Monday, January 24, 2011

युनाईटेड विकास बैंकको वित्तीय अवस्था नाजुक, बैंकलाई राष्ट्र बैंकको ३५ दिने स्पस्टिकरण



नारायण सापकोटा
काठमाडौं माघ 10 2067
युनाईटेड विकास बैंकमा शुसासन कायम नभएको जनाउँदै राष्ट्र बैंकले ३५ दिने स्पस्टिकरण सोधेको छ । बैंकका कार्यकारी अध्यक्ष रविन्द्र िसंहलाई केही दिनअघि स्पस्टिकरणको पत्र पठाईएको राष्ट्र बैंकका अधिकारीले नागरिकलाई बताए ।

यो बैंकका कार्यकारी अध्यक्षका रुपमा रविन्द्रबहादुर िसंह छन् । उनीसँगै केन्द्रीय बैंकले स्पष्टिकरण मागेको हो । व्यवस्थापन व्यवसायिक नभएकोले बैंकको वित्तीय स्वास्थ्य विगि्रएको हो । प्रारम्भीक अनुसन्धानमा संस्थापक र साचालकले बैंकको कर्जा प्रयोग गरेको अनुमान छ । संस्थापकले कर्जा लिन नपाउने व्यवस्था उलंघन गरिएको र धितो नराखी कर्जा प्रवाह गरिएको भेट्टिएको अधिकारीहरुले बताएका छन् । समग्रमा बैंकको संस्थागत सुशासन धेरै नाजुक देखिएको छु ती अधिकारीले भने ।

तीन जिल्लामा कार्यक्षेत्र भै बारामा केन्द्रीय कार्यालय रहेको यो बैंकलाई २०६३ मा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो । खराव कर्जा घटने र पुँजीको अवस्था सकारात्मक भएपछि २०६६ मा यो बैंक समस्याग्रस्तबाट मुक्त भएको थियो । ुफेरि बैंकको वित्तीय स्थिति नकारात्मक देखिएपछि स्पस्टिकरण सोधिएको होु ती अधिकारीले भने ।

फेरि समस्याग्रस्त घोषणा गर्ने कि सोझै अन्य कारवाही अगाडी बढाउने भन्ने निर्णय जवाफ आएपछि हुने उनले बताए । पटक पटक समस्यामा परेको यो बैंकका विषयमा गम्भीर निर्णय लिनुपर्ने राय राष्ट्र बैंकका अधिकारीहरुले गभर्नर युवराज खतिवडालाई िदंदै आएका छन् ।

बैंकमा नेपाली सेनाको निक्षेप करिव ७ करोड छ । सर्वसाधारणको निक्षेप करिव १ करोड ५० लाख जति छ । अरु दुई वित्तीय संस्थाको ६ करोड निक्षेप फिर्ता भएको जानकारी बैंक व्यवस्थापनले राष्ट्र बैंकलाई दिएको छ । यही यी दुई वित्तीय संस्थाको निक्षेप बराबरको रकम सेयर धितो कर्जामा गएको थियो । यो कर्जा असुली भएको व्यवस्थापनले जनाएपनि बैंकसँग नगद नभएको अधिकारीहरुले जनाएका छन् ।

सर्वसाधारणसँग करिव १ करोड ५० लाख रुपैयाँ मात्रै कर्जा रहेको राष्ट्र बैंकका अधिकारीको अनुमान छ । ुकेही कर्जा अनियमित रुपमा प्रवाह भएका छन्ु ती अधिकारीले भने ।

यो विकास बैंकले लामो अवधि सम्म सर्वसाधारणलाई सेयर बिक्री नगरेकोले निक्षेप संकलन र कर्जा प्रवाहमा राष्ट्र बैंकले रोक लगाइसकेको छ । बैंकको अवस्था खराव भएपनि सर्वसाधारणको रकम डुब्ने स्थिति नरहेको राष्ट्र बैंकका अधिकारीले बताएका छन् । संस्थागत निक्षेप संकटमा पर्ने अवस्था पनि ती अधिकारीले देखाए ।

लामो अवधि सम्म सर्वसाधारणलाई सेयर बिक्री नगर्ने युनाईटेड सहित पाँच बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले किन खारेज नगर्ने स्पष्टिकरण सोधेको थियो । यसको चित्तबुझ्दो जवाफ बैंकले दिएको छैन ।
बोर्डमा सेयर बिक्रीका स्वीकृतिका लागि आवेदन नदिनेमा युनाईटेड डेभलपमेन्ट बैंक छ ।
गत आर्थिक वर्षमा बैंक ४ करोड ५४ लाख नोक्सानीमा थियो । गत असार सम्म बैंकसँग ८ करोड ८४ लाख निक्षेप थियो । कर्जा १३ करोड ४१ लाख छ । खराव कर्जा १ करोड ४३ लाख रहेको छ । बैंकको चुक्तापुँजी ८ करोड २ लाख रुपैयाँ छ । २०७० सम्म १० करोड चुक्तापुँजी पुर् याउनुपर्ने राष्ट्र बैकको निर्देशन पनि पालना हुने अवस्थामा नभएको अधिकारीहरुले जनाएका छन् ।

बैंकमा पटक पटक नयाँ लगानीकर्ता आएका छन् । नयाँ लगानीकर्ता आएपनि बैंकको अवस्था विगतमा एक पटक सुधार भएपनि झन विगि्रएको राष्ट्र बैंकका अधिकारीहरुको अनमान छ ।

No comments:

Post a Comment