Sunday, October 24, 2010

20७0 सम्म ५0 करोड चुक्तापुँजी बनाउनुपर्छ

दुई वर्षअघि साचालनमा आएको गुराँस लाईफ इन्स्युरेन्सले आगामी मंसिरको पहिलो साता सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँको सेयर बिक्री खुला गर्दैछ । सेयर बिक्रीका लागि धितोपत्र बोर्डबाट अनुमति पाईसकेको इन्स्युरेन्सले बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । सर्वसाधारणलाई सेयर बिक्री गरेपछि कम्पनीको चुक्तापुँजी ३६ करोड पुग्नेछ । सेयर बजार ओरालो लागेको अवस्थामा पनि विमा कम्पनीको सेयर प्रति सर्वसाधारणको आकर्षण रहने इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल देवकोटा बताउँछन् । देवकोटासँग कम्पनीको अवस्था र नयाँ सेयरका सम्वन्धमा नागरिकका नारायण सापकोटाले गरेको कुराकानीको सार

सेयर बिक्री कहिलेदेखि खुला हुँदैछ
मंसिरको पहिलो साता सेयर बिक्री खुला गर्ने योजना छ । आव्हानपत्र कात्तिक २३ मा नै सार्वजनिक हुन्छ । सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३६ करोड पुग्नेछ । २०७० असार सम्म कम्पनीको चुक्तापुँजी ५० करोड पुर् याउनुपर्नेछ । विमा समितिबाट स्वीकृति िलंदा नै चुक्तापुँजी बढाउनुपर्ने शर्त स्वीकार गरिएको हो ।

विमा कम्पनीको सेयरप्रति बैंक तथा वित्तीय संस्थाको जस्तो आकर्षण छैन । सेयरका लागि कति आवेदन पर्ला जस्तो लाग्छ
सेयर बजार पहिले अस्वभाविक रुपमा निकै माथी गएको थियो । केही लगानीकर्ताको चलखेलमा आधारित छ नेपालको सेयर बजार । कम्पनीको नेटवर्थका आधारमा सेयरको मूल्य घटबढ हुन सकेको छैन ।
विमा कम्पनीको होस कि अरु कम्पनीको साधारण सेयरप्रति आकर्षण छ । १ सय रुपैयाँमा पाएको सेयर न्युनतम पनि २ सयमा बिक्री हुन्छ । यसका लागि पर्याप्त आवेदन नपर्ने कुरै छैन । बरु आवश्यकता भन्दा धेरै गुणाबढि आवेदन पर्नेछ ।
अर्को विषय यो कम्पनीले आर्थिक वर्ष २०६४÷०६५ मा २१ लाख १४ हजार नाफा गरेको छ । आव २०६५÷०६६ मा कम्पनीको खुद नाफा ७६ लाख ४१ हजार रुपैयाँ थियो । यो वर्ष ३ महिनामा २ करोड रुपैयाँ पि्रमियम संकलन भएको छ । गत वर्ष तीन महिनामा ४४ लाख रुपैयाँ मात्र पि्रमियम संकलन भएको थियो । यो हिसावमा पनि चालु वर्षमा नाफा धेरै दिन सकिन्छ । लगानीकर्तालाई सुरुकै वर्षदेखि लाभांश दिन सक्ने अवस्था रहेकोले सेयर खरिदका लागि धेरै गुणा आवेदन पर्नेछ ।

अहिले सम्म गुराँसले जीवन विमाको कति पोलिसि बिक्री गरेको छ
अहिले सम्म समग्र जीवन विमा कम्पनीले १० लाख पोलिसि बिक्री गरेका छन् । यसमध्ये गुराँसले २१ हजार पोलिसि बिक्री गरेको छ । गुराँसका शाखा २४ पुगेको छ । बिक्री केन्द्र २६ छन् । कम्पनीकै कर्मचारीका रुपमा ८९ जनाले रोजगारी पाएका छन् । अरु एजेन्टका रुपमा ४ हजार ५ सयले रोजगारी पाएका छन् । एजेन्टका लागि ८ हजारले तालिम लिइसकेका छन् ।

जीवन विमाको बजार वृद्वि कुन रुपमा भैरहेको छ
विमाको बजार बढ्दो क्रममा छ । जीवन विमाको बजार पनि बढिरहेको छ । वार्षिक करिव २२ प्रतिशतले जीवन विमाको बजार बढेको छ । ९ वटा जीवन विमा कम्पनी साचालनमा छन् । यी कम्पनी बीच तिव्र प्रतिस्पर्धा छ । स्वस्थ्य प्रतिस्पर्धा हुन सकेको छैन । कम्पनी बढेकोले गाउँमा समेत विमाको सेवा पुगेको छ । जनचेतना पनि बढेको छ ।

