“जीबाट नाफा पनि पाउने छन् ।
  विदेशमा छरिएका करिव ४० लाख मध्ये सवैलाई यो अवसर उपलव्ध हुनेछ । अनि एनआरएनले नेपालमा लगानीका लागि कुनै कोष बनाउने झन्झट पनि गरिरहनुपर्ने छैन । ठुलो पु“जी लगानी गर्नका लागि नेपालमा बाटो त खुला छ“दैछ ।
सेयर मार्फत विदेशीएका नेपालीको लगानी भित्र्याउन सरकारले ऋणपत्रको विक्री सुरु गरेपनि यो प्रभावकारी हुन सकेको छैन । यस्तो ऋणपत्र सहित अन्य सेयर पनि किन्न मिल्ने अनलाईन कारोवार सुरु हु“दा लगानी बढ्नेछ । यो एजेन्डामा अहिले सम्म एनआरएनले बहस गरेकै छैनन् । अहिले सम्म एनआरएनको लगानीका लागि नेपालका नीति निर्माताले र विदेशीएका नेपालीले सन् २००३ देखि नै धेरै बहस गरे । तर यो सहज बाटो तर्फ कोही पनि लागेन ।
यो बाटो बनाउन न त धेरै समय लाग्छ न त ठुलो पु“जी नै । यसका लागि नीति निर्माताले थोरै कष्ट गरे पुग्छ र विदेशमा बस्ने नेपालीका नेताले अलिकति लविङ ।
यसका लागि चाहिन्छ सेयरको अनलाईन किनवेच र विदेशी मुद्रा फिर्ता गर्न पाउने सहज ढोका । अब विदेशमा बस्ने नेपालीको सानो भन्दा सानो लगानी नेपालमा भित्र्याउन सरकारले सेयर बजारमा सहज लगानी खुला गर्नुपर्छ । अहिले पनि गैर आवासिय नेपालीले लगानी गर्न नपाउने नै त होइनन् । तर प्रक्रिया धेरै झन्झटिलो छ ।
धितोपत्र बोर्डले नेपालको सेयर बजारमा अनलाईन कारोवार सुरु गर्ने हो भने विदेशमा बसेका नेपालीले सेयरमा लगानी ओइरिनेछ । बोर्डले केही वर्ष पहिलेदेखि नै एनआरएनको सेयरमा लगानीको विषयमा झिनो चर्चा गरेपनि खास काम गर्न सकेको छैन । यसले कल्पना गरिएको भन्दा धेरै ठुलो पु“जी नेपालमा लगानी हुनेछ ।
सातामा कमाएको पा“च सय डलरको सेयर नेपालमा किन्ने छन् विदेशमा बसेर अनलाईन मार्फत । बैंक मार्फत विदेशी मुद्रा पठाउने छन् र आवश्यक परेका बखत बैंक मार्फत नै फिर्ता ल्याउने छन् ।
लगानीस“गै आवश्यक परेका बेला विदेशी मुद्रामा नै पैसा फिर्ता ल्याउन सक्ने नीति सरकारले बनाउनुपर्छ । यसो गर्ने हो भने विश्वभरका नेपालीको लगानी गर्न थाल्नेछन् ।
विदेशी मुद्रा फिर्ता गर्ने सजिलो बाटो बनाउने हो भने नेपालको अर्थतन्त्र बल्ल विश्वस“ग एकाकार हुनेछ । लगानीको यो एजेण्डालाई अमेरिकाको न्यूजर्सिमा अगष्ट २७ र २८  हुने गैर आवासिय नेपाली संघ (एनआरएनए) ले प्रधानता दिनसके सुनमा सुगन्ध थपिनेछ ।
सेयरमा एनआरएनको लगानी सुरु भएपछि केही वर्षमा नै विदेशमा बसेका नेपालीको पैसा नेपालमा थुप्रिनेछ । यो लगानी क्रमश ठुला लगानी धेरै ठुलो पु“जीमा  परिणत हुनेछ । पु“जी फेरि अन्य ठुला योजनामा लगानी हुनेछ ।  यसले नेपालको समग्र आर्थिक विकासमा कायापलट गर्न सक्नेछ ।
विदेशमा परिश्रम गरि कमाएको पु“जी लगानी गर्दा नाफा त हुनै पर्छ । तत्कालै नभए पनि दीर्घकालमा नाफा नहुने हो भने लगानी स्वदेश र विदेशमा बस्ने कसैले पनि लगानी गर्दैन । यसकारण लगानी आकर्षित गर्न नाफा हुने वातावरण निर्माण आवश्यक शर्त हो । व्यवसाय गर्दा कुनै अवरोधले लगानी डुव्ने अवस्थाको अन्त्य हुनुपर्छ । लगानीकर्तालाई हतोत्साही गर्ने कुनै पनि कार्य दण्डनीय भएमात्रै कमाएको पु“जी उसले लगानी गर्ने हो ।
नाफा कमाउने उदेश्य बाहेकका सहयोग विद्यालय, स्वास्थ्य लगायतमा सामाजिक क्षेत्रमा भएका छन् । यो अलग्गै खालको लगानी हो । सामाजिक क्षेत्रमा भएको लगानीको एनआरएनले नाफा खोजेका छैनन् ।


एनआरएनको लगानी अहिले पनि नेपालको चौतर्फी विकासमा सहयोगी बनिसकेको छ । टेलिकम, बैंक, संचार, होटल, जलविद्युत लगायतका क्षेत्रमा ठुला लगानी एनआरएनले लगानी गरिसकेका छन् । अहिले खास गरि उपेन्द्र महतो, शेष घले, जीवा लामिछाने, भवन भट्ट, देवमान हिराचन लगायतका एनआरएनको ठुलो लगानी नेपालमा भैसकेको छ । अब ठुलो पु“जीस“गै विदेशीएका नेपालको सानो पु“जी पनि लगानी गर्न मिल्ने बाटो बनाऔं । यो स“गै विदेशीएका नेपालीको सिप नेपाल भित्र्न थाल्नेछ ।

