Monday, August 29, 2016

गैर आवासिय नेपाली संघ (एनआरएनए) ले लविङ गर्ने र नेपाल सरकारले चासो दिने हो भने सेयरको अनलाईन कारोवार सुरु गर्न धेरै समय लाग्दैन



नारायण सापकोटा 

विदेशमा बसेका अधिकांश नेपालीको पैसा सजिलो र सहज रुपमा नेपालमा लैजाने गोरेटो सेयर बजार बनाउन सकिन्छ । यसका लागि विश्वको जुनसुकै कुनामा बसेर पनि नेपालका कम्पनीको सेयर किनवेच गर्ने माध्यम सेयरको अनलाईन कारोवार आवश्यक हुन्छ ।
सक्नेले ठुलो पु“जी लैजान्छ, धेरै गर्न नचाहने र नसक्नेलाई थोरै पैसा लगानी गर्ने सजिलो बाटो नेपालको स्टक मार्केट नै हो । स्टक मार्केटमा लगानीका लागि न्युन जोखिम भएको सरकारी ऋणपत्र र वाणिज्य बैंकहरुले स्थापना गरेका म्युचुअल फण्डले  निस्काशन गरेका युनिट (सेयर) हुन् ।
अलिकति जोखिम भएको दोस्रो बजारमा कम्पनीको सेयर किनवेच नै हो । जोखिम कम हुनेमा नाफा कम हुन्छ भने लगानी डुब्ने संभावना पनि थोरै छ । जोखिम धेरै भएको स्टकमा नाफा पनि धेरै हुनसक्छ । तर स्टकमा दीर्घकालका लागि लगानी गर्दा फाइदा हुने निश्चित छ लगानीकर्तालाई । एक लाख नेपाली रुपैया“ बराबरको विदेशी मुद्राबाट लगानी सुरु गर्न सकिन्छ । यो भन्दा कमबाट लगानी गरेपनि हुन्छ ।
केही वर्षमा थोरै, थोरै लगानी थप्दा र नाफा जम्मा हु“दा धेरै ठुलो पु“जीको कोष खडा गर्न सक्छन् विदेशमा बस्ने हरेक नेपालीले व्यक्तिगत रुपमा नै ।
सेयरमा लगानी गर्न विदेशमा काम गरिरहेकै अवस्थामा सकिन्छ । लगानीको धेरै ठुलो योजना बनाउन पनि पर्दैन । समय पनि खर्च हु“दैन । यसका लागि मात्रै सेयरको अनलाईन कारोवार सुरु हुनुपर्छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले लविङ गर्ने र नेपाल सरकारले चासो दिने हो भने सेयरको अनलाईन कारोवार सुरु गर्न धेरै समय लाग्दैन ।
एनआरएनको अमेरिकाको न्युजर्सिमा हुन लागेको नवौं क्षेत्रीय सम्मेलनले यसलाई एजेन्डा बनाएर कार्यान्वयनका लागि नेपाल सरकारलाई दवाव दिए नेपालको अर्थतन्त्रमा धेरै ठुलो लगानी हुनेछ ।
अहिले विदेशमा बस्ने नेपालीलाई धेरै ठुलो पु“जी भएमात्रै लगानी गर्न सकिन्छ नेपालमा भन्ने परेको छ । सानो भन्दा सानो लगानी गर्ने क्षेत्र भनेको नेपालको सेयर बजार हो । सेयरमा पैसा हाल्दा बैंक, जलविद्युत, विमा, हाइड्रोपावर लगायतका कम्पनीमा लगानी हुन्छ । यसले नेपाली अर्थतन्त्र चलायमान र मजवुत बनाउनेछ । विदेशमा बस्ने नेपालीले मिहेनत गरेर कमाएको पु“जीबाट नाफा पनि पाउने छन् ।
  विदेशमा छरिएका करिव ४० लाख मध्ये सवैलाई यो अवसर उपलव्ध हुनेछ । अनि एनआरएनले नेपालमा लगानीका लागि कुनै कोष बनाउने झन्झट पनि गरिरहनुपर्ने छैन । ठुलो पु“जी लगानी गर्नका लागि नेपालमा बाटो त खुला छ“दैछ ।
सेयर मार्फत विदेशीएका नेपालीको लगानी भित्र्याउन सरकारले ऋणपत्रको विक्री सुरु गरेपनि यो प्रभावकारी हुन सकेको छैन । यस्तो ऋणपत्र सहित अन्य सेयर पनि किन्न मिल्ने अनलाईन कारोवार सुरु हु“दा लगानी बढ्नेछ । यो एजेन्डामा अहिले सम्म एनआरएनले बहस गरेकै छैनन् । अहिले सम्म एनआरएनको लगानीका लागि नेपालका नीति निर्माताले र विदेशीएका नेपालीले सन् २००३ देखि नै धेरै बहस गरे । तर यो सहज बाटो तर्फ कोही पनि लागेन ।
