Sunday, January 23, 2011

बजार वृद्विसँगै बैंक विस्तारमा मुन्डुल


संयुक्त बैदेशीक लगानीमा स्थापित मध्ये एक बैंक हो स्ट्याण्डर्ड चाटर्ड बैंक । यो बैंकले सेवाको विस्तार तिव्र गतिमा गरेको छैन । बजारको वृद्विसँगै नियन्त्रीत विस्तारको पक्षमा बैंक व्यवस्थापन छ । बैंकिङ क्षेत्र र बैंकको अवस्थाका सम्वन्धमा वैज्ञानिकबाट बैंकर बनेका हुन स्टयाडर्ड चाटर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुजित मुन्डुल नागरिकका नारायण सापकोटाले गरेको कुराकानी ।

प्रमुख कार्यकारी अधिकृतको तलवका सम्वन्धमा राष्ट्र बैंकले तोकेको सिमालाई कसरी लिनुपर्ला
यो निर्देशनले हामीलाई छोएको छैन । तै पनि यो विषयमा सर्वसाधारण तहमा बैंकका कार्यकारी प्रमुखको सेवा सुविधा बढि भएको टिप्पणी हुने गरेको छ । नेपालमा अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्रका कार्यकारी प्रमुखको तलव बढि हो । तर बैंकिङ क्षेत्रका कार्यकारी प्रमुखको अहिलेको तलव धेरै बढि भन्न मिल्दैन । अफि्रकन श्रीलंका बंगलादेशको तुलनामा नेपालको बजार कठिन छ । प्रमुख कार्यकारी अधिकृतले कुल कर्मचारी खर्चको ३० देखि ४० प्रतिशत तलव बुझ्छ भने यो असमानता हो । कार्यकारी प्रमुखको तलव उसको विगतको अनुभव र नेतृत्व लगायतका आधारमा साचालक समितिले तोक्न सक्छ । समितिले नै तलवको औचित्य देखाउनुपर्छ । राष्ट्र बैंकका यो निर्देशन ठिक हो कि होइन भन्ने समयले बताउँछ ।

स्ट्याण्डर्ड चाटर्डको प्रगति अहिले कस्तो छ
हामीले राम्रै गरिरहेका छौं । पहिलो त्रैमासमा अहिले निक्षेपको वृद्विदर १० प्रतिशत छ । हामीले अरुसँग अन्तर बैंक दरमा रकम लिएका छैनौं । हामी सधैं अरुलाई दिनेमा पछौं । अहिले पनि यसको व्यवस्थापन राम्रैसँग गरिएको छ । बजारसँगै विस्तारको योजना बैंकले बनाएको छ ।
पहिलो त्रैमासमा बैंकको निक्षेप ३२ अर्ब ९७ करोड छ । लगानी १५ अर्ब ८३ करोड र कर्जा १८ अर्ब १८ करोड छ । यो अवधिमा बैंकले २६ करोड ५५ लाख रुपैयाँ कमाएको छ ।



बैंकका शाखा संख्या अहिले सम्म १५ मात्रै छ । एक्सटेन्सन काउन्टरको संख्या ४ पुगेको छ । बैंकको विस्तारमा किन सुस्तता आएको हो

संभावनाका आधारमा शाखा विस्तार गर्ने हो । रणनीति अनुरुप नै काम भैरहेको छ । शाखाको आवश्यकता र औचित्यता पुस्टि हुने गरि मात्रै स्थापना हुन्छ । त्यतिकै शाखा स्थापना हामी गर्दैनौं । ग्रामीण बैंकिङका लागि हामीसँग अनुभव र क्षमता छैन । लुघुवित्तको काम लघुवित्त बैंक र गैर सरकारी संस्था मार्फत गर्दै आएका छौं । केहीदिन अघि टेकुमा स्थापना भएको १५ औं शाखाले साना तथा मझौला उद्योगलाई नै प्राथमिकता दिन्छ ।

घरजग्गामा गएको कर्जाले बैकिङ क्षेत्रको कर्जा उठाउन समस्या पर्ने देखिएको छ । बैंकले रियल स्टेटमा कर्जा कति दिएको छ
रियल स्टेटमा हामीले कर्जा दिएका छैनौं । यसमा एक्पोजर नै नलिने नीति लिईएको छ । ुएसेज बवलु सृजना गर्ने क्षेत्र धेरै खतरनाक छ । यस्तो क्षेत्रमा गएको कर्जा नउठने बैंक तथा वित्तीय संस्था समस्यामा पर्छन ।

