Wednesday, August 3, 2016

न्युयोर्कभन्दा कम पुँजीले टेक्सासमा व्यवसाय शुरू हुनसक्छ


भोला आचार्य ३ सय ६५ दिन नै नदिदाउने न्यूयोर्क शहरबाट टेक्सासमा बसाईं सरेका छन् । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष हुने वित्तीकै आचार्य टेक्सासमा बसोवास गर्न थालेका हुन् । 
केही समयअघि न्युयोर्कबाट प्रकाशित हुने मेट्रो दैनिकले धेरै न्युयोर्कबासी टेक्सास बसाईं सरेको तथ्यांक सहितको मेन न्युज बनाएको थियो । अहिले पनि नेपाली अमेरिकन मात्र नभै अरु धेरै देश र ठाउ“बाट न्यूयोर्कमा बसिरहेका टेक्सासमा बसोवास गर्न थालेका छन् । 
न्यूयोर्कबाट मात्र नभै अन्य राज्यबाट पनि टेक्सासमा बसाई सर्नेको संख्या बढ्दै गएको छ । के छ त त्यस्सो सुविधा र सहुलियत टेक्सासमा ? किन आकर्षित भएका होलान नेपाली समुदाय त्यता । यी र यस्तै प्रश्नमा केन्द्रिय रहेर आचार्यस“ग नारायण सापकोटाले गरेको कुराकानीको अंश । 

नेपाल अमेरिका पत्रकार संघ (नेजाको अध्यक्ष हुने वित्तीकै टेक्सास बसार्ई सरिहाल्नु भयो । किन होला ? 

म पहिले कोलोराडोमा वस्थे । न्युयोर्कमा लामो समय वस्ने खासै योजना थिएन । उपयुक्त ठाउको खोजीमा थिए । डीसी मेट्रो एरिया, क्यालिफोर्नीया, नर्थक्यारोलीना ठाउहरू भिजीट र अध्ययन गरिरहेको थिए । केही चीनजानले टेक्सास पुर्यायो । सन्जोक होला म अध्यक्ष वनेपछी न्युयोर्कवाट टेक्सास तिर वसाई गरेको । अध्यक्षको भूमिका जहॉ वसेपनि खासै फरक हुन्छ जस्तो मलाई लाग्दैन । सुविधाकै हिसावले अमेरिकाभरी सवै ठाउ उस्तै लाग्छ । न्युयोर्कमा तपाईजस्तै साथीहरूसग भेटघाट भैरहन्थ्यो फुर्सदमा त्यो अवसर फ़ोनमा सिमीत भएको छ । तर संस्थागत र कहिलेकॉही व्यक्तिगतरूमा भेटघाटमा म फ्लेक्जिवल नै छु ।

कहिल्यै ननिदाउने न्यूयोर्क शहरबाट टेक्सासको लवकमा सरेपछिको अनुभव कस्तो छ ? 

म अहिले टेक्सासको लवक शहरमा छु । न्युयोर्कमा जस्तो बाक्लो संख्या नभएपनि यहॉ पनि नेपालीहरू छन् । २(३ सय नेपालीहरूको संख्या छ। यहॉ पनि कम्युनिटी गतिविधिहरू देखे । न्युयोर्कमा समुदायका गतिविधि र साथीभाई वढी भएकोले वढी व्यस्त भईन्थ्यो यता त्यसको तुलनामा कम छ । परिवारसँग समय कम पाईन्थ्यो न्युयोर्कमा यता वढी समय पाएको छु यो पनि फरक सन्तुष्टिको विषय हो । तर यसले मेरो नेजा पट्टीको भुमिकालाई असर गर्दैन जुन मेरो परिवारले मलाई बुझेको छ ।

न्यूयोर्कमा भन्दा टेक्सासमा घरभाडा सस्तो भएर सर्नुभएको हो ? 

