Wednesday, November 3, 2010

फाइनान्स कम्पनीहरु किस्ट बैंकमा विलय हुन तयार


कमल ज्ञवाली

किस्ट बैंकले शनिबार नवौं साधारणसभा सम्पन्न गरेको छ । बैंकले पुँजी वृद्विका लागि हकप्रद मात्रै जारी गर्ने विगतको निर्णय फिर्ता लिएको छ । बैंकको चुक्तापुँजी ५ अर्ब बनाउन वोनस हकप्रद फर्दर पव्लिक इस्यु र मर्जरको विकल्प रोजिएको छ । केही फाइनान्स बैंकसँग गाभिने गृहकार्यमा समेत छन् ।
बैंकको सेयर मूल्य २ सयको हाराहारीमा छ । हरेक वर्ष लाभांश दिने बैंकको सेयर मूल्यलाई बैंकका प्रवन्ध साचालक कमल ज्ञवाली न्युन भएको बताउँछन् । गतवर्ष शाखा संख्या बढाएर ५१ पुर् याएको यो बैंकको अवस्था र सेयर बजारका सम्वन्धमा नागरिकका नारायण सापकोटाले ज्ञवालीसँग गरेको कुराकानी ।


बैंकको चुक्तापुँजी ५ अर्ब बनाउन हकप्रद सेयर जारी नगर्ने भएको छ । अब पुँजी नबढाउने हो ?
चुक्तापुँजी ५ अर्ब बनाउनका लागि प्रवन्धपत्र र नियमावलीमा शंसोधन भैसकेको छ । १ बराबर १ दशमलव ५ हकप्रदबाट पुँजी बढाउने योजना परिवर्तन गर्न खोजिएको हो । अब चुक्तापुँजी हकप्रद वोनस फर्दर पव्लिक इस्यु अरु कम्पनी बैंकसँग गाभिएर बढाइने छ । शनिबार सम्पन्न नवौं साधारण सभाबाट यही प्रस्ताव पारित भएको छ ।

मर्जरका लागि कुन कुनै बैंक तथा वित्तीय संस्थासँग कुराकानी भएको छ ?
किस्ट बैंक अरुसँग गाभिन जाने गरि कुरा भएको छैन् । किस्टमा केही फाइनान्स कम्पनी विलय हुन इच्छुक छन् । अहिले नै अन्तिम रुप केही पनि नलिएकोले केही भन्न सकिने अवस्था छैन ।

समग्र सेयर बजारसँगै किस्ट बैंकको सेयर मूल्य २ सयमा झरको छ । यो मूल्य ठिकै हो कि कम हो
बैंकको सेयर मूल्य एकदम न्युन हो । फाइनान्स कम्पनीदेखि बैंक भएपछि पनि हामीले लगातार लाभांश वितरण गरेको अवस्थामा अहिलेको मूल्य न्युन हो । राष्ट्र बैंकको निर्देशन पालनाको हिसावले बैंक अनुशासित छ । प्रत्येक वर्ष बैंकको वृद्वि भैरहेको छ । दीर्घकालीन लगानीको हिसावले अहिले बैंकको सेयर मूल्य न्युन हो ।

निकै चाँडो शाखा संख्या ५१ पुग्यो । यसले साचालन खर्च बढायो । विजनेशमा ध्यान दिन सकिएन । तर चालु वर्षमा शाखा थपिने छैन । विजनेशमा मात्रै ध्यान दिइने छ । चालु वर्षको तीन महिनाको नाफा ८ करोड नाघेको छ । यो हिसावमा चालु वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभांश दिन सकिन्छ ।

समग्र सेयर बजार घटेको बेलामा किस्टको सेयर सहजै विक्री हुने भएकोले विक्रीको चाप बढ्यो । यसले मूल्य घटायो । साधारण सेयर ४० प्रतिशत छ । यो ८० लाख कित्ता हो । संख्या बढि भएकोले पनि मूल्य तल झरेको हो ।

