Tuesday, July 26, 2011

मार्जिन लेन्डिङ गर्ने कार्य दलाललाई देउ ः पौडेल

सेयर बजारमा दुई सातामा केही सुधार देखिएको छ । राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सिमा हटाउने अर्थमन्त्रालयको निर्णय सार्वजनिक भएपछि बजारमा सुधार देखिएको हो । कर्मचारी संचय कोष नागरिक लगानी कोष विमा संस्थान र नेपाल टेलिकमलाई सेयरमा लगानी गर्न सरकारले आग्रह गरेपछि बजार सुधारमा सहयोग पुग्यो ।
बजारमा वाणिज्य बैंकको सेयर मूल्य १ सयकै हाराहारीमा छ । यो मूल्यमा सेयर किन्न प्राथमिक बजारमा सेयरका लागि धेरै लाईन लागेपनि दोस्रो बजारमा सर्वसाधारण संख्या भित्रन सकेको छैन । तर नयाँ लगानीकर्ता बजारमा आईरहेको स्टक ब्रोकर एशोसियशनका अध्यक्ष अन्जनराज पौडेलले बताए । नागरिकका नारायण सापकोटासँग कुरागर्दै उनले बजार घटने अवस्था नरहेको र स्थायित्व कायम हुने बताए । प्रस्तुत छ पौडेलसँग गरिएको कुराकानी ।

सेयर बजार परिसूचक नेप्से २ सय ९२ अकंमा झरेपछि केही सुधार भएको छ । सेयर बजार अव कता जाला
आर्थिक वर्षको अन्त्यमा बैंक कर्जाको सावाँ-व्याज बुझाउन सेयर बिक्री गर्ने समय सकिएको छ । यो वर्ष कर्जाको सावाँ-व्याज बुझाउन सेयर बिक्री गर्ने समय बाँकी नरहेकोले आगामी दिनमा बिक्रीको चाप कम हुनेछ । बैंक तथा वित्तीय संस्थाले धितोमा रहेका सेयर बिक्री गरि कर्जा उठाउने अवधि पनि यो वर्षका लागि सकिएको छ । बैंक तथा वित्तीय संस्थाको वार्षिक वित्तीय विवरण पनि साउनमा सार्वजनिक हुन्छ । यसले पनि बजारलाई बढाउन सहयोग गर्ने देखिन्छ ।
राष्ट्र बैंकले सेयर धितो कर्जालाई खुकुलो बनाउने नीति सार्वजनिक भैसकेको छ । यसले पनि लगानीकर्ताको विश्वास बढाएको छ ।
बजारमा ठुलो उतारचढाव आउन अवस्था पनि छैन । असार मसान्तपछि बजारमा स्थायित्व रहला भन्ने लाग्छ । वितेका दुई साताको कारोवारले पनि बजारमा स्थायित्व आउने देखिएको छ ।

अहिले कम्पनीको सेयर मूल्य सस्तो हो कि महंगो
अधिकांश कम्पनीको सेयर मूल्य हेर्दा अहिले सस्तो नै भन्नुपर्ने हुन्छ । राम्रा कम्पनीको सेयरलाई सस्तो भन्न सकिन्छ । हरेक वर्ष सेयर होल्डरलाई केही न केही दिन कम्पनीको सेयर मूल्य सस्तो छ । व्लु चिपको सेयर मूल्य तल छ ।

कुन-कुन हुत त व्लु चिप सेयर
बलियो अवस्था भएका र लगानीकर्तालाई २५ देखि ४० प्रतिशत प्रतिफल दिने कम्पनीलाई यस वर्गमा राख्न सकिन्छ । यसही हेदा स्ट्यान्डर्ड चाटर्ड बैंक नबिल बैंक बैंक अफ काठमाण्डु एसबिआई बैंक हिमालयन बैंक एनआईसि बैंक व्लु चिप कम्पनी हुन् । जलविद्युत कम्पनीमा चिलिमेको सेयर राम्रो हो । यसले साधारण सेयर आएकोले मूल्य केही घटन पनि सक्छ । नेपाल टेलिकम कमाईको हिसावले राम्रो कम्पनीले भएपनि यसले प्रतिफल आशातित रुपमा दिन सकेको छैन ।
ठुला लगानीकर्ताले सेयर किन्न थाले कि छैनन्
ठुला लगानीकर्ता अहिले सम्म पर्ख र हेरको अवस्थामा छन् । ठुला लगानीकर्ताले सेयर किनेका छैनन् । क्षमता भएर पनि ठुला लगानीकर्ता लगानी गर्न डराईरहेका छन् । बजारमा तरलताको अभाव भएपनि बैंकले कर्जा नदिएको भए पनि बजार बढ्दा दिनमा ७ करोडको कारोवार भयो । बजारप्रति विश्वास भए अप्रत्याशित रुपमा पैसा आउँछ लगानीकर्ताबाट भन्ने यसले देखाएको छ ।