सेयर बजारमा लगानीकर्ताको रुवावासी



नारायण सापकोटा 

नेपाली सेयर बजारमा सधैं जसो यसपटक पनि लगानीकर्ताको रुवावासी सुरु भएको छ । बजारमा सेयरको मूल्य बढ्दा हर्सोल्लास र घट्दा रुवावासी गर्ने बानीलाई लगानीकर्ताले निरन्तरता दिएका छन् । यो रुवावासी र हर्सोल्लासले सेयर बजारलाई अप्राकृतिक वृद्धि र गिरावट तर्फ लैजाने निश्चित छ । बजारलाई उसकै नियम अनुरुप चल्न नदिने प्रयासले यसको विकास र वृद्धि झन कठिन हुनेछ ।
माओवादीको नेतृत्वमा सरकार गठन भएपछि १८८१ मा पुगेको सेयर बजार परिसुचक नेप्से अहिले करिव २०० अंक जतिले केरेक्शन भएर तल झरेको छ । एक वर्षको अवधिमा नेप्से इन्डेक्स डबल भएको तथ्यलाई विर्सेर सेयरको मूल्य बढाउन लगानीकर्ता अर्थमन्त्रीकोमा डेलिगेशन समेत गैसकेका छन् । माओवादीसग तर्सेकोले बजारमा सेयरको मूल्य  घटेको पक्कै हो । तर मूल्य बढाउन लगानीकर्ताले डेलिगेशन जाने होइन । बजारको विकासका एजेण्डा लिएर लगानीकर्ता अर्थमन्त्रीकोमा गएका भए कति राम्रो हुन्थ्यो । तर लगानीकर्ताले यसो गर्नु आवश्यक ठानेनन् ।
सेयरको मूल्य केही करेक्शन हु“दा लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीको पनि उछित्तो काटे । कार्कीले कालोधनको छानवीन गर्न समिति गठन गरेकोले बजार घटेको लगानीकर्ताको तर्क थियो । लगानीकर्ता महोदय, अवैध रुपमा कमाएको कालोधन कहिं पनि लगानी गर्न पाईंदैन । बोर्डले यस्तो धन सेयर बजारमा लगानी भए÷नभएको छानवीन गर्न गठित समितिको लगानीकर्ताले स्वागत गर्नुपथ्र्यो । यसले बजारलाई स्वस्थ्य र पारदर्शी बनाउने थियो । तर उल्टै दवाव दिएर यो समिति खारेज पो भयो । यसले बजारलाई सकारात्मक सन्देश दिएन ।
कार्की आफैं विश्व अर्थतन्त्र बुझेका बोर्डका उच्च पदाधिकारी हुन् । उनले राष्ट्र बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, नेपाल स्टक एक्सचेन्जमा काम गरिसकेका छन् । उनले अहिले बजारको विकासकै लागि बोलेका छन् । बजारमा सेयरको मूल्य धेरै बढ्या,े साना र नया“ लगानीकर्ता सचेत हुनु भन्ने बोर्डको निर्देशन शतप्रतिशत ठिक हो । तर यसको पनि विरोध भयो ।
यो अवस्थाले लगानीकर्ताले बजारमा सेयरको मूल्य बढाउन मात्रै खोजेको देखिन्छ । सेयरको मूल्य त दीर्घकालमा बढ्ने नै हो । नेप्सेको इन्डेक्स २००० हु“दै ५००० पार गर्दै उकालो लाग्ने नै छ । तर यो वृद्वि एक महिना वा एक वर्षमा हुुनुपर्छ भन्यो भने गलत हुनेछ । यो वृद्विका लागि न्युनतम आधार तयार भएको बजार हुनुपर्छ ।
बजारमा सेयरको मूल्य बढाउने हो भने नेपालको सेयर मार्केटलाई अन्तराष्ट्रिय बजारस“ग जोड्नुपर्छ । अहिले त नेपालको सेयर बजार राजनीतिक रुपमा उत्तर कोरिया विश्वबाट अलग्गै बसेजस्तो छ । नेपाली सेयर बजार विश्व अर्थतन्त्र नजोडिएर अहिले सम्म संसारको अलग टापु बनेको छ । सेयर बजारलाई विश्व अर्थतन्त्र जोडने भनेको अनलाइन कारोवारले हो । खोई यसका लागि वकालत गरेको ?
बजारमा उत्पादनमुलक क्षेत्रका कम्पनी आउन सकेका छैनन् । यी कम्पनीको सेयर सर्वसाधारणलाई विक्री गर्ने विषयमा खोई बहस गरेको ? डेलिगेशन त यी विषयमा हुनुपर्ने हो । यी एजेन्डाले बजारको विकाससग सेयरको मूल्य बढने बढाउने छ ।
बजारमा सेयरको मूल्य बढेपछि घटनै पर्छ नत्र यो यो दिगो हुदैन । तर एक वर्षको अवधिमा नेप्से इन्डेक्स डवल हु“दा खोई करेक्शन आएको ? उदाहरणका लागि इन्डेक्स १०० अंकले बढेपछि ८० अंक घटेर फेरि बढ्यो भने २० अंकको वृद्वि दिगो हुन्छ । लगातार बढेको बढ्यै भयो भने बजारमा सेयरको मूल्य भने घट्दा पनि त्यसै गरि घट्छ ।
२०६५ सालमा ११७५ पुगेको इन्डेक्स २९२ मा यस्तै कारणले झरेको हो । लगातार बढेको बजार माओवादी ठुलो दल भएर सरकारमा आएरपछि निरन्तर घट्यो । अहिले फेरि त्यस्तै चाहेको हो भने लगातार वृद्विको पक्षमा लाग्नु ठिकै होला । होइन, भने बजार बढेपछि घटनै पर्छ । अनि मात्रै फेरि बढ्छ । घट्बढ् सहितको बजारमा नया“ र साना लगानीकर्ताका लागि जोखिम पनि कम हुन्छ ।
अहिले बजारमा कारोवार रकम पनि घटनु भनेको सकारात्मक होइन । यसले बजार अझै घट्ने संकेत गर्छ । तर अहिलेको बजार विगतको तुलनामा केही फरक छ । विगतमा म्युचुअल फण्डको लगानी सेयर बजारमा थिएन । यस्तो संस्थागत लगानीको अभावमा बजारलाई टेवा दिने ठाउ नै थिएन । अहिले बजारमा वाणिज्य बैंकहरुले स्थापना गरेका फण्ड छन् । यीनीहरुको टेवाले बजार विगतको जसरी घट्नै सक्दैन ।
जसले जति अस्वीकार गरेपनि माओवादीसग केही पुजी भएकाहरु डराउछन् । विगतको डर अझै कायम छ । पैसा हुने नै बजारका लगानीकर्ता हुन् । लगानीकर्तालाई विश्वासमा नलिने र झन डर थप्ने काम सरकारले गर्दै गयो भने बजार तिव्रगतिले घट्नेछ । सरकारले लगानीकर्तालाई विश्वासमा लिन सक्यो र त्रास पैदा गरेन भने बजार पहिलेकै जसरी निकै तल नआउन सक्छ । यसैले लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् ।
अहिले कम्पनीहरुले वर्षभरिको नाफाको विवरण सार्वजनिक गरेका छन् । बजारमा एक हजार मूल्य भएको कम्पनीले कति नाफा बाडन सक्छ भन्ने तथ्यांक अनुभवी र विशेषज्ञता भएका लगानीकर्ताले मात्रै केलाउन सक्छन् । सवै लगानीकर्ताले तथ्यांक केलाउ“दैनन् । धेरै जसो लगानीकर्ताले बजार बढे सेयर किन्छन, घट्यो भने सेयर विक्री गर्छन ।
दुई अर्ब चुत्तापु“जी भएको कम्पनीले एक अर्ब नाफा कमाएर ५० प्रतिशत लाभांश घोषणा गर्छ । एकसय रुपैया“को सेयरका किन्नेका लागि यो लाभांश ५० प्रतिशत अर्थात ५० रुपैया“ हो ।
 बजारबाट कम्पनीको सेयर एक हजार रुपैया“मा किन्नेले पनि पाउने ५० रुपैया नै हो । एक हजारमा सेयर किन्नेका लागि यो लाभांश पा“च प्रतिशत हुन आउछ ।
बजारमा लगानी गर्दा सावा“ नै गुम्न सक्छ । यस्तो जोखिम मोलेर पाच प्रतिशत रिटर्नका लागि लगानी अहिले हुनुको मूख्य कारण बैंकको निक्षेप र कर्जाको व्याज कम हुनु हो । जब व्याजदर माथी जान्छ सेयरको मूल्य घट्नेछ । लगानी गर्नेले आम्दानी कता बढि हुन्छ र जोखिम कता कम छ भन्ने हरिहाल्छ ।
कम्पनीको वास्तविक तथ्यांक विश्लेषण गरेर सेयर बजारमा लगानी गर्नेहरुको संख्या निकै कम छ । अझ बजार बढेको देखेर कमाउन आएका नया“ लगानीकर्तामा त ‘रेट अफ रिटर्न’ भन्ने कुन चराको नाम हो थाहा नै छैन ।
जे भएपनि बजारलाई अप्राकृतिक रुपमा बढाउने र घटाउने काम छोडेर यसको विकासका लागि लगानीकर्ताको लविङ हुन आवश्यक छ । बजारमा सेयरको मूल्य बढाईदेउ भनेर रुवावासी गरेर भाउ बढ्दैन । यसका लागि बजारको विकासका एजेन्डा अगाडी ल्याउन सक्नुपर्छ ।

