Tuesday, July 26, 2016

प्रवासी पत्रकारको साझा मञ्च नेजा



                                                       

                                                     नारायणप्रसाद सापकोटा


नौ वर्षअघि स्थापना भएको नेपाल अमेरिका पत्रकार संघ(नेजा) प्रवासी नेपाली पत्रकारका लागि साझा मञ्चको रुपमा विकसित भएको छ । यसको विधानले पनि संस्थालाई साझा चौतारी बनाउने खुला र आकर्षक उद्देश्य लिएको छ ।संस्थामा नया“ सदस्य बन्ने र केहीले छोड्ने भै नै रहन्छ । कोही नयाँ आउँदैमा र केही बाहिरिंदैमा संस्थालाई केही फरक पर्दैन । यो निरन्तर रुपमा अगाडी बढि नै रहन्छ । नेजामा पनि हुने यही हो ।नेजाको विधानले लेखनमा रुचि भएका नेपाली मुलका नागरिकका लागि एकैथलोमा जमघट भै चाहेको काम गर्न सक्ने संस्था बनाएको छ । यो उद्देश्य नै सबैभन्दा महत्वपूर्ण छ ।

विभिन्न राज्यमा छरिएर रहेका नेपाली पत्रकार एकै ठाउँ भेला नेजाले गरेको छ । अब सदस्यले समुदायकै प्रगतिका लागि योजना बनाउने थलो यसलाई बनाउने प्रयास गर्नुपर्छ ।मिडियास“ग सम्बन्धित तालिमबाहेकका अरु क्रियाकलाप समेत गर्ने विधानको व्यवस्थाले संस्थालाई सीमित घेरामा राखेको छैन ।यस पटक मे ७ र ८ मा क्यालिफोर्नियामा आयोजना हुने साधारण सभामा नयाँ नेतृत्व चयनसँगै विधानले परिकल्पना गरेका उद्देश्य हासिल गर्ने विषयमा छलफलसहित नया“ बाटो खोज्ने प्रयास हुने आशा गर्न सकिन्छ ।आउने नया“ नेतृत्वले विधान केन्द्रित उद्देश्य हासिल गर्न सदस्यको समर्थन जुटाउन आवश्यक छ । यी उद्देश्य कसरी हासिल गर्ने भन्ने योजना नै कम्तीमा अध्यक्ष हुन चाहने सदस्यले राख्नुभयो भने सुनमा सुगन्ध हुनेछ । के काम गर्न सकिन्छ नेपाली समुदायका लागि र लेखनमा रुचि भएकाहरुका लागि भन्ने योजना नया“ नेतृत्व गर्न चाहनेबाट हामी सदस्यले माग्नुपर्छ ।

नेतृत्व गर्न चाहनेले सदस्यलाई आकर्षित गर्ने भनेको यस्तै कार्यबाट हो । यसका लागि अहिलेको प्रस्थान विन्दु नेजाको विधान नै हो । विधानमा नै भएका व्यवस्था मध्ये नया“ नेतृत्वले केही मात्रै अगाडी बढाउन सके पनि अर्को अधिवेशनमा धेरै प्रगति देखिनेछ ।अमेरिका र क्यानडामा रहेका लेखनमा रुची भएका गैर आवासिय नेपालीलाई सदस्यका रुपमा समेटने यो संस्था नाफामुलक, शैक्षिक, अनुसन्धानमुलक र कर छुट सहितको संस्था हो ।पत्रकारिता, साहित्य, कला, संस्कृति, विज्ञान र आर्थिक लगायतका विषयमा अमेरिकी र नेपाली जीवनशैलीको उजार गर्ने उद्देश्य नेजाले लिएको छ । यस्तो उद्देश्यलाई कार्यान्वयनमा ल्याउन कार्यसमितिले योजना बनाएर सदस्यहरुलाई जानकारी दिन आवश्यक छ । कार्यसमितिले यस्ता कार्य अगाडी बढाउन सदस्यहरुसँग आवश्यक सहयोग लिंदै अगाडी बढ्नुपर्छ । सबै काम कार्यसमितिले मात्रै गर्न सम्भव हुँदैन ।कुनै पनि संस्थाको विधानमा नै सबै विषय खुलाउन सम्भव हु“दैन । विधानस“ग नबाझिने गरी यसलाई असल उद्देश्यले कार्यान्वयनमा ल्याउने कार्यसमितिले हो ।नेजाले मिडियास“ग सम्बन्धित र अन्य क्रियाकलाप नेपाली समुदायको वृहत्तर हितका लागि गर्ने प्रमुख उद्देश्य लिएको छ । अन्य संस्थाको समन्वयमा अन्तरसंवादस“गै पत्रकारिताका तालिम दिने महत्वपूर्ण व्यवस्था विधानमा गरिएको छ । यस्ता तालिम र प्रशिक्षण अमेरिकाका प्रभावशाली संस्थास“ग सहकार्य गरेर प्रवासमा रहेका र नेपालमा कार्यरत पत्रकारलाई दिन सकिन्छ । यसका लागि सबै सदस्यको प्रयास जरुरी हुन्छ । यस्तो वृहत उद्देश्यको काम सबै सदस्यले साथ दिए मात्रै कार्यसमितिले अगाडी बढाउन सक्छ ।