अहिले बजारमा कस्ता लगानीकर्ता नाफामा छन् । कस्ता नोक्सानीमा छन्
बजार सुरु हुँदा लगानी गर्ने लगानीकर्ता मध्ये कहीले अन्यत्र लगानी विविधिकरण गरे । लगानी विविधिकरण गर्ने लगानीकर्तालाई घाटा छैन । तर लामो अवधिदेखि सेयरमा लगानी गरेर प्रमाणपत्र थुपारेर बस्ने अरु सवै लगानीकर्ता नोक्सानीमा छन् । सस्तो व्याजमा कर्जा पाउँदा ऋण लिएर सेयर किन्ने बढे । सेयरमा लगानी गर्नेहरु धेरै थोर ऋणमा नै डुबेका छन् । बजार बढ्दा नाफा कमाउन नसक्नेहरु धेरै भए ।

बजारमा कम्पनीको सेयर मूल्य बढ्न थालेपछि बिक्री गर्ने नै नहुने र मूल्य घटन थालेपछि किन्ने नै नहुने अवस्था छ । किन यस्तो भएको हो
साना लगानीकर्तामा घटेर वटम लाईनमा पुगेपछि किन्ने र बढेर उच्च तहमा पुगेपछि बिक्री गर्ने प्रवृत्ति देखिन्छ । किन्दा पनि थोरैथोरै किन्दै जाने र बिक्री गर्दा पनि त्यसै गर्नुपर्ने भएपनि साना लगानीकर्ता एकै पटक गर्न चाहन्छन् । मूल्य बढे होल्ड गरेर बस्ने घटे बिक्री गरिहाल्ने प्रवृत्ति छ ।

केन्द्रिय निक्षेप प्रणाली सिडिएस सामूहिक लगानी कोष साचालनमा आएपछि बजारमा के फरक पर्ला
अहिलेको सवैभन्दा ठुलो समस्या कागजी प्रणालीको झन्झट हो । नामसारी हस्ताक्षरका धेरै झन्झट अहिलेको प्रकि्रयामा छ । बजारमा ठुला कित्ता सेयर बिक्री गर्न समस्या छ । एकै पटक बिक्री गर्न राखिएको १ हजार कित्ता सेयर विभिन्नले खरिद चाहे अनुरुप सानो कित्तामा किन्दै जान सक्दैनन् । सिडिएस आएपछि नामसारी लगायतका यस्ता समस्या हट्ने छन् र बजार बढ्न सहयोग पुग्नेछ ।
म्युचुअल फण्ड आएपछि लगानीकर्ताको विश्वास बढ्ने छ । यसले सेयर किन्ने र होल्ड गर्ने प्रवृत्ति बढाउनेछ । सिडिएस र फण्ड आगामी वर्ष साचालनमा आएपछि बजारलाई बढ्न ठुलो सहयोग पुग्नेछ ।

अर्थमन्त्रालयले सेयर धितो कर्जालाई खुकुलो बनाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंक बैंकहरुलाई नै कर्जा दिन अधिकार दिने व्यवस्था गर्दैछ । यसले बजारलाई कता लैजाला
अहिले बजार मूल्यको ६० प्रतिशत सम्म बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दिन सक्ने व्यवस्था छ । यो व्यवस्था हटाए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव रहेकोले बजारलाई तत्काल केही फरक पर्दैन । दीर्घकालीन रुपमा भने सेयर कर्जाको खुकुलो नीतिले सहयोग गर्नेछ ।