Thursday, August 25, 2016

रुवावासी र हर्षोल्लासले सेयर बजारलाई अप्राकृतिक वृद्धि र गिरावटतर्फ लैजाने निश्चित




नारायण सापकोटा 

नेपाली सेयर बजारमा सधैँजसो यसपटक पनि लगानीकर्ताको रुवावासी सुरु भएको छ । बजारमा सेयरको मूल्य बढ्दा हर्षोल्लास र घट्दा रुवावासी गर्ने बानीलाई लगानीकर्ताले निरन्तरता दिएका छन् । यो रुवावासी र हर्षोल्लासले सेयर बजारलाई अप्राकृतिक वृद्धि र गिरावटतर्फ लैजाने निश्चित छ । बजारलाई उसकै नियमअनुरूप चल्न नदिने प्रयत्नले यसको विकास र वृद्धि झन् कठिन बनाउनेछ । 
नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार गठन भएपछि १ हजार ८८१ मा पुगेको सेयर बजार परिसूचक नेप्से अहिले करिव २०० अंक जतिले करेक्सन भएर तल झरेको छ । एक वर्षको अवधिमा नेप्से इन्डेक्स डबल भएको तथ्यलाई बिर्सेर सेयरको मूल्य बढाउन लगानीकर्ता अर्थमन्त्रीकोमा डेलिगेसनसमेत गइसकेका छन् । माओवादीसँग तर्सेकाले बजारमा सेयरको मूल्य  घटेको पक्कै हो । तर मूल्य बढाउन लगानीकर्ताले ‘डेलिगेसन’ जाने होइन । बजारको विकासका एजेन्डा लिएर लगानीकर्ता अर्थमन्त्रीकोमा गएका भए कति राम्रो हुन्थ्यो । तर लगानीकर्ताले त्यसो गरेनन् । 
    सेयरको मूल्य केही करेक्सन हुँदा लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीको पनि उछित्तो काटे । कार्कीले कालोधनको छानबिन गर्न समिति गठन गरेकाले बजार घटेको लगानीकर्ताको तर्क थियो । लगानीकर्ता महोदय, अवैधरूपमा कमाएको कालोधन कहीँ पनि लगानी गर्न पाइँदैन । बोर्डले यस्तो धन सेयर बजारमा लगानी भए÷नभएको छानबिन गर्न गठित समितिको त लगानीकर्ताले स्वागत पो गर्नुपथ्र्यो । यसले बजारलाई स्वस्थ्य र पारदर्शी बनाउने थियो । तर, उल्टै दबाब दिएर त्यो समिति खारेजै गराइयो । यसले बजारलाई सकारात्मक सन्देश दिएन । 
कार्की आफैं विश्व अर्थतन्त्र बुझेका बोर्डका उच्च पदाधिकारी हुन् । उनले राष्ट्र बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, नेपाल स्टक एक्सचेन्जमा काम गरिसकेका छन् । उनले अहिले बजारको विकासकै लागि बोलेका हुन् । बजारमा सेयरको मूल्य धेरै बढ्यो, साना र नयाँ लगानीकर्ता सचेत हुनु भन्ने बोर्डको निर्देशन शतप्रतिशत ठीक थियो । तर, यसको पनि विरोध भयो । 
यस अवस्थाले लगानीकर्ताले बजारमा सेयरको मूल्य बढाउनमात्रै खोजेको देखिन्छ । सेयरको मूल्य त दीर्घकालमा बढ्ने नै हो । नेप्सेको इन्डेक्स २००० हँुदै ५००० पार गर्दै उकालो लाग्ने नै छ । तर यो वृद्वि एक महिना वा एक वर्षमा हुुनुपर्छ भन्यो भने गलत हुनेछ । यस वृद्विका लागि न्यूनतम आधार तयार भएको बजार हुनुपर्छ ।  
बजारमा सेयरको मूल्य बढाउने हो भने नेपालको सेयर मार्केटलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नुपर्छ । अहिले त नेपालको सेयर बजार राजनीतिकरूपमा उत्तर कोरिया विश्वबाट अलग्गै बसेजस्तो छ । नेपाली सेयर बजार विश्व अर्थतन्त्रमा नजोडिएर अहिलेसम्म अलग टापु बनेको छ । सेयर बजारलाई विश्व अर्थतन्त्र जोड्ने अनलाइन कारोबारले हो । खोइ यसका लागि पैरवी गरेको ? 
बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनी आउन सकेकाछैनन् । यस्ता कम्पनीको सेयर सर्वसाधारणलाई विक्री गर्ने विषयमा खोइ बहस गरेको ? डेलिगेसन गएर त यस्ता विषय पो उठाउनुपर्ने हो । यी एजेन्डाले बजारको विकाससँग सेयरको मूल्य बढने बढाउने गर्नेछ । 
बजारमा सेयरको मूल्य बढेपछि घट्नै पर्छ नत्र यो दिगो हँुदैन । तर एक वर्षको अवधिमा नेप्से इन्डेक्स डबल हँुदा खोइ करेक्सन आएको ? उदाहरणका लागि इन्डेक्स १०० अंकले बढेपछि ८० अंक घटेर फेरि बढ्यो भने २० अंकको वृद्वि दिगो हुन्छ । लगातार बढेको बढ्यै भयो भने बजारमा सेयरको मूल्य भने घट्दा पनि त्यसैगरी ह्वात्तै घट्छ । 
विसं २०६५ सालमा ११७५ पुगेको इन्डेक्स २९२ मा यस्तै कारणले झरेको हो । लगातार बढेको बजार माओवादी ठूलो दल भएर सरकारमा आएपछि निरन्तर घट्यो । अहिले फेरि त्यस्तै चाहेको हो भने लगातार वृद्विको पक्षमा लाग्नु ठीकै होला । होइन, भने बजार बढेपछि घट्नै पर्छ । अनिमात्रै फेरि बढ्छ । घटबढसहितको बजारमा नयाँ र साना लगानीकर्ताका लागि जोखिम पनि कम हुन्छ । 
अहिले बजारमा कारोबार रकम पनि घट्नु भनेको सकारात्मक होइन । यसले बजार अझै घट्ने संकेत गर्छ । तर, अहिलेको बजार विगतको तुलनामा केही फरक छ । विगतमा म्युचुअल फन्डको लगानी सेयर बजारमा थिएन । यस्तो संस्थागत लगानीको अभावमा बजारलाई टेवा दिने ठाउँ नै थिएन । अहिले बजारमा वाणिज्य बैंकहरूले स्थापना गरेका फन्ड छन् । यिनको टेवाले बजार विगतको जसरी घट्नै सक्दैन ।
जसले जति अस्वीकार गरेपनि माओवादीसँग केही पँुजी भएकाहरू डराउँछन् । विगतको डर अझै कायम छ । पैसा हुने नै बजारका लगानीकर्ता हुन् । लगानीकर्तालाई विश्वासमा नलिने र झन् डर थप्ने काम सरकारले गर्दैगयो भने बजार तीव्रगतिले घट्नेछ । सरकारले लगानीकर्तालाई विश्वासमा लिन सक्यो र त्राश पैदा गरेन भने बजार पहिलेकै जसरी निकै तल नआउन सक्छ । यसैले लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् । 
अहिले कम्पनीले वर्षभरको नाफाको विवरण सार्वजनिक गरेका छन् । बजारमा एक हजार मूल्य भएको कम्पनीले कति नाफा बाँड्न सक्छ भन्ने तथ्यांक अनुभवी र विशेषज्ञता भएका लगानीकर्ताले मात्रै केलाउन सक्छन् । सबै लगानीकर्ताले तथ्यांक केलाउँदैनन् । धेरैजसो लगानीकर्ताले बजार बढे सेयर किन्छन्, घट्यो भने सेयर विक्री गर्छन् ।  
दुई अर्ब चुक्तापुँजी भएको कम्पनीले एक अर्ब नाफा कमाएर ५० प्रतिशत लाभांश घोषणा गर्छ । एकसय रुपैयाँको सेयरका किन्नेका लागि यो लाभांश ५० प्रतिशत अर्थात् ५० रुपैयाँ हो । बजारबाट कम्पनीको सेयर एक हजार रुपैयाँमा किन्नेले पनि पाउने ५० रुपैयाँ नै हो । एक हजारमा सेयर किन्नेका लागि यो लाभांश पाँच प्रतिशत हुन आउँछ । 
बजारमा लगानी गर्दा सावाँ नै गुम्न सक्छ । यस्तो जोखिम मोलेर पाँच प्रतिशत रिटर्नका लागि लगानी अहिले हुनुको मुख्य कारण बैंकको निक्षेप र कर्जाको ब्याज कम हुनु हो । जब ब्याजदर माथि जान्छ सेयरको मूल्य घट्नेछ । लगानी गर्नेले आम्दानी कता बढी हुन्छ र जोखिम कता कम छ भन्ने हेरिहाल्छ । 
कम्पनीको वास्तविक तथ्यांक विश्लेषण गरेर सेयर बजारमा लगानी गर्नेको संख्या निकै कम छ । अझ बजार बढेको देखेर कमाउन आएका नयाँ लगानीकर्तामा त ‘रेट अफ रिटर्न’ भन्ने कुन चराको नाम हो थाहा नै छैन । जे भएपनि बजारलाई अप्राकृतिकरूपमा बढाउने र घटाउने काम छोडेर यसको विकासका लागि लगानीकर्ताको ‘लबिङ’ हुनु आवश्यक छ । बजारमा सेयरको मूल्य बढाइदेऊ भनेर रुवावासी गरेर भाउ बढ्दैन । यसका लागि बजारको विकासका एजेन्डा अगाडि ल्याउन सक्नुपर्छ ।  

