Sunday, October 3, 2010

रियल स्टेट र हाउजिङ कर्जा २५ प्रतिशत भित्र छ

ग्लोबल बैंक करिव ३ वर्षअघि साचालनमा आएको हो । यो बैंक नयाँ मध्येको एक हो । बैंकले गतवर्ष १० करोड ५० लाख नाफा कमाएको छ । बजारमा सेयर मूल्य अरु नयाँ बैंकको हाराहारीमा नै छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रमा मर्जरका लागि प्रोत्साहन गर्ने नीति लिएको भएपनि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली अहिले नै विदेशी बैंक नेपालमा नआउने बताउँछन् । ज्ञवालीसँग नागरिकका नारायण सापकोटाले बैंककेा अवस्था र सेयर बजारका सम्वन्धमा गरेको कुराकानीको सार

ग्लोबल बैंकको पूँजी वृद्विको योजना के छ

बैंकको अहिलेको चुक्तापुँजी १ अर्ब ४७ करोड छ । जगेडा कोषमा २२ करोड छ । २०७० साल सम्म २ अर्ब चुक्तापुँजी पुर् याउन पर्छ । तत्काल पुँजी वृद्वि गर्नुपरेमा बजारको अवस्था हेरेर हकप्रद सेयर जारी गर्न सकिन्छ । हकप्रद सेयर जारी गर्ने विषय बजारको अवसरमा भर पर्छ । गत वर्षको तरलताको अवस्थाले कर्जा बढ्न सकेको छैन । पुँजी बढाउँदा कर्जा बढाएर प्रतिफल हासिल गर्न सकिने अवस्थामा हकप्रद बिक्री गर्ने हो । तत्काल आवश्यक नपरेमा विस्तारै वोनस सेयर दिएर पुँजीलाई २ अर्ब बनाउने योजनामा छौं ।

गत आर्थिक वर्षको वित्तीय विवरणलाई अन्तिम रुप दिने कार्य भैरहेको छ । केही समयमा नै साधारण सभा तोकिन्छ ।

अहिले केन्द्रीय बैंक र सरकारले मर्जरलाई प्राथमिकता दिने भनेका छन् । मर्जरमा जाने केही योजना छ
त्यस्तो केही योजना छैन । ठुलो हुँदा मानव शंसाधन लगायतको चुनौती बढ्छ । मर्जरमा जाँदा बैंक बलियो हुने अवस्था छैन । विश्वका केही अध्ययनले मर्जरबाट १५ प्रतिशत मात्रै सफलता हासिल भएको छ । यो हिसावले हेर्दा मर्जरलाई दिईएको अहिलेको प्राथमिकताले राम्रो गर्ने हो कि समस्या निम्त्याउने हो भन्न सिकंदैन ।

बैंकको रियल स्टेटमा गएको कर्जाको स्थिति के छ राष्ट्र बैंकले ल्याएको नीतिपछि जोखिम बढेको छ कि छैन
राष्ट्र बैंकले ल्याएको नीतिले ग्लोबल बैंकलाई केही फरक परेको छैन । हाउजिङ र रियलस्टेटमा गएको कर्जा सिमा भित्र नै छ । कुलमा २५ प्रतिशत कर्जा यी दुई क्षेत्रमा गएको छ । राष्ट्र बैंकको निर्देशनपछि पनि कर्जा घटाउनुपर्ने अवस्थामा हामी छैनौं । प्लटिङ जग्गामा बैंकको कर्जा नगन्य भएकोले कुनै अप्ठेरो नपरेको हो । समग्रमा राष्ट्र बैंककेा निर्देशनले कुनै जोखिम बढाएको छैन । टर्नओभर नै भएन भने समस्या आउने हो । यो सवैसरकारी नीति र आर्थिक नीतिमा भर पर्छ । कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ ।

राष्ट्र बैंकले ल्याएको मौदि्रक नीतिलाई बैंकहरुले कसरी लिएका छन्
राष्ट्र बैंकबाट शाखा स्थापनाका लागि स्वीकृति लिनुपर्ने व्यवस्था नभएको भए धेरै राम्रो हुन्थ्यो । अहिलेको नीतिगत व्यवस्थाका आधारमा स्वीकृति लिएर विगतमा बैंकहरुका यति धेरै शाखा स्थापना हुन सक्ने थिएनन् । शाखा स्थापना भएर सर्वसाधारणले घर नजिकैबाट सुविधा पाउनुलाई सकारात्मक रुपमा लिनुपर्छ ।

दुर्गममा शाखा खोल्न अनिवार्य गरेर पुर्व स्वीकृति लिनुपर्ने व्यवस्था नगरेको भए हुन्थ्यो । ग्लोबल बैंक यो वर्ष थप शाखा विस्तारको योजनामा छैन । बैंकका शाखा पुर्व देखि पश्चिम सम्म २८ पुगि सकेका छन् । हामी क्षमता अभिवृद्विमा लाग्छौं ।

