Thursday, August 11, 2016

अमेरिकी सेयर बजारका तीन इन्डेक्सको नया रेकर्ड डिपार्टमेन्ट स्टोरको सेयर मूल्य उच्चदरमा वृद्धि



नारायणप्रसाद सापकोटा
अगस्ट ११ २०१६

शत्रवर्षपछि अमेरिकी सेयर बजारका सवै इन्डेक्सले विहीबार अहिले सम्मको नया“ रेकर्ड बनाउ“दै उचाई चुमेका छन् । अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएपछि अमेरिकन सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा पुगेको हो ।

विहिबार ठुला डिपमार्टमेन्ट स्टोरको त्रैमासिक नाफा बढेको विवरण सार्वजनिक हुनु र बेरोजगार भत्ता लिनेको संख्या घटेपछि सेयर बजार नया“ उचाईमा पुगेको हो ।
सन् १९९९ डिसेम्बर ३१ पछि तीन वटै इन्डेक्सले एकैदिनमा उच्च तहमा पुगेर २०१६ अगस्ट ११ मा नया“ रेकर्ड बनेको रोयटर्सले जनाएको छ ।

डिपार्टमेन्ट स्टोर मेसि, कोहल्स लगायतका कम्पनीको नाफा विवरण सार्वजनिक भएपछि यसको सेयर मूल्य उच्च दरमा बढेको छ । विहिबार मेसिको सेयर मूल्य १७ दशमल ९ प्रतिशतले बढेको छ । कोहल्सको सेयर मूल्य १६ दशमलव १७ प्रतिशतले बृद्धि भएको छ । जेसि पेन्नीको सेयर मूल्य पनि ८ दशमलव ६३ प्रतिशतले बढेको छ ।
सरकारबाट वेरोजगार भत्ता लिनेको अमेरिकीको संख्या छोटो अवधिमा तीन हजारले घटेपछि अर्थतन्त्र सकारात्मक भएको देखिएको हो । यस्तो भत्ता लिनेको संख्या २ लाख ६९ बाट २ लाख ६६ हजार व्यक्तिमा झरेको छ ।कच्चा तेलको मूल्य पा“च प्रतिशतले बढेकोले पनि बजार बढ्नमा सहयोग गरेको छ ।

डाउजोन्स इष्ड्रटियल एभरेज(डिजेआई) विहीबार ११७.८६ अंक बढेर १८६१३ विन्दुमा पुगको छ । एस एण्ड पी ५०० को इन्डेक्स पनि (एसपिएक्स) १०.३० अंकले बढेर २१८५ .७९ विन्दुमा पुगेको छ । नास्डाक कम्पोजिट (आईएक्सआईसि) २३.८१ ले वृद्धि भै ५२२८ विन्दुमा पुगेको छ ।डाउजोन्स, नास्डाक, एस एण्ड पी एकैदिन अहिले सम्मकै उच्च रेकर्डमा पुगेको हो । न्यूयोर्क स्टक एक्सचेन्ज(एनवाईएसइ) ६१.१६ ले वृद्धि भै १०८३६ अंकमा पुगेको छ ।
अमेरिकाको रोजगारी वृद्धि उच्च भएको र तलव पनि जुलाईमा बढेको तथ्यांक  सार्वजनिक भएपछि गतसाता सेयर बजार इन्डेक्स नया“ उचाईमा पुगेको थियो ।मे र जुनमा विगतको तुलनमा १८ रोजगार बढेको लेवर डिपार्टमेन्टले जनाएको छ ।अमेरिकन सेयर बजारमा दैनिक औषत करिव ७ अर्ब कित्ता सेयर किनवेच हुन्छ । हिजोआज यो संख्या औषतमा दैनिक ६ अर्ब ४३ करोड कित्तामा झरेको छ ।

अमेरिकी सेयर बजारमा अर्थतन्त्रमा सुधार भएको तथ्यांक सार्वजनिक हु“दा वृद्धि देखिने गर्छ । अर्थतन्त्रका सूचक थोरै भएपनि नकारात्मक बनेमा स्टक इन्डेक्स घट्ने गर्दछ । हरेक तीन महिनामा कम्पनीहरुले सार्वजनिक गर्ने नाफामा सेयर बजारमा मूल्इ घटबढ् हुनेगर्छ । कुनै कम्पनीको नाफा घटेको विवरण सार्वजनिक भएमा सेयर मूल्य बजारमा घट्ने गर्छ । कम्पनीको नाफा बढेको विवरण सार्वजनिक हुनासाथ बजारमा सेयर मूल्य बढ्छ । केन्द्रिय बैंकले लिने नीतिले बजारमा मूल्य घट्बढ् गराउ“छ ।
बेलायत युरोपियन युनियनबाट बाहिरिने जनमत संग्रहको परिणाम लगत्तै विश्वभरकै सेयर बजारस“गै अमेरिकी बजारमा पनि गिरावट आएको थियो । तर विस्तारै त्यसमा सुधार आयो । पूर्णतया अनलाईन कारोवार हुने अमेरिकी सेयर बजारका लगानीकर्ताले विश्वकै जुनसुकै ठाउ“ बसेर अनलाइनबाट सेयर किनवेच गर्न सक्छन ।
( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )

  

No comments:

Post a Comment