Wednesday, August 3, 2016

विदेशमा बस्ने नेपालीलाई अलि उदार रुपमा हेरियो भने नेपालमा बसे पनि अन्य देशमा बसेपनि केही फरक पर्दैन



सन् २००३ मा नेपालमा विदेशमा बस्ने नेपाली( एनआरएन) को पहिलो सम्मेलन हु“दा विजय घिमिरे नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्ष थिए । सेजन र एनआरएनको सहकार्य त्यतिबेला सुरु भएको हो । अहिले सम्म एनआरएन सम्मेलनका केही बाहेक अधिकांश घोषणापत्रको मस्यौदामा घिमिरे संलग्न छन् । एनआरएनलाई विदेशी मान्ने समाजमा त्यसको पक्षमा वकालत गर्नु सहज थिएन । अहिले पनि एमालेबाट मन्त्री भएका लालबावु पण्डितले ग्रिनकार्ड र पिआर हुनेका विरुद्ध गरेको गतिविधिले एनआरएनप्रति समाजको दृष्टिकोण प्रस्ट हुन्छ । तै पनि नया“ संविधानमा एनआरएनलाई नागरिकताको व्यवस्था भएकोले विदेशमा बस्ने नेपाली खुशी छन् । यही बेलामा अमेरिकाको न्यूजर्सीमा एनआरएनको क्ष्ँेत्रीय सम्मेलन हु“दैछ । यो सम्मेलनमा घिमिरे पनि सहभागी हु“दैछन् । प्रस्तुत छ एनआरएनका विषयमा केन्द्रित भएर घिमिरेस“ग नारायण सापकोटाले गरेको कुराकानी ।

एनआरएनको सामूहिक संगठन गठन भएपछि नेपालको आर्थिक र सामाजिक विकासमा कति योगदान भए जस्तो लाग्छ ?

धेरै योगदान पुगेको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको अध्ययनले नौ जिल्लामा ३० अर्ब रुपैया“ लगानी भएको देखाएको थियो । यो भन्दा धरै लगानी छ नेपालमा एनआरएनको ।
धेरै एनआरएनले लगानी गरेका छैनन् अझै पनि । लगानी बढाउने संभावना धेरै छ । अहिले सिमित एनआरएनले मात्रै लगानी गरेका छन् । आफ्नो क्षेत्रमा दक्ष्ँता हासिल गरेका मान्छे पनि नेपालमा केही गर्न चाहन्छन् । क्यानडाका नरेश कोइराला नेपालमा आफ्नो विज्ञ सेवा दिईरहेका छन् । यस्ता धेरै नेपाली छन् । धेरै एनआरएन नेपाल जान चाहन्छन् । यसका लागि नेपाल सरकारले उच्च वातावरण बनाउनुपर्छ ।

एनआरएनलाई नागरिकता दिने व्यवस्था नेपालको संविधानमा परेको छ । यति भएपछि त लगानीका लागि वातावरण बनिहाल्यो नी  ?

नागरिकता दिने भनेपनि पिआर र ग्रिनकार्ड लिनेले सरकारी जागिर खान नपाउने व्यवस्था गरिएको छ । नागरिकता दिने व्यवस्था धेरै राम्रँे हो । विदेशी आएर काम गर्न पाउने पदमा पिआर र ग्रिनकार्ड लिएका नेपालीले जागिर नपाउने व्यवस्था गरिएको छ । सस्तो लोकप्रियकताका लागि यस्तो व्यवस्था गरिएको हो । पूर्व सामान्य प्रशासन मन्त्री लालवावु पण्डित पिआर र ग्रिनकार्ड भएकाहरुबाट देश विग्रिएको जस्तो गरि प्रस्तुत भए । पण्डित अझै सार्वजनिक रुपमा यस्तै धारणा राख्दैछन् । कतिले यस्तो व्यवस्थालाई वा, वा भन्दै समर्थन पनि गरे ।  यो सस्तो लोकप्रियता बाहेक केही होइन ।

भारतिय रिजर्व बैंकका गभर्नर रघुराम राजनसंग ग्रिनकार्ड भएको त्यहा“का संचारमाध्यमले जनाएका थिए । उनलाई अहिले रिजर्व बैंकको सवैभन्दा सफल गभर्नर मानिन्छ । त्यहा“ त्यस्तो जिम्मेवार पद ग्रिनकार्ड भएकालाई दिएको अवस्थामा नेपालमा रोक्नु वाहियात हो ।
पण्डितले के विस्रिए भने नेपालको अर्थतन्त्र चलेको, मन्त्री,कर्मचारीले तलव खान पाएको विदेशबाट आएको रेमिट्यान्सले नै हो । पण्डित जस्ताले भाषणवाजी गर्दा एनआरएनले शसक्त प्रतिवाद गर्न नसक्नु नेतृत्वको कमजोरी हो ।

एनआरएनको संगठन कमजोर बनिराखेको छ की शसक्त भैराखेको छ ?