Tuesday, August 23, 2016

थोत्रा बस दुर्घटना भएर हजारौं जनसाधारण मर्दा पनि समिति कहिल्यै केही बोल्दैन



नारायण सापकोटा 

नयाँ बस किनेर यातायात सेवा सुरु गर्न चाहनेले सरकारी नियम पूरा गरेरमात्र पुग्दैन सम्बन्धित सडकमा हैकम चलाउँदै आएका यातायात व्यवसायीहरूको समितिलाई सुरुमैै कम्तीमा १० लाख ‘नजराना’ चढाउनुपर्छ । 
त्यसरी ‘नजराना’ चढाएपछि मात्र समितिले नयाँ बसलाई यात्रु ओसार्न पाउने पालो (किउ) दिन्छन् । दिनमा कति खेप गर्न पाउने र कुन बेला पालो आउने भन्ने पनि समितिले तोक्छ । 
यसरी समय पाएपछि थोत्रा गाडी सँगै नयाँ बस चलाउनुपर्छ । समितिको अनुमति लिएपछि जति यात्रु कोचे पनि र जति थोत्रो बस चलाए पनि उसले केही भन्दैन । जनतासँग पैसा जसरी असुले पनि हुन्छ । थोत्रा बस दुर्घटना भएर हजारौं जनसाधारण मर्दा पनि समिति कहिल्यै केही बोल्दैन । बरु उल्टै दुर्घटना गराउनेलाई कारबाहीबाट जोगाउनेतर्पm यातायात व्यवसायी सामूहिकरूपमा लाग्छन् । 
समितिमा आबद्व नभएका कुनै कम्पनीले सडकमा बस चलाए भने त्यसलाई जसरी पनि त्यहाँ चल्न नदिने प्रयास यातायात समितिले गर्ने अर्को काम हो । यसका लागि आवश्यक भए जति पनि खर्च गर्ने क्षमता देशभरका त्यस्ता समितिले बनाएका छन् । 
यतिमात्र हैन, सरकारले दिने अनुमतिपत्र ‘रुट परमिट’ पनि यस्ता बस समितिको सिफारिसमा मात्रै जारी हुन्छ । सडकमा यात्रु बस गुडाउने अनुमति लिन पनि यातायात व्यबसायीका समितिको सिफारिसलाई अनिवार्य बनाउनुलाई ‘सिन्डिकेट राज’ नभनेर अरू के भन्ने ? सरकारको अनुमतिमा सडकमा यात्रु बस चलाउन नपाउनु भनेको मौलिक हक हनन र अराजकता दुवै हो । विडम्बना, यस्तो अधिकार समितिलाई सरकारले नै दिएको हो । 
कुनै पनि स्वदेशी र विदेशी नागरिकले सरकारको अनुमति लिएर वैध कम्पनी खडा गरेपछि सडकमा यात्रु ओसार्ने बस व्यवसाय गर्न पाउनुपर्छ । स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने संवैधानिक हकमा यो अधिकार पनि पर्छ । 
सरकारी निकायले कानुनबमोजिम निषेध गरेको अवस्थामा बाहेक अरू कसैले नियमसम्मत रूपमा व्यवसाय गर्न कसैले पनि रोक्न पाउँदैन । यात्रु बस सेवाको सञ्चालन पनि यसकोअपवाद हुनसत्तैmन । यसैगरी सरकारले तोकेको मापदण्ड पूरा नगरी बसमा यात्रु राख्न र सडकमा चलाउन पनि पाइँदैन । यात्रु मात्र हैन सामान बोक्ने ट्रकले समेत निश्चित मापदण्ड पूरा गरेपछि मात्र सडकमा चल्न पाउँछन् ।
नेपालमा भने बस व्यवसायीका समूहहरूले देशभरका सडक नै कब्जा गरेका छन् । पक्की होस् कि कच्ची सबैजसो सडक उनीहरूकै कब्जामा छ । समितिको सदस्य नभई यातायात सेवा चलाउन नपाउनुको अर्थ सडकमा अवैध कब्जा गर्नु नै त हो । वास्तवमा सडक कब्जा गरेर व्यबसायीले यातायात सेवालाई ‘एम्बुस’ बनाएका छन् । नयाँ व्यवसायीसँगै यात्रुहरू त्यही धरापमा पर्ने गरेका छन् ।  
सडक जनताको करबाट संकलन भएको पैसा खर्च गरेर राज्यले बनाएको हो । यस्तो सडक केही बस मालिकहरूले कब्जा गर्न कसरी मिल्छ ? यसरी सडक कब्जा गर्नु त ‘जंगल राज’ हो । यसलाई कानुनी राज त भन्नै मिल्दैन । 
समितिका नाममा कायम रहेको यस्तो अराजकता र गिरोहवाजीको अन्त्य गर्ने जिम्मेवारी यातायात व्यवस्था मन्त्रालयको हो । यातायात क्षेत्रका समस्याको अहिलेका मन्त्री रमेश लेखकलाई भलिभाँती जानकारी छ । विगतमा यही मन्त्रालय समाल्दा उनले मन्जु खाँडलाई संयोजक बनाएर अध्ययनसमेत गराएका छन् । त्यसैले कुनै कदम चाल्न मन्त्री लेखकलाई थप समय आवश्यक नहुनुपर्ने हो ।
