Sunday, October 16, 2011

आर्थिक सहायता वितरण कार्यविधि बनाउन सुरु



नारायण सापकोटा
काठमाडौं असोज 28

सरकारले प्रधानमन्त्री सहायता कोषबाट समेत वितरण हुने आर्थिक सहायताका लागि कार्यविधि तयार पार्ने काम सुरु गरेको छ । प्रधानमन्त्री कार्यालय गृह र स्वास्थ्य मन्त्रालयबाट वितरण हुने सहायताका लागि निर्देशिका बनाउन थालिएको हो ।
प्रधानमन्त्री सहायता कोषका लागि मन्त्रीपरिषदले औषधि उपचार र आर्थिक सहायता सम्वन्धि कार्यविधि अर्थमन्त्रालयले बनाउन थालेका हुन् ।
डेढ महिनाअघि बावुराम भट्टराई प्रधानमन्त्री हुने वित्तीकै आर्थिक सहायता वितरणमा रोक लगाउँदै मापदण्ड तयार पार्ने घोषणा गरेका थिए । यही घोषणा वमोजिम निर्देशिका तयार पार्न लागिएको हो ।
ुआर्थिक सहायता वितरणको मापदण्ड तयार पार्ने काम सुरु भएको छु अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख बोधराज निरौलाले नागरिकसँग भने-ुकेही दिनमा मस्यौदा तयार हुन्छ ।ु

सहायताको रकम प्रधानमन्त्री कार्यालय गृह स्वास्थ्य शान्ति मन्त्रालय मार्फत वितरण हुने गरेको थियो । सहायता वितरण सामान्य निवेदनका भरमा मन्त्री र ओहदामा बसेकाले वितरण गर्ने गरेका थिए । राज्यको ढुकुटिबाट गरिने यस्तो सहयोगको दुरुपयोग भएको गुनासो बढेपछि यसको मापदण्ड बनाउन लागिएको हो ।

अहिले बजेट र कार्यक्रममा परेका बाहेकका शिर्षकमा आर्थिक सहायता बन्द छ । कार्यविधि जारी भएपछि मात्रै प्रधानमन्त्री कार्यालय र अर्थले सहायता वितरण गर्ने योजना बनाएका छन् । विगतमा दशैंअघि समेत यस्तो सहायता वितरण हुने गरेको थियो । यस पटकको दशैंमा राज्यको ढुकुटिबाट आर्थिक सहायता वितरण भएन ।

प्रधानमन्त्री सहायता कोषका लागि हरेक वर्ष २५ लाख रुपैयाँ बजेटमा छुट्याउने गरिएको छ । अपुग भएपछि फेरि थपिने गरेको छ । कोषका लागि विगतमा कार्यविधि र सचिवको संयोजकत्वमा समिति बनाईएको थियो । समितिले अधिकतम पाँच हजार रुपैयाँ सम्म वितरण गरेको थियो । शेरबहादुर देउवा प्रधानमन्त्री भएका ४० लाख रुपैयाँ वितरण भएपछि पहिलेको कार्यविधि निस्क्रिय भयो । त्यसपछि गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालय दुवै तिरबाट रकम वितरण हुन थाल्यो । प्रधानमन्त्रीका स्वकिय सचिवको तोक आदेशमा यस्तो सहायता रकम वितरण हुन्थ्यो । प्रधानमन्त्री कार्यालय र गृह दुवै तिरबाट एकै व्यक्तिले पटक पटक सहायता रकम लिने गरेका थिए । त्यसपछि एक पटक अर्थसचिव रामेश्वर खनालको आग्रहमा गृहमन्त्री भिम रावलले यस्तो रकम गृहबाट वितरण नगर्ने नीति लिएका थिए । केही समयका लागि प्रधानमन्त्री कार्यालयबाट मात्रै यस्तो सहायता वितरण भएपनि पछि फेरि गृहबाट समेत बाँडिन थालियो ।

शाहि शासन कालमा समेत कोषको केही रकम यसै गरि वितरण भयो । स्वर्गिय गिरिजाप्रसाद कोईरालाको कार्यकालमा कोषबाट ५० लाख बाँडियो । त्यसपछि पुस्पकमल दाहाल प्रधानमन्त्री हुँदा कोषबाट ६० लाख रुपैयाँ कार्यकर्ता र नजिकका व्यक्तिलाई दिइयो । माधव नेपालको कार्यकालभरि ८० लाख रुपैयाँ कोषबाट बाँडिएको थियो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा ६ महिनामा नै ६० लाख रुपैयाँ वितरण भयो । भट्टराई प्रधानमन्त्री भएपछि तोक आदेशमा कोष र गृहबाट वितरण हुने यो सहायता बन्द गरिएको छ । कार्यविधि तयार भएपछि वितरण गर्ने सरकारको योजना छ । बेखर्चि स्वास्थ्य उपचारका नाममा प्रधानमन्त्री कोषबाट सानो रकम मात्रै वितरण गर्ने सिमा तोडिएपछि नयाँ कार्यविधि आवश्यक परेको हो ।

औषधि उपचार र अन्य आर्थिक सहायता वितरण पनि मन्त्रीपरिषदको निर्णयमा अर्थले गर्ने गरेको थियो । यसका लागि अलग्गै शिर्षकमा बजेट राखिएको थिएन । भैपरि आउने शिर्षकबाट यस्तो शिर्षकमा बाँडिने गरेको थियो । औषधि उपचारका लागि स्वास्थ्य मन्त्रालयले सम्वन्धित अस्पतालमा नै सोझै भुक्तानी गर्ने व्यवस्था छ । अन्य आर्थिक सहायता पनि अपर्झट व्यहोर्नु परेको थियो । अहिले यस्तो आर्थिक सहायता पनि रोकिएको छ ।

मुलुकमा आउने मानवीय र आर्थिक क्षति प्रतिस्ठित व्यक्तिको उपचार खर्च दैवि प्रकोप जनआन्दोलनका घाईते लगायतलाई आर्थिक सहायता वितरण गर्ने कार्यविधि पहिलेदेखि नै कार्यान्वयनमा छ ।




No comments:

Post a Comment