Friday, August 5, 2016

नाफा नबाडने कम्पनीको सेयर बादर किने सरह दुधालु गाई किने सरह हुन्छ नाफा राम्रो दिने कम्पनीको सेयर




नारायण सापकोटा

आठ अर्ब चुक्तापुजी भएको कम्पनीले २० प्रतिशत लाभांश बा“डन एकवर्षमा दुई अर्ब रुपैया भन्दा बढि कमाउनुपर्छ । ५० करोड चुक्तापु“जी भएको कम्पनीले १०० प्रतिशत लाभांश दिन ५० करोड रुपैया मात्रै कमाए पुग्छ । यो वास्तविकतालाई ध्यान नदिईकन सेयरमा लगानी गर्नुभयो भने पैसा डुब्ने जोखिम धेरै हुन्छ ।

अहिले नेपालको सेयर बजारमा नाफा नकमाउने र कमाए पनि लाभांश दिनै नसक्ने र थोरै दिने कम्पनीको पनि सेयर मूल्य बढेको छ । लाभांश दिन नसक्ने कम्पनीको सेयरमा पैसा हाल्दा हात लाग्यो सुन्य हुनसक्छ बजार घट्न थाल्यो भने । हातलाग्यो सुन्य मात्रै नभै लगानी गरेको पैसा पनि डुब्छ ।

तर यसको विपरित दुहुनो गाई किने जस्तो हो लाभांश दिने कम्पनीको सेयर किन्नु भनेको  । सके सम्म सेयरमा ऋण गरेको पैसा हाल्नै हुदैन । तैपनि केही ऋण गरेको पैसा लगानी गर्नुहुन्छ भने लाभांश दिने कम्पनीको सेयरमा हाल्नुपर्छ । बजार घटेको अवस्थामा पनि लाभांशले व्याज तिर्नमा सहयोग पुग्नेछ । सेयर बजारमा प्रचलित उखान जस्तै लाभांश दिन नसक्ने कम्पनीको सेयर किन्नु भनेको बादर किने जस्तै हो ।

सेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने पहिलो र मूख्य विषय नै यही नै हो । यो बाहेक कम्पनीको व्यवस्थापन अर्को महत्वपूण पक्ष हो । कम्पनीको ब्राण्ड कस्तो छ भन्नेलाई पनि महत्व दिनुपर्छ । ब्राण्ड नेम गुमाएर बदनाम ब्राण्ड बनाएका कम्पनीको सेयरमा पैसा लगाउन भन्दा टाढै बस्नुपर्छ ।

नाफा नै नकमाउने र लाभांश नै बाडन नसक्ने कम्पनीको सेयरमा पैसा हाल्नै हु“दैन । राम्रो मुनाफा नगर्ने कम्पनीको सेयर किन्दा झुक्किएर मात्रै कमाउन सकिन्छ, त्यो पनि बजार बढेको बेलामा । बजार नियम अनुरुप अगाडी बढेको बेलामा लाभांश दिन नसक्ने कम्पनीको सेयरमा गरिएको लगानी डुव्ने संभावना धेरै हुन्छ ।

अर्को महत्वपूर्ण विषय भनेको कम्पनीको रिजर्व फण्ड हेर्नुपर्छ । विगतदेखि नाफा कमाएका कम्पनीको रिजर्व फण्डमा आकर्षक रकम हुन्छ । अझ कतिपय कम्पनीको चुक्तापु“जी भन्दा बढि रिजर्व फण्डमा रकम छ भने यो कम्पनी वित्तीय रुपमा राम्रो मानिन्छ । पुरानो कम्पनी भएर पनि रिजर्व फण्डमा रकम नै थोरै हुनु र कम हुनु लगानीकर्ताका लागि राम्रो होइन ।
देशको आर्थिक अवस्था सुध्रिएको तथ्यांक सेयर बजारका लागि सवैभन्दा सुखद हुन्छ । देशको अर्थतन्त्र बलियो भएको कुल ग्रँहस्र्थ उत्पादन (जिडिपी) को वृद्धिदरले बताउछ । जिडिपी बढेमा बजारमा कम्पनीको सेयर मूल्य बढ्छ, घटेमा घट्छ ।