समस्याको चुरो थाहा पाएका लेखकको हस्तक्षेप सार्वजनिक यातायातका क्षेत्रमा हुनै पर्छ । हस्तक्षेप नगर्ने हो भने दुर्घटना गराएर सर्वसाधारणको ज्यान लिने दुश्चक्र रोकिनेछैन । अहिलेको अवस्था सार्वजनिक यातायातका लागि संकटकालजस्तै  हो ।  
देशभरका सडकमा यात्रु बोक्ने बस कति पुराना छन् र तिनको अवस्था  कस्तो छ भन्ने तत्काल भिडियो रेकर्ड गरेर चेकजाँच गर्नु जरुरी छ । भिडियो रेकर्ड राख्ने व्यवस्थाले कमसललाई राम्रो भन्न कठिन हुनेछ । 
सार्वजनिक यातायातमा यात्रा गर्दा मर्नुपर्ने अवस्था अन्त्य गर्न पुराना र थोत्रा सवारी साधनलाई तत्काल सडकबाट हटाउने निर्णय हुनु आवश्यक छ ।  यात्रु बसका लागि निश्चित मापदण्ड तत्काल जारी गरी त्यसको कार्यान्वयनको प्रभावकारी अनुगमन सुरु गर्न कुनै समस्या पर्ने देखिँदैन । 
अहिले देशभरका सडकमा धेरै जसो यात्रुबस सवारी चालक अनुमति (ड्राइभिङ लाइसेन्स) नभएका चालकका सहयोगीले गुडाउँछन् । यस्ता भर्खर सिकेका वा सिक्दै गरेका सिकारु चालकलाई यात्रु बस चलाउनमा तत्काल प्रतिबन्ध लगाउन पनि अप्ठेरो हुनुनपर्ने हो । 
रुटपरमिट नलिईकन बस चलाउनेलाई सख्त कारबाही गर्न पनि कानुनी कठिनाइ छैन । पैसाका आधारमा ड्राइभिङ लाइसेन्स पाइने अवस्था बन्द गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले पनि काम गर्न सक्छन् । केही नक्कली लाइसेन्सधारीलाई कडा कारबाही हुनेबित्तिकै अरूले यसै तह लाग्नेछन् । 
सामान राख्ने बहानामा यात्रुबसको छतमा केही पनि राख्न नमिल्ने बनाएरमात्रै सडकमा गुड्न दिनुपर्छ । नत्र ट्राफिकको आँखा छलेर यात्रु चडाउने कार्य बस चालकले गरिरहनेछन् । 
ट्राफिक प्रहरीलाई नियममा कडाइ गर्ने तर घुस नलिने बनाउन विशेष भत्ताको व्यवस्था गरेर प्रोत्साहित गर्न सकिन्छ । यस्तै चालक, सहचालक र सहयोगीलाई पनि निश्चित अवधिमा तालिमको व्यवस्था गरेर उनीहरूलाई सचेत बनाउन जरुरी छ ।
कुनै गम्भीर प्रकृतिको दुर्घटना गरेमा चालकमाथि कानुनी कारवाही गर्नुका साथै उसको ड्राइभिङ लाइसेन्स पनि खारेज गर्नुपर्छ । सामान्य किसिमका नियम पनि पटकपटक उलंघन गरेमा ड्राइभिङ लाइसेन्स नवीकरण नगर्ने उपाय अपनाउन सकिन्छ । थोत्रा बसमा यात्रु बोकेर दुर्घटना भएमा बसको मालिक र ड्राइभर दुवैलाई कारवाही गर्न सकेमात्रै कानुनको डर पैदा हुनेछ । तर, विद्यमान बस समिति खारेज गरेपछि मात्रै यस्ता काम गर्न सकिन्छ । समिति खारेज गरेपछि  कम्पनी बनाएर आउने र सिन्डिकेटमा सहभागी नहुनेलाई मात्र यात्रु बस सेवा सञ्चालक बन्ने अनुमति दिनुपर्छ । 
यात्रुबसका अधिकांश मालिक गाउँदेखि केन्द्रसम्मका कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ता छन् । मन्त्री लेखकले कारबाही अगाडि बढाउँदा कांग्रेसका कार्यकर्ता पनि पर्छन् । सरकारको नेतृत्वकर्ता दल र अन्यका पनि पर्छन् । यो तहको दबाब थेग्न सजिलो त छैन । यातायात क्षेत्रमा सुधार नगरी पनि सुख छैन । सुधारको कदम चाल्दा समस्या देखिएमा सरकार नै बस चलाउन तयार हुनुपर्छ । नत्र यस क्षेत्रमा सुधार गर्न कठिन हुन्छ । 
नयाँ यात्रु बसलाई सेवा सञ्चालन गर्न सहज र सिन्डिकेटवालाबाट सडकलाई स्वतन्त्र बनाउन सरकारलाई खासै लामो अवधि लाग्दैन । र, यसो गर्नुको विकल्प पनि छैन । अहिले मन्त्री लेखकले गर्ने कि भोलि अरु कोही आएर गर्ने भन्नेमात्र हो । लेखकले केही गर्न चाहेमा उनका लागि अवसर पनि हो । सुधार त हुन्छ, हुनैपर्छ । सिन्डिकेटको समय अब धेरै छैन । 

Tuesday, August 16, 2016

नयाँ कम्पनीका बस सडकमा आउनै नदिने गरी सिन्डिकेट खडा गर्ने यातायात व्यवसायीका समितिलाई तत्काल खारेज गर्


