Monday, August 29, 2016

सेयर बजारमा लगानीकर्ताको रुवावासी



नारायण सापकोटा 

नेपाली सेयर बजारमा सधैं जसो यसपटक पनि लगानीकर्ताको रुवावासी सुरु भएको छ । बजारमा सेयरको मूल्य बढ्दा हर्सोल्लास र घट्दा रुवावासी गर्ने बानीलाई लगानीकर्ताले निरन्तरता दिएका छन् । यो रुवावासी र हर्सोल्लासले सेयर बजारलाई अप्राकृतिक वृद्धि र गिरावट तर्फ लैजाने निश्चित छ । बजारलाई उसकै नियम अनुरुप चल्न नदिने प्रयासले यसको विकास र वृद्धि झन कठिन हुनेछ ।
माओवादीको नेतृत्वमा सरकार गठन भएपछि १८८१ मा पुगेको सेयर बजार परिसुचक नेप्से अहिले करिव २०० अंक जतिले केरेक्शन भएर तल झरेको छ । एक वर्षको अवधिमा नेप्से इन्डेक्स डबल भएको तथ्यलाई विर्सेर सेयरको मूल्य बढाउन लगानीकर्ता अर्थमन्त्रीकोमा डेलिगेशन समेत गैसकेका छन् । माओवादीसग तर्सेकोले बजारमा सेयरको मूल्य  घटेको पक्कै हो । तर मूल्य बढाउन लगानीकर्ताले डेलिगेशन जाने होइन । बजारको विकासका एजेण्डा लिएर लगानीकर्ता अर्थमन्त्रीकोमा गएका भए कति राम्रो हुन्थ्यो । तर लगानीकर्ताले यसो गर्नु आवश्यक ठानेनन् ।
सेयरको मूल्य केही करेक्शन हु“दा लगानीकर्ताले धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीको पनि उछित्तो काटे । कार्कीले कालोधनको छानवीन गर्न समिति गठन गरेकोले बजार घटेको लगानीकर्ताको तर्क थियो । लगानीकर्ता महोदय, अवैध रुपमा कमाएको कालोधन कहिं पनि लगानी गर्न पाईंदैन । बोर्डले यस्तो धन सेयर बजारमा लगानी भए÷नभएको छानवीन गर्न गठित समितिको लगानीकर्ताले स्वागत गर्नुपथ्र्यो । यसले बजारलाई स्वस्थ्य र पारदर्शी बनाउने थियो । तर उल्टै दवाव दिएर यो समिति खारेज पो भयो । यसले बजारलाई सकारात्मक सन्देश दिएन ।
कार्की आफैं विश्व अर्थतन्त्र बुझेका बोर्डका उच्च पदाधिकारी हुन् । उनले राष्ट्र बैंक, अन्तराष्ट्रिय मुद्रा कोष, नेपाल स्टक एक्सचेन्जमा काम गरिसकेका छन् । उनले अहिले बजारको विकासकै लागि बोलेका छन् । बजारमा सेयरको मूल्य धेरै बढ्या,े साना र नया“ लगानीकर्ता सचेत हुनु भन्ने बोर्डको निर्देशन शतप्रतिशत ठिक हो । तर यसको पनि विरोध भयो ।
यो अवस्थाले लगानीकर्ताले बजारमा सेयरको मूल्य बढाउन मात्रै खोजेको देखिन्छ । सेयरको मूल्य त दीर्घकालमा बढ्ने नै हो । नेप्सेको इन्डेक्स २००० हु“दै ५००० पार गर्दै उकालो लाग्ने नै छ । तर यो वृद्वि एक महिना वा एक वर्षमा हुुनुपर्छ भन्यो भने गलत हुनेछ । यो वृद्विका लागि न्युनतम आधार तयार भएको बजार हुनुपर्छ ।
बजारमा सेयरको मूल्य बढाउने हो भने नेपालको सेयर मार्केटलाई अन्तराष्ट्रिय बजारस“ग जोड्नुपर्छ । अहिले त नेपालको सेयर बजार राजनीतिक रुपमा उत्तर कोरिया विश्वबाट अलग्गै बसेजस्तो छ । नेपाली सेयर बजार विश्व अर्थतन्त्र नजोडिएर अहिले सम्म संसारको अलग टापु बनेको छ । सेयर बजारलाई विश्व अर्थतन्त्र जोडने भनेको अनलाइन कारोवारले हो । खोई यसका लागि वकालत गरेको ?
बजारमा उत्पादनमुलक क्षेत्रका कम्पनी आउन सकेका छैनन् । यी कम्पनीको सेयर सर्वसाधारणलाई विक्री गर्ने विषयमा खोई बहस गरेको ? डेलिगेशन त यी विषयमा हुनुपर्ने हो । यी एजेन्डाले बजारको विकाससग सेयरको मूल्य बढने बढाउने छ ।
