Tuesday, August 10, 2010

मर्जरका लागि आयकर ऐन वाधक

नागरिक संवाददाता
काठमाडौं साउन ५

एक आपसमा गाभिएपछि अनावश्यक थप करको दायित्व थपिएको गुनासो नारायणी नेशनल फाइनान्सले गरेको छ । गाभिने कम्पनीको सम्पत्तिको थप कर बुझाउनुपर्ने दायित्व हटाउन पनि उसले आग्रह गरेको छ ।
नारायणी र नेशनल फाइनान्स गत कातिकमा गाभिएर एउटै वित्त कम्पनी बनेको हो । यसपछि अर्को कम्पनीको सम्पत्तिको कर बुझाउनुपर्ने अनावश्यक झन्झट आयकर ऐनमा रहेको फाइनान्सले जनाएको छ ।
ऐनमा गाभिने संस्थाको सम्पत्ति अवितरित नाफा जगेडा कोषलाई आम्दानी मानी थप कर लगाउन सक्ने व्यवस्था छ । ुयस्तो व्यवस्थाले केही महिना अगाडी गाभिएको नारायणी नेशनल फाइनान्सको करिव थप ५ करोड कर बढने भएको छु फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेशिसंह भण्डारीले मंगलबार संचारकर्मीसँग भने ।
ऐनको व्यवस्था वमोजिम मर्जर भन्दाअघिको कटाउन पाउने ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था मर्जरपछि घटाउन नपाउने व्यवस्था छ । कर्जा असुली भएपछि पहिलेको ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था आम्दानी देखाउँदा कर लाग्ने अवस्था रहेको भण्डारीले बताए ।
गतवर्षको नाफा वमोजिम कम्पनीले ३ करोड ३२ लाख राजस्व सरकारलाई बुझाउनुपर्नेछ । ुऐनको व्यवस्था वमोजिम अरु ५ करोड कर थपिने स्थिति छु भण्डारीले भने-ुयसले एक आपसमा गाभिने कार्यमा अवरोध ल्याउने छ ।ु

गाभ्ने र गाभिने संस्थालाई मर्ज गरेको कारणले थपिने यस्तो अनेपेक्षित आयकरको दात्यित्व हटाउनका लागि कम्पनीले सरकारसँग अनुरोध गरेको छ । राष्ट्र बैंकको स्वीकृतिमा एक आपसमा गाभिएका बैंक तथा वित्तीय संस्थालाई मर्जरको कारणबाट सृजना भएको स्वामित्वको परिवर्तनमा कर नलाग्ने व्यवस्था गर्नुपर्ने सुझाव कम्पनीले दिएको छ ।

२०६६ कातिक १५ मा नारायणी र नेशनल एक आपसमा गाभिएका थिए । मर्जरपछि राष्ट्रियस्तरको विकास बैंक बन्न यी दुई संस्था एक आपसमा गाभिएका हुन् । गािभंदा ४४ करोड चुक्तापुँजी भएको फाइनान्सले २ बराबर १ हकप्रद सेयर निस्काशन गरि ६५ करोड बनाउने भएको छ । यसका लागि प्रकि्रया सुरु भैसेकेको भण्डारीले बताए । मर्जर र स्तरोन्नतीका लागि अलग-अलग रुपमा प्रकि्रया अगाडी बढाउँदा ढिलाई भएको गुनासो पनि उनले गरे ।
ुमर्जरका लागि २ वर्ष लागेपछि अब स्तरोन्नतिको प्रकि्रयामा लागेका छौंु भण्डारीले भने-ुमर्जर र स्तरोन्नती एकै पटक गर्न पाउने व्यवस्था भएमा यस्तो ढिलाई हुँदनथ्यो ।ु
गत आर्थिक वर्षमा फाइनान्सको साचालन मुनाफा ३३ प्रतिशतले बढेर ११ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यसले १ अर्ब ८९ करोड निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपको वृद्विदर १६ प्रतिशत छ ।

फाइनान्सले कर्जा प्रवाह १६ प्रतिशतले बढाएर १ अर्ब ९१ करोड रुपैयाँ पुर् याएको छ । खराव कर्जा १ प्रतिशत भन्दा तल रहेको फाइनान्सले जनाएको छ । अहिले सम्म फाइनान्सका ६ शाखा साचालनमा छन् । थप ४ शाखा स्थापनाको गृहकार्य पुरा भएको भण्डारीले बताए ।

फाइनान्सको कर्जा निक्षेप अनुपात ७५ दशमलव ५ प्रतिशत छ । पूँजी पर्याप्तता ३० दशमलव ४५ प्रतिशत छ । रियल स्टेटमा ८ र हाउजिङमा २५ प्रतिशत कर्जा छ । सेयर धितो कर्जा साँढे २ प्रतिशत रहेको फाइनान्सले जनाएको छ । यसको लागत १५ दशलमवल ५ प्रतिशत छ ।

No comments:

Post a Comment