Sunday, October 16, 2011

-एनआरएन सम्मेलन- अब काम देखिनुपर्छ




काठमाडौ असोज 29
पाँचौ गैरआवासीय नेपाली विश्व सम्मेलनमा भाग लिन आएका विदेशमा बस्ने नेपाली लगानीको कुरा गरेर मात्र हुँदो रहेनछ बोलेको पूरा गर्नुपर्छ भन्ने सन्देश लिएर फर्किएका छन् । विदेशमा बस्ने सबैसँग जतिपनि पैसा हुन्छ लगानी गर्न सक्छन् भन्ने भ्रम यसपटकको सम्मेलनबाट हटेको छ ।
दुई वर्षमा एकपटक प्रचारका साथ सम्मेलन हुने तर यसका निर्णयहरु कार्यान्वयन नहुँदा एनआरएन प्रति विश्वास खस्किएको हो । केही वर्षअघि मध्यपूर्वमा भएको विदेशमा बस्ने नेपाली सम्मेलनमा विदेशमा रोजगार गर्न जाँदा ध्यान दिनुपर्ने कुराहरु उल्लेखित जानकारी पुस्तिका तयार गरी प्रत्येक गाउँ विकास समितिमा वितरणका लागि पठाउने भन्ने निर्णय भएको थियो । यसका लागि खासै ठूलो रकम पनि खर्च लाग्दैनथ्यो । तर यति सानो कार्यक्रमसमेत कार्यान्वयनमा आएन ।
एनआरएन अभियान सुरु भएयता केही नभएको भने होइन । सम्मेलनमा भाग लिन आउँदा देशलाई फाइदा नै छ । एनआरएन आउँदा केही न केही भए पनि आर्थिक कारोबार हुन्छ । यसले देशको अर्थव्यवस्थालाई चलायमान बनाउँछ ।
लगानी गर्नुपर्ने चुनौतीलाई अब स्वीकार्नै पर्छ भन्ने भनाइहरु सम्मेलन भित्रबाटै आएको छ । सम्मेलनको समापनमा संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनसँग कुरा गर्दा पहिला तपाईले नेपालमा के गर्नुभयो भन्ने प्रश्न सोध्न सुझाव दिए । महतोले उद्घाटनका दिन पनि यदि देशमा लगानी नगर्ने हो भने देशबारे गुनासो र गाली गर्ने अधिकार नहुने बताएका थिए ।
साचार स्वास्थ्य जलस्रोत पर्यटन लगायत क्षेत्रमा विदेशमा बस्ने नेपालीको लगानी आएको छ । तर यी सबै व्यक्तिगत रुपमा भएका लगानी हुन् । एनआरएनहरु मिलेर यो परियोजना बनाएका छौं भनेर भन्नसक्ने अवस्था भने अझ बनिसकेको छैन । सानोदेखि ठूलो पुँजी लगाउन सक्ने एनआरएनहरुलाई समेटेर जलस्रोत लगायत पूर्वाधार क्षेत्रमा लगानी गर्न पुग्ने ठूलो रकम जम्मा हुन सक्छ । विद्युत अभाव देशको आर्थिक विकासको बाधक भएकाले देशको अर्थतन्त्र विस्तारलाई समेत सहयोग पुग्ने गरी यस्तै देखिने क्षेत्रमा एनआरएनको लगानी चाहिएको छ ।
सम्मेलनका क्रममा अर्थमन्त्री वर्षमान पुनले सरकारी स्वामित्वका संस्थानमा एनआरएनलाई लगानी गर्न आग्रह गरेका थिए । यो लगानीका लागि आकर्षक प्रस्ताव पनि हो । अभियान सुरु भएको ८ वर्षसम्म पनि कसलाई एनआरएन भन्ने भन्ने विवाद टुंगिएको छैन । सरकारको परिभाषामा दुई वर्षभन्दा वढी विदेशमा बस्ने मात्र एनआरएन हुन् । तर गैरआवासीय नेपाली संघ भने ६ महिनाभन्दा बढी बस्नेलाई एनआरएन भन्नुपर्ने अडानमा छ । विद्यार्थी र विदेशमा काम गरेर पैसा रेमिट्यान्स पठाउनेलाई सरकार एनआरएन मान्न चाहेको छैन ।
सरकारसँग मिलेर सम्मेलन गर्ने सहकार्य गरेर काम गर्छौं भन्ने तर एनआरएनको परिभाषामा सहमति नजुट्नु विरोधाभासपूर्ण हो ।
यसवारेमा सरकारसँग तत्काल वार्ता गरेर परिभाषालाई टुंगोमा पुर् याउनुपर्छ । यो परिभाषा स्पष्ट भएपछि गैरआवासीय नेपाली संघ दर्ताको बाटो खुल्छ ।
संघको अर्को समस्या कमजोर सचिवालय पनि हो । यसपटक सम्मेलन आयोजना गर्नका लागि सरकासँग सहयोग माग्न जाँदा निर्णय हुन लामो समय लाग्यो । परराष्ट्र मन्त्रालयभित्र एनआरएन आफ्नो सम्मेलन गर्न आफैं सक्षम हुनुपर्ने र सरकार सहभागी हुने क्रम छाड्नुपर्ने आवाजसमेत उठेको थियो । विगतजस्तै यसपटक पनि निरन्तरता दिउष भन्ने आधारमा मात्र निर्णय भयो । एनआरएनले आफ्नो भूमिका विस्तार गर्ने हो भने सचिवालय सक्षम र मजबुत बनाउनै पर्छ ।
एनआरएनबाट नेपालीको मुख्य आशा तीन क्षेत्रमा छ । पहिलो लगानी हो । यसपछि विदेशमा सिकेको जानेको सीप तथा प्रविधि यहाँ ल्याइदिऊन् भन्ने हो । अर्को राम्रो संस्कार पनि आओस् भन्ने हो । लगानी बाहेक अन्य दुई क्षेत्रमा पनि एनआरएन अभियान सक्षम छैन ।
अध्यक्ष पदमा अन्तिम सयमसम्म पनि दुई जनाबीच सहमति नजुट्दा यो सम्मेलन चुनावमय भएको थियो । त्यसैले सम्मेलनमा राखिएको छलफल कार्यक्रममा कमैको चासो रह्यो । अब एनआरएन अभियानलाई कसरी अगाडि लैजाने कुन ढाँचामा एनआरएनको लगानी नेपालमा आउन सक्छ नागरिकता रद्द नहुने माग पूरा गर्न कसरी जाने जस्ता मुख्य विषयमा ठोस र सार्थक बहस हुन सकेन् । न त सम्मेलनमा सहभागी हुन आएका विभिन्न विषयमा विज्ञहरुलाई देशको हितमा उपयोग गर्नेबारे छलफल नै भयो ।
यी मुख्य मुद्दालाई सम्बोधन नगर्ने हो भने एनआरएन अभियान आउने दिनमा अझ कमजोर हुनेछ । त्यसैले यो पूरा गर्ने जिम्मेवारी नयाँ कार्यसमितिलाई थपिएको छ । सम्मेलनमा भएका निर्णय र उठेका चासोलाई गम्भिरतापूर्वक लिएर पूरा गर्नेतर्फ निरन्तर लाग्नुपर्छ ।