पुरस्कार, अवार्डको स्थापना त नेजाले गरि नै सकेको छ । यसलाई अझ व्यवस्थित गर्ने प्रयास जरुरी छ । बुलेटिन प्रकाशन, वेबसाइट, रेडियो र टेलिभिजनका कार्यक्रम उत्पादन गर्न सकिने व्यवस्था विधानमा छ । यस्ता कार्यक्रम नेपाली समुदायको मिडिया, कला, ईतिहास र संस्कृतिको जगेर्नामा केन्द्रित गर्नुपर्ने प्रावधान विधानमा छ । यी उद्देश्यका लािग निश्चित सिमा पनि तोकिएको छ ।चलचित्रको प्रदर्शन, रेडियो, टेलिभिजन कार्यक्रम उत्पादन र प्रदर्शनीसमेत नेजाले आयोजना गर्न सक्नेछ । नेपाली साहित्य र सूचनाको विषयमा सन्दर्भ सामग्री तयार पार्ने उद्देश्य पनि विधानमा लिईएको छ ।अर्को महत्वपूर्ण विषय भनेको मानवीय र प्राकृतिक विपत्तिमा परेका पीडितसम्म सहयोग गर्न कोष निमार्ण गर्ने उदेश्य पनि विधानले गरेको छ । अन्य मानवीय सहयोगको व्यवस्था त छँदैछ ।विकास आयोजनाका लागि पनि कोष निर्माण गर्न सक्ने विधानको व्यवस्थाले नेजाको कार्यक्षेत्र फराकिलो बनाएको छ । संचारकर्मी बाहेकका सदस्यस“ग पनि यस्तो कोष निर्माणका लागि सहयोग जुटाउन सकिन्छ । यसका लागि साधारण सभामा छलफल गर्न सकिन्छ । यस्तो कोष निर्माण गर्न सके दीर्घकालीन रुपमा नेजा धेरै बलियो र प्रभावकारी संस्था हुनेछ ।मानवअधिकार, प्रेस स्वतन्त्रता विपरितका क्रियाकलापबाट पीडितको संरक्षण गर्ने व्यवस्था विधानमा छ । यो विषयमा नेपाल पत्रकार महासंघस“ग सहकार्य गरि अगाडी बढन सकिन्छ ।नेजाको सदस्यताको प्रावधान पनि उदार नै छ । क्रियाशिल पत्रकार र पत्रकारिताका विद्यार्थीसमेत नेजाको सदस्य बन्न सक्ने व्यवस्थाले सदस्यताको प्रावधान उदार देखिएको हो । यसले अहिलेका विद्यार्थीलाई संस्थामा आवद्व गर्दै भविष्यमा नेतृत्व दिनेछ ।साधारण र आजीवन सदस्य संस्थाका सवै गतिविधिमा समावेश हुन सक्नेछन् । मानर्थ सदस्यलाई मताधिकारको अधिकार छैन । मानार्थ सदस्य नेपाली मुलकै हुनु नपर्ने व्यवस्था छ । नेपाली मुल बाहेकका नागरिकलाई यस्तो सदस्यता दिएर नेजामा आवद्ध गराउदै संस्थाको दायरा फराकिलो बन्न सहयोग गर्नेछ ।नेजाको विधानले कार्यसमिति १५ सदस्यीय तोकेको छ । यसमा दुई जना अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । दुई वर्षको कार्यकाल तोकिएको भएपनि अध्यक्षले साधारण सभा समक्ष मात्रै राजीनामा गर्न सक्नेछन् । अन्यले राजिनामा कार्यसमिति मार्फत दिन सक्नेछन् ।कार्यसमितिमा अध्यक्ष सहित कार्यसमितिलाई दुई कार्यकालको समयावधि तोकिएको छ । एक पटक कार्यसमितिमा नबसि अध्यक्ष हुन नपाउने विधानको व्यवस्था आकर्षक छ । यसले संस्थाको जानकारी नै नभएको व्यक्ति अध्यक्ष हुन नपाउने व्यवस्था गरेको छ ।संस्थाको आर्थिक कोषमा सदस्यबाट प्राप्त शुल्क, वित्तीय सहयोग, चन्दाको रकम रहनेछ । कुनै पनि अन्य संस्थाको सहयोग लिंदा कार्यसमितिको निर्णय हुनुपर्ने व्यवस्थाले नेजालाई संस्थागत रुपमा बलियो बनाउनेछ । उदेश्य अनुरुप नेजाले आम्दानीको नियमित स्रोतको व्यवस्था गर्न जरुरी छ । यसका कुनै न कुनै काम नियमित रुपमा नेजाले गर्नुपर्ने हुन्छ । आर्थिक स्रोतको आधार बलियो भएपछि मात्रै संस्था अन्य काममा अगाडी बढ्न सक्छ ।