चालु आर्थिक वर्षको बजेट मार्फत साना सवारी साधनमा कर बढेको छ । यसले बैंकिङ क्षेत्रको कस्तो असर गर्ला
कर बढेपटि ुरिटेल लेन्डिङु प्रभावित हुन्छ । रिटेल लेन्डिङ वास्तविक रुपमा बैंकिङ होइन । सरकारले वास्तविक क्षेत्रको प्रर्वद्वनका लागि बैंकहरुमा जिम्मेवारी थपिरहेको छ । यसले बैंकहरु विस्तारै वास्तविक क्षेत्रको विकास तर्फ लाग्नुपर्छ । कृषि पर्यटन साना तथा मझौला र सेवा क्षेत्र लगायतका वास्तविक क्षेत्रमा बैंकहरु जानुपर्ने नीति केन्द्रीय बैंकले लिएको छ । यो राम्रो हो । यसले धेरै रोजगारी सृजना गर्न सहयोग पुग्छ । तत्कालै सुधार देखिन नसकेपनि ३ देखि ५ वर्षमा यसमा सुधार आउँछ । यसलाई मेरो समर्थन छ ।

वाणिज्य बैं भन्दा फाइनान्स कम्पनी र विकास बैंकमा निक्षेप आकर्षित हुनुको कारण कॆ होला
फाइनान्स कम्पनी र विकास बैंकमा व्याजदर बढि भएकोले निक्षेप गएको हो । नाफाका लागि निक्षेपकर्ताले व्याजदरलाई हेरेका हुन् । वाणिज्य बैंकका लागि यो राम्रो संकेत होइन । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई उनीहरुको उच्च व्याजदरमा राखेको निक्षेप जोखिममा छ कि सोध्नुपर्छ । उच्च व्याजदरका लागि उनीहरुले जोखिमयुक्त क्षेत्रमा लगानी गरेका छन् । औपचारिक क्षेत्र उच्च दरमा कर्जा लिएर दिगो हुन सक्दैन । उच्च दरमा लिने अनौपचारिक क्षेत्रले हो । नियामक निकायले यसमा गहिरो अध्ययन गर्न आवश्यक छ ।

बैंकले नयाँ काम नेपालको बैकिङ क्षेत्रमा के गरेको छ
१० वर्षदेखि हामी इनोभेसनमा नै छौं । ुरिटेल प्रोडक्टु हामीले नै सुरु गरेका थियौं । अन्तराष्ट्रिय अनुभवका आधारमा हामीले ल्याएको यो प्रोडक्ट अहिले सवै बैंकमा छ । हामीले अन्तराष्ट्रिय अनुभवका आधारमा ग्राहकलाई ध्यान दिएका छौं । यही नै हाम्रो विशेषता हो ।

बैंकले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएको छ । यस भित्र पनि कुन कुन क्षेत्रलाई बैंकले समेटेको छ

व्यापारिक उद्यपादन जलविद्युतसँगै साना उद्योगलाई हामीले प्राथमिकता दिएका छौं । साना तथा मझौला उद्योगमा गएको कर्जामा जरिवाना समेत लगाएका छैनौं । भविस्यमा पनि ग्राहकसँग सम्वन्ध बढाउँदै साना तथा मझौला उद्योगमा बैंकले प्राथमिकता दिन्छ ।

पुँजी बढाउन मर्जर र एक्वीजिशनमा जाने योजना छ कि
अहिले बैंकको चुक्तापुँजी १ अर्ब ३९ करोड ८४ लाख ८४ हजार रुपैयाँ छ । राष्ट्र बैंकले दिएको निर्देशन अनुरुप बाहेक पुँजी वृद्विको योजना बैंकले बनाएको छैन । अहिले पुँजी बढाउने योजना छैन । मर्जर एक्विजिशनमा जान भने सकिन्छ । फाइनान्स कम्पनीहरु भन्दा क वर्गका संस्था नै हाम्रो प्राथमिकतामा छन् मर्जरका लागि । यसले अहिले कुनै आकार लिइसकेको छैन । बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिनका लागि दवावले काम गर्दैन । वातावरण बनाउनुपर्छ ।

