Tuesday, July 26, 2011

क्रेडिट रेटिङ कम्पनी स्थापनाका लागि कानुनी व्यवस्था लगानीकर्तालाई असल र खराव कम्पनी बुझने आधार प्राप्त हुने विदेशी लगानीमा मात्रै रेटिङ कम्पनी स्थापना हुन सक्ने

नारायण सापकोटा
काठमाडौं असार २१

लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्था देखाउँदै असल र खरावमा वर्गीकरण समेत गर्ने क्रेडिट रेटिङ कम्पनी स्थापनाका लागि धितोपत्र बोर्डले कानुनी व्यवस्था गरेको छ ।

बोर्डको साचालक समितिबाट मंगलबार क्रेडिट रेटिङ नियमावली पारित भएको छ । ुबुधबारदेखि नै नियमावली कार्यान्वयनमा आउनेछु बोर्डका अध्यक्ष शुरवीर पौड्यालले नागरिकसँग भने ।
रेटिङ कम्पनीले साधारण सेयर वण्ड डिवेन्चर र कम्पनीको रेटिङ गर्नेछ । यसबाट लगानीका लागि निर्णय गर्ने आधार सवैले पाउने छन् ।

क्रेडिट रेटिङ कम्पनी विदेशीसँगको साझेदारीमा मात्रै स्थापना हुन सक्नेछ । विदेशीलाई न्युनतम २५ र अधिकतम ७५ प्रतिशत सेयर राखेर मात्रै कम्पनी दर्ता हुन पाउनेछ । विदेशमा ५ वर्ष काम गरिसकेको कम्पनीले मात्रै सेयर लिन पाउने व्यवस्था गरिएको छ । कम्पनी स्थापनाका लागि २ करोड रुपैयाँको चुक्तापुँजी तोकिएको छ ।

कानुनी व्यवस्था नभएको अवस्थामा समेत दुई भारतिय कम्पनी क्रेडिट रेटिङ कम्पनी स्थापनाको गृहकार्यमा छन् । ुदुई भारतिय कम्पनी आउन खोजेको देखिन्छु बोर्डका उप निर्देशक मुक्ति श्रेष्ठले भने । इक्रा र केयर क्रेडिट रेटिङ कम्पनी नेपालीसँगको साझेदारी नेपालमा काम गर्न इच्छुक देखिएका छन् । कानुनी व्यवस्थाको अभावमा अहिले सम्म दर्ता हुने र काम गर्ने अवस्था थिएन । ुकानुनी बाटो खुला भएकोले कम्पनी आउने संभावना बढि छु बोर्डका पुर्व अध्यक्ष दिपक काफ्लेले भने । कम्पनीले इच्छा देखाएमा दुई महिना भित्र स्थापना हुन सक्ने जानकारी पौड्यालले दिए ।


सेयर बजारमा सूचिकृत कम्पनीलाई यस्तो संस्थाले ए बि र सि मा अनिवार्य रुपमा वर्गीकरण गर्नुपर्नेछ । सेयर बजारमा नआएका कम्पनीको पनि रेटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
रेटिङ कम्पनीले ए मा राखेका कम्पनीलाई लगानीकर्ताले सवैभन्दा राम्रो कम्पनीमा रुपमा लिनसक्ने छन् । ुयस्तो वर्गीकरणको अभावमा लगानीकर्ताले जुनसुकै कम्पनीको सेयरमा पनि अधिक जोखिम लिएर लगानी गरेका थिएु श्रेष्ठले भने । अहिले सम्म सेयरमा लगानीगर्दा कम्पनीको विवरणपत्र मात्रै अध्ययन गर्ने गरिएको छ । रेटिङ कम्पनी स्थापना भएपछि कुन कम्पनी आर्थिक रुपमा सवल र दुर्वल छ भन्ने स्पष्ट हुने उनले बताए ।
रेटिङ कम्पनीले अति राम्रो मानेका कम्पनीलाई विश्वभरका लगानीकर्ताले विश्वास गर्ने गरेका छन् । ुयसका लागि रेटिङ कम्पनीको विश्वसनियता पनि उच्च हुनुपर्छु पौड्यालले भने । विश्वसनियता उच्च बनाउन उच्च दक्षता भएको जनशक्ति रेटिङ कम्पनीसँग हुनुपर्ने पनि उनले बताए ।

क्रेडिट रेटिङ कम्पनीका लागि चाँडो स्थापना गर्नुपर्ने माग सेयर दलालले गर्दै आएका छन् । रेटिङ भएपछि कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्नुअघि र पछि पनि लगानीकर्तामा विश्वास बढ्ने स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौडेलले भने । ुअहिले बैंक तथा वित्तीय संस्थामा देखिएको अविश्वास मेटन र कम्पनीलाई विश्वास गर्ने नगर्ने आधार बन्छु उनले भने । रेटिङपछि खराव भएका कम्पनीलाई राम्रो भन्न र असललाई खराव भन्ने अवस्था अन्त्य हुने पौडेलले बताए ।

नियामक निकाय सेयर बिक्री गर्ने कम्पनी कर्जा दिने बैंक तथा वित्तीय संस्था र लगानीकर्तालाई रेटिङबाट फाइदा पुग्ने बोर्डका पुर्व अध्यक्ष दिपकराज काफ्लेले बताए ।
ुबैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको पनि रेटिङ हुन्छु उनले भने-ुयसले बजारमा स्वतन्त्र व्यवसायिक अवधारणा दिन्छ ।ु यस्तो अवधारणाबाट जोखिम र लाभका लागि निर्णय गर्न लगानीकर्तालाई सजिलो हुने काफ्लेले बताए । जोखिम कम भएकोमा नाफा थोरै र जोखिम बढि भएको लाभ धेरै खोज्ने निर्णय गर्न सहज हुने उनले बताए ।

व्यक्ति संस्थाको रेटिङ भएको अवस्थामा बैंक तथा वित्तीय संस्थालाई कर्जाको कारोवार गर्न सजिलो हुने बैंकरले बताए । ुअहिले रेटिङ नहुँदा व्यक्ति संस्थाको शाख थाहा हुने अवस्था छैनु बैंकस्र संघका उपाध्यक्ष राजनिसंह भण्डारीले भने-ुशाख थाहा भएमा नराम्रोसँग कारोवार गर्नै पर्दैनथ्यो ।ु रेटिङको अभावमा जोखिम लिएर बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दै आएका छन् । रेटिङबाट शाख थाहा भएपछि दिएको कर्जा डुब्ने संभावना कम हुन्छ ।

No comments:

Post a Comment