Tuesday, August 10, 2010

मौदि्रक नीतिबारे अधिकांश निर्देशन आज आउँदै

नारायण सापकोटा
काठमाडौं साउन 24

मौदि्रक नीतिमा गरिएको नयाँ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नयाँ निर्देशन मंगलबार जारी गर्ने तयारी गरेको छ । केही नीति जारी भएकै दिन र केहीपछि गर्दै जाने योजनाअनुसार बैंकले नयाँ निर्देशन जारी गर्ने भएको हो ।

बैंकले मौदि्रक नीतिमार्फत ल्याएका नयाँ व्यवस्थाबारे थप स्पष्ट पारेर कार्यान्वयनमा ल्याउन निर्देशन जारी गर्छ । राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले भने केही दिनभित्रमा नयाँ निर्देशन जारी हुने सोमबार नागरिकलाई बताए । बैंक स्रोतका अनुसार नयाँ निर्देशन मंगलबारै जारी हुनेछन् । बैंक शाखाको स्वीकृति स्तरोन्नतिलगायत अधिकांश निर्देशन मंगलबार जारी हुनेछन् ।

उत्पादनशील क्षेत्रमा तीन वर्षमा कर्जा दोब्वर पार्ने प्रमुख कार्यकारीसहित उच्च अधिकारीको सेवा सुविधाका विषय र बैंक लाइसेन्सका निर्देशन केही समयपछि जारी गरिने बैंकका अधिकारीहरुले जनाएका छन् ।

यी क्षेत्रका निर्देशन जारी गर्न करिब तीन महिना लाग्ने अनुमान उनीहरुको छ । सरोकारवालासँग छलफल गरी ठोस नीति ल्याउने योजना राष्ट्र बैंकले बनाएको छ । निर्देशन जारी भएपछि बैंकिङ क्षेत्रमा रहेको अन्योल हट्ने बैंकर बताउँछन् ।

साउन १२ मा खतिवडाले नीति सार्वजनिक गरेपछि नयाँ व्यवस्था कार्यान्वयनका लागि निर्देशन जारी नहुँदा अन्योल सिर्जना भएको बैंकरले बताएका छन् । नीतिमा भएका नयाँ व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकबाट एउटा पनि निर्देशन जारी भएको छैन ।

ुबैंकको शाखा खोल्न र वाणिज्य बैंकले ब्याज आउने गरी अर्को बैंकमा खाता खोल्न नपाउने व्यवस्थाका सम्बन्धमा निर्देशन नआउँदा अन्योल बढेको छु एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले भने ।

चालु आर्थिक वर्षदेखि बैंकले शाखा स्थापनाका लागि राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्को वाणिज्य बैंकमा राखेको निक्षेप फिर्ता गर्नुपर्ने अवधिसमेत अनिश्चित भएको बैंकरले जनाएका छन् । ुयोलगायत घर जग्गामा लगानीको नीतिमा परिवर्तित व्यवस्थालाई स्पष्ट पार्ने काम हुन सकेको छैनु डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्रीले भने ।

स्तरोन्नतिका लागि २ अर्ब पुँजी बनाएका संस्थासमेत अन्योलमा छन् । राष्ट्र बैंकले स्तरवृद्धि गर्न चाहने र कार्यक्षेत्र विस्तार गर्ने संस्थाका लागि स्पष्ट निर्देशन नभएको गुनासो बैंकरको छ ।

ुस्तरोन्नतिको तयारीमा रहेका संस्था निर्देशन नआउँदा झन् असजिलोमा छन्ु विकास बैंक संघका अध्यक्ष झपट बोहराले भने । नेपाल बैंकस्र संघ सरकारोवालासँग छलफल गरी राष्ट्र बैंकले निर्देशन जारी गर्नुपर्ने पक्षमा छ ।

ुराष्ट्र बैंकले व्यवहारिक पक्ष हेरी निर्देशन जारी गर्नुपर्ने भएकाले केही समय लाग्नु स्वभाविक होु संघका अध्यक्ष शशीन जोशीले भने ुअहिले केही अप्ठेरो परिसकेको छैन ।ु केही विषयबाहेक बैंकरको अधिकांश चासो निर्देशनमार्फत सम्बोधन हुने राष्ट्र बैंकका अधिकारीहरुले जनाएका छन् ।

No comments:

Post a Comment