Sunday, October 16, 2011

नेपाल सेयर मार्केट्सका अध्यक्ष पक्राउ


नारायण सापकोटा
काठमाडौं असोज 11
बैंकिङ क्षेत्रको ७५ वर्षको वित्तीय ईतिहासमा सर्वसाधारणको निक्षेप र कर्जा प्रवाहमा अपचलन गरि व्यक्तिगत प्रयोजनमा ल्याएर अनियमितता गर्नेमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत योगेन्द्र श्रेष्ठले किर्तिमान कायम गरेका छन् ।

२०४७ मा मुलुकले अवलम्वन गरेको खुला अर्थनितिपछि अधिक रुपमा बैक तथा वित्तीय संस्थाको संख्या बढ्यो । यही क्रममा राष्ट्र बैंकको स्वकृतिमा स्थापना भएको यो फाइनान्सका कार्यकारी प्रमुख श्रेष्ठले सर्वसाधारणको रकम दुरुपयोग गरे । र बैंकिङ कसुर ऐन वमोजिम पक्राउ गरि कारवाही गर्न राष्ट्र बैंकले गरेको आग्रह वमोजिम श्रेष्ठ बुधबार पक्राउ परे ।
श्रेष्ठले ७१ प्रतिशत सेयर आफ्नो र परिवार नातेदारको नाममा राखे । एकल व्यक्तिको नियन्त्रणमा संस्थालाई राखे । संस्थागत निक्षेपको रसिद दिए पनि बैंकिङ खातामा देखाएनन् । सर्वसाधारणबाट लिएको रकम पनि दुरुपयोग गरे ।

कुनै पनि नियामक निकायले सर्वसाधारणको निक्षेप संकलन गर्ने संस्थाले यति धेरै अनियमिता गर्ने भन्ने सोच्दैन । सर्वसाधारणको निक्षेप निजी स्वार्थका लागि उपयोग गर्छन भनेर नियामक निकायले परिकल्पना नगरेपनि अनुगमन नियमित रुपमा गर्ने गर्दछ । राष्ट्र बैंकले गतवर्ष सम्म वाणिज्य बैंकहरुको अनुगमन र निरिक्षण हरेक वर्ष गर्ने गरेपनि ख वर्गका विकास बैंक र ग वर्गका वित्त कम्पनीको अनुगमन वर्षेपिच्छे गर्दैन । वर्षैपिच्छे अनुगमन नगर्नुको परिणाम नेपाल सेयर मार्केट्समा योगेन्द्र श्रेष्ठले गरेको वदमासी हो ।
संस्थागत शुसासन कायम गर्ने र स्वनियमन हुनुपर्ने विश्वव्यापी वित्तीय क्षेत्रको मान्यता यो संस्थाले पूर्ण रुपमा उलंघन गरेको छ ।

योगेन्द्र श्रेष्ठ धनी व्यक्ति मानिन्छन् । उनको नाममा मात्रै करिब ७ अर्बको सम्पक्ति भएको अनुमान छ । श्रेष्ठले यो फाइनान्समा गरेको बदमासीमा करिव ३ अर्ब रुपैयाँ कम्तीमा व्यहोर्नुपर्ने अनुमान छ ।

उनीमाथी भएको यो कारवाहीले सम्पूर्ण वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्नेछ । बैंक कुनै व्यक्ति वा कम्पनीको होइन सर्वसाधारण हो र वदमासी गरेमा कारवाही हुन्छ भन्ने मान्यता यस पटक स्थापित भएको छ । सेयर मार्केट्सको चुक्तापुँजी २ अर्ब पुगीसकेको छ । वाणिज्य बैंकमा स्तरोन्नती हुन चुक्तापुँजी २ अर्ब बनाईएको हो । उनको विगो भराउन राष्ट्र बैंकले चुक्तापुँजीबाट रकम घटाउन सक्छ । फाइनान्स कम्पनीका लागि २० करोड चुक्तापुँजी भए पुग्ने अहिलेको व्यवस्था वमोजिम चुक्तापुँजी घटाएर निक्षेपकर्ताको रकम फिर्ता गराउने निर्णय राष्ट्र बैंकले लिन संभावना बढिछ । यसपछि कम्पनी मर्जमा जाने वा कसैले किन्ने अवस्था आउन सक्छ । यो हिसावमा बैंक तथा वित्तीय क्षेत्रका लागि यसले सकारात्मक नै सन्देश दिनेछ ।
वित्तीय संस्था घटाउने पहल राष्ट्र बैंकले गरिरहेको अवस्थामा श्रेष्ठ र उनको समूहले यो संस्था चलाउने संभावना एकदमै न्युनछ । निक्षेपकर्ताको निक्षेप व्यक्तिगत प्रयोजनमा लगाएमा यसको हर्जाना व्यहोर्नुपर्छ भन्ने सन्देश बजारमा गएको छ । एक वर्षको अवधिमा भएका कारवाहीले बैंक तथा वित्तीय संस्थाको पदमा बसेर सुविधा मात्रै लिन पाइन्न जेल पनि जानुपर्छ भन्ने मान्यता स्थापित भएको छ ।

