Friday, August 5, 2016

आठ वर्ष देखि नेपालीगुरु बाट पुर्वीय दर्शन सिक्दैछन्, अस्ट्रेलियनहरू





 
    सिड्नी


परिवर्तनको लागि एक क्षण पनि काफि हुन्छ । यस्तै अनुभवका साक्षि बन्नु भयो ,सिड्नीवासि विदुर प्रसाद सापकोटा । जब एक दिन उहांका पैतालाहरू एउटा अध्यापन केन्द्रमा एक क्षणका लागि भनेर , तानियो, आगन्तुकको रुपमा , तब देखि उहां सधैंंको लागिनै सो केन्द्रको महत्वपूर्ण विध्यार्थी बन्न पुग्नु भयो । जब मंगलवारको सन्ध्या हुन्छ तब अस्ट्रेलियाको एक केन्द्रमा वर्षौं देखि एउटा बहुसामुदायीक जमातको भेला हुन्छ । पुर्वीय दर्शनको सार तत्व र जीवन जीउने सरल अध्यात्मिक कला सिकाईने पश्चिम सिड्नीको सो अध्यापन केन्द्रका प्रमुख एक नेपाली नै हुन्।

यो सुचनाले उहांलाई सो स्थान सम्म डोर्याएको थियो । यसरी नै सो केन्द्रमा पुग्ने हरूको संख्या वढि रहेको केन्द्रका पुराना फिजियन विध्यार्थी बब आधारको अनुभव छ । वर्षौं देखि पूर्वीय दर्शनको प्रशिक्षण भईइरहेको सो केन्द्रमा अस्ट्रेलियन , फिजियन , भारतीय, नेपाली तथा विभिन्न देशका साधकहरू विच विशेष आकर्षण बनेको छ ।
नेपाली अध्यापक आचार्य राजन शर्मा९भीमसेन सापकोटा ० मुख्य प्राचार्य बन्नु भएको सो रामचरितमानस वेदान्त प्रशिक्षण केन्द्रको अस्ट्रेलिया , अमेरिका ,क्यानडा ,न्युजिल्याण्ड ,नेपाल र फिजी समेतका विभिन्न देशमा शाखा रहेको छ । उहांले अध्यापन गराउने पाठ्य सामाग्री तथा प्रशिक्षण एकै समयमा विश्वका विभिन्न देशका विध्यार्थीहरू सिकिरहेका हुन्छन्न हरेक हप्ता ,प्रत्यक्ष्य र अनलाइन प्रविधि मार्फत ।

अध्यात्मिक चिन्तन , जीवन जिउने सरल कला रमायाण , भागवत गीता , संस्कृत तथा पुर्वीय दर्शनमा आधारित शास्त्रहरूको वैज्ञानिक र व्यवहारिक सारतत्व सो केन्द्रको अध्यापनका विषय वस्तु हुन्। सो केन्द्रले आफ्नो अध्यापनको आठौं वर्ष यसै हप्ता पुरा गर्दै एक उत्सव मनायो । जहां आज सम्मका सिकाईका उपलब्धी तथा रमायाणको वैज्ञानिक पक्षका वारेमा आचार्य राजन शर्मा ले प्रवचन दिनु भएको थियो । नेपाली समुदायको तर्फ बाट लक्ष्मण श्रेष्ठ , हरी श्रेष्ठ , विदुर श्रेष्ठ लगायतका समुदायका प्रतिनिधिको सहभागी हुनुभएको सो अवसरमा विभिन्न देशका नागरिकले सो प्राचीन ज्ञानको लाभ लिएका थिए ।

 सिड्नीको ‘हिन्चिनब्रूक’ सामुदायिक हलमा लिभरपूल काउन्सिलको सहकार्यमा यो प्राचीन विज्ञानको अध्ययन , अध्यापन र अनुसन्धान भईरहेको छ। आधुनिक व्यस्त जीवनका लागि प्रकृति सँग नजिक रहेर कसरी जीवनलाई बढी उपयोगी बनाउन सकिन्छ र मानव मष्तिस्कलाई कसरी बढी तिक्ष्ण पार्न सकिन्छ भन्ने कुरा सो केन्द्रको अध्यापनमा समावेश हुन्छ । एक जना नेपालीले यसरी पुर्वीय दर्शनलाई प्र्मुख भूमिका मै रहेर निरन्तर वर्षौं देखि अध्यापन गराउनु हाम्रा लागि गौरव हो ” कार्यक्रका सहभागी हरि श्रेष्ठको धारणा हो यो ।

नेपालमा उत्पत्ति भएको यस्तो ज्ञानले संसारलाई नै यत्रो लाभ दीईरहेको देख्दा आफु गौरवान्वित भएको र आचार्य राजन शर्माको यो दक्षता आफ्नो समुदाय सम्म पनि विस्तार गर्ने सोचमा रहेको अर्का नेपाली सहभागी लक्ष्मण श्रेष्ठ  बताउनु हुन्छ । यसो त सो केन्द्रका अर्का विधार्थी योगेश्वर कश्यप भन्छन्”अध्यात्मिक ज्ञान ,जाति , धर्म ,भाषा र भुगोल भन्दा माथि हुन्छ त्यसैले यो केन्द्र विदिक ज्ञानका लागि सबै समुदायका नयाँ र पुराना पिढींको आकर्षण बनेको बताउनुहुन्छ ।

No comments:

Post a Comment