Sunday, October 3, 2010

राष्ट्र बैंकले सेयरधनीको तथ्यांक संकलन गर्ने

नागरिक संवाददाता
काठमाडौं असोज 12
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको साधारण र संस्थापक सेयरको तथ्यांक संकलन गर्ने भएको छ । ुयसका लागि सवै बैंक तथा वित्तीय संस्थामा ० दशलमव ५ प्रतिशत भन्दा बढि सेयर हुनेको तथ्यांक पठाउन पत्राचार गरिएको छु राष्ट्र बैंकका एक अधिकारीले नागरिकसँग भने ।
केहीदिनमा नै तथ्यांक पठाउन राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकसँग अहिले सम्म कुन संस्थाका संस्थापकको सेयर कति छ भन्ने अभिलेख छैन । दुई प्रतिशत सम्मको संस्थापक सेयर खरिद बिक्री हुँदा राष्ट्र बैंकलाई जानकारी गराउन नपर्ने व्यवस्था छ । यो व्यवस्थाले सेयरधनीको सवै अभिलेख राष्ट्र बैंकसँग नभएको अधिकारीहरुले जनाएका छन् । केन्द्रीय बैंकसँग अभिलेख नभएकोले संस्थापकको दावीलाई केन्द्रीय बैंकले आधिकारिक मान्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाको सेयरलाई संस्थापक र साधारण गरि विभाजन गरिएको छ । एक संस्थामा १५ प्रतिशत संस्थापक सेयर हुनेले अर्कोको १ प्रतिशत भन्दा बढि सेयर राख्न पाउँदैन । बैंकका यस्ता संस्थापकले साधारण सेयर पनि यो अनुपात भन्दा बढि राख्न पाउँदैनन् । ुअहिले अभिलेख नराखिएकोले एउटा संस्थाको १५ प्रतिशत संस्थापक सेयर हुनेसँग अरुको साधारण सेयर १ प्रतिशत भन्दा बढि भएको अनुमान छु ती अधिकारीले भने-ुतथ्यांक संकलन भएपछि वास्तविकता पत्ता लाग्छ ।ु

यस्तो अन्योलको अवस्था अन्त्य गर्न तथ्यांक संकलन गर्न लागिएको ती अधिकारीले बताए । एक संस्थामा १५ प्रतिशत सेयर हुनेले अर्को कुनै वित्तीय संस्थामा रहेको सेयर २०६८ सम्म १ प्रतिशत भित्र झारिसक्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । २०६५ मा नै कार्यान्वयनमा आइसक्नुपर्ने यो व्यवस्था सरकारी बैंकले कार्यान्वयनमा नल्याएकोले बढाईएको छ ।

विस्तारै एउटै व्यक्ति र समूहको एक भन्दा बढि बैंक तथा वित्तीय संस्थामा सेयर रहन नदिने नीति राष्ट्र बैंकले लिएको छ । यसका लागि उसले मर्जरलाई प्रोत्साहन दिएको छ । एउटै समूहका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्साहित गरिने ती अधिकारीले बताए । धेरै संस्थामा अधिकतम सेयर रहेका एउटै व्यक्ति र समूहले मर्जरमा जान चासो देखाएको जानकारी पनि ती अधिकारीले दिए ।

चालु वर्षको मौदि्रक नीति मार्फत संस्थापक सेयर धितो राखेर बैंक कर्जामा कडाई गरिएको छ । संस्थापकले ५० प्रतिशत सेयर मात्रै धितो राखेर कर्जा लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो हिसावमा संस्थापकले कुल सेयरको ३० प्रतिशत मात्र कर्जा लिन सक्ने छन् । सेयर धितोमा बजार मूल्यको बढिमा ६० प्रतिशत मात्र कर्जा लिन सकिने व्यवस्था छ ।

No comments:

Post a Comment