नारायण सापकोटा 

सार्वजनिक यातायातमा विशेषगरी यात्रुवाहक बसको दुर्घटना कम गर्ने एउटा उपाय नयाँ बस सञ्चालन गर्ने कम्तीमा पनि १० वटा कम्पनी सडकमा प्रतिस्पर्धामा उत्रनुपर्छ । यसरी नयाँ बस चलाउन अगाडि सर्ने कम्पनीलाई आवश्यक भए सरकारले सुरक्षा पनि दिनुपर्छ । साथै, नयाँ कम्पनीका बस सडकमा आउनै नदिने गरी सिन्डिकेट खडा गर्ने यातायात व्यवसायीका समितिलाई तत्काल खारेज गर्नु सडक यातायातमा सुरक्षा र सुविधा बढाउन आवश्यक अर्को निर्णय हो । 
अब कुनै पनि रुटमा समितिका नाममा गिरोहबन्दी गर्ने होइन अलग अलग कम्पनी खडा गरेर प्रतिस्पर्धामा बस चलाउन चाहनेहरूलाई प्रवेश गराएर थोत्रा र सिन्डिकेट चलाउन चाहनेहरूका बसलाई ग्यारेजमा थन्क्याउनुपर्छ । नत्र, जनसाधारणलाई दुर्घटनामा पारी मार्ने क्रम रोकिनेछैन । 
दशकौंदेखि सार्वजनिक बस दुर्घटनाको प्रमुख कारण यातायात व्यवसायीको मिलेमतो (सिन्डिकेट) मा पुराना र थोत्रा बस सडकमा गुडाउनु नै रहँदै आएको छ । जति पटक दुर्घटना भएर जति जना मरे पनि यातायात व्यवसायीका नाममा गठन भएका समितिले सडकमा नयाँ बस गुड्नै दिँदैनन् । नयाँ कम्पनीले बस गुडाउन खोजे समितिमा आबद्ध पुरानाले सधैं अवरोध गर्ने गर्छन् । यसैले सडक यातायातमा लगानी गर्न नयाँ लगानीकर्ता डराउने गरेका हुन् । 
निम्न र मध्यम वर्गले प्रयोग गर्ने सार्वजनिक बस अधिकांश पुराना र थोत्रा भएकाले बर्सेनि धेरैले ज्यान गुमाउनु परेको लामै समय भइसकेको छ । तर, व्यवसायी भने यात्रुको सुरक्षा र सुविधाका लागि पनि सिन्डिकेट हटाउन तयार छैनन् । एक पटक बस किनेपछि जति पुरानो भए पनि सधैँ सडकमा गुडाउन पाउनुपर्ने जिद्दीले सर्वसाधारणको ज्यान लिइरहे पनि यातायात मन्त्रालयले त्यसलाई अन्त्य गर्न कुनै अग्रसरता देखाएको छैन । 
एउटा बस किन्ने समितिमा दर्ता गर्ने र सरकारले केही कदम चाल्न लागे सडक कब्जा गर्दै आन्दोलनमा उत्रने यातायात व्यवसायी नामका अपराधीले सर्वसाधारण मार्ने काम भने जारी राखेका छन् । यस्तो आततायी कार्य रोक्ने सरकारी हस्तक्षेपले हो । सुरक्षितरूपमा सार्वजनिक सवारी साधन चढ्न पाउने अधिकार पनि दिलाउन नसक्ने हो भने सरकार केका लागि हो ? 
आवश्यक परे सरकारले नै बस किनेर गुडाउने गरी हस्तक्षेप नगर्ने हो भने थोत्रा बस चलाएर दुर्घटना गराई सर्वसाधारणलाई मार्ने काम जारी रहनेछ । सार्वजनिक सवारी साधन सर्वसाधारणका लागि न्युनतम आवश्यकता हो । यो न्यूनतम आवश्यकता पूरा गर्ने राज्यको कर्तव्य हो भने त्यसमा सिन्डिकेटले बाधा पारेको छ । यसैले सरकारको प्रभावकारी हस्तक्षेपविना सिन्डिकेट अन्त्य हुनसक्दैन । 
सरकारी हस्तक्षेप र सुरक्षाको प्रत्याभूतिविना नयाँ कम्पनीले बस किने पनि सडकमा गुडाउनै सक्दैनन् । सडकमा यातायात व्यवसायीका समितिले तोडफोड, कुटपिट जे पनि गर्छन् । बस फुटाउँछन्, ड्राइभरलाई कुट्छन् । अनि त्यस्तो जोखिम उठाएर को सडकमा बस चलाउन अगाडि सर्ने ?  सरकारले पूर्ण प्रत्याभूति नदिएसम्म नयाँ कम्पनी यस्तो जोखिम लिएर बस चलाउन तयार हुँदैनन् । नयाँ कम्पनीले सडकमा नयाँ बस नगुडाईकन अहिलेको जस्तो दुर्घटनाको चक्र अन्त्य हुँदैन । यात्रुको सुरक्षा र सुविधामा ध्यान दिने पर्यटक बसहरू अपेक्षाकृत दुर्घटनामुक्त हुनुले पनि नयाँ बस चलाउनुको औचित्य सिद्ध हुन्छ ।
दुर्घटना नियन्त्रणका लागि सडकमा नयाँ गुडाउनुका साथै बसमा जति पनि यात्रु कोच्नेलाई कडा सजाय गर्नु पनि जरुरी छ । बसको क्षमता ३० जना यात्रु अट्ने हुन्छ । त्यस बसमा दुई सय जना राख्दा पनि किन कारबाही हुँदैन ? अझ गाउँतिरका सडकमा गुड्ने बसमा त झन् धेरै यात्रु राख्ने कार्य हुन्छ । सडक र बसजस्तो सुकै अवस्थामा हुन् मतलब नै राखिँदैन । हुन त, नियतवश गाडीले किचेर मान्छे मार्नेलाई त कर्तव्य ज्यानअन्तर्गत कारबाही हुनेगरेको छैन भने यात्रु धेरै चढाउनेलाई कारबाही होला भन्ने आशा कसरी गर्नु ? 
केही वर्षअघि सम्म बसले कुनै मान्छेलाई अलिकति धक्का दिएपछि ढलेमा जानाजानी मार्ने काम ड्राइभरले गर्थे । त्यस्ता सवारी साधनलाई सर्वसाधारणले सडकमा जलाउन थालेपछि र तेस्रो पक्ष बिमा कार्यान्वयनमा आएपछि जानाजानी गाडी ब्याक गरेर मार्ने काम कम भएको छ । तर पूर्णरूपमा रोकिएको छैन । 
सडक र यातायातको बेथिति रोक्ने काम सरकारबाहेक अरूले गर्नै सक्दैन । तर, सरकारले जति दुर्घटना गराए पनि कसैलाई कारबाही गर्दैन । त्यतिमात्र हैन सुधारको प्रयास पनि गर्दैन । सामान्य जनता दुर्घटनामा परेका छन्, मरेका छन् । उद्धारको विषय उठान गर्‍यो सबै खातापाता बन्द । यातायात व्यवसायीका समितिको दबाबमा जस्ता बसलाई पनि सडकमा कहिलेसम्म गुडन दिइरहने ? सर्वसाधारणका लागि सडकमा गुडाइने बसका लागि निश्चित मापदण्ड किन नबनाइएको ? किन जस्ता बस सडकमा गुडाउँदा पनि, जति सर्वसाधारणलाई दुर्घटनामा पारेर मार्दा पनि अनुगमनलाई तीव्र र प्रभावकारी किन नबनाएको ? थोत्रा बसका मालिकहरू किन कारबाहीमा नपरेका ? 
अहिले अर्को समस्या अनुभवहीन चालक पनि हुन् । अनुभवी चालक (ड्राइभर) अधिकांश वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएका छन् । नेपालका सडकमा बस चलाउने धेरैजसो चालक नयाँ र अनुभवहीन छन् । स्वदेशमा रोजगारीका अवसर बढेको भए चालक पेसाका लागि विदेशमा  जानुपर्ने थिएन । अर्को समस्या ड्राइभिङ लाइसेन्स सहजै प्राप्त हुनु हो । लाइसेन्स लिन ड्राइभिङ जान्नै पर्दैन, पैसा बुझाए पुग्छ । त्यसरी लाइसेन्स लिनेले कसरी बस चलाउलान् ? 
अर्को समस्या त सडक नै हो । एकपटक पक्की सडक बनेपछि त्यसमा फेरि मर्मत सम्भार हुनै सक्दैन । कच्ची सडक त कच्ची नै भइहाले । सडक पनि दुर्घटनाको अर्को कारण हो । सर्वसाधारण सचेत नहुनु पनि दुर्घटनाको कारण हो । धेरै जना एउटै बसमा चढ्नु हुँदैन भन्ने चेत सर्वसाधारणमा नआउँदा दुर्घटना बढ्ने गरेका हुन् । 
अहिले त राजनीतिकरूपमा सबै सचेत छन् । गाउँदेखि सहरसम्म कांग्रेस, एमाले र माओवादीका संगठन छन् । तर यिनै राजनीतिक दलले नै सिन्डिकेटवाला यातायात व्यवसायीविरुद्ध वोल्दैनन् । यसरी नबोल्दा बसमा जो पनि चढ्नु पर्छ र मर्नुपर्ने हुनसक्छ !  
तत्कालका लागि सुधारको सुरु यातायात व्यवसायीका समिति विघटन र सरकारको अग्रसरता नयाँ बस सडकमा गुडाउनु नै हो । 
  

Thursday, August 11, 2016

अमेरिकी सेयर बजारका तीन इन्डेक्सको नया रेकर्ड डिपार्टमेन्ट स्टोरको सेयर मूल्य उच्चदरमा वृद्धि