नेपालको सन्दर्भमा गत आर्थिक वर्षमा जिडिपीको वृद्धिदर र सेयर बजारको वृद्धिदर ठिक विपरित छ । व्याजदर र सेयर बजारको सम्वन्ध मात्रै ठिक विपरित भएमा सकारात्मक मानिन्छ । जिडिपी र सेयर बजारको सम्वन्ध भने एउटै लयमा भयो भने मात्रै बजारलाई स्वस्थ्य मान्न सकिन्छ । जिडिपी र बजारको वृद्वि विपरित भएमा लगानीको जोखिम अत्यधिक धेरै हुन्छ । रोजगारी बढ्नु, पर्यटक आगमन बढ्नु, वैदेशीक लगानी बढ्नु, विकास निर्माणका काम सुरु हुनु, बन्द हड्ताल नहुनु अर्थतन्त्र र सेयर बजारका लागि सकारात्मक सन्देश हुन् ।

भविस्यमा देशको अर्थतन्त्रले प्रगति गर्ने आशाले पनि सेयर बजारलाई बढाउ“छ । भविस्यमा अर्थतन्त्र विग्रने डरले सेयरको मूल्य घटाउछ । यसको उदाहरण हालै वेलायतको जनमत संग्रहलाई दिन सकिन्छ । वेलायतको जनमत संग्रहले वेलायत युरोपियन युुनियनबाट बाहिरिनुपर्ने पक्षमा मत दियो । यो मत परिणामको भोलीपल्टै देखि विश्वभरका सेयर बजार ओरालो लागे । एकै दिनमा २ दशमलब ८ ट्रिलियन डलर बराबरको पुजी इक्वीटि मार्केटले गुमायो । एकैदिनमा लगानीकर्ताको यति धेरै नोक्सानी व्यहोर्नुपरेको संभवत इतिहासमा नै यो पहिलो पटक हो ।

यसको अर्थ वेलायतको जनमत संग्रहको भोलीपल्टै त केही गुम्ने थिएन लगानीकर्ताको । यसले भविष्यमा विश्वको अर्थतन्त्र कमजोर हुदैछ भन्ने डर लगानीकर्तालाई दियो । र मत परिणामको भोलीपल्टै लगानीकर्ताले यति धेरै पुजी विश्व बजारमा गुमाए ।

नेपालको सेयर बजारले पनि माओवादीको नेतृत्वमा सरकार गठन हुने निश्चित भएपछि ओरालो लागेर लगानीकर्तामा डर पैदा गराएको देखिएको छ । नेपाली का“ग्रेसको समर्थनमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने निश्चित भएपछि १८८१ पुगेको सेयर बजार इन्डेक्स घट्न थालेको हो । पुस्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित भएपछि त बजार झन ओरालो लाग्यो ।
२०६५ भदौ मा पनि दाहाल प्रधानमन्त्री हु“दा बजार ११७५ विन्दुको उच्च तहमा पुगेको थियो । माओवादीको सरकार बनेपछि घट्न थालेको बजार २९२ अंकमा ओर्लियो । अहिले फेरि यो उच्च विन्दुमा पुगेर केही करेक्शन भएको छ ।
विगतमा बजार इन्डेक्स २९२ अंकमा झरेको बेला नया“ लगानीकर्ता लगानी गर्न तयार भएनन् । चारवर्ष अघि न्युनतम विन्दुमा बजार झरेको बेला सवैभन्दा बढि नया“ लगानीकर्ता बजारमा प्रवेश गर्नुपथ्र्यो । नया“ लगानी गर्न र पुराना पनि लगानी बढाउन तयार भएनन् । त्यतिबेला बजार बढ्छ भन्ने कोही पनि सुन्न चाहन्थेन । बजारमा लगानी गर्ने बेला भयो भन्नेलाई दुश्मन र डुबाउन खोज्ने शत्रुका रुपमा लिइयो ।