भारतमा जस्तै लगानीकर्ताले ३० प्रतिशत रकम जम्मा गरेपछि सेयर दलालले ७० प्रतिशत ऋण दिने मार्जिन लेन्डिङको व्यवस्थाका लागि तपाईंहरुले केही पहल गर्नुभएको देखिएन नी
भारतको ठुलो बजारमा समेत लगानीकर्ताले ३० प्रतिशत रकम ल्याएपछि दलाल मार्फत ७० प्रतिशत कर्जा दिने व्यवस्था छ । यो नै वास्तवमा मार्जिन लेन्डिङ हो । सेयरको मूल्य घट्दै गएमा दलालले मार्जिन कल गर्दै रकम घटाउन लगाउँछ । रकम जम्मा नगरेमा ऋण डुब्न नदिई दलालले सेयर बिक्री गरिदिन्छ । यो व्यवस्थाका लागि सरकारसँग अनुरोध गर्दै आएका छौं । बजारको विकासका लागि यस्तो व्यवस्था आवश्यक पनि छ । बैंक तथा वित्तीय संस्थाबाट अहिले प्रवाह भएको कर्जा मार्जिन लेन्डिङ नै होइन । यसको काम गर्ने अधिकार दलाललाई दिनुपर्छ । सरकारी निकाय यसमा सकारात्मक देखिएका छन् ।

नेपाली सेयर बजारमा विदेशी लगानीकर्ता खुला गर्नुपर्ने माग उठ्दै आउको छ । एनआरएन नै आउन नपाएको बेला विदेशी लगानीकर्ता आउलान र
सरकारले घोषणा गरेपछि एनआरएनलाई बजारमा लगानी गर्न खुला होला भन्ने ठानेका थियौं । तर अहिले सम्म निश्चित व्यवस्था हुन सकेको छैन ।
विदेशी लगानीकर्तालाई सेयर बजारमा लगानीका लागि चासो देखाउँदै आएका छन् । िसंगापुर र हङकङका लगानीकर्ताले नेपालको सेयर बजारमा लगानी गर्न चासो देखाएका छन् । अहिले पनि स्वदेशीसँगको लगानीमा कम्पनी स्थापना गरेर सेयर किन्न त सकिन्छ । तर पूर्णरुपमा विदेशी पुँजी ल्याउने र लैजाने बाटो खुला हुनुपर्छ । विदेशी लगानीकर्ता नेपालमा आउँछन् ।

सेयर बजारमा समस्या के के छन्
बजारमा अहिले प्रमुख समस्याका रुपमा सेयर बिक्री रोक्का भएका व्यक्तिको सेयर बनेको छ । राष्ट्र बैंकले सेयर बिक्री रोक्का गर्नुअघि नै खाली हस्तान्तरण भएका सेयर अहिले बिक्री गर्न र नामसारी हुन सकेको छैन । सेयर किन्नेले ६ महिना सम्म खाली हस्तान्तरणमा राख्न पाउँछ । यो अवधिमा १० पटक किनबेच भएपनि सुरु लगानीकर्ताकै नाममा बैंकमा सेयर हुन्छ । अहिले कालोसूचिमा परेका लगानीकर्ताले पहिल्यै बिक्री गरेका सेयर किन्ने लगानीकर्ता मर्कामा परेका छन् । राष्ट्र बैंकले यो संवदेनशिलता बुझेर मिती नै तोक्नुपर्छ सेयर बिक्री रोक्का गर्ने व्यक्तिहरुको ।

अर्थमन्त्रालय राष्ट्र बैंक धितोपत्र बोर्ड विमा समिति लगायतका निकायले सेयर बजारका लागि के-के गर्नुपर्ला
पुँजीगत लाभकरलाई हटाएर नयाँ बजटे मार्फत सरकारले कारोवार कर लगाउनुपर्छ । दलालहरुले ३ वर्षदेखि दिएको यस्तो सुझाव सरकारले कार्यान्वयनमा ल्याएको छैन । सिडिएस आएपछि पुँजीगत लाभकर उठाउनका लागि समस्या हुने अवस्था छ ।
लामो अवधि सेयर होल्ड गर्ने र १ वर्षभित्रै सेयर किनवेच गर्नेलाई करको दर फरक हुनुपर्छ । एनआरएनलाई बजारमा प्रवेश गराउने व्यवस्था छिटो गनुपर् यो । मार्जिन लेन्डिङ दलाल मार्फत सुरु गराउने अहिलेको सेयर कर्जाको सिमा हटाउने संस्थागत लगानीकर्ता चाँडो ल्याउने सरकारी निकायलाई लगानीका लागि चाँडो पठाउने सिडिएस छिटो साचालनमा ल्याउने ब्रोकरलाई अध्ययन र अनुसन्धानमा संलग्न गराउने व्यवस्था बजेट मौदि्रक नीति र अन्य निकायबाट हुन जरुरी छ ।
अर्थमन्त्रालय धितोपत्र बोर्ड विमा समिति बीच समन्वयको अभाव छ । उनीहरुले समन्वय नगर्दा मर्का पर्ने सर्वसाधारण लगानीकर्तालाई नै हो ।