तीन महिनापछि वित्तीय सुधार कार्यक्रम नयाँ स्वरुपमा ऋण सहयोग माग्दै प्रस्ताव पेश गर्न विश्व बैंकको अनुरोध


नारायण सापकोटा
काठमाडौं असोज 22
तीन महिनापछि वित्तीय सुधार कार्यक्रमलाई नयाँ स्वरुपमा अगाडी बढाउन विश्व बैंक तयार देखिएको छ । नौ वर्षअघि सुरु भएको सुधार कार्यक्रमको अवधि आगामी डिसेम्बरमा सकिन लागेपछि फेरि सहायता गर्न विश्वबैंक तयार भएको हो ।
ुसुधार कार्यक्रमका लागि ऋण सहायताको प्रस्ताव पेश गर्न विश्व बैंकले सरकारसँग अनुरोध गरेको छु स्रोतले भन्यो । यस्तो प्रस्ताव तयार गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको छ । राष्ट्र बैंकले ऋण सहायता माग्न प्रस्ताव बनाउने काम पनि सुरु गरेको छ ।

६ वित्तीय संस्था समस्यामा परेको देखिएपछि नेपालको वित्तीय प्रणाली असजिलो अवस्थामा पुगेको अनुमान अन्तराष्ट्रिय मुद्रा कोष विश्व बैंकका प्रतिनिधिले गर्दै आएका छन् । यस्तो अवस्थामा स्ट्रेस ट्रेसिङ वासल २ र ३ को जानकारी सहित वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता उनीहरुले औंल्याउँदै आएका छन् ।
सहायता कुन क्षेत्रमा माग्ने निस्कर्षमा राष्ट्र बैंक पुगि नसकेपनि वित्तीय सुधारका लागि क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा राखिएको स्रोतले बतायो ।

ऋण सहायता लिएर विदेशी परामर्शदातालाई तलवभत्तामा खर्च नगर्ने योजना राष्ट्र बैंक नेतृत्वले बनाएको छ । सहायता नलिएर सुधार कार्यक्रम अगाडी नबढाएको आरोप खेप्न पनि उ तयार छैन ।ुविश्ब बैंकको सहायता लिएर पुन सुधार कार्यक्रम अगाडी बढाउने पक्षमा राष्ट्र बैंक समेत पुगेको छु स्रोतले भन्यो ।

नौ वर्षको अवधिमा विश्व बैंकको ऋण सहायताको रकम मात्रै करिव ६ अर्ब खर्च भएको छ । बेलायति सहयोग नियोगडिआईएफआईडि को अनुदान सहायता यसमा जोडिएको छैन ।
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई सुधार गरि निजिकरण गर्ने वित्तीय सुधार कार्यक्रमको प्रमुख उदेश्य अहिले अलपत्र परेको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको वित्तीय स्वास्थ्यमा सुधार भएपनि प्रमुख उदेश्य नीजिकरण कार्यान्वयनमा आउन सकेको छैन ।
केही समयअघि राष्ट्र बैंकले यी दुई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकि्रया अगाडी बढायो । यो प्रकि्रयालाई अर्थमन्त्रीले राजनीतिक गर्न खोजेको ठान्दै अर्थ तथा श्रम समितिले अवरुद्ध पारिदियो । केहीदिन राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचना जारी आवेदन समेत संकलन गरिसकिएको छ । छनोटको काम केही समयमा सुरु हुनेछ ।

नेपाल बैंकमा चार वर्षदेखि राष्ट्र बैंकका कर्मचारीले प्रमुख कार्यकारीको काम गर्दै आएका छन् । नेपाल बैंकलाई पनि चाँडै प्रमुख कार्यकारी छनोट प्रकि्रया अगाडी बढाउन राष्ट्र बैंकले ताकेता गरेको छ ।
सन् २००२ को अपि्रलमा सुधार कार्यक्रम सुरु भएको थियो । यसको ५ वर्षसम्म दुई बैंकको प्रमुख कार्यकारी अधिृकतमा विदेशीले नेतृत्व गरे । यो अवधिमा सरकारी बैंकको कर्जा तिर्नुपर्छ भन्ने मान्यता स्थापित भयो ।
६० प्रतिशतको हाराहारीमा रहेको खराव कर्जा दुवै बैंकले घटाएका छन् । अहिले नेपाल बैंकको खराव कर्जा ५ र राष्ट्रिय वाणिज्य बैंकको खराव कर्जा ११ प्रतिशत छ ।
राष्ट्रिय वाणिज्य बैंकको आठवर्षअघि २२ अर्ब ऋणात्मक नेटवर्थ थियो । अहिले ११ अर्बमा झरेको छ । नेपाल बैंकको १४ अर्बको ऋणात्मक नेटवर्थ ४ अर्बमा सिमित भएको छ । बैंकहरुमा आन्तरिक नियन्त्रण क्षमता थिएन । यो स्थापित भएको छ । ५ वर्षदेखि लेखापरिक्षण हुन नसकेका बैंकको अहिले यस्तो काम हरेक वर्ष हुन्छ । कागजी अभिलेख राखेर काम हुने यी बैंक अहिले कम्प्युटर नेटवर्कमा छन् । प्रत्येक वर्ष घाटा व्यहोर्ने यी बैंक अहिले हरेक वर्ष नाफा कमाउँछन् ।

