Tuesday, July 26, 2011

कालोसूचीमा पर्नुअघि नै सेयर किन्नेले बिक्री गर्न पाएनन्

नारायण सापकोटा
काठमाडौं असार २५

राष्ट्र बैंकको कालोसूचिमा परेकासँग त्यसअघि नै सेयर खरिद गरि खाली हस्तान्रणमा राख्ने लगानीकर्ता अप्ठेरोमा परेका छन् ।

बैंक तथा वित्तीय संस्थामा अनियमितता गर्नेलाई राष्ट्र बैंकले कालो सूचिमा राख्नु अघि सेयर किन्ने लगानीकर्ता बिक्री गर्न र नामसारी नभएपछि अप्ठेरोमा परेका हुन् ।

सेयर दलाल मार्फत निकिएको सेयर ६ महिना सम्म नामसारी नगरि राख्न सकिन्छ । यसलाई खाली हस्तान्तरण व्लांक ट्रान्सफर भन्ने गरिएको छ । कालोसूचीमा परि फरार र पक्राउ परेकासँग विगतमा खरिद गरि खाली हस्तान्रणमा राखिएको सेयर संख्या एकिन छैन । ुयसरी खाली हस्तान्रणका लागि नामसारी नगरि राख्ने लगानीकर्तालाई अहिले अप्ठेरो परेकेा छु स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौड्लले शनिबार नागरिकसँग भने-ुयस्तो सेयर धेरै हुनसक्छ ।ु

राष्ट्र बैंकको कालोसूची पर्नुअघि नै किनीएको सेयर समेत बिक्री गर्न र नामसारी गर्न लगानीकर्ताले पाएका छैनन् । ुकालोसूचिमा पर्नुअघि किनीएको सेयर अहिले नामसारी गर्न कम्पनीले मान्दैनन्ु पौडेलले भने-ुयस्तो सेयर बिक्री समेत गर्न सिकंदैन ।ु यस्तो व्यवस्थाबाट धेरै लगानीकर्तालाई समस्या परेको उनले बताए ।

लगानीकर्ता तथा इन्भेस्टर फोरमका अध्यक्ष सिताराम थपलियाले कालोसूचीमा पर्नुअघि भएको सेयरको कारोवार गर्न र नामसारी गर्न पाउनुपर्ने माग राखे । ुस्टक एक्सचेन्जले कारोवार भैसकेको खुलाएर कम्पनीलाई नामसारीका लागि दवाव दिनुपर्छु उनले भने-ुकम्पनीले पनि यस्ता सेयरलाई नामसारी गर्नुपर्छ ।ु खाली हस्तान्तरणको कागजात सहित स्टकले कम्पनीलाई नामसारीका लागि पठाउनुपर्ने उनले बताए । यस्तो सेयर कारोवार गर्न नदिने नामसारि नगर्ने कम्पनी र स्टकले लगानीकर्ताले बेकारमा दुख दिएको गुनासो थपलियाले गरे ।



यो व्यवस्थालाई स्पष्ट पारि लगानीकर्ताको अप्ठेरो फुकाउन उनले राष्ट्र बैंकसँग अनुरोध गरे । राष्ट्र बैंकले कालोसूचीमा राख्नुअघि नै सेयर खरिद गर्नेको नामसारी र बिक्री नभएको विषयमा केही बोलेको छैन । राष्ट्र बैंक प्रवत्ता भास्कर ज्ञवालीले पनि कालोसूचीमा राख्नुअघि सेयर खरिद गर्नेले नामसारी र बिक्री गर्न नपाएको विषयमा केही बोल्न चाहेनन् ।
स्टकका महाप्रवन्धक शंकरमान िसंहले यसबारे जानकारी नभएको बताए ।

राष्ट्र बैंकले बैंकिङ कसुरमा कारवाहीका लागि प्रहरीलाई लेखि पठाईएका व्यक्तिको सेयर सहित सवै सम्पत्तिको कारोवार रोक्का गरेको थियो । बैंकमा धितो रहेका सेयर बिक्री गरि कर्जा असुल्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । यो व्यवस्थाबाट धितोमा राखिएका केही सेयर बैंक तथा वित्तीय संस्थाले दलाल मार्फत बिक्री गरे । तर कालोसूचीमा पर्नुअघि नै खरिद गर्ने लगानीकर्ता अप्ठेरोमा परेका छन् ।
धितोपत्र बोर्डले समेत यस्तो समस्याको जानकारी नभएको बताएको छ । ुयो विषय जानकारीमा आएकै छैन केही आएपछि मात्रै भन्न सकिन्छु बोर्डका निर्देशक निरज गिरिले भने ।


सेयर ब्रोकरले यो समस्या समाधानका लागि सोमबार राष्ट्र बैंकका डेपुटि गभर्नर महाप्रसाद अधिकारीलाइै भेटने कार्यक्रम बनाएका छन् ।
ब्रोकरले निश्चित समयपछि संस्थापक सेयरलाई साधारण सरह मानेर बिक्री गर्न पाउनुपर्ने माग पनि राखेका छन् । ुतीन वर्षजति बिक्री गर्न नपाउने र त्यसपछि साधारण सेयर सरहको व्यवहार संस्थापकलाई गर्नुपर्ने माग पनि राष्ट्र बैंकसँग राखेका छौंु पौडेलले भने ।
केन्द्रिय निक्षेप प्रणाली सिडिएस साचालनमा आएपछि बैंक तथा वित्तीय संस्थाको संस्थापक र साधारण सेयरमा राखेर काम गर्न असजिलो हुने उनले बताए । एउटै कम्पनीको सेयरलाई दुई तीन वर्गमा राख्ने प्रकि्रया हटाउनुपर्ने पौडेलले बताए ।
लगानीकर्तालाई सहज रुपमा कर्जा प्रवाह गर्न मार्जिन लेन्डिङ दलाल मार्फत हुनुपर्ने र परामर्शदाताका रुपमा काम गर्न पाउनुपर्ने माग ब्रोकरको छ ।


No comments:

Post a Comment