नारायणप्रसाद सापकोटा
लगानीकर्ता महोदय, तपाईंले सेयर विक्री गर्ने बेलामा यसको मूल्य बढनुपर्ने र किन्ने वेलामा घटनु पर्ने हो ? यदि यस्तो होइन भने बजार बढ्दा हर्षोल्लास गर्ने र घट्दा रुवावासी गर्ने किन ?
तपाई वास्तवमा नै बजारबाट कमाउन चाहनुहुन्छ भने यसको विकासको एजेण्डामा वहस गर्नुपर्ने हो । जस्तो सेयरको अनलाईन कारोवार सुरु गर्ने र विदेशी लगानी बजारमा भित्र्याउने विषयमा तपाईंहरुले दवाव दिनुपर्ने हो ।
तर तपाईंहरु त नियामक निकाय धितोपत्र बोर्डलाई गाली गर्ने, अर्थमन्त्रीलाई भेटेर मूल्य बढाईदिनुपर्ने भन्ने र आन्दोलन गर्ने धम्की दिने काममा पो लाग्नु भएको छ । यस्ता कार्यले बजारको विकास पनि हु“दैन, कम्पनीको सेयर मूल्य पनि बढ्दैन र लगानीकर्ताले कमाउन पनि सक्दैन ।
सक्नुहुन्छ भने बजारको विकासको एजेण्डामा बहस गर्नुस, बजारलाई यसको नियम अनुरुप चल्न दिनुहोस । बजारको काम माग र आपूर्तिमा निर्भर हुन्छ । सेयर किन्नेको माग बढे मूल्य बढ्छ र माग नभए मूल्य घट्छ । बजारलाई प्राकृतिक रुपमा चल्न नदिने प्रयास नगर्नुस, नत्र नेपाली सेयर बजारको विकास कहिल्यै पनि हुन सक्दैन ।
उसै पनि नेपालको सेयर बजार विश्वबाट अलग बसेको एउटा टापु हो । राजनीतिक रुपमा उत्तर कोरिया रहेजस्तो अलग्गै टापु हो नेपालको सेयर बजार । यसलाई विश्व बजारस“ग जोड्ने हो भने अनलाईन कारोवार सुरु हुनुपर्छ र विदेशी लगानी
खुला गर्नुपर्छ । बजारलाई अलग्गै टापु बनाएर राख्ने हो, आन्दोलन गर्ने, नियामक निकायलाई धम्क्याउने हो भने नेपाली बजार अगाडी होइन, पछाडी धकेलिने छ ।
धितोपत्र बोर्ड नेपालको सेयर बजारको एकमात्र नियामक निकाय हो । तर बजारमा मूल्य घटाउन र बढाउने औजार नेपाल राष्ट्र बैंकस“ग मात्रै छ ।
नियामक निकाय बोर्डले बजारलाई स्वभाविक र अस्वभाविक भनेर भन्न पनि नपाउने ? साना र नया“ लगानीकर्तालाई सुरक्षित लगानी गर्नुस भन्न पनि नपाउने ? हकप्रद सेयर दिएपछि कम्पनीले वितरण गर्ने नाफा न्युन हुन्छ भन्नु झन वास्तविकता हो । बोर्डलाई गाली गरेर बजारमा सेयर मूल्य बढ्दैन ।
बोर्डले नै २ सय ९२ मा झरेको इन्डेक्सलाई १८८१ मा पु¥याएको हो । सेयर धितो कर्जा खुकुलो पार्न लविङ गरेको बोर्डले नै हो । सेयर किनेको रसिदको आधारमा कर्जा लिन पाउने निर्देशन जारी गरेपछि बजारमा सेयरको मूल्य बढ्न सुरु गरेको हो ।
बोर्डले वाणिज्य बैंकहरुले सहायक कम्पनी म्युचुअल फण्ड स्थापना गर्ने नियम बनाएपछि बजार उकालो लागेको हो । यस्ता फण्डले सेयरमा अहिले धेरै ठुलो लगानी गरेका छन् । सर्वसाधारणलाई फण्डका इकाई विक्री गरि पु“जी संकलन गरेका छन् । विशेषज्ञको अध्ययन गरि वेष्ट कम्पनीको सेयरमा लगानी गरेका छन् । लगानीकर्तालाई प्रतिफल दिएका छन् । अब यी कम्पनीले नै बजारलाई धेरै तल माथी जान दिने छैनन् ।
अब अहिले बोर्डका अध्यक्ष डा. रेवत कार्कीको व्यक्तिगत क्षमता पनि हेर्नुपर्ने हुन्छ । कार्की राष्ट्र बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, नेपाल स्टक एक्सचेन्जमा काम गरिसकेका र विश्वकै अर्थतन्त्र बुझेका मान्छे हुन् । उनले बजारमा साना र नया“ लगानीकर्ताको हितमा बोल्नु शतप्रतिशत सकारात्मक छ । नियमनकारी निकाय बोर्डको अध्यक्षले सेयर किनवेच गर्ने लगानीकर्ताको आदेश र दवाब अनुरुप बोल्ने र लेख्ने होइन ।
