Friday, August 5, 2016

अमेरिकी सेयर बजार अहिले सम्मकै उच्च तहमा सेयर बजारका लगानीकर्ता लागि गुड फ्राइडे




नारायण सापकोटा
न्यूयोर्क ५ अगष्ट (२०१६)

अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएपछि अमेरिकन सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।
अमेरिकाको रोजगारी वृद्धि उच्च भएको र तलव पनि जुलाईमा बढेको तथ्यांक शुक्रबार सार्वजनिक भएपछि सेयर बजार इन्डेक्स अहिले सम्मकै उच्च तहमा पुगेको हो । सेयर बजारका लगानीकर्ता लागि यो गुड फ्राइडे भएको छ ।

मे र जुनमा विगतको तुलनमा १८ रोजगारी बढेको अमेरिकाको श्रम विभागले जनाएको छ । डाउजोन्स इष्ड्रटियल एभरेज(डिजेआई) विहीबार १ सय ९१ अंक बढेर १८५४३ विन्दुमा पुगेको छ ।
एस एण्ड पी ५०० को इन्डेक्स पनि (एसपिएक्स) २१ अंकले बढेर २१८२ .८५ विन्दुमा पुगेको छ । नास्डाक कम्पोजिट (आईएक्सआईसि) ५४.८७ ले वृद्धि भै ५२२१ विन्दुमा पुगेको छ ।
न्यूयोर्क स्टक एक्सचेन्ज (एनवाईएससि) को सूचक १०७८३ विन्दुमा पुगेकोे छ । यसको वृद्धि शुन्य दशमलव ८७ प्रतिशत छ ।
नास्डाक र एस एण्ड पी अहिले सम्मकै उच्च रेकर्डमा पुगेको रोयटर्सले जनाएको छ ।  अमेरिकन सेयर बजारमा दैनिक करिव ७ अर्ब कित्ता सेयर किनवेच हुन्छ ।
अमेरिकी सेयर बजारमा अर्थतन्त्रमा सुधार भएको तथ्यांक सार्वजनिक हु“दा वृद्धि देखिने गर्छ । अर्थतन्त्रका सूचक थोरै भएपनि नकारात्मक बनेमा स्टक इन्डेक्स घट्ने गर्दछ ।
हरेक तीन महिनामा कम्पनीहरुले सार्वजनिक गर्ने नाफामा सेयर बजारमा मूल्इ घटबढ् हुनेगर्छ । कुनै कम्पनीको नाफा घटेको विवरण सार्वजनिक भएमा सेयर मूल्य बजारमा घट्ने गर्छ । कम्पनीको नाफा बढेको विवरण सार्वजनिक हुनासाथ बजारमा सेयर मूल्य बढ्छ । केन्द्रिय बैंकले लिने नीतिले बजारमा मूल्य घट्बढ् गराउ“छ ।
बेलायत युरोपियन युनियनबाट बाहिरिने जनमत संग्रहको परिणाम लगत्तै विश्वभरकै सेयर बजारस“गै अमेरिकी बजारमा पनि गिरावट आएको थियो । तर विस्तारै त्यसमा सुधार आयो ।
पूर्णतया अनलाईन कारोवार हुने अमेरिकी सेयर बजारका लगानीकर्ताले विश्वकै जुनसुकै ठाउ“ बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन ।

( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )

No comments:

Post a Comment