सामूहिक लगानी कोष स्थापनाले सेयर बजारमा कस्तो असर गर्ला
संस्थाले सेयरमा लगानी गर्न पाउने व्यवस्था अहिले सम्म थिएन । भर्खर धितोपत्र बोर्डले म्युचुअल फण्ड स्थापनाका लागि कानुनी व्यवस्था गरेको छ । संस्थागत लगानीले सेयर बजारमा सुधार आउँछ । गैरआवासिय नेपाली र विदेशीलाई लगानी खुला भएपछि बजार झन माथी जान्छ ।

१ अर्ब चुक्तापुँजी भएका बैंक तथा वित्तीय संस्थाले सामूहिक लगानी कोष स्थापना गर्न पाउँछन् । किस्टको योजना के छ ?
हामीले लघुवित्त विकास बैंक र म्युचुअल फण्ड स्थापनाको गृहकार्यमा छौं । हुन त किस्ट बैंकले फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकमा १ करोड ५० लाख रुपैयाँ लगानी गरिसकेको छ । यो करिव १५ प्रतिशत हुन आउँछ । यो बाहेक बैंकले अलग्गै कम्पनी ल्याउँछ ।

बैंकको एजेन्ट राख्ने योजना कहाँ पुग्यो
बैंकले एजेन्ट राख्ने योजना अगाडी बढाएको छ । संस्था र व्यक्तिलाई यस्तो एजेन्ट तोकिने छ । मोवाईलबाट बैंकखातामा निक्षेप राख्न र झिक्न सकिने छ । एजेन्टले रकम लिन्छ वा दिन्छ । यसको सूचना तुरुन्तै सम्वन्धित व्यक्तिको मोवाइल्मा एसएमएस जान्छ । एजेन्ट राख्न राष्ट्र बैंकबाट स्वीकृति लिने तयारीमा छौं । एजेन्ट राख्ने काम भारतको आईसिआइसिआई र एसबिआई बैंकले सुरु गरिसकेको छ ।

गतवर्ष बैंकको नाफा कम देखियो र लाभांश पनि न्युन भयो नी

हामीले हरेक वर्ष लाभांश िदंदै आएका छौं । यसपटक पनि गतवर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश िदंदैछौं । अघिल्लो वर्षको भन्दा बढि नै भएकोले कम भन्न मिल्दैन । गतवर्ष शाखा स्थापना लगायतका कार्यमा साचालन खर्च बढेकोले नाफा १४ करोड ४१ लाख रह्यो । अहिलेको अवस्था हेर्दा साचालन खर्च घटने भएकोले नाफा दोव्वर हुन्छ । यो वर्ष साचालन खर्च विगतका वर्षमा जति हुँदैन । शाखा स्थापना नहुने भएकोले खर्च घट्छ । सवै शाखा यो वर्षमा नाफा गर्छन । घटाउन सकिने जति लागत घटाउँछौं । गुणस्तरमा सम्झौता गरेर खर्च घटाउने होइन । चालु वर्षको नाफाबाट आगामी वर्ष १० प्रतिशत लाभांश दिन सकिन्छ । सूचना प्रविधिमा सुधार गर्ने काममा लाग्छौं । बैंकमा रहेका ५ सय ४० कर्मचारीलाई आवश्यक तालिम दिन्छौं । २ लाख ५० हजार ग्राहकलाई थप सुविधा दिने कार्यक्रम ल्याउँछौं । ६२ एटिएममा कुनै पनि समस्या नआउने व्यवस्था गछौं । मुलुकमा आर्थिक गतिविधि तिव्रभएपछि अगाडी बढ्ने पुर्वाधार तयारीमा लाग्छौं ।