वित्तीय सुधार कार्यक्रमका प्रमुख उदेश्य दुई बैंकको खराव वित्तीय स्वास्थ्यमा सुधार गर्दै नीजिकरण राष्ट्र बैंकको पुर्नसंरचना र समग्र वित्तीय क्षेत्रको क्षमता बढाउने हुन् । यसमध्ये दुई बैंकको सुधार प्रकि्रया वित्तीय रुपमा स्वस्थ्य बनाउने प्रयासमा सफलता हासिल भएको छ । राष्ट्र बैंकको पुर्नसंरचनामा भित्र लेखा प्रणालीको स्तरोन्नती गर्ने काम भयो । समग्र वित्तीय क्षेत्रको क्षमता बढाउनका लागि कर्जा सूचना केन्द्रको अटोमेशन गर्ने काम अहिले सम्म हुन सकेको छैन । ऋण असुली न्यायधिकरणलाई सुधार कार्यक्रमबाट केही सहयोग भएपनि सन्तोषजनक अवस्था छैन ।
४० प्रतिशत सररकारको सेयर भएको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नकारात्मक पुँजी सकारात्मक बनाउन पटक पटक भएका प्रयास विफल भए । नेपाल बैंकको केही सम्पक्ति बिक्री गर्ने योजना पनि कार्यान्वयनमा आउन सकेको छैन । राष्ट्रिय वाणिज्य बैंकसँग भएको अरु बैंकको सेयर बिक्री र सरकारले पुँजी थप्ने योजना त्यतिकै थाँती छ ।
यी दुई बैंकको सवैभन्दा खराव पक्ष कर्मचारी युनियन बनेका छन् । दुई बैंकमा नै चार दल निकट चार युनियन छन् । हरेक शाखामा चार युनियनकै संगठन छन् । बैंकका आधा भन्दा बढि कर्मचारी युनियनमा आवद्ध छन् र काम गर्दैनन् । नीजिक्षेत्र वाणिज्य बैंकको जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति यी दुई बैंकमा निकै कम छ ।
सुधार कार्यक्रम सुरु भएपछिका केही वर्षमा केही नयाँ कर्मचारी दुई बैंकमा नै भर्ना गर्न थालिएको छ । तर यी पर्याप्त छैन ।
यो सुधार कार्यक्रमको अनुदानको अवधि २०११ मार्च ३१ मा सकिएको छ । विश्व बैंकको ऋण सहयोगको म्याद पनि सन् २०११ को डिसेम्बर ३१ मा सिकंदैछ । चालु वर्षको मौदि्रक नीतिमा वित्तीय सुधार कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।
सुधारकै क्रम कृषि विकास बैंकमा पनि सुधार भएको छ । यसलाई दोस्रो चरणको वित्तीय सुधार कार्यक्रम नामाकरण गरिएको छ । एशियाली विकास बैंकको सहयोगमा कृषि बैंकमा सुरु भएको सुधार कार्यक्रमको उपलव्धी देखिईसकेको छैन ।

नेपाल सेयर मार्केट्सका अध्यक्ष पक्राउ


नारायण सापकोटा
काठमाडौं असोज 11
बैंकिङ क्षेत्रको ७५ वर्षको वित्तीय ईतिहासमा सर्वसाधारणको निक्षेप र कर्जा प्रवाहमा अपचलन गरि व्यक्तिगत प्रयोजनमा ल्याएर अनियमितता गर्नेमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र श्रेष्ठले किर्तिमान कायम गरेका छन् ।

२०४७ मा मुलुकले अवलम्वन गरेको खुला अर्थनितिपछि अधिक रुपमा बैक तथा वित्तीय संस्थाको संख्या बढ्यो । यही क्रममा राष्ट्र बैंकको स्वकृतिमा स्थापना भएको यो फाइनान्सका कार्यकारी प्रमुख श्रेष्ठले सर्वसाधारणको रकम दुरुपयोग गरे । र बैंकिङ कसुर ऐन वमोजिम पक्राउ गरि कारवाही गर्न राष्ट्र बैंकले गरेको आग्रह वमोजिम श्रेष्ठ बुधबार पक्राउ परे ।
श्रेष्ठले ७१ प्रतिशत सेयर आफ्नो र परिवार नातेदारको नाममा राखे । एकल व्यक्तिको नियन्त्रणमा संस्थालाई राखे । संस्थागत निक्षेपको रसिद दिए पनि बैंकिङ खातामा देखाएनन् । सर्वसाधारणबाट लिएको रकम पनि दुरुपयोग गरे ।