गत वर्षको नाफा १० करोड ५१ लाख रुपैयाँ देखियो । यो नाफाबाट लगानीकर्ताले के पाउँछन्
लगानीकर्तालाई नगद लाभांश दिने कि वोनस सेयर दिने भन्ने निर्णय बैंक साचालक समितिले गर्नेछ । यो विषयमा अहिले केही छलफल भएको छैन । बैंक साचालक समितिले केही दिनमा नै यो विषयमा निर्णय लिनेछ ।

नयाँ बैंक मध्ये यो बैंकको अवस्थालाई कसरी लिन मिल्छ
नयाँ एक बाहेक अरुभन्दा हाम्रो बैंक अगाडी छ । शाखा स्थापना प्रविधिमा लगानी भएकोले खर्च केही बढेको छ । साचालन नाफाका आधारमा बैंकको अवस्था सकारात्मक मान्नुपर्छ ।




नेपालमा विदेशी बैंकका शाखा खुल्न सक्ने व्यवस्था गरिएको छ । भारतमा बैंकिङ क्षेत्रमा समेत केही वर्ष काम गरेको अनुभवका आधारमा भन्नपर्दा नेपालमा विदेशी बैंक आउलान कि नआउलान

नेपालमा आउन चाहने भारत र चीनबाट नै हो ।सानो बजार र उच्च जोखिमले विदेशी नेपालमा आउने अवस्थामा छैनन् । विश्वमा मन्दी आएकोले नेपालको सानो बजारमा विदेशी बैंक तत्काल आउन चाहे जस्तो देिखंदैन । भारत र चीनको बजारलाई हेरेर भविप्यमा विदेशी बैंकका शाखा आउने संभावना छ ।

मुलुकको सेयर बजारको अवस्थालाई अहिले कसरी लिनुभएको छ
पहिले सेयरको मूल्य उच्च थियो । के कारणले मूल्य अकाशिएको थियो भन्न सकिन्न । फेरि अहिले बजार ओरालो गतिमा छ । सेयर बजारबाट सुनमा लगानी गएको अनुमान छ । सुनको अन्तराष्ट्रिय बजार सकारात्मक भएकोले यसमा लगानी गएको हुनसक्छ ।
तर बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल राम्रो नै छ । नकारात्मक अवस्था छैन । सर्वसाधारणमा बैंक तथा वित्तीय संस्थाको नकारात्मक अवस्थाको प्रचारले समेत बजार घटाएको हुनसक्छ । वास्तविक रुपमा बैंकहरु हिजो भन्दा आज हरेक हिसावमा बलियो भएका छन् । जोखिम बहन गर्ने क्षमता राख्छन् ।

ग्लोबल बैंकको अहिलेको सेयर मूल्य स्वभाविक हो कि अस्वभाविक
मूल्य बजारले निर्धारण गर्ने हो । यो मूल्य बजारले निर्धारण गरेको हो । बजारले निर्धारण गरेको मूल्यलाई अस्वभाविक भन्ने कुरै आउँदैन ।

धितोपत्र बोर्डले १ अर्ब चुक्तापुँजी भएका बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनीका रुपमा सामूहिक लगानी कोष स्थापना गर्न सक्ने व्यवस्था गरेको छ । बैंकले यस्तो कोष स्थापना गर्न केही योजना बनाएको छ
यस्तो कोष स्थापनाका लागि १० करोडको चुक्तापुँजी चाहिने व्यवस्था छ । तर बैंकले यो विषयमा अहिले सम्म छलफल गरेको छैन ।

बैंकका कार्यकारी प्रमुखको सेवा सुविधा कसरी निर्धारण गर्नुपर्ला
नीजिक्षेत्रको सेवा सुविधा पारिश्रमिक कम्पनीको साचालक समितिले नै गर्ने विश्वव्यापी नियम हो । यहाँ पनि यो काम बोर्डको हो । यसका लागि नियामक निकाय राष्ट्र बैंकको चासोलाई सकारात्मक रुपमा लिनुपर्छ ।

बैंकले कर्जा प्रवाहका लागि कुन कुन क्षेत्रलाई प्राथमिकता दिएको छ
बैंकहरुले त्यस्तो कुनै उल्लेख्य योजना बनाएको छैन । साना तथा मध्यम योजनाठुलामा सिमेन्टजलविद्युतमा कर्जा दिइनै रहेका छौं । अझै केही ठुला योजनामा कर्जा दिने योजनामा छौं । बैंकको प्राथमिकता साना तथा मझौला उद्योगमा हो ।

बैंकका नयाँ योजना के छन्
अहिले नै क्रेडिट कार्ड प्रयोग भएपछि मोवाइलमा एसएमएस आउने व्यवस्था गरेका छौं । यो अहिले सम्मकै पहिलो व्यवस्था हो । कुनै पनि क्षेत्रमा एग्रेसिभ रुपमा बैंक जाने योजना बैंकको छैन ।

No comments:

Post a Comment