विमा कम्पनी थपिन आवश्यक छ कि छैन
अनुगमन र निरिक्षण बलियो रुपमा हुने हो भने जीवन विमा कम्पनी थपिनु पर्छ । अहिलेकै अवस्थामा कम्पनी थपिन हुँदैन । विमा समितिको अनुगमन र निरिक्षणको प्रभावकारिता बढाउन नसके कम्पनी थपेर मात्र हुँदैन । भारति विमा कम्पनीमा नेपालबाट धेरै रकम गैरहेको छ । यसलाई रोक्न सक्नुपर्छ । भारतिय कम्पनीले दिने वोनसको दर नेपालको भन्दा बढि भएकोले उता विमा गर्ने नेपाली धेरै छन् । यसलाई रोक्नुपर्छ ।

जीवन विमा गर्दा के फाइदा हुन्छ भन्ने बुझाउन नसेकेकोले धेरै नेपाली यसतर्फ आकर्षित हुन नसके जस्तो लाग्दैन
लाग्छ । यसका लागि विमा समितिमा १ प्रतिशत शुल्क बुझाउने गरिएको छ । कम्पनी र समितिले समेत विमाका लागि जनचेतना बढाउने कार्यक्रम ल्याउन जरुरी छ ।
जीवन विमा आफ्नो लागि होइन । कुने बेला के हुन्छ यो जिन्दगीको भन्नै सिकंदैन । कुनै अगंभंग हुनपनि सक्छ जुनसुकै बेला । यस्तो अवस्थामा आम्दानी गर्ने क्षमता नहुन सक्छ । यस्तो अवस्थामा आर्थिक सुरक्षाका लागि विमा आवश्यक पर्छ । निधन नै भए परिवारले आर्थिक राहत पाउँछन् । जीवन विमाले आर्थिक राहत दिन्छ भन्ने धेरैलाई बुझाउन बाँकी छ ।
युनाईटेड इन्स्युरेन्समा काम गरेको हिसावले निर्जिवन विमाको अनुभव तपाईसँग छ । स्वास्थ्य कृषि पशुपालनमा विमा कम्पनी किन आकर्षित नभएका होलान
स्वास्थ्य विमाका कार्यक्रम नै नआएका होइनन् । गत वर्षको बजेटमा पनि सरकारले स्वास्थ्य विमाको कार्यक्रम ल्याएको थियो । तर कार्यान्वयनमा आउन सकेन । सरकार र कम्पनीका तर्फबाट कार्यान्वयनका लागि गम्भीर पहल भएन ।

कृषि पशुपालनमा विमा कम्पनी जान नसक्नुको कारण यो क्षेत्र व्यवसायिक हुन नसक्नु हो । अन्तराष्ट्रिय क्षेत्रमा कृषि पशुपालन व्यवसायिक छ र यो क्षेत्रमा विमा कम्पनी गएका छन् । यो क्षेत्रमा घाटा हुने भएकोले निर्जिवन कम्पनी नगएका हुन ।

अनुगमन र निरिक्षणको जिम्मेवारी लिएको विमा समितिको प्रभावकारीता कस्तो छ
५ कम्पनी हुँदा अनुगमनका लागि गठन भएको विमा समितिको अवस्था अहिले पनि त्यस्तै छ । कम्पनीको संख्या २५ पुगिसकेको अवस्थामा समिति उही अवस्थामा रहँदा प्रभावकारी अनुगमन हुन सक्ने कुरै भएन । विमा मार्फत अर्थतन्त्रमा सहयोग गर्न समितिलाई प्रभावकारी बनाउन आवश्यक छ ।

विमा कम्पनीले संकलन गरेको पुँजीको लगानी पारदर्शि रुपमा नभएको गुनासो आउँछ । कस्तो छ लगानीको अवस्था
विमा समितिको लगानी निर्देशिका अनुरुप कम्पनीसँग रहेको रकम लगानी भएको छ । यसका लागि वाणिज्य बैंक विकास बैंक वित्त कम्पनी सरकारी ऋणपत्र सेयर लगायतका क्षेत्र तोकिएको छ । जग्गा लगायत २० लाख रुपैयाँ भन्दा बढिको यस्तै सम्पक्ति खरिद गर्दा समितिको स्वीकृति लिनुपर्ने व्यवस्था छ । समय अनुरुप विमा कम्पनीको पुँजी पुर्वाधारका क्षेात्रमा लगानी गर्ने व्यवस्थाका लागि निर्देशिका शंसोधन जरुरी छ । जलविद्युतको क्षेत्रमा विमा कम्पनीलाई लगानी गर्न दिए मुलुकका लागि सहयोग पुग्छ । यस्तो व्यवस्थाका लागि विमा समिति सँग आग्रह गर्दछु ।

No comments:

Post a Comment