यो बाटो बनाउन न त धेरै समय लाग्छ न त ठुलो पु“जी नै । यसका लागि नीति निर्माताले थोरै कष्ट गरे पुग्छ र विदेशमा बस्ने नेपालीका नेताले अलिकति लविङ ।
यसका लागि चाहिन्छ सेयरको अनलाईन किनवेच र विदेशी मुद्रा फिर्ता गर्न पाउने सहज ढोका । अब विदेशमा बस्ने नेपालीको सानो भन्दा सानो लगानी नेपालमा भित्र्याउन सरकारले सेयर बजारमा सहज लगानी खुला गर्नुपर्छ । अहिले पनि गैर आवासिय नेपालीले लगानी गर्न नपाउने नै त होइनन् । तर प्रक्रिया धेरै झन्झटिलो छ ।
धितोपत्र बोर्डले नेपालको सेयर बजारमा अनलाईन कारोवार सुरु गर्ने हो भने विदेशमा बसेका नेपालीले सेयरमा लगानी ओइरिनेछ । बोर्डले केही वर्ष पहिलेदेखि नै एनआरएनको सेयरमा लगानीको विषयमा झिनो चर्चा गरेपनि खास काम गर्न सकेको छैन । यसले कल्पना गरिएको भन्दा धेरै ठुलो पु“जी नेपालमा लगानी हुनेछ ।
सातामा कमाएको पा“च सय डलरको सेयर नेपालमा किन्ने छन् विदेशमा बसेर अनलाईन मार्फत । बैंक मार्फत विदेशी मुद्रा पठाउने छन् र आवश्यक परेका बखत बैंक मार्फत नै फिर्ता ल्याउने छन् ।
लगानीस“गै आवश्यक परेका बेला विदेशी मुद्रामा नै पैसा फिर्ता ल्याउन सक्ने नीति सरकारले बनाउनुपर्छ । यसो गर्ने हो भने विश्वभरका नेपालीको लगानी गर्न थाल्नेछन् ।
विदेशी मुद्रा फिर्ता गर्ने सजिलो बाटो बनाउने हो भने नेपालको अर्थतन्त्र बल्ल विश्वस“ग एकाकार हुनेछ । लगानीको यो एजेण्डालाई अमेरिकाको न्यूजर्सिमा अगष्ट २७ र २८  हुने गैर आवासिय नेपाली संघ (एनआरएनए) ले प्रधानता दिनसके सुनमा सुगन्ध थपिनेछ ।
सेयरमा एनआरएनको लगानी सुरु भएपछि केही वर्षमा नै विदेशमा बसेका नेपालीको पैसा नेपालमा थुप्रिनेछ । यो लगानी क्रमश ठुला लगानी धेरै ठुलो पु“जीमा  परिणत हुनेछ । पु“जी फेरि अन्य ठुला योजनामा लगानी हुनेछ ।  यसले नेपालको समग्र आर्थिक विकासमा कायापलट गर्न सक्नेछ ।
विदेशमा परिश्रम गरि कमाएको पु“जी लगानी गर्दा नाफा त हुनै पर्छ । तत्कालै नभए पनि दीर्घकालमा नाफा नहुने हो भने लगानी स्वदेश र विदेशमा बस्ने कसैले पनि लगानी गर्दैन । यसकारण लगानी आकर्षित गर्न नाफा हुने वातावरण निर्माण आवश्यक शर्त हो । व्यवसाय गर्दा कुनै अवरोधले लगानी डुव्ने अवस्थाको अन्त्य हुनुपर्छ । लगानीकर्तालाई हतोत्साही गर्ने कुनै पनि कार्य दण्डनीय भएमात्रै कमाएको पु“जी उसले लगानी गर्ने हो ।
नाफा कमाउने उदेश्य बाहेकका सहयोग विद्यालय, स्वास्थ्य लगायतमा सामाजिक क्षेत्रमा भएका छन् । यो अलग्गै खालको लगानी हो । सामाजिक क्षेत्रमा भएको लगानीको एनआरएनले नाफा खोजेका छैनन् ।


एनआरएनको लगानी अहिले पनि नेपालको चौतर्फी विकासमा सहयोगी बनिसकेको छ । टेलिकम, बैंक, संचार, होटल, जलविद्युत लगायतका क्षेत्रमा ठुला लगानी एनआरएनले लगानी गरिसकेका छन् । अहिले खास गरि उपेन्द्र महतो, शेष घले, जीवा लामिछाने, भवन भट्ट, देवमान हिराचन लगायतका एनआरएनको ठुलो लगानी नेपालमा भैसकेको छ । अब ठुलो पु“जीस“गै विदेशीएका नेपालको सानो पु“जी पनि लगानी गर्न मिल्ने बाटो बनाऔं । यो स“गै विदेशीएका नेपालीको सिप नेपाल भित्र्न थाल्नेछ ।

No comments:

Post a Comment