कुनै पनि नियामक निकायले सर्वसाधारणको निक्षेप संकलन गर्ने संस्थाले यति धेरै अनियमिता गर्ने भन्ने सोच्दैन । सर्वसाधारणको निक्षेप निजी स्वार्थका लागि उपयोग गर्छन भनेर नियामक निकायले परिकल्पना नगरेपनि अनुगमन नियमित रुपमा गर्ने गर्दछ । राष्ट्र बैंकले गतवर्ष सम्म वाणिज्य बैंकहरुको अनुगमन र निरिक्षण हरेक वर्ष गर्ने गरेपनि ख वर्गका विकास बैंक र ग वर्गका वित्त कम्पनीको अनुगमन वर्षेपिच्छे गर्दैन । वर्षैपिच्छे अनुगमन नगर्नुको परिणाम नेपाल सेयर मार्केट्समा योगेन्द्र श्रेष्ठले गरेको वदमासी हो ।
संस्थागत शुसासन कायम गर्ने र स्वनियमन हुनुपर्ने विश्वव्यापी वित्तीय क्षेत्रको मान्यता यो संस्थाले पूर्ण रुपमा उलंघन गरेको छ ।

योगेन्द्र श्रेष्ठ धनी व्यक्ति मानिन्छन् । उनको नाममा मात्रै करिब ७ अर्बको सम्पक्ति भएको अनुमान छ । श्रेष्ठले यो फाइनान्समा गरेको बदमासीमा करिव ३ अर्ब रुपैयाँ कम्तीमा व्यहोर्नुपर्ने अनुमान छ ।

उनीमाथी भएको यो कारवाहीले सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्नेछ । बैंक कुनै व्यक्ति वा कम्पनीको होइन सर्वसाधारण हो र वदमासी गरेमा कारवाही हुन्छ भन्ने मान्यता यस पटक स्थापित भएको छ । सेयर मार्केट्सको चुक्तापुँजी २ अर्ब पुगीसकेको छ । वाणिज्य बैंकमा स्तरोन्नती हुन चुक्तापुँजी २ अर्ब बनाईएको हो । उनको विगो भराउन राष्ट्र बैंकले चुक्तापुँजीबाट रकम घटाउन सक्छ । फाइनान्स कम्पनीका लागि २० करोड चुक्तापुँजी भए पुग्ने अहिलेको व्यवस्था वमोजिम चुक्तापुँजी घटाएर निक्षेपकर्ताको रकम फिर्ता गराउने निर्णय राष्ट्र बैंकले लिन संभावना बढिछ । यसपछि कम्पनी मर्जमा जाने वा कसैले किन्ने अवस्था आउन सक्छ । यो हिसावमा बैंक तथा वित्तीय क्षेत्रका लागि यसले सकारात्मक नै सन्देश दिनेछ ।
वित्तीय संस्था घटाउने पहल राष्ट्र बैंकले गरिरहेको अवस्थामा श्रेष्ठ र उनको समूहले यो संस्था चलाउने संभावना एकदमै न्युनछ । निक्षेपकर्ताको निक्षेप व्यक्तिगत प्रयोजनमा लगाएमा यसको हर्जाना व्यहोर्नुपर्छ भन्ने सन्देश बजारमा गएको छ । एक वर्षको अवधिमा भएका कारवाहीले बैंक तथा वित्तीय संस्थाको पदमा बसेर सुविधा मात्रै लिन पाइन्न जेल पनि जानुपर्छ भन्ने मान्यता स्थापित भएको छ ।

राष्ट्र बैंकले कारवाहीका लागि प्रहरीलाई पत्र लेखेपछि श्रेष्ठका नातेदारले राष्ट्र बैंकमा समन्वय गर्दै आएका थिए । राष्ट्र बैंकका उच्च अधिकारीले प्रहरीको कारवाहीमा जानुबाहेक श्रेष्ठसँग अन्य विकल्प नभएको सुझाव दिएका थिए । दुरुपयोग गरेको रकम बुझाएर उम्कन खोजेका श्रेष्ठलाई प्रहरी र अदालती कारवाहीमा नै जान राष्ट्र बैंकका अधिकारीले सुझाव दिएका थिए ।
वित्तीय अपराधको सृखंला गत वर्ष धेरै देखिए । राजनीतिक दवावमा उन्मुक्ति िलंदै आएका बैंकर र लगानीकर्ता गतवर्ष कारवाहीमा परे । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले सरकार र राष्ट्र बैंकको सकि्रयतामा कारवाही अगाडी बढाएपछि उनीहरु कारवाहीमा परेका हुन् ।

प्रहरीको खोजीमा रहे पनि नेपाल विकास बैंकका कार्यकारी अध्यक्ष उत्तम पुन फरार छन् । लिक्वीडेशनमा गएको यो बैंकले अहिले सम्म सवै निक्षेपकर्तालाई रकम फिर्ता गर्न सकेको छ ।
त्यसपछि सर्वसाधारणकेा निक्षेप दुरुपयोग गर्ने सम्झना फाइनान्सका कार्यकारी अध्यक्ष श्यामकृष्ण श्रेष्ठ माथी कारवाही अगाडी बढ्यो । यही फाइनान्सका प्रवन्ध निर्देशक हिमबहादुर गुरुङ यही अभियोगमा फसे । गोरखा विकास बैंकका डिबि वम्जन अहिले प्रहरी हिरासतमा छन् । यही बैंकका राजेन्द्रदास श्रेष्ठ भागेर क्यानडा पुगेका छन् । क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विज्ञान पौडेल प्रहरी हिरासतमा छन् । यही फाइनान्सका पवन कार्की फरार छन् ।
अझै पनि गोरखा विकास बैंकका साचालक रमेशबहादुर तामाङ धनप्रसाद राई निर्मल गुरुङ प्रविण नौलखा फरार छन्। यही बैंकका सेयरधनी राकेश अडुकिया भागेर िहंडेका छन् ।

