Tuesday, June 24, 2014

अमेरिका बस्ने नेपालीले सेयरमा लगानी गर्ने हो कि ?

  • त्यसैपनि १० वर्ष अमेरिकामा विताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ । 

  • सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुंजीको जोडजाम गर्नपर्छ । काठमाडौंमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहां व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरु व्यवसाय सुरु गर्न डराउने रहेछन् 


  • सानो व्यवसायसंगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्पछ । अमेरिकामा धेरै म्युचुअल फण्ड छन् । लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पांच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ 

नारायण सापकोटा 
न्युयोर्क, २४ जुन 

अमेरिकामा बस्ने नेपाली भनेपछि बुझेकालाई यो कति दुख गरेर बसेको होला भन्ने पर्छ भने केही थाहा नभएकाले अमेरिकामा बसेर मस्ति गरेको छ भन्छन् । मेरा एक गूरुआमाले हालैको एक अध्ययनको क्रममा भन्नुभयो न्युयोर्कको शहरमा जो बांच्नसक्छ संसारको जुनसुकै ठाउंमा पनि उ जीउन सक्छ । 

हो यस्तै दुखसुख गरेर बसेका छन् नेपालीहरु । यसरी दुख गरेर कमाएको पैसा नेपालीमा विनिमय गरेपछि अलि राम्रै देखिन्छ । विनिमय नेपाली रुपैयांमा गरेर के गर्नु काठमाडौंमा किन्ने सामान विदेशबाट नै लगिने हुन् । ती सामान पनि अमेरिकी डलरमा पैसा बुझाएर किनिएका हुन् र विक्री हुने नेपाली रुपैयांमा नै हुन् । 
न्युयोर्कमा बस्नका लागि एक जनाको आम्दानीले कोठा लिन पनि सकिंदैन । चार, आठ जना मिलेर बस्ने हो । दुई वेडरुम भएको कोठा १५ सय देखि १७ सय डलरमा पाइन्छ । यसमा सामूहिक बसाई नगरे काठमाडौंमा पैसा पठाउन सकिंदैन । 

काम गर्ने भनेको ९९ प्रतिशत नेपालीले रेष्टुरेन्ट र स्टोरमा हो । काठमाडौंको किराना पसलजस्ता स्टोरमा काम गर्ने नेपाली धेरै छन् । रेष्टुरेन्टको किचेनमा खाना बनाउने कि वेटरको काम गर्ने नेपाली धेरै छन् । सेल्सम्यान काम गर्ने केही नेपाली भेटिए । प्राविधिक र अलि सुविधाजनक काम पाउने नेपाली धेरै कम छन् । 
पढ्न बसेका नेपालीले गर्ने काम पनि यस्तै हुन् । केहीले सुरक्षा गार्डको काम पनि गर्छन । विद्यार्थीले काम गर्ने हो भने सुत्ने समय नै पाउंदैनन् । दिनमा १८ घन्टा सम्म काम गर्ने नेपाली धेरै छन् । १२ घन्टा सम्म तातोमा चिकेन पोल्ने र महिनामा तीन लाख रुपैयां काठमाडौं पठाउने नेपाली पनि धेरै छन् । 

अझ उमेर पाका भएका र सामाजिक सुरक्षा नम्बर नभएकाहरुले काम पाउन कठिन छ । काम केही गरि पाईहाले पनि १२ घन्टामा ६० देखि ८० डलर कमाउंछन् । सरकारले न्युनतम ८ डलर २५ सेन्ट प्रतिघन्टा तोकेपनि व्यवसाय गर्नेले सकेसम्म न्युनमा नै काम लगाउने हुन् 

दिनको १२ घन्टा यसरी शारिरिक रुपमा खटेर काम नेपालमा गर्ने हो भने त्यहां पनि यहां कमाएजति पैसा कमाउन नसकिन भने होइन । नेपालमा काम गर्न लाजमान्ने, अल्छीमान्ने तर विदेशमा जे काम पनि गर्वका साथ गर्ने हाम्रो आम प्रवृत्ति नै हो । 

अब यतिविधि दुख गरेर कमाएको पैसा अमेरिकामा नै लगानी गर्ने केही नेपाली पनि नभएका होइनन् । तर अधिकांशले यहां यस्तै दुख गरेर बस्ने तर लगानी नगर्ने नीति अपनाएका छन् । भएको पैसा काठमाडौं पठाउने  र १० औं वर्षसम्म रेष्टुरेन्टमा काम गर्ने नेपाली धेरै छन् । 

सानो व्यवसाय सुरु गर्न अमेरिकामा धेरै सजिलो छ । मात्र केही पुंजीको जोडजाम गर्नपर्छ । काठमाडौंमा जसरी पुलिस र गुण्डालाई पाल्नुपर्ने काम यहां व्यवसाय गर्नेले गर्नुपर्दैन । तै पनि नेपालीहरु व्यवसाय सुरु गर्न डराउने रहेछन् । दिमागमा विदेश भन्ने घुसाएर नेपालीहरु अमेरिकी नागरिक बनेका छन् । अमेरिका बस्ने हो भने यसैलाई आफ्नो देश मान्नुपर्छ अनिमात्र केही गर्न सकिन्छ । विदेश नै ठान्ने हो भने यहां बसेर केही गर्न सकिंदैन नेपाल फर्कनुपर्छ । 

सानो व्यवसायसंगै थोरै पुंजी हुनेले अमेरिकाको सेयर बजारमा लगानी गर्ने विकल्पछ । अमेरिकामा धेरै म्युचुअल फण्ड छन् । लगानीका लागि सुझाव र सल्लाह दिन धेरै कम्पनी स्थापना भएका छन् । महिनाको एक सय डलर मात्रै अमेरिकी सेयर बजारमा लगानी गर्ने हो भने कम्तीमा पांच वर्षपछि नेपालीको आर्थिक अवस्था धेरै फेरिन सक्छ । त्यसैपनि १० वर्ष अमेरिकामा विताएर केही गर्न नसकेको अवस्थामा परिवर्तन ल्याउन अमेरिका बस्ने नेपालीले सोच्ने हो की ? सामान्य आर्थिक ज्ञान हासिल गर्न कुनै ठुलो मेहनत गर्नुपर्दैन । महिनाको एक सय डलर सेयर बजारमा लगानी गर्न थाल्नुस । यसबाट सेयर बजारको ज्ञान संगै आर्थिक लाभ पनि हुनेछ । 

No comments:

Post a Comment