संस्था कमजोर भएको छैन । एनआरएनले सुरुमा नागरिकता र नेपालका लागि नेपाली भन्ने नारा दिएको थियो । नागरिकताको विषयले विदेशमा बस्ने नेपालीलाई छोयो ।
विदेशमा बस्ने नेपाली भिषा लिएर नेपाल जाने झमेला चाहन्नथे । नागरिकताको विषयले एनआरएनको संस्था ७० देशमा फैलायो । नेपालले चाहेको लगानी हो । माओवादी आतंक भएको बेला विदेशी लगानी आएको थिएन । रोजगारी सृजनाका लागि लगानी चाहिएको थियो । विदेशमा बस्ने नेपाली पनि केही न केही लगानी गर्न चाहन्थे । यसमा नेपालमा बस्ने र बाहिर बस्ने नेपाली बीच स्वार्थ मिलेको थियो ।
अहिले एनआरएनले अझ लगानी बढाउन सक्छन् । यसका लागि न्युनतम वातावरण बनाउन जरुरी छ । विदेशमा बसेर पनि सेयर भर्न दिनुपर्छ । यसका लागि सेयरको अनलाईन कारोवार सुरु हुनुपर्छ । यो व्यवस्था भएको भए
म पनि पा“च सय अमेरिकी डलर भएपनि लगानी गथें । यसरी लगानी गर्ने धेरै छन् । पु“जी लगानीस“गै फिर्ता ल्याउने झमेला हटाउनु पर्छ ।

एनआरएन उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन,शेष घले, भवन भट्ट सहित कति जनाको ठुलो लगानी देखिन्छ नेपालमा ?
अहिले यीनीहरु देखिएका छन् । अरु नदेखिएका धेरै छन् । लाक्पा शेर्पा, पासाङ सेर्पा लगायत धेरै छन् । चन्द्रागिरि केवलकारमा २५ प्रतिशत सेयर एनआरएनको हो । अमेरिकाबाट केशव पौडेलको लगानी नेपालमा सुरु भएको छ । नदेखिएका एनआरएन धेरैले लगानी गरेका छन् नेपालमा । नेपालमा लगानी गर्न चाहने धेरै छन् । धनलाई मात्रै हैन, धन र विज्ञता हासिल गरेका दुवैलाई बराबर स्थान दिनुपर्छ ।

अगष्ट २७ र २८ मा अमेरिकाको न्युजर्सीमा ९ औं एनआरएन क्षेत्रीय सम्मेलन हु“दैछ । सम्मेलनबाट के अपेक्षा गर्न सकिएला ?

यो सम्मेलनमा एनआरएन भिजन २०२० एण्ड वियोण्ड राखिएको छ । अब एनआरएन  कसरी अगाडी बढने भन्ने विषयमा छलफल गर्न यो एजेन्डा राखिएको हो । आगामी दिनमा एनआरएनले अझ शसक्त रुपमा काम गर्ने वातावरण सम्मेलनले दिने आशा गर्न सकिन्छ । नेपालमा हुने सम्मेलन बढि चुनावमय हुने भएकोले यो सम्मेलनले एनआरएनको संगठन र नीतिगत विषयमा स्पष्ट भएर अगाडी बढने निर्णय गर्नुपर्छ ।

एनआरएनले सधैं लगानीको कुरा धेरै गर्छन । वातावरण नभएको भनेर लगानी गर्न नसकिएको बताउ“छन । कुरा जस्तो काम काम नभएको जस्तो लाग्दैन ?

नेपालमा राजनीतिक अस्थिरता र अन्य समस्या छन् । हुन त कुनै पनि समस्या नभएको देश हु“दैन । तै पनि नेपालमा भनिए जस्तो लगानी गर्न सजिलो छैन । प्रशासनिक झमेला छ । लगानीको वातावरण सरकारले बनाउन सकेको छैन ।
नीति राम्रा भएपनि कार्यान्वयन पक्षमा झमेला छन् । सेयर बजारमा अझै पनि एनआरएनलाई लगानी गर्न सजिलो छैन । सेयर बजारमा एनआरएनको लगानी सहज रुपमा गर्न दिने हो भने नेपालमा धेरै पैसा भित्रन्छ ।

एनआरएन सम्मेलन सुरु हु“दादेखि नै पत्रकारको रुपमा सहभागी भएको तपाईं अहिले आफैं एनआरएन हु“दा कस्तो लागेको छ ? के गर्ने योजना छ नेपालमा ?

कानुनी रुपमा म पनि एनआरएनको परिभाषा भित्र पर्छु ।  म लगानी नेपालमा आउनुपर्छ भन्ने पक्षमा भएकोले नेपाल र अमेरिका हु“दा धारणा बदलिएको छैन । नेपालमा हु“दा एनआरएनका एजेण्डामा समर्थन गरेको थिए“ । विदेशमा बस्ने नेपालीलाई अलि उदार रुपमा हेरियो भने  नेपालमा बसे पनि अन्य देशमा बसेपनि केही फरक पर्दैन ।
अरु नेपालीको जस्तै नेपालमा लगानी गर्ने र फाइदा पनि पाउने चाहना मेरो पनि छ । लगानी भनेको नाफाको लागी गर्ने हो । सामाजिक क्षेत्रमा लगानी गर्ने भनेको छुट्टै कुरा हो ।
( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )

No comments:

Post a Comment