नारायण सापकोटा
काठमाडौं असोज 22
तीन महिनापछि वित्तीय सुधार कार्यक्रमलाई नयाँ स्वरुपमा अगाडी बढाउन विश्व बैंक तयार देखिएको छ । नौ वर्षअघि सुरु भएको सुधार कार्यक्रमको अवधि आगामी डिसेम्बरमा सकिन लागेपछि फेरि सहायता गर्न विश्वबैंक तयार भएको हो ।
ुसुधार कार्यक्रमका लागि ऋण सहायताको प्रस्ताव पेश गर्न विश्व बैंकले सरकारसँग अनुरोध गरेको छु स्रोतले भन्यो । यस्तो प्रस्ताव तयार गर्ने जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको छ । राष्ट्र बैंकले ऋण सहायता माग्न प्रस्ताव बनाउने काम पनि सुरु गरेको छ ।
६ वित्तीय संस्था समस्यामा परेको देखिएपछि नेपालको वित्तीय प्रणाली असजिलो अवस्थामा पुगेको अनुमान अन्तराष्ट्रिय मुद्रा कोष विश्व बैंकका प्रतिनिधिले गर्दै आएका छन् । यस्तो अवस्थामा स्ट्रेस ट्रेसिङ वासल २ र ३ को जानकारी सहित वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता उनीहरुले औंल्याउँदै आएका छन् ।
सहायता कुन क्षेत्रमा माग्ने निस्कर्षमा राष्ट्र बैंक पुगि नसकेपनि वित्तीय सुधारका लागि क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता विश्व बैंकका प्रतिनिधिसँगको छलफलमा राखिएको स्रोतले बतायो ।
ऋण सहायता लिएर विदेशी परामर्शदातालाई तलवभत्तामा खर्च नगर्ने योजना राष्ट्र बैंक नेतृत्वले बनाएको छ । सहायता नलिएर सुधार कार्यक्रम अगाडी नबढाएको आरोप खेप्न पनि उ तयार छैन ।ुविश्ब बैंकको सहायता लिएर पुन सुधार कार्यक्रम अगाडी बढाउने पक्षमा राष्ट्र बैंक समेत पुगेको छु स्रोतले भन्यो ।
नौ वर्षको अवधिमा विश्व बैंकको ऋण सहायताको रकम मात्रै करिव ६ अर्ब खर्च भएको छ । बेलायति सहयोग नियोगडिआईएफआईडि को अनुदान सहायता यसमा जोडिएको छैन ।
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई सुधार गरि निजिकरण गर्ने वित्तीय सुधार कार्यक्रमको प्रमुख उदेश्य अहिले अलपत्र परेको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको वित्तीय स्वास्थ्यमा सुधार भएपनि प्रमुख उदेश्य नीजिकरण कार्यान्वयनमा आउन सकेको छैन ।
केही समयअघि राष्ट्र बैंकले यी दुई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकि्रया अगाडी बढायो । यो प्रकि्रयालाई अर्थमन्त्रीले राजनीतिक गर्न खोजेको ठान्दै अर्थ तथा श्रम समितिले अवरुद्ध पारिदियो । केहीदिन राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचना जारी आवेदन समेत संकलन गरिसकिएको छ । छनोटको काम केही समयमा सुरु हुनेछ ।
नेपाल बैंकमा चार वर्षदेखि राष्ट्र बैंकका कर्मचारीले प्रमुख कार्यकारीको काम गर्दै आएका छन् । नेपाल बैंकलाई पनि चाँडै प्रमुख कार्यकारी छनोट प्रकि्रया अगाडी बढाउन राष्ट्र बैंकले ताकेता गरेको छ ।
सन् २००२ को अपि्रलमा सुधार कार्यक्रम सुरु भएको थियो । यसको ५ वर्षसम्म दुई बैंकको प्रमुख कार्यकारी अधिृकतमा विदेशीले नेतृत्व गरे । यो अवधिमा सरकारी बैंकको कर्जा तिर्नुपर्छ भन्ने मान्यता स्थापित भयो ।