कर्जा र निक्षेपको व्याजदर कति छ ?
कर्जामा १२ देखि १६ प्रतिशत व्याज लिइएको छ । निक्षेपमा ६ दशमलव ५ देखि १२ प्रतिशत सम्म व्याज दिएका छौं । अहिले तरलताको समस्या फेरि सुरु भएकोले अन्तर बैंक व्याजदर ११ प्रतिशत पुगेको छ । फेरि पैसा लुकेको छ ।

घरजग्गामा लगानी कति छ उत्पादनमुलक क्षेत्रमा कर्जा बढेको छ कि छैन
घरजग्गामा कुल कर्जाको १४ र हाउजिङमा १९ प्रतिशत कर्जा गएको छ । जग्गा किनवेचमा कर्जा गएको छैन । घरजग्गा कर्जालाई चाँडै १० प्रतिशतमा झार्नेछौं । हाउजिङमा कर्जा बढाउने ठाउँ छ । बैंकले अहिले सम्म १३ अर्ब कर्जा दिएको छ । लगानी १ अर्ब ५० करोड छ । निक्षेप १५ अर्ब संकलन गरेको छ ।
उत्पादनमुलक क्षेत्रमा कर्जा तीन वर्षमा दोब्बर बनाइने छ । अहिले नै यही नीति अनुसार काम गरिरहेका छौं ।
रिक्सा कर्जा र शैक्षिक प्रमाणपत्र धितो कर्जा प्रवाह कस्तो छ
रिक्सा चालकलाई यसको मालिक बनाउन बैंकले कर्जा दिन थालेको हो । दिनमा ३५ रुपैयाँ बैंकलाई बुझाउन गरि १० देखि २० हजार रुपैयाँ कर्जा दिईएको छ । अहिले सम्म १ सय रिक्साका लागि कर्जा गैसकेको छ । ४ हजार रिक्साका लागि यस्तो कर्जा दिनेछौं । रिक्सा चालकले २ वर्षमा रिक्सा आफ्नो बनाएर थप १५ हजार रकम बैंकबाट लैजाने छन् । अहिले पनि रिक्सा चालकले मालिकलाई दिनभरि चलाए वापत ४५ रुपैयाँ बुझाउँदै आएका छन् । ऋणमा रिक्सा किन्न पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आउने छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २ करोड कर्जा प्रवाह भएकोमा १ करोड असुली भैसकेको छ । यसमा कर्जा खराव बनेको छैन । प्रमाणपत्रमा ल्याएको नम्वरका आधारमा कर्जा दिने गरिएको छ ।

बैंकहरुले क्षणिक रुपमा लिने स्रोतको व्याज बढेपछि प्रवाह भएको पुरानो कर्जामा समेत त्यहि अनुपातमा व्याज व्याज बढाउने गरेका छन् । बैंकहरुले नाफाका लागि सर्वसाधारणलाई झुक्याएका छन भन्न मिल्छ

बैंकहरुले नयाँ कर्जामा मात्रै व्याज बढाउनुपर्ने हो । पुरानो कर्जामा एउटै अनुपातमा व्याज बढाउन हुँदैन । उठाउने बेला भएको कर्जा बढाउन सकिन्छ । समय नपुगेको कर्जामा व्याज बढाउन हुँदैन । किस्टले पुरानो कर्जामा व्याज बढाएको छैन । र बढाउन पनि हुँदैन ।


विदेशमा शाखा खोल्ने योजना कहाँ पुग्यो
?
हामीले अन्तराष्ट्रिय संस्था इएनवाई अर्नेष्ट एण्ड योङ लाई अध्ययन गराएका थियौं । उसले अहिलेको पद्धति बलियो बनाएर मात्र विदेशमा शाखा खोल्नुपर्ने सुझाव दिएको छ । यसैल हामी आन्तरिक रुपमा उसको सुझाव अनुरुप सुधार गछौं । त्यसपछि मात्रै यसलाई अगाडी बढाउने छौं ।

No comments:

Post a Comment