बोर्ड र अध्यक्षको आलोचना गरेर समय नष्ट गर्नुभन्दा लगानीकर्ताले बजार विकासका लागि लविङ र वहस सुरु गर्नुपर्छ । गर्न सकिने धेरै काम छन् । ती मध्ये नया“ स्टक एक्सचेन्ज ल्याउने कार्य एक अर्को एजेन्डा हुन सक्छ । अहिलेको स्टक एक्सचेन्ज आधुनिक हुन समय लाग्छ । यो सरकारी निकाय हो । नीजिक्षेत्रको एक्सचेन्ज ल्याउने विषयमा लविङ गरौं न । यो बजार विकासको पक्षमा हुन्छ ।
साउन १३ मा १८८१ पुगेको सेयर बजार इन्डेक्स अहिले १६७५ मा झरेको छ । माओवादीको नेतृत्वमा सरकार गठन हुनु र अर्थमन्त्री पनि उसले राख्नुले लगानीकर्तामा अहिले त्रास बढेको हो । विगतमा पनि माओवादीको सरकार गठन भएपछि ११७५ मा पुगेको इन्डेक्स २९२ मा झरेको हो । लगानीकर्ता माओवादीस“ग डराउ“छन ।
लगानीकर्तालाई विश्वस्त पार्ने काम त सरकारको हो । लगानीकर्ताले बजार बढाउन र घटाउनका लागि लविङ गर्न मिल्दैन । बजार उसको नियम अनुरुप चल्छ । राम्रो समय आउ“दा बढ्छ, नराम्रो समयमा घट्छ ।
भूकम्प र नाकावन्दी भैराखेको बेलामा नेपालमा सेयर बजार किन उकालो लागेको थियो ? यो देख्दा त विश्वका साना भन्दा साना लगानी आश्चर्यचकित हुन्थे । त्यतिबेला त कुनै लगानीकर्ताले अहिले सेयरको मूल्य बढ्ने समय होइन भनेन बरु खुशीयाली मनाएको देखियो ।
अनि अहिले बजारमा केही करेक्शन हु“दा मूल्य घटन हु“दैन भन्दा अलिकति लगानीको नियम पढेका मान्छेले के भन्लान ? लगानीकर्ताहरु स“ग यसको उत्तर के छ कुन्नी ? लगानीकर्ताले वित्तीय र व्यवस्थापकिय रुपमा वेष्ट कम्पनीको सेयरमा लगानी गर्ने हो । लगानी गरेपछि मूल्य बढ्नै पर्छ भन्ने त होइन नी ?
देशको अर्थतन्त्रको विकास अनुरुप सेयर बजारमा कम्पनीको सेयर मूल्य घटबढ् हुन्छ । अहिलेको बजार यो नियम अनुरुप बढेको छैन । बजारलाई अहिले कर्जा र निक्षेपको न्युन व्याजदरले माथी लगेको हो । जब व्याजदर बढ्छ बजार स्वाभाविक रुपमा तल झर्नेछ ।
बजार घट्नुको अर्थ अब राम्रा कम्पनीको सेयर मूल्य भने नघटन पनि सक्छ । कम्पनी ठुलो भएपनि लगानीकर्ताले खासै केही नपाउने देखेपछि यस पटकको बुलमा नेपाल टेलिकमको सेयर मूल्य खासै बढेन । लगानीकर्ता अहिले विगतको जस्तो जुनसुकै कम्पनीको सेयरमा पनि पैसा हाल्न तयार छैनन् भन्ने अहिलेको बजारले देखाएको छ ।
कम्पनीको सेयर किन्ने भनेको उसले कमाएर नाफा बा“डछ भनेर हो । नाफा नदिने कम्पनीको सेयरमा पैसा हालेर पैसा फसाउने र गुमाउने काम लगानीकर्ताले गर्नुहु“दैन ।
बजारलाई प्राकृतिक रुपमा चल्न दिऔं । यसको काम नै बढ्ने र घटने हो । घटबढ भएन भने बजारको आकर्षण नै रह“दैन । नराम्रो कम्पनीको सेयर मूल्य उच्च भयो भने उसले राम्रो हुने प्रयास नै गर्दैन ।
बजारको विकासका लागि अनलाईन कारोवार, विदेशी लगानी खुला, निजीक्षेत्रको स्टक एक्सचेन्ज, आधुनिक ब्रोकरेज कम्पनी, कम्पनीको अध्ययनमा केन्द्रित लगानीकर्ता आवश्यक हुन्छ । यसमा नै लगानीकर्ताको ध्यान केन्द्रित भएमा भविस्य उज्ज्वल हुन्छ । अनावश्यक विषयमा समय खर्चेमा सेयर बजार र लगानीकर्ताको भविष्य अन्धकार हुनेछ ।
( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )
No comments:
Post a Comment