नारायणप्रसाद सापकोटा
अगस्ट ११ २०१६

शत्रवर्षपछि अमेरिकी सेयर बजारका सवै इन्डेक्सले विहीबार अहिले सम्मको नया“ रेकर्ड बनाउ“दै उचाई चुमेका छन् । अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएपछि अमेरिकन सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको हो ।

विहिबार ठुला डिपमार्टमेन्ट स्टोरको त्रैमासिक नाफा बढेको विवरण सार्वजनिक हुनु र बेरोजगार भत्ता लिनेको संख्या घटेपछि सेयर बजार नया“ उचाईमा पुगेको हो ।
सन् १९९९ डिसेम्बर ३१ पछि तीन वटै इन्डेक्सले एकैदिनमा उच्च तहमा पुगेर २०१६ अगस्ट ११ मा नया“ रेकर्ड बनेको रोयटर्सले जनाएको छ ।

डिपार्टमेन्ट स्टोर मेसि, कोहल्स लगायतका कम्पनीको नाफा विवरण सार्वजनिक भएपछि यसको सेयर मूल्य उच्च दरमा बढेको छ । विहिबार मेसिको सेयर मूल्य १७ दशमल ९ प्रतिशतले बढेको छ । कोहल्सको सेयर मूल्य १६ दशमलव १७ प्रतिशतले बृद्धि भएको छ । जेसि पेन्नीको सेयर मूल्य पनि ८ दशमलव ६३ प्रतिशतले बढेको छ ।
सरकारबाट वेरोजगार भत्ता लिनेको अमेरिकीको संख्या छोटो अवधिमा तीन हजारले घटेपछि अर्थतन्त्र सकारात्मक भएको देखिएको हो । यस्तो भत्ता लिनेको संख्या २ लाख ६९ बाट २ लाख ६६ हजार व्यक्तिमा झरेको छ ।कच्चा तेलको मूल्य पा“च प्रतिशतले बढेकोले पनि बजार बढ्नमा सहयोग गरेको छ ।

डाउजोन्स इष्ड्रटियल एभरेज(डिजेआई) विहीबार ११७.८६ अंक बढेर १८६१३ विन्दुमा पुगको छ । एस एण्ड पी ५०० को इन्डेक्स पनि (एसपिएक्स) १०.३० अंकले बढेर २१८५ .७९ विन्दुमा पुगेको छ । नास्डाक कम्पोजिट (आईएक्सआईसि) २३.८१ ले वृद्धि भै ५२२८ विन्दुमा पुगेको छ ।डाउजोन्स, नास्डाक, एस एण्ड पी एकैदिन अहिले सम्मकै उच्च रेकर्डमा पुगेको हो । न्यूयोर्क स्टक एक्सचेन्ज(एनवाईएसइ) ६१.१६ ले वृद्धि भै १०८३६ अंकमा पुगेको छ ।
अमेरिकाको रोजगारी वृद्धि उच्च भएको र तलव पनि जुलाईमा बढेको तथ्यांक  सार्वजनिक भएपछि गतसाता सेयर बजार इन्डेक्स नया“ उचाईमा पुगेको थियो ।मे र जुनमा विगतको तुलनमा १८ रोजगार बढेको लेवर डिपार्टमेन्टले जनाएको छ ।अमेरिकन सेयर बजारमा दैनिक औषत करिव ७ अर्ब कित्ता सेयर किनवेच हुन्छ । हिजोआज यो संख्या औषतमा दैनिक ६ अर्ब ४३ करोड कित्तामा झरेको छ ।

अमेरिकी सेयर बजारमा अर्थतन्त्रमा सुधार भएको तथ्यांक सार्वजनिक हु“दा वृद्धि देखिने गर्छ । अर्थतन्त्रका सूचक थोरै भएपनि नकारात्मक बनेमा स्टक इन्डेक्स घट्ने गर्दछ । हरेक तीन महिनामा कम्पनीहरुले सार्वजनिक गर्ने नाफामा सेयर बजारमा मूल्इ घटबढ् हुनेगर्छ । कुनै कम्पनीको नाफा घटेको विवरण सार्वजनिक भएमा सेयर मूल्य बजारमा घट्ने गर्छ । कम्पनीको नाफा बढेको विवरण सार्वजनिक हुनासाथ बजारमा सेयर मूल्य बढ्छ । केन्द्रिय बैंकले लिने नीतिले बजारमा मूल्य घट्बढ् गराउ“छ ।
बेलायत युरोपियन युनियनबाट बाहिरिने जनमत संग्रहको परिणाम लगत्तै विश्वभरकै सेयर बजारस“गै अमेरिकी बजारमा पनि गिरावट आएको थियो । तर विस्तारै त्यसमा सुधार आयो । पूर्णतया अनलाईन कारोवार हुने अमेरिकी सेयर बजारका लगानीकर्ताले विश्वकै जुनसुकै ठाउ“ बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन ।
( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )

  