श्रेष्ठले १ अर्ब ५५ करोड नक्कली कम्पनी सृजना गरि कर्जा प्रवाह गरेका थिए । ८८ करोड विभिन्न निक्षेप र ग्यारेन्टि दुरुपयोग गरेका थिए । नागरिक लगानी कोषको २० करोड रुपैयाँ बैंकमा नै दाखिला नगरि व्यक्तिगत प्रयोजनमा लगाएका थिए । विमा संस्थानको १७ करोड यसैगरि दुरुपयोग भएको थियो । सर्वसाधारणको धेरै निक्षेपको नक्कली स्लिप प्रयोग गरि दुरुपयोग गरिएकेा थियो । यसरी दुरुपयोग गरिएको अधिकांश रकम फाइनान्सले निस्काशन गरेको १ बराबर ३ दशमलव ५ हकप्रद सेयर खरिद गर्न प्रयोग गरिएको थियो ।

अहिले राष्ट्र बैंकको निर्देशनपछि फाइनान्सले केही निक्षेप फिर्ता गरेको छ । केही दिनअघि फाइनान्सको जग्गा २५ करोड रुपैयाँमा एसबिआई बैंकले खरिद गर् यो । दशैंअघि नै २० हजार रुपैयाँ सम्मको निक्षप सवैलाई फिर्ता गर्न थालिएको छ । फाइनान्समा रहेको १५ हजार निक्षेपकर्ता मध्ये १२ हजार ५ सयले २० हजार रुपैयाँको दरको निक्षेप छ । ठुला निक्षेपकर्तालाई ५ लाख सम्म फिर्ता दिन राष्ट्रबैंकले निर्देशन दिएको छ ।

फाइनान्समा ४ अर्ब निक्षेप ४ अर्ब ५० करोड कर्जा छ । २ अर्ब संस्थागत छ । ८८ वटा कर्जा मध्ये १ अर्ब ५७ करोडको झुठो कर्जा प्रवाह भएको राष्ट्र बैंकको अध्ययनबाट देखिएको छ । वासुभक्त श्रेष्ठलाई फाइनान्सबाट गएको २४ करोडको ऋण गएको छ । यो रकम साचालक समितिबाट पारित गराईएको देखिएको छैन ।
धरानको अरुण फाइनान्समा श्रेष्ठका भाई प्रमुख कार्यकारी अधिकृत छन् । सेयर मार्केट्सले त्यहाँ निक्षेप राख्ने गरेको छ । यही फाइनान्सबाट श्रेष्ठका छोराले कर्जा लिएका छन् । फाइनान्सको अधिकांश स्रोत कुनै न कुनै रुपमा श्रेष्ठकै परिवारले कव्जा गरेको छ ।


हकप्रद सेयर बिक्री गरि फाइनान्सको चुक्तापुँजी २ अर्ब ३ करोड ४३ लाख बनाईएको छ । यो मध्ये परिवारका नाममा नै अधिकांश सेयर छ । श्रेष्ठकै नातेदार रहेको स्टार सेभिङ १५ दशमलव ८ स्टार होल्डिङ ५ दशमलव ७१ स्टार इन्भेस्टमेन्ट १।०८ योगेन्द्र श्रेष्ठ १।५७ गिता श्रेष्ठ ४।५३ सौरभ श्रेष्ठ ७।४१ उत्सव श्रेष्ठ ७।२९ गौरव श्रेष्ठ ७।२६ माछापुछे्र इन्भेस्टमेन्ट ४।१३ साली रिता जोशी ८।२७ सहित ६३ दशमलव ०४ प्रतिशत सेयर श्रेष्ठका नजिकका नातेदारको नाममा रहेको फाइनान्सको वार्षिक प्रतिवेदनमा छ । राष्ट्र बैंकको अध्ययनले भने ७१ प्रतिशत सेयर श्रेष्ठ र उनको नजिकका व्यक्तिको नियन्त्रणमा रहेको देखाएको छ ।
आर्थिक वर्ष ०६५÷०६६ मा योगेन्द्रको नामा सेयर मार्केट्सको १८।९२ प्रतिशत सेयर थियो । ०६६÷०६७ उनको नामको सेयर घटाएर १ दशमलव ५७ मात्र सेयर रहेको देखाईएको छ ।



बैकिङ तथा कसुर तथा सजायं सम्बन्धि ऐन २०६४ वमोजिम कसुर सँग सम्वन्धित विगो भए कसुरको मात्रा अनुसार विगो व्यहोनुपर्नेछ । एक करोड रुपैयाँ भन्दा बढि जतिसुकै विगो भएपनि ३ वर्ष देखि ५ वर्ष कैद सजायँ र विगो मूल्यांकन बराबर रकम व्यहोर्नुपर्नेछ ।

कुनै कर्जा प्रवाह गर्दा नउठेको अवस्थामा कावु बाहिर अवस्था आई
सच्याउन सकिने अवस्था हुँदा हुँदै नसच्याएको अवस्थाकर्जा आफैंले लिने र निक्षेप हिनामिना गर्नेलाई बैंकिङ कसुर ऐन वमोजिम कारवाही अगाडी बढाउन सकिने व्यवस्था छ ।


राष्ट्र बैंकले यही कानुन वमोजिम २०६८ वैशाखको तेस्रो साता प्रहरीलाई पत्र पठाउँदै श्रेष्ठलाई पक्राउ गरि कारवाही गर्न अनुरोध गरेको थियो । त्यसपछि श्रेष्ठ फरार भएका थिए । फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिसकेको छ । प्रमुख कार्यकारी अधिकृतमा नन्दनहरि शर्मा छन् । पाँच जनाको साचालक समिति छ ।

यही अनुरुप उत्तम पुनछवीलाल भुषाल र पवन काकी प्रहरीले खोजिरहेको छ । यी घट्नाले नियामक निकाय राष्ट्र बैंकको क्षमता बढाउनुपर्ने देखाएको छ । यही वमोजिम राष्ट्र बैंकले ख र ग वर्गका संस्थाको समेत हरेक वर्ष निरिक्षण गरि प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