त्यसो त होईन । सामान्यतः ख़र्चको हिसावले कम छ न्युयोर्कभन्दा तर मेरो हकमा संस्थाकै काममा भ्रमण गरिरहनेकारण त्यती फरक देखिदैन । जीवन अवसरको खोजीमा हुन्छ । नेपाल छोडेर अमेरिकाको वसाईमा अरूको जस्तै मेरो पनि आर्थिक अवस्थालाई माथी उठाउनु हो जसको लागि यो ठाउमा मलाई अनुकूल छ अहिलेलाई ।
न्युयोर्कबाट नेपाली अमेरिकन मात्र नभै अरु धेरै बसोवासका लागि टेक्सास गएका छन् । किन होला ?
तपाईले भनेजस्तै न्युयोर्कभन्दा घरभाडा र व्यापारको लागी कम पुजी चाहियला तर सवैको एउटै कारण हुदैन वसाई सराईमा

न्युयोर्कस“गै क्यालिफोर्निया लगायतका राज्यबाट गर्मी बढि हुने ठाउ“ टेक्सासमा किन मान्छे गएका होलान 

हरेक ठाउको केही गुण केही दोषहरू छन् हरेक मान्छेमा जस्तै । मान्छेका रोजाई र अनुकुलताले वसाई सराई भएका होलान ।

शहरमा सुविधास“गै समस्या पनि हुन्छन नी त ? 

ठाउ अनुसारको बिशेषता हुन्छन् जसमा अनुकुल प्रर्तिकुल हुन्छ हरेकका लागि । गाडी चलाउन नजान्नेका लागि टेक्सासभन्दा न्युयोर्क अनुकुल हनसक्छ किनकी यातायातको राम्रो सुविधा छ न्युयोर्कमा । कसैलाई चिसो ठाउ मन नपरेर टेक्सास आउने र यी वाहेक अन्य कारणले वसाई सराई हुन्छ जस्तो लाग्छ ।

टेक्सासमा थोरै पु“जीमा विजनेश सुरु गर्न सकिने भएर पनि त्यता सरेको हुनसक्ला ? 

 तपाईले भनेजस्तै न्युयोर्कभन्दा कम पुँजीले टेक्सासमा व्यवसाय शुरू हुनसक्छ त्यससँगै व्यवसायको प्रकृतिको आधारमा अवसर ठाउ अनुसार फरक हुन्छन् । पुँजी अनुसारको आम्दानी मा पनि फरक हुन्छ । न्युयोर्क पनि टेक्सासभन्दा कम अवसर भएको ठाउ होईन ।

न्युयोर्कको क्वीन्समा बसोवास गर्दा र टेक्सासमा बस्दा के फरक पाउनुभयो ? 

न्युयोर्कमा नेपालीसमुदायको बाक्लो वस्ति भएकोले भेटघाटको बढी अवसर मिल्थ्यो र परिवारभन्दा साथीभाई र सामाजिक कृयाकलापमा व्यस्त भईन्थ्यो त्यसको तुलनामा यता उल्टो छ । न्युयोर्कमा रहनुभएका साथिभाईसँगको वाक्लो भेटघाट कम भएको छ । शुरूमा त्यो स्ट्रेस लाग्थ्यो अहिले तेही मीस गरेको महसुस हुन्छ । एउटै जीवनका फरक फरक भोगाई र नियतिहरू रहेछन यी सवै । तर अन्तमा यी सवै कुराले मेरो अहीलेको संस्थागत भूमिका र जीम्मेवारीमा कुनै फरक पर्दैन ।
म अध्यक्ष घोषित भएको महिमामै न्युयोर्कमा आफ्नै संस्थाकै कार्यक्रममा उपस्थित थिए र २ महिमाको फरकमा न्युजर्सी एनआरएनएको रिजनल कन्फरेन्सकालागी आउदैछु । आफ्नो भूमिकावाट मैले हिजोपनि संस्थालाई न्याय दिएको जस्तो लाग्छ र भविश्यमा पनि कमी गराउने छैन । न्युयोर्क वस्दैमा सवै कुरा हुने र वाहिर हुदा नहुने कुरामा म विश्वास गर्दिन । तपॉईलाई धेरै धेरै धन्यवाद् मलाई दिनुभएको यस अवसरको लागि ।

( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )


No comments:

Post a Comment