अब अहिले बजार बढेको बेलामा धेरै जसो लगानीकर्ता सेयर विक्री गरेर बाहिर निस्कन तयार छैनन् । चलाख र धेरै पुराना लगानीकर्ता बजारबाट सेयर विक्री गरि निस्किन खोजेका हुन सक्छन् । उनीहरुले यो वास्तविकता बाहिर ल्याउदैनन् । अरु लगानीकर्ता बजार घट्छ भन्नेसग रिसाउछन् । सेयरको मूल्य घट्छ भन्नेलाई अहिले शत्रु नै ठान्छन् । घट्छ नै भन्ने ठोकुवा त फेरि कसैले गर्न सक्दैन ।

दीर्घकालमा बजारमा कम्पनीको सेयर मूल्य त बढ्ने नै हो । यसमा कुनै शंका छैन । तर अहिले एक वर्षको अवधिमा नै सेयर बजारको इन्डेक्स डबल भएको अवस्थामा बजार अझ नबढ्न पनि सक्छ भन्ने हेक्का त लगानीकर्ताले राख्नै पर्छ ।
बजार घट्दा पनि पुराना लगानीकर्ताले लगानीको कम्तीमा १०० गुणा भन्दा बढि कमाईसकेका छन् । उनीहरुलाई खास फरक पर्दैन । तर नया“ र भर्खर प्रवेश गरेका लगानीकर्तालाई भने समस्या पर्छ बजार घट्दा । होशियार हुनुपर्ने नया“ र अझ साना लगानीकर्ता हो । 

यो स्तम्भकारलाई बजारको सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान छ । नेपालको बजार अब केही व्यक्तिको नियन्त्रणमा रहनै सक्दैन । तर केही कम्पनीको सेयर मूल्य घटाउन र बढाउन केही समूहले सक्छन् ।
बजारका लागि सवैभन्दा स्ट्रङ खेलाडी अब वाणिज्य बैंकहरुले स्थापना गरेका म्युचुअल फण्ड हुन् ।

 यी फण्डले लगानी गर्ने पहिलो र अन्तिम ठाउ“ भनेको तत्कालका लागि सेयर बजार नै हो । यी फण्डले दीर्घकालीन रुपमा सेयर होल्ड गरे बजार अझै माथी जान्छ । यी फण्डहरुले सेयर विक्री गर्न थाले बजार घट्छ । यस्ता फण्डले बजारलाई छोटो अवधिमा धेरै माथी र तल जान दिन भने हु“दैन । यदि अहिले नै म्युचुअल फण्डले यस्तो काम गरेनन् भने भोली यस्ता फण्डलाई पनि बजारमा कठिन हुनेछ ।

फेरि पनि भन्नै पर्छ ठुला र संस्थागत लगानीकर्ता बजार घट्ला भनेर डराउ“दैनन् र डराउनुपनि पर्दैन । पुराना लगानीकर्ताले धेरै कमाईसकेका छन् बजारबाट त्यसैले केही घटेपनि उनीहरुलाई केही फरक पर्दैन । डराउनुपर्ने नया“ र साना लगानीकर्ता हो । अझ ऋण मात्रै लिएर बजारमा लगानी गर्नेहरु भने सवैभन्दा बढि अहिलेको बजारस“ग डराउनुपर्छ ।
( nsapkota.blogspot.com स्रोत उल्लेख गरेर मात्रै यो लेख कुनै अनलाईन र छापा लगायतका मिडियाले प्रकाशित गर्नु हुन अनुरोध छ )

No comments:

Post a Comment