Tuesday, July 26, 2011

मर्चेन्ट बैंकरले सेयर बिक्री गर्नुपर्ने व्यवस्था हटाइने लगानीकर्तालाई परामर्श सिडिएसको निक्षेप सदस्य सेयरमा लगानी गर्न दिने मर्जरका लागि काम गर्न दिने गृहकार्य

नारायण सापकोटा
काठमाडौं साउन ८

धितोपत्र बोर्डबाट स्वीकृति लिई साचालनमा रहेका मर्चेन्ट बैंकरले सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने व्यवस्था हटाइने भएको छ ।

वाणिज्य बैंकहरुले सहायक कम्पनीका स्थापना गरेका मर्चेन्ट बैंकरलाई सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने विद्यमान व्यवस्था हटाउन लागिएको हो ।
बैंकहरुले स्थापना सहायक कम्पनीका रुपमा स्थापना गरेका मर्चेन्ट बैंकरले २ वर्षभित्र ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको थियो । यो सूचना राजपत्रमा प्रकाशित गरिएको थियो । यो व्यवस्था परिवर्तनका लागि बोर्डले अर्थमन्त्रालयमा प्रस्ताव पठाउने छ । मन्त्रीपरिषदबाट पारित भएपछि निर्णय कार्यान्वयनमा आउनेछ ।

ुसर्वसाधारणलाई सेयर बिक्री गरेका कम्पनीले स्थापना गरेका मर्चेन्ट बैंकरलाई सेयर निस्काशन गर्नुपर्ने व्यवस्था हटाइनेछु धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौड्यालले नागरिकसँग भने ।
एक वर्षअघिदेखि बैंकहरुले मर्चेन्ट बैंकरका रुपमा सहायक कम्पनी स्थापना गर्न थालेका हुन् । ुअहिले मर्चेन्ट बैंकरको कार्यक्षेत्र साँघुरो भएको र सेयर बिक्री गर्न पनि कठिन हुने अवस्था छु बोर्डका निर्देशक परिष्ट पौड्यालले भने ।

राष्ट्र बैंकको पछिल्लो परिपत्रमा यस्तो सहायक कम्पनीमा बैंकहरुको ५१ प्रतिशत सेयर भए पुग्ने व्यवस्था भएपछि मर्चेन्ट बैंकर संघले सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने व्यवस्था हटाउन बोर्डसँग अनुरोध गरेको छ । ुसहायक र माउ दुवै कम्पनीले सेयर निस्काशन गर्नु पर्ने व्यवस्था परिवर्तन आवश्यक छु संघका अध्यक्ष भिस्मराज चालिसेले भने ।

बोर्डको स्वीकृतिमा अहिले १५ मर्चेन्ट बैंकर साचालनमा छन् । यी मध्ये ७ मर्चेन्ट बैंकर सहायक कम्पनीका रुपमा स्थापना बैंकहरुले स्थापना गरेका छन् । नविल एस एनएमबी लक्ष्मी एनआईडिसि सेयर मार्केट भिवोर मर्चेन्ट बैंकर सहायक कम्पनीका रुपमा स्थापना भएका छन् । बैंकको सहायक कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने वाध्यात्मक व्यवस्था भएपनि अरु मर्चेन्ट बैंकरले यस्तो व्यवस्थामा वाँधिएका छैनन् ।
सर्वसाधारणलाई सेयर बिक्री गर्न सिभिल ग्रोमोर र आईएम मर्चेन्ट बैंकरले गृहकार्य थालिसकेका छन् । ुवाध्यात्मक व्यवस्था परिवर्तन नभएमा चालु वर्षमा सर्वसाधारणलाई सेयर बिक्री गरिनेछु चालिसेले भने ।
सेयर रजिस्ट्रार इस्यु म्यानेजर अन्डरराईटिङ पोर्टफोलियो म्यानेजरको काम गर्न पाउने गरि स्थापना हुने कम्पनीको चुक्तापुँजी ७ करोड तोकिएको छ । चार वटै काम नगर्ने मर्चेन्ट बैंकरको चुक्तापुँजी कम छ ।

मर्चेन्ट बैंकरलाई मर्जर र एक्वीजिशनका लागि काम गर्न पाउने व्यवस्था पनि गरिने भएको छ । ुमर्चेन्ट बैंकरको भूमिका बढाउन थप काम गर्न दिनुपर्ने आवश्यकता परेको होु पौड्यालले भने । मर्चेन्ट बैंकरको विश्वव्यापी मान्यता अनुरुप कार्यक्षेत्र विस्तार गर्नुपर्ने माग चालिसेले गरे ।
केन्द्रिय निक्षेप प्रणाली सिडिएस साचालनमा आएपछि निक्षेप सदस्यको लाईसेन्स लिएर मर्चेन्ट बैंकरले काम बढाउन सक्ने भएका छन् । लगानीकर्ताको सेयर खाता साचालनको काम निक्षेप सदस्यले गर्न पाउने छन् ।
लगानीकर्तालाई कम्पनीको सेयर खरिद र बिक्रीका लागि सल्लाह दिने संस्थाको काम समेत मर्चेन्ट बैंकरले लिन सक्ने छन् । ुयी कम्पनीको क्षेत्राधिकार बढाउने विषयमा छलफल भैरहेको छु पौडेलले भने ।

मर्चेन्ट बैंकरले दोस्रो बजारबाट सेयर किन्न बोर्डबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । बोर्डबाट स्वीकृति लिएर सेयर किन्न मर्चेन्ट बैंकर झन्झट मान्दै बजारमा लगानी गरेका छैनन् । ुस्वीकृति लिनुपर्ने व्यवस्था हटेमा सेयरमा लगानी गर्ने छौंु एक मर्चेन्ट बैंकरका कार्यकारी प्रमुखले भने-ुयसले कम्पनी र बजारलाई फाइदा पुग्नेछ ।ु

No comments:

Post a Comment