कर कार्यान्वयन अभियान वर्ष-2068



नागरिक संवाददाता
काठमाडौं असोज 25
सरकारले चालु आर्थिक वर्षलाई पनि कर कार्यान्वयन अभियान वर्षका रुपमा मनाउने भएको छ । गतवर्ष यही अभियानबाट सफलता हासिल भएको जनाउँदै आन्तरिक राजस्व विभागले यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।
ुकर कार्यान्वयन अभियान वर्ष २०६८ स्वीकृतिका लागि अर्थमन्त्रालय पठाईएको छु विभागका महानिर्देशक राजन खनालले बुधबार नागरिकसँग भने-ुएक दुई दिनमा नै स्वीकृति भएर आउँछ ।ु

अभियान वर्षमा राजस्व असुलीका लागि थप प्रयास हुने गर्दछ । कर बढाउन र छल्न नदिन अनुसन्धानलाई तिव्रता दिने गरिएको छ । यही अभियान वर्ष मनाउने क्रममा गतवर्षको अनुसन्धानबाट मूल्य अभिवृद्धि कर भ्याट को नक्कली विल फेला परेको थियो । यसबाट राज्यको ढुकुटिमा ३ अर्ब रुपैयाँ थपिने अनुमान छ । ुकरिव ६० करोड म्याटको नक्कली विलको छानवीनबाट राजस्व थपिईसकेको छु खनालले भने । यो कारवाहीबाट भ्याटबाट राजस्व वृद्धि भएको छ ।

गतवर्ष यही अभियानको क्रममा ८ अर्ब रुपैयाँको उठन बाँकी राजस्व असुली भएको थियो । कानुनी कारवाहीबाट यो रकम असुली भएको थियो । १४ वर्ष अगाडी देखि विवादमा रहेको लारे डिस्टिलरीबाट विभागले ३ करोड राजस्व असुल गरेको छ । एभरेस्ट शेराटन होटलबाट समेत ८ करोड राजस्व उठेको छ ।ुगतवर्ष लक्ष्य अनुरुप राजस्व असुल गर्न अभियान वर्षले सहयोग पुगेको थियोु खनालले भने-ुकरको दायरामा एक पटक आई छोडेकालाई समेटिएको छ ।ु

अभियान वर्षमा सुरुमा कर कार्यालयका अधिकारी करदाताकोमा जाने गरेका छन् । करदातालाई दायित्व सुनाउने र बुझाउने समय दिने गरिएको छ । यति गर्दा पनि नमानेको अवस्थ्ामा कर छली गर्नेमाथी अनुसन्धान र कारवाही अगाडी बढाउने गरिएको खनालले बताए । ु१० वटा कारवाहीले समग्र राजस्व असुलीमा सकारात्मक प्रभाव पर्ने गरेको छु उनले भने-ुनयाँ क्षेत्रमा अनुसन्धान यो वर्ष पनि जारी रहनेछ ।ु
अभियानको उदेश्य कर नछल्ने बानी विकासका लागि भएको खनालले बताए ।

आर्थिक सहायता वितरण कार्यविधि बनाउन सुरु



नारायण सापकोटा
काठमाडौं असोज 28

सरकारले प्रधानमन्त्री सहायता कोषबाट समेत वितरण हुने आर्थिक सहायताका लागि कार्यविधि तयार पार्ने काम सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय गृह र स्वास्थ्य मन्त्रालयबाट वितरण हुने सहायताका लागि निर्देशिका बनाउन थालिएको हो ।
प्रधानमन्त्री सहायता कोषका लागि मन्त्रीपरिषदले औषधि उपचार र आर्थिक सहायता सम्वन्धि कार्यविधि अर्थमन्त्रालयले बनाउन थालेका हुन् ।
डेढ महिनाअघि बावुराम भट्टराई प्रधानमन्त्री हुने वित्तीकै आर्थिक सहायता वितरणमा रोक लगाउँदै मापदण्ड तयार पार्ने घोषणा गरेका थिए । यही घोषणा वमोजिम निर्देशिका तयार पार्न लागिएको हो ।
ुआर्थिक सहायता वितरणको मापदण्ड तयार पार्ने काम सुरु भएको छु अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख बोधराज निरौलाले नागरिकसँग भने-ुकेही दिनमा मस्यौदा तयार हुन्छ ।ु

सहायताको रकम प्रधानमन्त्री कार्यालय गृह स्वास्थ्य शान्ति मन्त्रालय मार्फत वितरण हुने गरेको थियो । सहायता वितरण सामान्य निवेदनका भरमा मन्त्री र ओहदामा बसेकाले वितरण गर्ने गरेका थिए । राज्यको ढुकुटिबाट गरिने यस्तो सहयोगको दुरुपयोग भएको गुनासो बढेपछि यसको मापदण्ड बनाउन लागिएको हो ।

अहिले बजेट र कार्यक्रममा परेका बाहेकका शिर्षकमा आर्थिक सहायता बन्द छ । कार्यविधि जारी भएपछि मात्रै प्रधानमन्त्री कार्यालय र अर्थले सहायता वितरण गर्ने योजना बनाएका छन् । विगतमा दशैंअघि समेत यस्तो सहायता वितरण हुने गरेको थियो । यस पटकको दशैंमा राज्यको ढुकुटिबाट आर्थिक सहायता वितरण भएन ।

प्रधानमन्त्री सहायता कोषका लागि हरेक वर्ष २५ लाख रुपैयाँ बजेटमा छुट्याउने गरिएको छ । अपुग भएपछि फेरि थपिने गरेको छ । कोषका लागि विगतमा कार्यविधि र सचिवको संयोजकत्वमा समिति बनाईएको थियो । समितिले अधिकतम पाँच हजार रुपैयाँ सम्म वितरण गरेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएका ४० लाख रुपैयाँ वितरण भएपछि पहिलेको कार्यविधि निस्क्रिय भयो । त्यसपछि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय दुवै तिरबाट रकम वितरण हुन थाल्यो । प्रधानमन्त्रीका स्वकिय सचिवको तोक आदेशमा यस्तो सहायता रकम वितरण हुन्थ्यो । प्रधानमन्त्री कार्यालय र गृह दुवै तिरबाट एकै व्यक्तिले पटक पटक सहायता रकम लिने गरेका थिए । त्यसपछि एक पटक अर्थसचिव रामेश्वर खनालको आग्रहमा गृहमन्त्री भिम रावलले यस्तो रकम गृहबाट वितरण नगर्ने नीति लिएका थिए । केही समयका लागि प्रधानमन्त्री कार्यालयबाट मात्रै यस्तो सहायता वितरण भएपनि पछि फेरि गृहबाट समेत बाँडिन थालियो ।

