Monday, August 1, 2016

वित्तीय रुपमा स्वस्थ्य एनबिबिको सेयर दीर्घकालका लागि होल्ड गर्दा फाइदाजनक

               



                                           








                नारायणप्रसाद सापकोटा   




आठ अर्ब चुक्तापुजी भएपछि वाणिज्य बैंकहरुले हरेक वर्ष कति लाभांश दिन सक्छन भनि विश्लेषण गर्न आवश्यक हुन्छ ।  लाभांश उच्च दिनसक्ने बैंकको सेयर होल्ड गर्नु उपयुक्त हुन्छ । न्युन लाभांश दिने कम्पनीको सेयर कम होल्ड गर्ने र लाभांश नै नदिने कम्पनीको सेयर विक्री गरिहाल्नु लगानीकर्ताका लागि उत्तम हुन्छ ।


नेपाल बंगलादेश बैंक (एनबिबि) ले एक वर्षमा कम्तीमा ३९ प्रतिशत लाभांश दिनसक्ने गरि नाफा कमाएको छ । मंगलबार सार्वजनिक वार्षिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब १८ करोड रुपैया“ छ । तीन अर्ब तीन करोड चुत्तापु“जी भएको यो बैंकको नाफा लगानीकर्तालाई ३९ प्रतिशत हुन आउ“छ ।
बजारमा एनबिबिको प्रति सेयर मूल्य एक हजार नाघेको छ । बजार मूल्य प्रतिसेयर एक हजार मान्दा बैंकले लगानीकर्तालाई झण्डै चार प्रतिशत कमाईदिएको छ ।

यो रकम मध्ये केही जगेडा कोषमा राख्दा पनि बैंकले कम्तीमा ३० प्रतिशत वोनस सेयर दिने देखिन्छ । बैंकले चालु आर्थिक वर्षमा नै चुक्तापु“जी बढाउन ८० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरिसकेको छ ।

यो नाफाको विवरण सार्वजनिक भएकोले मंगलबार सेयर बजार दोहोरो अंकले घट्दा पनि एनबिबिको सेयर मूल्य भने माथी चढ्यो । वित्तीय विवरणका आधारमा चित्तबुझे सेयरको मूल्य उकालो लाग्ने र वित्तीय विवरण राम्रो नभए मूल्य घट्ने गर्छ ।

 धेरै जसो नेपाली सेयर बजारमा यो नियम पालना हु“दैन । बजारमा सेयरको मूल्य बढ्न थालेपछि सवैले खरिद गर्ने र घट्न सुरु भएपछि सवैले विक्री गर्ने कार्य आंशिक रुपमा मात्रै ठीक हो । यस्तो कार्यलाई पूर्णरुपमा ठिक मान्न सकिंदैन ।
“केही वर्ष अगाडी सम्म वित्तीय रुपमा अस्वस्थ्य यो बैंक एनबी समूहको नियन्त्रणमा रह“दा विग्रिएको हो  । राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएपछि बैंकको वित्तीय स्वास्थ्यमा सुधार आएको हो ।

३९ अर्ब ८७ करोड निक्षेप भएको एनबिबिले ३२ अर्ब ५२ करोड रुपैया“ कर्जा प्रवाह गरेको छ । यो आधारमा बैंकमा पर्याप्त तरलता देखिन्छ । अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जाको वृद्विदर सकारात्मक छ ।

व्याज आम्दानी पनि एक अर्व ९ करोड बाट बढेर एक अर्व ४६ करोड पुगेको छ । यसको वृद्विमा बैंक स्वस्थ्य बनेको देखिन्छ । बैंकको कर्मचारी खर्च ३३ करोडबाट ४० करोड पुगेको छ । एकवर्षमा नै सात करोड रुपैया“ यस्तो खर्च बढ्ने कार्यलाई भने सकारात्मक मान्न सकिन्न ।

 कर्जा खराब भएपछि राख्नुपर्ने प्रोभिजन ८ करोडबाट ७ करोडमा झर्नु सकारात्मक हो । जोखिम कोषबाट बैंकले अघिल्लो वर्ष ११ करोड फिर्ता ल्याएको थियो भने गतवर्ष पा“च करोड फिर्ता गरेको छ ।
शुल्क कमिशनको आम्दानी ३८ करोड बाट ४८ करोडमा पुगेको छ । यस्तो आम्दानी १० करोड बढनु भनेको बैंकको दैनिक गतिविधिमा ग्राहक आकर्षित हुनु हो । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
अन्य संचालन आम्दानी पनि दुई करोड रुपया“ले बढेको छ । यस्तो आम्दानी अघिल्लोवर्ष १६ करोड थियो भने गतवर्ष १८ करोड रुपैया“ पुगेको छ ।