बजारमा सेयरको मूल्य बढेपछि घटनै पर्छ नत्र यो यो दिगो हुदैन । तर एक वर्षको अवधिमा नेप्से इन्डेक्स डवल हु“दा खोई करेक्शन आएको ? उदाहरणका लागि इन्डेक्स १०० अंकले बढेपछि ८० अंक घटेर फेरि बढ्यो भने २० अंकको वृद्वि दिगो हुन्छ । लगातार बढेको बढ्यै भयो भने बजारमा सेयरको मूल्य भने घट्दा पनि त्यसै गरि घट्छ ।
२०६५ सालमा ११७५ पुगेको इन्डेक्स २९२ मा यस्तै कारणले झरेको हो । लगातार बढेको बजार माओवादी ठुलो दल भएर सरकारमा आएरपछि निरन्तर घट्यो । अहिले फेरि त्यस्तै चाहेको हो भने लगातार वृद्विको पक्षमा लाग्नु ठिकै होला । होइन, भने बजार बढेपछि घटनै पर्छ । अनि मात्रै फेरि बढ्छ । घट्बढ् सहितको बजारमा नया“ र साना लगानीकर्ताका लागि जोखिम पनि कम हुन्छ ।
अहिले बजारमा कारोवार रकम पनि घटनु भनेको सकारात्मक होइन । यसले बजार अझै घट्ने संकेत गर्छ । तर अहिलेको बजार विगतको तुलनामा केही फरक छ । विगतमा म्युचुअल फण्डको लगानी सेयर बजारमा थिएन । यस्तो संस्थागत लगानीको अभावमा बजारलाई टेवा दिने ठाउ नै थिएन । अहिले बजारमा वाणिज्य बैंकहरुले स्थापना गरेका फण्ड छन् । यीनीहरुको टेवाले बजार विगतको जसरी घट्नै सक्दैन ।
जसले जति अस्वीकार गरेपनि माओवादीसग केही पुजी भएकाहरु डराउछन् । विगतको डर अझै कायम छ । पैसा हुने नै बजारका लगानीकर्ता हुन् । लगानीकर्तालाई विश्वासमा नलिने र झन डर थप्ने काम सरकारले गर्दै गयो भने बजार तिव्रगतिले घट्नेछ । सरकारले लगानीकर्तालाई विश्वासमा लिन सक्यो र त्रास पैदा गरेन भने बजार पहिलेकै जसरी निकै तल नआउन सक्छ । यसैले लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन् ।
अहिले कम्पनीहरुले वर्षभरिको नाफाको विवरण सार्वजनिक गरेका छन् । बजारमा एक हजार मूल्य भएको कम्पनीले कति नाफा बाडन सक्छ भन्ने तथ्यांक अनुभवी र विशेषज्ञता भएका लगानीकर्ताले मात्रै केलाउन सक्छन् । सवै लगानीकर्ताले तथ्यांक केलाउ“दैनन् । धेरै जसो लगानीकर्ताले बजार बढे सेयर किन्छन, घट्यो भने सेयर विक्री गर्छन ।
दुई अर्ब चुत्तापु“जी भएको कम्पनीले एक अर्ब नाफा कमाएर ५० प्रतिशत लाभांश घोषणा गर्छ । एकसय रुपैया“को सेयरका किन्नेका लागि यो लाभांश ५० प्रतिशत अर्थात ५० रुपैया“ हो ।
 बजारबाट कम्पनीको सेयर एक हजार रुपैया“मा किन्नेले पनि पाउने ५० रुपैया नै हो । एक हजारमा सेयर किन्नेका लागि यो लाभांश पा“च प्रतिशत हुन आउछ ।
बजारमा लगानी गर्दा सावा“ नै गुम्न सक्छ । यस्तो जोखिम मोलेर पाच प्रतिशत रिटर्नका लागि लगानी अहिले हुनुको मूख्य कारण बैंकको निक्षेप र कर्जाको व्याज कम हुनु हो । जब व्याजदर माथी जान्छ सेयरको मूल्य घट्नेछ । लगानी गर्नेले आम्दानी कता बढि हुन्छ र जोखिम कता कम छ भन्ने हरिहाल्छ ।
कम्पनीको वास्तविक तथ्यांक विश्लेषण गरेर सेयर बजारमा लगानी गर्नेहरुको संख्या निकै कम छ । अझ बजार बढेको देखेर कमाउन आएका नया“ लगानीकर्तामा त ‘रेट अफ रिटर्न’ भन्ने कुन चराको नाम हो थाहा नै छैन ।
जे भएपनि बजारलाई अप्राकृतिक रुपमा बढाउने र घटाउने काम छोडेर यसको विकासका लागि लगानीकर्ताको लविङ हुन आवश्यक छ । बजारमा सेयरको मूल्य बढाईदेउ भनेर रुवावासी गरेर भाउ बढ्दैन । यसका लागि बजारको विकासका एजेन्डा अगाडी ल्याउन सक्नुपर्छ ।

No comments:

Post a Comment