६० प्रतिशतको हाराहारीमा रहेको खराव कर्जा दुवै बैंकले घटाएका छन् । अहिले नेपाल बैंकको खराव कर्जा ५ र राष्ट्रिय वाणिज्य बैंकको खराव कर्जा ११ प्रतिशत छ ।
राष्ट्रिय वाणिज्य बैंकको आठवर्षअघि २२ अर्ब ऋणात्मक नेटवर्थ थियो । अहिले ११ अर्बमा झरेको छ । नेपाल बैंकको १४ अर्बको ऋणात्मक नेटवर्थ ४ अर्बमा सिमित भएको छ । बैंकहरुमा आन्तरिक नियन्त्रण क्षमता थिएन । यो स्थापित भएको छ । ५ वर्षदेखि लेखापरिक्षण हुन नसकेका बैंकको अहिले यस्तो काम हरेक वर्ष हुन्छ । कागजी अभिलेख राखेर काम हुने यी बैंक अहिले कम्प्युटर नेटवर्कमा छन् । प्रत्येक वर्ष घाटा व्यहोर्ने यी बैंक अहिले हरेक वर्ष नाफा कमाउँछन् ।
वित्तीय सुधार कार्यक्रमका प्रमुख उदेश्य दुई बैंकको खराव वित्तीय स्वास्थ्यमा सुधार गर्दै नीजिकरण राष्ट्र बैंकको पुर्नसंरचना र समग्र वित्तीय क्षेत्रको क्षमता बढाउने हुन् । यसमध्ये दुई बैंकको सुधार प्रकि्रया वित्तीय रुपमा स्वस्थ्य बनाउने प्रयासमा सफलता हासिल भएको छ । राष्ट्र बैंकको पुर्नसंरचनामा भित्र लेखा प्रणालीको स्तरोन्नती गर्ने काम भयो । समग्र वित्तीय क्षेत्रको क्षमता बढाउनका लागि कर्जा सूचना केन्द्रको अटोमेशन गर्ने काम अहिले सम्म हुन सकेको छैन । ऋण असुली न्यायधिकरणलाई सुधार कार्यक्रमबाट केही सहयोग भएपनि सन्तोषजनक अवस्था छैन ।
४० प्रतिशत सररकारको सेयर भएको नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको नकारात्मक पुँजी सकारात्मक बनाउन पटक पटक भएका प्रयास विफल भए । नेपाल बैंकको केही सम्पक्ति बिक्री गर्ने योजना पनि कार्यान्वयनमा आउन सकेको छैन । राष्ट्रिय वाणिज्य बैंकसँग भएको अरु बैंकको सेयर बिक्री र सरकारले पुँजी थप्ने योजना त्यतिकै थाँती छ ।
यी दुई बैंकको सवैभन्दा खराव पक्ष कर्मचारी युनियन बनेका छन् । दुई बैंकमा नै चार दल निकट चार युनियन छन् । हरेक शाखामा चार युनियनकै संगठन छन् । बैंकका आधा भन्दा बढि कर्मचारी युनियनमा आवद्ध छन् र काम गर्दैनन् । नीजिक्षेत्र वाणिज्य बैंकको जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति यी दुई बैंकमा निकै कम छ ।
सुधार कार्यक्रम सुरु भएपछिका केही वर्षमा केही नयाँ कर्मचारी दुई बैंकमा नै भर्ना गर्न थालिएको छ । तर यी पर्याप्त छैन ।
यो सुधार कार्यक्रमको अनुदानको अवधि २०११ मार्च ३१ मा सकिएको छ । विश्व बैंकको ऋण सहयोगको म्याद पनि सन् २०११ को डिसेम्बर ३१ मा सिकंदैछ । चालु वर्षको मौदि्रक नीतिमा वित्तीय सुधार कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ ।
सुधारकै क्रम कृषि विकास बैंकमा पनि सुधार भएको छ । यसलाई दोस्रो चरणको वित्तीय सुधार कार्यक्रम नामाकरण गरिएको छ । एशियाली विकास बैंकको सहयोगमा कृषि बैंकमा सुरु भएको सुधार कार्यक्रमको उपलव्धी देखिईसकेको छैन ।
No comments:
Post a Comment