विदेशी मुद्राको कारोवारबाट हुने आम्दानी ११ करोडबाट पा“च कराडमा झर्नु बैंकको नकारात्मक पक्ष हो । बैंकको वित्तीय स्वास्थ्य विग्रिएको बेलामा पनि एनबिबिको विदेशी मुद्राबाट हुने आम्दानी उच्च थियो । अहिले किन एक वर्षको तुलनामा ६ करोड आम्दानी घटायो बैंकले यो विषयमा लगानीकर्ताले ध्यान दिन जरुरी छ ।
कर अघिको संचालन नाफा बैंकको एक अर्ब ५१ करोड छ । यो सकारात्मक पक्ष्ँ हो । खुद नाफा ८१ करोडबाट बढेर १ अर्ब १९ करोड पुगेको छ । लगानीकर्ताले अन्तिममा हेर्ने र ध्यान दिने विषय यही नाफा हो ।

बैंकको खराब कर्जा १ दशलमब ३३ बाट सुन्य दशमलव ७७ प्रतिशतमा झर्नुले बैंक पूर्णरुपमा स्वस्थ्य बनेको देखिन्छ 

जगेडा कोषमा रहेको तीन अर्ब पा“च करोडबाट पनि बैंकले केही लाभांश लगानीकर्तालाई बा“डन सक्छ । कुल नाफा मध्येबाट केही रकम जगेडा कोषमा राख्नैपर्ने राष्ट्रबैंकको निर्देशन छ । यो बाहेकको रकम आवश्यक परेमा पु“जीवृद्वि गर्न वोनस सेयर वा नगद लाभांश जगेडा कोषबाट बैंकले बा“डन सक्छ ।

बैंकको खराब कर्जा १ दशलमब ३३ बाट सुन्य दशमलव ७७ प्रतिशतमा झर्नुले बैंक पूर्णरुपमा स्वस्थ्य बनेको देखिन्छ । प्रतिशेयर आम्दानी ३३ बाट बढेर ३९ पनि एनबिबि सवल बाणिज्य बैंकको स्तरमा उक्लिएको प्रमाण हो । बैंकको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्र बैंकका पूर्व कर्मचारी ज्ञानेन्द्रप्रसाद ढुंगाना छन् । राष्ट्र बैंक कर्मचारी बैंकिङ नियम पालना गर्ने विषयमा बढि सचेत हुन्छन् । यो हिसावले बैंकको व्यवस्थापन पक्ष पनि सकारात्मक देखिन्छ ।
संयुक्त लगानीको भएपनि बैंक पूर्ण रुपमा विदेशी लगानीकर्ताको होल्डमा छ । बंगलादेशको आईएफआईसि बैंकका प्रतिनिधि जलाल अहमद बैंक संचालक समितिका अध्यक्ष छन् । स्थानिय रुपमा कसैलाई ऋण दिलाउन विदेशीले व्यवस्थापनलाई कुनै दवाव नदिने भएकोले यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ । यो हिसावमा बैंकको सेयर दीर्घकालीन रुपमा होल्ड गर्न ठिक देखिन्छ । यसले चुक्तापु“जी आठ अर्ब पुगेपछि पनि नियमित रुपमा १५ देखि २० प्रतिशत लाभांश दिन सक्छ ।

यो आधारमा आठ अर्ब चुक्तापु“जी भएपछि वाणिज्य बैंकहरुले हरेक वर्ष कति लाभांश दिन स क्छन भनि विश्लेषण गर्न आवश्यक हुन्छ । लाभांश उच्च दिनसक्ने बैंकको सेयर होल्ड गर्नु उपयुक्त हुन्छ । न्युन लाभांश दिने कम्पनीको सेयर कम होल्ड गर्ने र लाभांश नै नदिने कम्पनीको सेयर विक्री गरिहाल्नु लगानीकर्ताका लागि उत्तम हुन्छ ।
बजारमा मूल्य बढेर मात्रै कमाउ“न खोज्दा उठ्नै नसक्ने गरि नोक्सानीमा पर्ने तर्फ लगानीकर्ता सचेत हुन आवश्यक छ । हरेक वर्ष लाभांश दिन सक्ने कम्पनीको सेयर होल्ड गर्दा बजारमा मूल्य घटेपनि  व्याज उठाउन सकिन्छ । अझ ऋण गरेर सेयर किन्नेले त लाभांश नदिने कम्पनीको सेयर किन्नै हु“दैन । बजार घट्यो भने ऋणको व्याज कसरी तिर्ने ? यो सवैभन्दा गहिरो प्रश्न हो ।

( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )



No comments:

Post a Comment