शाहि शासन कालमा समेत कोषको केही रकम यसै गरि वितरण भयो । स्वर्गिय गिरिजाप्रसाद कोईरालाको कार्यकालमा कोषबाट ५० लाख बाँडियो । त्यसपछि पुस्पकमल दाहाल प्रधानमन्त्री हुँदा कोषबाट ६० लाख रुपैयाँ कार्यकर्ता र नजिकका व्यक्तिलाई दिइयो । माधव नेपालको कार्यकालभरि ८० लाख रुपैयाँ कोषबाट बाँडिएको थियो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा ६ महिनामा नै ६० लाख रुपैयाँ वितरण भयो । भट्टराई प्रधानमन्त्री भएपछि तोक आदेशमा कोष र गृहबाट वितरण हुने यो सहायता बन्द गरिएको छ । कार्यविधि तयार भएपछि वितरण गर्ने सरकारको योजना छ । बेखर्चि स्वास्थ्य उपचारका नाममा प्रधानमन्त्री कोषबाट सानो रकम मात्रै वितरण गर्ने सिमा तोडिएपछि नयाँ कार्यविधि आवश्यक परेको हो ।

औषधि उपचार र अन्य आर्थिक सहायता वितरण पनि मन्त्रीपरिषदको निर्णयमा अर्थले गर्ने गरेको थियो । यसका लागि अलग्गै शिर्षकमा बजेट राखिएको थिएन । भैपरि आउने शिर्षकबाट यस्तो शिर्षकमा बाँडिने गरेको थियो । औषधि उपचारका लागि स्वास्थ्य मन्त्रालयले सम्वन्धित अस्पतालमा नै सोझै भुक्तानी गर्ने व्यवस्था छ । अन्य आर्थिक सहायता पनि अपर्झट व्यहोर्नु परेको थियो । अहिले यस्तो आर्थिक सहायता पनि रोकिएको छ ।

मुलुकमा आउने मानवीय र आर्थिक क्षति प्रतिस्ठित व्यक्तिको उपचार खर्च दैवि प्रकोप जनआन्दोलनका घाईते लगायतलाई आर्थिक सहायता वितरण गर्ने कार्यविधि पहिलेदेखि नै कार्यान्वयनमा छ ।




संस्थानसँग प्रस्ताव माग


नागरिक संवाददाता
काठमाडौं असोज 26
अर्थमन्त्रालयले सवै मन्त्रालयसँग सरकारी स्वामित्वका संस्थान साचालनको प्रस्ताव मागेको छ । मन्त्रालय मातहत रहेका संस्थान प्रभावकारी रुपमा चलाउने प्रस्ताव पेश गर्न अर्थले अनुरोध गरेको छ ।

ुसार्वजनिक लेखा समिति अन्तर्गत गठन भएको उपसमितिले दिएको सुझाव कार्यान्वयनका लागि प्रस्ताव माग गरिएको छु अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनिले बिहीबार नागरिकसँग भने ।

मन्त्रालयबाट प्रस्ताव आएपछि निजीकरण समितिमा प्रस्ताव राखेर सार्वजनिक संस्थानलाई प्रभावकारि रुपमा साचालन गर्ने योजना उनले सुनाए ।
सभासद दिपकुमार उपाध्यायको संयोजकत्वमा रहेको उपसमितिले सहकारी सार्वजनिक निजी साभेदारी सरकारी स्वामित्व र व्यवस्थापनमा संस्थान साचालन गर्नुपर्ने सुझाव दिएको छ । अलग-अलग कानुन अन्तर्गत साचालित ३६ संस्थानलाई यी तीन सुझावका आधारमा साचालन गर्नुपर्ने अध्ययन प्रतिवेदनमा छ ।

यी तीन विकल्प कार्यान्वयनका लागि सम्वन्धित मन्त्रालयसँग अर्थले प्रस्ताव माग गरेको हो । संस्थानमा कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगमा एक शाखा स्थापना गर्नुपर्ने सुझाव समितिले दिएको छ । उच्च व्यवस्थापक नियुक्ति कार्यसम्पादनप्रति उत्तरदायी बनाउँदै प्रतिस्पर्धाका आधारमा गर्नुपर्ने सुझावमा छ ।
हरेक संस्थानमा कार्य सम्पादन सम्झौता गर्ने र यसको मूल्यांकनको आधारमा दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याईएको छ । आर्थिक वर्ष समाप्त भएको नौ महिना भित्र लेखापरिक्षण अनिवार्य रुपमा गराईसक्नुपर्ने व्यवस्थाका लागि सुझाव दिईएको छ । यो अवधिमा प्रतिवेदन तयार नभए बढिमा तीन महिनाको अवधधि साचालक समितिले थप्न सक्ने र त्यसपछि कार्यकारी प्रमुखलाई सेवामुक्त गरि साचालक समिति पनि भंग गर्नुपर्ने अध्ययन प्रतिवेदनमा छ ।
वार्षिक साधारण सभा अनिवार्य रुपमा हरेक वर्ष गर्नुपर्ने र आगामी एक वर्षको कार्यक्रम सहित मध्यकालिन कार्ययोजना प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याईएको छ । संस्थानको व्यवस्थापन र साचालनका लागि अर्थमन्त्रालयको मातहतमा विज्ञ र सरोकारवाला रहेको अलग्गै साचालन अनुगमन र मूल्यांकन परिषद गठन गर्नुपर्ने सुझाव दिईएको छ ।