Monday, August 8, 2016

गल्ति , हार , असफलता जीवनको अन्त्य अवश्य होइन, यो फेरी उठ्ने एउटा सबल आधार हो


मानिस कमजोरीहरूका विच पनि महान बन्न सक्छ
 ~भीमसेन सापकोटा (आचार्य राजन )
~‘जो सबै भन्दा जरूरी , शुरुवात त्यसैबाट गर त्यसपछि मात्र जे सम्भव त्यो गर यति नै गर्यौ भने पनि अचानक तिमीले आफुलाई असम्भव कार्यसिद्दी गरिरहेको पाउंनेछौ ” -सन्त फ्रान्सिस विश्व
ओलम्पिक खेलमा आश्चर्यजनक रुपमा धेरै पदक हासिल गरेका भारतका प्रसिद्द बक्सिङ्ग खेलाडि मोहम्मद अलि खान लाई पत्रकारहरूले सोधेका थिएआजको दिन तिम्रो लागि भाग्यशाली रहेछ है यसमा उनको जवाफ थियो ” -‘तिमीले आजको दिनको सफलतामा मलाई जोडेर हेर्यौ , तर मैले यो दिनका लागि रात दिन नभनि विताएको विगतको १८०० घण्टाको कठिन तयारी पनि यो सफलतामा जोडेको भए तिमीले यसको उत्तर पाउंथ्यौ।उनको यो उत्तरमा निरन्तरता, प्राथमिकता समय सीमा भित्रैमा लक्ष्य तर्फ पूर्ण समर्पण नै सफलता हो भन्ने दार्शनिक भनाइ लुकेको थियो
स्वामि विवेकानन्द ले एक पटक आफ्ना शिष्यलाई भनेका थिएजे काम गर्छौ त्यसका लागि तिमीमा भएको पूर्ण सामर्थ्य लगाउ त्यसैले तिमीलाई कार्य सिद्दी तर्फ पुर्याउने जब हामि काममा असफल हुन्छौं तब यी भन्ने भनाइ हुन्न भन्दै आफु वरिपरिको परिवेश वा ब्यक्तिलाई दोष थुपार्छौं परीक्ष्या विग्रियो भनेप्रश्न जटिल थिए वा समय कम हो भन्छौं जबकि त्यहि प्रशन हल गरेर थुप्रैले उच्च मार्क ल्याउंछन्।लडियो कतै भने बाटो असजिलो भन्छौ। जबकि त्यहि बाटो सजिलै हिंडेर धेरैले यात्रा पुरा गरेका हुन्छन्।हामि हार्यौं भने त्यो अर्काको जितमा छलबाजी लुकेको भन्छौंuncertainity of life
यसरी हेर्दा हामीलाई किन दु: हुन्छ भने हामि आफुले गर्न नसकेकोमा भन्दा पनि अरूले केही गर्न सकेकोमा बढी पिडा बोध गर्छौं यस्तै कोहि सफल भई हाल्यो वा कुनै ब्यवसायिक सफलता हासिल गर्यो भने हामि उसको जीवनका अन्य सन्तुलन हेर्दैनौ* धनको कमाइमा नै उसले प्रगति गरेको दर्जा दिन्छौं उसले गोल हान्दा कति छल गर्यो , कतिलाई दु:खायो वा दुखाएको छैन भन्दा पनि उसले गोल हानेको मात्र हामी गनेर बस्छौं
एक दार्शनिकले भनेका छन् कियदि तिमी साच्चै कुनै महान पुरुषको चरित्र जांच्न चाहन्छौं भने उसका ठुला कार्य बाट नजांच एक जना मुर्ख पनि विषेश अवसरमा बहादुर बन्छ मानिस अत्यन्त साधारण कार्य जांच गर वास्तवमा त्यो नै यस्तो कुरा हो जसबाट एक महान पुरुषको वास्तविक चरित्रको बारेमा थाहा पाउन सकिन्छ ब्रम्हो पनिषदको १०८ औं मन्त्र भन्छआनन्दं ब्रम्ह अर्थात सधैं साथमा रहने नै ब्रम्ह हो अनित्य आनन्द नै वास्तविक आनन्द हो
यस्तै हामीले वर्तमानमा भोगिरहेको पीडा , दु: हामीले नै गरेका कर्मका फल हुन्। यदि यसलाई बुझ्न सक्यौं भने हामीले नै यसलाई नष्ट गर्न सकिन्छ सिर्जना गर्न सकिने कुरालाई अन्त्य गर्न पनि सकिन्छ त्यसैले उठ ,उत्तरदायित्व बोध गर विग्रेको काम हेरेर दु: मान्ने हैन सुन्दर भविस्य लाई हेर द्वारीका मा महल बनए पछि कृष्ण भगवानले आफ्नो कालिगढ लाई भन्नु भयो किद्वारीका तर्फ देखिने गरि कुनै झ्याल नराख्नु, किनकि त्यो विगत भईसक्यो अब अगाडिको बाटो हेर्नु पर्छ।जबकि द्वारीका कृष्ण जि का लागि अति प्रिय स्थान थियो
आज सम्म ढिला भएर केही हुंदैन अब ढिला नगर मदन पुरस्कार विजेताखुसीपुस्तकमा विजय कुमारले लेखेका छन्हुनत मानिसले सत्यको दर्शन कहिल्यै नगरनु भन्दा अबेरैं गरे बेस मानिस आफ्ना कमजोरिहरूका साथ पनि महान हुन सक्छ कसैले जित पचाउन सक्दैन कसैले हार पचाउन सक्दैन। कसैले दुबै पचाउन सक्दैन आफ्नो अहङ्कारको तृप्ति गर्नासाथ खुशी रहने हार्ना साथ दु: मनाउनु भन्दा हरेक दु:खलाई पनि बरदान सम्झ
 ‘स्वामि विवेकानन्दपुस्तकमा उनको भनाइ लेखिएको कि सारा दु:खलाई नराम्रा काम को भुक्तानि गरेको हो भन्दै सुखि हुन्छु यसैले प्रख्यात दर्शनिक अब्राहम भनेकाछन्आजै गर्न सकिने भोलिको कामलाई भोलि भनेर नसांच कोर्म्याक भन्छन् -“सबै भोलिको लागि तयार हुन्छन् तर भोलिको दिन सबैका लागि तयार नभएको कुरा उनिहरू थाहै पाउंदैन्।
 मानिस समयमै आफ्ना काम गर्न नसक्दा दु:खि हुन्छ बांकि रहेका काम ले उसलाई तनाव सिर्जाउंछ तनाव बाट भाग्न धेरै उपाय खोज्छ सबै -आफ्नै तरिकाले भाग्न चाहन्छन्। धुम्रपान बाट कोहि मध्य पान बाट , कोहि जुवा बाट कोहि अन्य नशाहरू बाट। एक समस्या बाट मुन्टो बटार्दैमा समस्या भाग्दैन , बरू थप भारी बनेर आउंछ एकछिन नशाले समस्या बाट टाढा लैजान्छ , तर सम्स्या टाढा हुंदैन समस्यालाई स्वीकार गर्दै, परिस्थितीलाई स्वागत गर्दै सबैलाई प्राथमिकतामा राखेर हल गर्दै जानु नै समस्या समाधानको उत्तम उपाय हो
 नशाले तपांइको सजग सेल्स मारिदिन्छ कृतिम रुपमा केहि आनन्द भए जस्तो लाग्छ तर यो कालान्तरमा घातक हुन्छ उसै पनि जीवन छोटो , त्यसमा पनि हरेक दिन - घण्टाको दरले मात्रै पनि नशामा पर्दा वर्षमा ३६५ घन्टा अनुत्पादक बनेर अमुल्य क्षणहरू नस्ट हुन्छन्।तर केही छैन , नशा बाट मुक्ति पाउन सकिन्छ फेरि जीवन सिर्जनशिल उत्पादक बनाउन सकिन्छ जहाँ ढलिन्छ , उठ्ने त्यहि बाट हो जहां गईराइ हुन्छ त्यहां उचाइ पनि हुन्छ जहाँ ओराली हुन्छ त्यहां उकाली पनि हुन्छ जहाँ अँध्यारो त्यहाँ उज्यालो पनि हुन्छ यहाँले अँध्यारोमा मन केन्द्रित गर्नु भो, त्यसले अँध्यारो मात्र देख्नु भो यदि दृष्टि उज्यालोमा केन्दि्रत गर्नु भो भने जहिले पनि सुन्दर विहानी देख्न सकिन्छ हितो पदेशको २६ औं श्लोकमा भनिएको , भविष्य प्रति सबै अनभिज्ञ छन्, भोलि हुन सक्ला वा नहुन पनि सक्ला , बुद्दिमान ब्यक्ति आजैं योजना फत्ते गर्छ हि कश्चित् विजानाति किं कस्य श्वो भविष्यति अतः श्वः करणीयानि कुर्यादद्यैव बुद्धिमान् अझै केही विग्रेको छैन ,आजै बाट नशा मुक्ति को प्रण गरौं तपाईंले भोली देखि हैन अहिले नै साथी , भाई , आफन्त मात्र हैन ,आँफैंलाई चकित पार्न सक्नु हुनेछ आंखा चिम्लेर पटक भन्नुहोस् सक्छुअवश्य सक्छुअवश्य सक्छु एक जना सफल इन्जीनियरलाई सोधिएको थियो , तपाईंको सफलताको रहस्य के हो ! उत्तरको अपेक्ष्या थियोमिहिनेत , लगनशिलता , निरन्तरता आदि -आदि तर उनको उत्त्त थियो ,मेरो विगतका गल्ति ‘! उनले थपेहो मैले विगतमा धेरै गल्ति गरें , त्यहि गल्ति बाट सिकेर आज सफल छु , यो बाहेक मेरो रहस्य केहि छैन गल्ति , हार , असफलता जीवनको अन्त्य अवश्य होइन। यो फेरी उठ्ने एउटा सबल आधार हो
भीमसेन सापकोटा ,~~लेखक सकारात्मक सोचका एक अभियन्ता ,तथा पेशाले नेपाल-फिजी सांष्कृतिक राजदुत तथा प्राध्यापक ,( अस्ट्रेलियन आइडियल कलेज ,भिक्टोरिया विश्वविध्यालय सिड्नी हुनुहुन्छ  ) bhimsensap@hotmail.com
( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )