Wednesday, August 3, 2016

सेयर बजार ओरालो बाटोमा, माओवादीप्रति लगानीकर्ताको अविश्वास



नारायणप्रसाद सापकोटा

नौ वर्षअघि झैं यसपटक पनि माओवादी सरकार गठनको नकारात्मक छाया“ नेपालको सेयर बजारमा देखिएको छ । पहिलो पटक माओवादी नेतृत्वमा सरकार गठन भएपछि सेयर बजार ओरालो लागेको थियो । यसपटक पनि माओवादीको सरकार बन्ने निश्चित भएपछि बजार झर्न थालेको हो । बजार घटनुको अर्थ लगानीकर्ताको माओवादीप्रतिको अविश्वास हो ।

नौ वर्षअघि भदौमा नै माओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रधानमन्त्री भएका थिए । सेयर बजार परिसुचक पनि सवैभन्दा उच्च तह यतिबेला नै थियो । दाहाल प्रधानमन्त्री भएको महिना २०६५ भदौमा सेयर बजार परिसुचक १ हजार १ सय ७५ पुगेको थियो । अहिले पनि बजार १ हजार ९ सय नजिक पुगेको इन्डेक्स १ हजार ८ सयमा झरेको छ ।

यस पटक पनि माओवादीकै नेतृत्व र अर्थमन्त्रीपनि उसकै हुने भएपछि लगानीकर्ता डराएका हुन् । अर्थमन्त्री नेपाली का“ग्रेसले लिने हो भने लगानीकर्ताको विश्वास बढ्नेछ । सेयर बजार पनि बढ्नेछ । माओवादीले नै अर्थमन्त्रालयको नेतृत्व गरेमा लगानीकर्ता विश्वस्त हुन कठिन छ ।

हुन त राष्ट्र बैंकको गभर्नर डा.चिरन्जिवी नेपाल र धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीलाई लगानीकर्ताले विश्वास गर्छन । तर पनि अर्थमन्त्रालयको नेतृत्व माओवादीको हु“दा लगानीकर्ता विश्वस्त हुन सक्दैनन् ।

लगानी गर्नेहरुले कठिन परिश्रमबाट पु“जी जुटाएका हुन्छन् । यसरी पु“जी हुनेलाई लुट्नु पर्छ भन्ने मान्यता राख्ने नेतृत्वलाई लगानीकर्ताले विश्वास गर्दैनन् ।


( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )

No comments:

Post a Comment