Tuesday, June 24, 2014

सेयर बजारलाई स्थिरता दिन राष्टबैंकले एउटै कर्जा नीति लिनुपर्छ

  • खासगरि चुक्तापुंजी बढाउने र घटाउने निर्णय जुनदिनदेखि राष्टबैंकले गरयो त्यहिदिन देखि बजारमा उसले खेल्न थालेको हो

  • अर्को महत्वपूर्ण कुरा सेयरको मूल्य बढ्नुको अहिले प्रमुख कारण म्युचुअल फण्ड संचालनमा आउनु हो

  • बजारलाई स्थिरता दिन राष्टबैंकले सेयरको मूल्य बढ्दा कर्जा नियन्त्रण गर्ने र घट्दा खुकुलो पार्ने काम गर्न छोडनुपर्छ



सेयर बजार परिसूचक नौ सयको नजिक पुगेपछि फेरि राष्ट बैंक सल्बलाउन थालेको छ । राष्ट्र बैंक जहिले पनि सेयर बजारलाई खेलाउने निकाय बन्न थालेको छ । हुन त राष्ट्र बैंकको नीति नियमले सेयर मूल्य घटबढ हुनुलाई स्वभाविक मानिन्छ । तर प्रत्यक्ष रुपमा नै बजारमा सेयरको मूल्य घटाउने र बढाउने खेल राष्ट्र बैंकले खेल्न थालेको निकै अगाडी देखि हो । खासगरि चुक्तापुंजी बढाउने र घटाउने निर्णय जुनदिनदेखि राष्टबैंकले गरयो त्यहिदिन देखि बजारमा उसले खेल्न थालेको हो । 

२०६५ भदौमा सेयर बजार परिसूचक नेप्से १ हजार १ सय ७५ पुगेर लगातार ओरालो लाग्नुको एउटै कारण हो सेयर कर्जामा नियन्त्रण । राजनीति लगायतका अरु कारण सहायक हुन् । 
बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्दै आएको कर्जा नियन्त्रण गरिएपछि सेयर बजार क्रयास भएर २ सय ९२ अंकमा झरेको हो । यहि नियन्त्रीत सेयर कर्जा फुकुवा भएपछि डेढ वर्ष अगाडीदेखि बजार बढन थालेको हो । 

अब बजार बढने कि घट्ने भन्ने पनि सेयर कर्जा नियन्त्रण गर्ने नगर्नेमा भर पर्नेछ । बजारका लागि एउटा स्थिर नीति दिन नखोज्नुमा राष्ट बैंकका अधिकारीको बदनियत पो छ कि भन्ने शंका उत्पन्न भएको छ । नत्र बजारलाई स्वभाविक गतिमा अगाडी बढ्न नदिने खेल राष्ट बैंकले किन खेल्छ ? कतै मूल्य घटाएर सेयर किन्ने र बढाएर बिक्री गर्ने खेलमा राष्ट्र बैंक सहभागी हुन थालेको त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । 
यस पटक पनि सेयर बजार केही सुधारिए पछि राष्ट्र बैंकले सेयर कर्जा नियन्त्रणको संकेत गर्नुलाई के भन्ने ? बजार बढ्दा एउटा नीति र घट्दा अर्को नीति हुने बजारमा लगानीकर्ताले कसरी विश्वास गर्ने ? छिनछिनमा नै सेयर कर्जाको निर्देशन परिवर्तन गर्ने कार्य राष्ट्र बैंकले छोडेर दीर्घकालीन नीति अवलम्बन नगर्ने हो भने सेयरको मूल्य घटाउने र बढाउने खेलाडीको चंगुलमा राष्ट्र बैंक फसेको निस्कर्ष निकाल्नुपर्ने हुन्छ ।

अर्को महत्वपूर्ण कुरा सेयरको मूल्य बढ्नुको अहिले प्रमुख कारण म्युचुअल फण्ड संचालनमा आउनु हो । केही म्युचुअल फण्डले सेयर बजारमा लगानी गरिसके भने केहीले गर्दैछन् । यो नै सेयरको मूल्य बढ्नुको प्रमुख कारण हो । अर्को महत्वपूर्ण कारण सेयर कर्जामा राष्टबैंकले लिएको नरम नीति हो । अरु सहायक कारण धेरै छन् । म्युचुअल फण्डले बजारलाई स्थिरता तर्फ लग्नेछन् । 

महत्वपूर्ण विषय बजारलाई स्थिरता दिन राष्टबैंकले सेयरको मूल्य बढ्दा कर्जा नियन्त्रण गर्ने र घट्दा खुकुलो पार्ने काम गर्न छोडनुपर्छ । घटबढ हुंदा एउटै कर्जा नीति अवलम्बन गर्नुपर्छ । 




No comments:

Post a Comment