केही समय अघि ९ हजार नाघेको यो बैंकको सेयर मूल्य अहिले २ हजारको हाराहारीमा छ । बैंकको सेयर मूल्य किन यसरी घटेको होला
पुरै बजार ुक्रयासु भएको छ । सम्पूर्ण बजार नै घटेकोले हाम्रो बैंकको सेयरको मूल्य पनि घटेको हो । बजारको कुनै विशेषता नै छैन । परिसूचक हेर्ने हो भने बैंकको सेयर मूल्य अहिलेको भन्दा दोब्बर हुनुपर्छ ।
बैंक वित्तीय संस्थाको संख्या धेरै भयो भन्ने तर्क बैंकिङ क्षेत्रले गरिरहेको छ । बैंकको संख्या धेरै नै भएको हो त
बैंकको संख्या चाहिने भन्दा बढि भैसकेको छ । ग्रामीण क्षेत्रमा जाने बैंक तथा वित्तीय संस्थाको आवश्यकता भने छ । अर्थतन्त्रको आकार नै सानो भएको ठाउँमा यति धेरै बैंक तथा वित्तीय संस्था आवश्यक पर्दैन । संख्या धेरै हुँदा नियामक निकायलाई अनुगमन र निरीक्षणमा समस्या पर्छ ।

बैंकले सामाजिक उत्तरदायित्वका लागि के के गरेको छ
यो क्षेत्रमा बैंकले हरेक वर्ष ३० हजारलाई सहयोग गर्दै आएको छ । विराटनगरमा आँखा आँखा अस्पताल स्थापनाका लागि हाम्रो समुहले १ मिलियन अमेरिक डलर सहयोग गरेको छ । एचआईभि एड्सका क्षेत्रमा बैंकको सहयोग छ ।
भिटामिन ए क्याप्सुल खुवाउने काममा बैंकको सहयोग छ । विद्यालय र विद्यार्थीलाई कम्प्युटर र अन्य सहयोग गरिएको वातावरण संरक्षणका गतिविधिमा सघाईरहेका छौं । महिला बेचबिखन विरुद्वको गतिविधिमा माइती नेपालसँग मिलेर काम गर्दै आएका छौं । यद्यपी बैंकले सहयोग गर्ने विषयमा केही सिमा छन् ।
अहिले बैंकिङ क्षेत्रमा जनशक्तिको अभाव देखिएको छ । यो बैंकको अवस्था कस्तो छ
यो बैंकका कर्मचारी अहिले धेरैजसो बैंकका महत्वपुर्ण पदमा छन् । यो हिसावमा बैंक तालिम केन्द्र जस्तो बनेपनि हामी खुशी छौं । अहिले पनि हामीलाई जनशक्तिको अभाव छैन । अहिले बैंकमा ४ सय १९ जनाको समूहले काम गरिरहेको छ ।

बैंकका भविस्यका योजना के छन्
हामी नियन्त्रित वृद्विको रणनीतिमा छौं । उच्चस्तरिय सेवा दिएर सवै तहका ग्राहकसँग सम्वन्ध बलियो बनाउने योजना छ ।

अहिलेका चुनौती के के हुन्
अनिश्चित बजार अनैतिक प्रस्तिपर्धा बैंकिङ क्षेत्रमा छ । निक्षेप र कर्जाको व्याजदरमा अस्वस्थ्य प्रतिस्पर्धा छ । यसले बैंकिङ क्षेत्रलाई दिगो बनाउँदैन ।

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई कसरी लिनुभएको छ
मुलुकको अहिलेको अवस्था चाँडै अन्त्य हुनुपर्छ । नत्र यो असफल राष्ट्रमा जानसक्छ ।
नेपालमा विदेशी बैंकका शाखा आउलान कि नआउलान
विदेशी बैंक नेपालमा आउन ३ देखि ५ वर्ष लाग्छ । स्थानिय तहमा मर्जर र एक्विजिशनमा जानुपर्छ । विदेशका बैंक नेपालमा आउँछन् । रिटेल बैंकिङ विदेशी बैंकलाई नदिने नीति सरकारले परिवर्तन गर्नुपर्छ ।

No comments:

Post a Comment