राष्ट्र बैंकले कारवाहीका लागि प्रहरीलाई पत्र लेखेपछि श्रेष्ठका नातेदारले राष्ट्र बैंकमा समन्वय गर्दै आएका थिए । राष्ट्र बैंकका उच्च अधिकारीले प्रहरीको कारवाहीमा जानुबाहेक श्रेष्ठसँग अन्य विकल्प नभएको सुझाव दिएका थिए । दुरुपयोग गरेको रकम बुझाएर उम्कन खोजेका श्रेष्ठलाई प्रहरी र अदालती कारवाहीमा नै जान राष्ट्र बैंकका अधिकारीले सुझाव दिएका थिए ।
वित्तीय अपराधको सृखंला गत वर्ष धेरै देखिए । राजनीतिक दवावमा उन्मुक्ति िलंदै आएका बैंकर र लगानीकर्ता गतवर्ष कारवाहीमा परे । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले सरकार र राष्ट्र बैंकको सकि्रयतामा कारवाही अगाडी बढाएपछि उनीहरु कारवाहीमा परेका हुन् ।

प्रहरीको खोजीमा रहे पनि नेपाल विकास बैंकका कार्यकारी अध्यक्ष उत्तम पुन फरार छन् । लिक्वीडेशनमा गएको यो बैंकले अहिले सम्म सवै निक्षेपकर्तालाई रकम फिर्ता गर्न सकेको छ ।
त्यसपछि सर्वसाधारणकेा निक्षेप दुरुपयोग गर्ने सम्झना फाइनान्सका कार्यकारी अध्यक्ष श्यामकृष्ण श्रेष्ठ माथी कारवाही अगाडी बढ्यो । यही फाइनान्सका प्रवन्ध निर्देशक हिमबहादुर गुरुङ यही अभियोगमा फसे । गोरखा विकास बैंकका डिबि वम्जन अहिले प्रहरी हिरासतमा छन् । यही बैंकका राजेन्द्रदास श्रेष्ठ भागेर क्यानडा पुगेका छन् । क्यापिटल मर्चेन्ट एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विज्ञान पौडेल प्रहरी हिरासतमा छन् । यही फाइनान्सका पवन कार्की फरार छन् ।
अझै पनि गोरखा विकास बैंकका साचालक रमेशबहादुर तामाङ धनप्रसाद राई निर्मल गुरुङ प्रविण नौलखा फरार छन्। यही बैंकका सेयरधनी राकेश अडुकिया भागेर िहंडेका छन् ।

श्रेष्ठले १ अर्ब ५५ करोड नक्कली कम्पनी सृजना गरि कर्जा प्रवाह गरेका थिए । ८८ करोड विभिन्न निक्षेप र ग्यारेन्टि दुरुपयोग गरेका थिए । नागरिक लगानी कोषको २० करोड रुपैयाँ बैंकमा नै दाखिला नगरि व्यक्तिगत प्रयोजनमा लगाएका थिए । विमा संस्थानको १७ करोड यसैगरि दुरुपयोग भएको थियो । सर्वसाधारणको धेरै निक्षेपको नक्कली स्लिप प्रयोग गरि दुरुपयोग गरिएकेा थियो । यसरी दुरुपयोग गरिएको अधिकांश रकम फाइनान्सले निस्काशन गरेको १ बराबर ३ दशमलव ५ हकप्रद सेयर खरिद गर्न प्रयोग गरिएको थियो ।

अहिले राष्ट्र बैंकको निर्देशनपछि फाइनान्सले केही निक्षेप फिर्ता गरेको छ । केही दिनअघि फाइनान्सको जग्गा २५ करोड रुपैयाँमा एसबिआई बैंकले खरिद गर् यो । दशैंअघि नै २० हजार रुपैयाँ सम्मको निक्षप सवैलाई फिर्ता गर्न थालिएको छ । फाइनान्समा रहेको १५ हजार निक्षेपकर्ता मध्ये १२ हजार ५ सयले २० हजार रुपैयाँको दरको निक्षेप छ । ठुला निक्षेपकर्तालाई ५ लाख सम्म फिर्ता दिन राष्ट्रबैंकले निर्देशन दिएको छ ।

