Saturday, October 9, 2010

चल सम्पत्तिमा कर्जा दिन बैंकहरुलाई सहजता

नागरिक संवाददाता
काठमाडौं असोज 21
सुरक्षित कारोवार ऐन वमोजिम चल सम्पत्ति दर्ता गर्ने व्यवस्था भएपछि बैंकहरुलाई कर्जा प्रवाह गर्न सहज हुने भएको छ । पाउन बाँकी रकमको करारनामा र भण्डारण गरिएका वस्तुको दर्ता गर्ने निकायको व्यवस्थाले यो क्षेत्रमा कर्जा प्रवाह सहज हुने भएको हो ।

सुरक्षित कारोवार ऐन २०६३ वमोजिमको दर्ता कार्यालयको काम गर्ने जिम्मेवारी कर्जा सूचना केन्द्रलाई दिने सहमतिपछि कर्जा प्रवाहको वातावरण बनेको हो । केन्द्रमा दर्ताको काम सुरु हुने केही समय लाग्नेछ । ुचल सम्पत्ति दर्ता गर्ने व्यवस्थाले अब बैंकहरुलाई कर्जा प्रवाह सहज भएको छु नेपाल बैंकस्र संघका उपाध्यक्ष राजनिसंह भण्डारीले बिहीबार नागरिकसँग भने ।

फलिरहेको अन्नबाली उठाउन बाँकी रकम करारनामा बहिखाता धरौटी वन्धकी हायर पर्चेज लगायतका धितोमा बैंकहरुले कर्जा दिने छन् । बैंकले कर्जा दिनुअघि कार्यालयमा दर्ता गर्नुपर्छ । ुगाई वस्तु धितो राखेर पनि बैंकहरुले कर्जा दिन सक्ने छन्ु दर्ता कार्यालयका रजिस्टार सिताराम रेग्मीले भने ।

दर्ता गरेपछि यस्ता वस्तुलाई बैंकहरुले धितोका रुपमा स्वीकार गर्छन । दर्ता गरेका वस्तु फुकुवाका लागि बैंकहरुले अनुरोध नगरे सम्म रोक्का हुन्छन् । रोक्का भएका चल सम्पत्तिमा फेरि बैंकले कर्जा दिन सक्दैनन् । यसले बैंकहरुको कर्जा सुरक्षित हुने भण्डारीले बताए ।

सवै प्रकारका चल सम्पत्ति खरिद गर्न चाहनेले दर्ता कार्यालयको अभिलेख हेरर त्यस्तो वस्तु खरिद गर्नुपर्ने व्यवस्था ऐनले गरेको छ । अहिले सम्म बैंकले केही सिमित व्यक्तिलाई चल सम्पत्तिको धितोमा कर्जा िदंदै आएका छन् । ुघरजग्गा सवारीसाधन जसरी नै रोक्का गर्ने व्यवस्था नभएका सम्पत्तिमा सिमित कर्जा गएको छु भण्डारीले भने ।

चल सम्पत्तिलाई मात्र अहिले सम्म कर्जाका लागि सुरक्षित ठान्दै आएका छन् । यसका लागि घरजग्गा धितो नै अत्यधिक प्रयोगमा छ । सुन सेयरको धितोमा समेत बैंकहरुले कर्जा िदंदै आएका छन् । तर चल सम्पत्ति धितोका रुपमा स्वीकार्ने क्रम न्युन छ ।
दर्ताको व्यवस्था नभएकोले एउटै चल सम्पत्तिमा समेत धेरै बैंकको कर्जा प्रवाह हुने गरेको थियो । वाणिज्य बैंकले यो क्षेत्रमा पुर्ण रुपमा कर्जा प्रवाह गर्न पाउँछन । ुविकास बैंकलाई समेत परियोजना कर्जामा सहज हुने छु एस डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सिद्वान्तराज पाण्डेले भने ।

No comments:

Post a Comment