नागरिक संवाददाता
काठमाडौं असोज 25
सरकारले चालु आर्थिक वर्षलाई पनि कर कार्यान्वयन अभियान वर्षका रुपमा मनाउने भएको छ । गतवर्ष यही अभियानबाट सफलता हासिल भएको जनाउँदै आन्तरिक राजस्व विभागले यो वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।
ुकर कार्यान्वयन अभियान वर्ष २०६८ स्वीकृतिका लागि अर्थमन्त्रालय पठाईएको छु विभागका महानिर्देशक राजन खनालले बुधबार नागरिकसँग भने-ुएक दुई दिनमा नै स्वीकृति भएर आउँछ ।ु
अभियान वर्षमा राजस्व असुलीका लागि थप प्रयास हुने गर्दछ । कर बढाउन र छल्न नदिन अनुसन्धानलाई तिव्रता दिने गरिएको छ । यही अभियान वर्ष मनाउने क्रममा गतवर्षको अनुसन्धानबाट मूल्य अभिवृद्धि कर भ्याट को नक्कली विल फेला परेको थियो । यसबाट राज्यको ढुकुटिमा ३ अर्ब रुपैयाँ थपिने अनुमान छ । ुकरिव ६० करोड म्याटको नक्कली विलको छानवीनबाट राजस्व थपिईसकेको छु खनालले भने । यो कारवाहीबाट भ्याटबाट राजस्व वृद्धि भएको छ ।
गतवर्ष यही अभियानको क्रममा ८ अर्ब रुपैयाँको उठन बाँकी राजस्व असुली भएको थियो । कानुनी कारवाहीबाट यो रकम असुली भएको थियो । १४ वर्ष अगाडी देखि विवादमा रहेको लारे डिस्टिलरीबाट विभागले ३ करोड राजस्व असुल गरेको छ । एभरेस्ट शेराटन होटलबाट समेत ८ करोड राजस्व उठेको छ ।ुगतवर्ष लक्ष्य अनुरुप राजस्व असुल गर्न अभियान वर्षले सहयोग पुगेको थियोु खनालले भने-ुकरको दायरामा एक पटक आई छोडेकालाई समेटिएको छ ।ु
अभियान वर्षमा सुरुमा कर कार्यालयका अधिकारी करदाताकोमा जाने गरेका छन् । करदातालाई दायित्व सुनाउने र बुझाउने समय दिने गरिएको छ । यति गर्दा पनि नमानेको अवस्थ्ामा कर छली गर्नेमाथी अनुसन्धान र कारवाही अगाडी बढाउने गरिएको खनालले बताए । ु१० वटा कारवाहीले समग्र राजस्व असुलीमा सकारात्मक प्रभाव पर्ने गरेको छु उनले भने-ुनयाँ क्षेत्रमा अनुसन्धान यो वर्ष पनि जारी रहनेछ ।ु
अभियानको उदेश्य कर नछल्ने बानी विकासका लागि भएको खनालले बताए ।
No comments:
Post a Comment