सेयर बजारलाई केही व्यक्तिको नियन्त्रणमा रहेको उच्च ओहदाको पदाधिकारीको टिप्पणी सुनिन्छ । अहिले यो बजारलाई केही लगानीकर्ताले नियन्त्रणमा राख्न सक्छ कि सक्दैन
बजारलाई नियन्त्रणमा राख्ने हैसियत कसैको छैन । मूल्य बजार अनुरुप नै घटबढ् हुन्छ । एक दुई दिन एक दुई कम्पनीको सेयर मूल्य केही व्यक्ति मिलेर नियन्त्रणमा राख्न सक्छन । एक साता नियन्त्रणमा राख्ने हैसियत कसैको छैन ।

दलालको चलखेल बजारमा धेरै हुने गुनासो आउँछन् । कस्ता चलखेलमा दलाल संलग्न हुन्छन्
दलाल चलखेलमा समावेश हुने गरेको आरोप लाग्ने गरेको छ । बजारमा १ हजार कित्ता बिक्री गर्नेले थोरै मूल्य राख्छ २० कित्ता बिक्री गर्नेले बढि मूल्य राख्छ । थोरै मूल्य राख्ने ठुलो कित्ताबाट सानो कित्ता खरिद गर्नेलाई सेयर किनीदिन सिकंदैन । त्यसपछि बढिमा नै रहेको सानो कित्ता किनिदिनुपर्ने हुन्छ । सिडिएस आएपछि यो समस्या हट्छ ।
बजारमा ठुला लगानीकर्ताको साजाल हुन्छ । कम्पनी हुन्छन् । यस्तोमा थोरै कित्ता सेयर एउटा ब्रोकरकोबाट बिक्रीमा राख्ने र अर्कोबाट किनेर मूल्यलाई अप्राकृतिक बनाउने प्रयास भएको भेट्टिन्छ । यसमा दलालको के दोष छ र । यस्तो विषयमा नियामक निकायबाट अनुसन्धान भैरहेको छ ।

घरजग्गामा मन्दी आएपछि त्यताका लगानीकर्ता सेयर बजारमा आउलान
सेयर बजार घट्न थालेपछि धेरै लगानीकर्ता कमोडिटि र घरजग्गा लगायतका क्षेत्रा लागेका थिए । उद्योग-व्यापारमा पनि लगानी गएको थियो । छिटो र सजिलो धन कमाउनका लागि लागेकाहरु एकतिर विग्रन लागेपछि अर्को तिर लाग्छन । अहिले सेयर भन्दा घरजग्गाको अवस्था कठिन भएकोले त्यताको लगानी बजारमा आउँछ । अहिले घरजग्गामा लागेकालाई त्यहाँबाट निस्कन कठिन परेको छ । जुनबेला निस्कन्छन् त्यो बेला सेयरमा लगानी गर्छन ।

सेयर बजारका धेरै ठुला लगानीकर्ता राष्ट्र बैंकको कारवाहीमा परेका छन् । बैंकिङ कसुरमा कारवाहीका लागि पत्राचार भैसकेको छ । सेयर सहितका सम्पत्ति रोक्का भएका छन् । कर्जा उठाउनुपर्ने बैंकले उनीहरुको सेयर बिक्री गरि कर्जा उठाउने जनाएका छन् । यसले बजारलाई अधोगति तर्फ लैजान सक्छ कि

धेरै समय अगाडी त्यस्ता लगानीकर्ताको ठुलो संख्यामा रहेको साधारण सेयर बिक्री हुने हल्लाले बजार २ सय ९२ अंकमा आएको थियो । दिनदिनै बजार अधोगति तर्फ लाग्नुको प्रमुख कारण यही थियो ।
उनीहरुको सेयर कारोवार रोकिएपछि बजार पनि घटन छोडेको थियो । केही सेयर बजारमा आउन लागेको अवस्थामा बिक्री गर्न दिईएको थिएन । बैंक तथा वित्तीय संस्था मध्ये पनि अधिकांशले बिक्री गर्ने सेयर बेचेर रकम लिईसके । अब सेयर बिक्री गरेर रकम असुल्ने समय यो आर्थिक वर्षका लागि छैन । त्यसैले थप सेयर बजारमा आउँदैन ।

No comments:

Post a Comment