हरेक दुई वर्षमा विश्व प्रेस स्वतन्त्रताको अवसर पारेर मे महिनाको पहिलो सातामा साधारणसभा गर्नुपर्ने विधानको व्यवस्था पनि प्रभावकारी छ । यसले सदस्यलाई सभामा भाग लिनका लागि समय छुट्याउन सहयोग गर्नेछ ।नेजाको विधान अनुरुप सवै सदस्य बराबरी हुन् । कार्यसमितिमा साधारण सभाले चुनेका सदस्य नै आउने हुन् । यसकारण यो कुनै खास व्यक्तिको संस्था होइन । कुनै व्यक्तिस“ग सम्बन्ध राम्रो नभएपनि संस्था सवै सदस्यको हो । अझ भनौ नेपाली मुलका नागरिकको हो ।
खासगरि नेपाली समुदाय सम्मिलित संस्थाका साधारण सभा नेतृत्व चयनमा मात्रै केन्द्रित हुन्छन् भन्ने गुनासो सधैं सुनिन्छ । विधानको उदेश्य र संस्थाको वृहत्तर हितमा सभामा बहस कम हुन्छन् । तर यस पटक नेजाको सभा यो भन्दा पृथक बनाउने प्रयास गर्नुपर्छ र हुनेछ ।चुनावी प्रक्रियामा समावेश हुने जिते ठिक छ भन्ने र हारे संस्थालाई नै गाली गर्ने प्रचलन ठिक होइन । यसले संस्था नै कमजोर हुने हो । चुनावमा जित्ने त जिम्मेवार हुनुपर्छ नै हार्ने त्यो भन्दा बढि जिम्मेवार हुनुपर्छ । समय दिन नसक्नेले नेतृत्वमा बस्ने इच्छा गर्नुपनि ठिक होइन । यसले संस्थालाई अगाडी बढाउ“दैन । संस्थाबाट केही फाइदा पाए ठिक नत्र बेठिक भन्ने पनि यदाकदा देखिने गर्छन । यस्तो प्रवृत्तिलाई बढावा नहुने संस्कृतिको विकास हामी सवैले गर्ने हो ।विधानको खुला र पारदर्शी व्यवस्थाले लेखनमा रुची भएका कोही सवैलाई संस्थामा समेटनेछ ।शतप्रतिशत ठिकठाक त कहीं पनि हु“दैन । नेतृत्वकर्ताले ठिकठाक बनाउंदै लैजाने हो । व्यक्तिगत रुपमा नै हेर्न सुरु गर्ने हो भने सबै आफुले चाहे जस्तो भएको हुँदैन भने यो त समुदाय केन्द्रित संस्था हो । केही कमजोरी छन् भने सुधार्दै अगाडी बढ्ने हो । संस्थालाई नै कमजोर बनाउने प्रवृत्तिले कसैलाई फाइदा गर्दैन । नेजामा यस्तो भएको छैन र हुँदैन पनि ।प्रवासमा नेपाली भाषा केन्द्रित पत्रकारिता नै हुँदै आएको छ । अमेरिकाबाट नेपालमा समाचार, लेख पठाउने र यहींका मिडियामा लेख्ने जे गरेपनि यो समुदाय केन्द्रित पत्रकारिता नै हो । अरु कुनै काम नगरी नेपाली भाषाको पत्रकारिता गरेर मात्र अमेरिका बाँच्न सक्ने अवस्थामा कोही पनि छैन ।अमेरिकामा त मुलधारको पत्रकारिता गर्न अंग्रजीमै पत्रिका निकाल्ने र लेख्ने गर्नुपर्ने हुन्छ । मुलधारमा प्रवेश गर्ने व्यक्ति समुदायगत पत्रकारिताबाट निस्कनेछ । नेपाली समुदाय केन्द्रित पत्रकारिता र पत्रकारको स्तर बढाउन अब नेजानै नेतृत्वकर्ता संस्था हो । यसलाई अझ बलियो र शसक्त बनाऔं ।
–सापकोटा नेपाल आर्थिक पत्रकार समाज(सेजन) का पूर्व अध्यक्ष हुन् । - See more at: http://www.everesttimesnews.com/views/narayan-sapkota-2/#sthash.XTQdm2cN.dpuf

No comments:

Post a Comment