संस्थानको पुर्नसंरचनाका लागि आवश्यक पर्ने बजेट निश्चित मापदण्डका आधारमा सरकारले उपलव्ध गराउनुपर्ने आवश्यकता औंल्याईएको छ । दीर्घकालमा सम्पूर्ण संस्थान आत्मनिर्भर हुने गरि व्यवसायिक कार्ययोजना बनाउनुपर्ने सुझाव प्रतिवेदनमा दिईएको छ ।

अधिक कर्मचारी भएका संस्थानमा एक पटकका कालागि अनिवार्य अवकाश योजना ल्याई व्यवसायिक र चुस्तताको कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि दिईएको छ । संस्थानको वार्षिक बजेट र कार्यक्रम अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता संसदिय उपसमितिको छ ।

नयाँ संरचना र व्यवस्थापन ल्याई प्रगति विवरण हरेक महिना लेखा समितिलाई बुझाउनुपर्ने निर्देशन पनि दिईएको छ । सरकारको न्युनतम सेयर रहेका संस्थान कम्पनी समिति र परिषदबाट लगानीको प्रतिफल लिन सेयरधनीको हैसियतले व्यवस्थापन गुणात्मक बनाउँदै हिसाव दुरुस्त राख्न आवश्यक अनुगमन र निर्देशन दिनुपर्ने आवश्यकता औंल्याईएको छ ।

सुझाव कार्यान्वयनमा लैजाँदा कुनै पनि संस्थान व्यवसायिक र प्रतिस्पर्धी नदेखिएमा सम्पक्ति नमास्ने गरि रणनीतिक साझेदार ल्याउने दीर्घकालीन लिजमा दिने सम्पक्ति स्वीकार गरि मेशिनरी औजार लगायत लिलाम गर्ने र संस्थान भित्रको भार बढ्न नदिने उपाय अवलम्वन गर्न सुझाव दिईएको छ ।
संस्थानमा विद्यमान समस्या
संस्थानमा हुने राजनीतिक नियुक्तिले क्षमता दक्षता अनुभव र प्रतिस्पर्धालाई ओझेलमा पारेको निस्कर्ष उपसमितले निकालेको छ । संस्थानको व्यवसायिक सेवामुलक र सामाजिक उदेश्य स्पस्ट हुन नसकेको नीतिगत एकरुपता नहुनु अनुगमनको अभाव उत्पादित वस्तुको मूल्यमा सरकारी हस्तक्षेपलाई प्रमुख समस्याका रुपमा देखिएको छ ।

राजनीतिक नियुक्ति पाएका पदाधिकारीमा जिम्मेवारी वोध हुन नसक्नु संस्थान विग्रनुको अर्को कारण हो । पेशाविद दक्ष व्यवस्थापन र कर्मचारीको अभावसँगै अदक्ष कर्मचारीको बाहुल्यताले सरकारी संस्थान धराशयी भएका हुन् ।
कर्मचारी युनियन कर्मचारी र व्यवस्थापन बीचको विवादले समेत संस्थान कमजोर भएका हुन् । नीतिगत र कार्यगत व्यवस्थापन गर्न कुनै निश्चित निकायको अभाव देखिएको अध्ययनमा छ । जनशक्ति व्यवस्थापनमा कर्मचारी युनियनको अनावश्यक हस्तक्षेप पनि देखिएको छ । जनशक्ति व्यवस्थापनका लागि निस्पक्ष र स्वतन्त्र निकायको अभाव खड्किएको छ ।

घाटामा रहेका संस्थानले सरकारसँगको निर्भरता बढाइरहेकोले सर्वाजनिक कोष माथी व्ययभार निरन्तर बढिरहेको छ । वित्तीय अनुशासनहीनता आर्थिक अयिमितता र चुहावटले वित्तीय स्थितिमा निरन्तर गिरावट आईरहेको छ ।

पुरानो प्रविधि जीर्ण पूर्वाधार र क्षमताको न्युन उपयोगबाट संस्थानको उत्पादन तथा सेवामा आवश्यक उत्पादकत्व र गुणस्तर हासिल गर्न नसकी खराव अवस्था कायम भएको अध्ययनमा औंल्याईएको छ ।
संस्थानलाई सरकारी विभाग सरह साचालन गरिएको छ । व्यवस्थापकीय कार्यशैलीमा नोकरशाही प्रवृत्ति हावी रहेको देखाईएको छ । कर्मचारीको क्षमता भन्दा बढि सुविधा दिई उपदान निवृत्तिभरण लगायतका लागि कोषको व्यवस्था नगरि सरकारलाई ठुलो दायित्व सृजना गरिएको छ ।
संचित नोक्सानमा रहेका संस्थानले कुनै एक वर्षको नाफालाई आधार मानेर वोनस बाँड्ने गरेका छन् । संस्थानमा सेवा र सुविधा पनि फरक-फरक छन् । यसले एकै प्रकारको मापदण्ड स्थापित हुन सकेको छैन ।

सार्वजनिक खरिद ऐनको पालना गर्नुपर्ने वाध्यताले कच्चा पदार्थ एवं व्यापारिक बस्तुको खरिद बिक्रीमा कठिनाई हुने गरेको पाईएको छ । वस्तुको परल मूल्य वमोजिम स्वत मूल्य समायोजन गर्ने नीतिगत र संयन्त्रको अभावमा संस्थानको अनावश्यक घाटा बढेको छ । अधिकांश संस्थानमा व्यवसायिक र रणनीतिक योजना छैन । वस्तु र सेवाको अपर्याप्तता उत्पादन तथा वितरण लागत उच्च र न्युन गुणस्तर संस्थानमा देखिएको प्रतिवेदनमा छ ।