फाइनान्समा ४ अर्ब निक्षेप ४ अर्ब ५० करोड कर्जा छ । २ अर्ब संस्थागत छ । ८८ वटा कर्जा मध्ये १ अर्ब ५७ करोडको झुठो कर्जा प्रवाह भएको राष्ट्र बैंकको अध्ययनबाट देखिएको छ । वासुभक्त श्रेष्ठलाई फाइनान्सबाट गएको २४ करोडको ऋण गएको छ । यो रकम साचालक समितिबाट पारित गराईएको देखिएको छैन ।
धरानको अरुण फाइनान्समा श्रेष्ठका भाई प्रमुख कार्यकारी अधिकृत छन् । सेयर मार्केट्सले त्यहाँ निक्षेप राख्ने गरेको छ । यही फाइनान्सबाट श्रेष्ठका छोराले कर्जा लिएका छन् । फाइनान्सको अधिकांश स्रोत कुनै न कुनै रुपमा श्रेष्ठकै परिवारले कव्जा गरेको छ ।


हकप्रद सेयर बिक्री गरि फाइनान्सको चुक्तापुँजी २ अर्ब ३ करोड ४३ लाख बनाईएको छ । यो मध्ये परिवारका नाममा नै अधिकांश सेयर छ । श्रेष्ठकै नातेदार रहेको स्टार सेभिङ १५ दशमलव ८ स्टार होल्डिङ ५ दशमलव ७१ स्टार इन्भेस्टमेन्ट १।०८ योगेन्द्र श्रेष्ठ १।५७ गिता श्रेष्ठ ४।५३ सौरभ श्रेष्ठ ७।४१ उत्सव श्रेष्ठ ७।२९ गौरव श्रेष्ठ ७।२६ माछापुछे्र इन्भेस्टमेन्ट ४।१३ साली रिता जोशी ८।२७ सहित ६३ दशमलव ०४ प्रतिशत सेयर श्रेष्ठका नजिकका नातेदारको नाममा रहेको फाइनान्सको वार्षिक प्रतिवेदनमा छ । राष्ट्र बैंकको अध्ययनले भने ७१ प्रतिशत सेयर श्रेष्ठ र उनको नजिकका व्यक्तिको नियन्त्रणमा रहेको देखाएको छ ।
आर्थिक वर्ष ०६५÷०६६ मा योगेन्द्रको नामा सेयर मार्केट्सको १८।९२ प्रतिशत सेयर थियो । ०६६÷०६७ उनको नामको सेयर घटाएर १ दशमलव ५७ मात्र सेयर रहेको देखाईएको छ ।



बैकिङ तथा कसुर तथा सजायं सम्बन्धि ऐन २०६४ वमोजिम कसुर सँग सम्वन्धित विगो भए कसुरको मात्रा अनुसार विगो व्यहोनुपर्नेछ । एक करोड रुपैयाँ भन्दा बढि जतिसुकै विगो भएपनि ३ वर्ष देखि ५ वर्ष कैद सजायँ र विगो मूल्यांकन बराबर रकम व्यहोर्नुपर्नेछ ।

कुनै कर्जा प्रवाह गर्दा नउठेको अवस्थामा कावु बाहिर अवस्था आई
सच्याउन सकिने अवस्था हुँदा हुँदै नसच्याएको अवस्थाकर्जा आफैंले लिने र निक्षेप हिनामिना गर्नेलाई बैंकिङ कसुर ऐन वमोजिम कारवाही अगाडी बढाउन सकिने व्यवस्था छ ।


राष्ट्र बैंकले यही कानुन वमोजिम २०६८ वैशाखको तेस्रो साता प्रहरीलाई पत्र पठाउँदै श्रेष्ठलाई पक्राउ गरि कारवाही गर्न अनुरोध गरेको थियो । त्यसपछि श्रेष्ठ फरार भएका थिए । फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिसकेको छ । प्रमुख कार्यकारी अधिकृतमा नन्दनहरि शर्मा छन् । पाँच जनाको साचालक समिति छ ।

यही अनुरुप उत्तम पुनछवीलाल भुषाल र पवन काकी प्रहरीले खोजिरहेको छ । यी घट्नाले नियामक निकाय राष्ट्र बैंकको क्षमता बढाउनुपर्ने देखाएको छ । यही वमोजिम राष्ट्र बैंकले ख र ग वर्गका संस्थाको समेत हरेक वर्ष निरिक्षण गरि प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment