Tuesday, October 5, 2010

सिडिएस नियमावली पारित

नारायण सापकोटा
काठमाडौं असोज १७


छिनभरमा नै सेयरको नामसारी गरी बजारलाई आधुनिकीकरण गर्न केन्द्रीय निक्षेप प्रणाली सिडिएस नियमावली अर्थमन्त्रालयले स्वीकृत गरेको छ ।

अर्थमन्त्री सुरेन्द्र पाण्डेको मन्त्रीस्तरिय निर्णयबाट आइतबार नियमावली स्वीकृति भएको हो । मन्त्रालयबाट नियमावली पारित भएको जानकारी आएको जनाउँदै धितोपत्र बोर्डका अध्यक्ष शुरवीर पौड्यालले भने- कार्यान्वयनमा ल्याउने मिति मन्त्रालयबाट पत्राचार भएपछि तय हुनेछ ।

नियमावली पारित भएपछि सिडिएस कम्पनी दर्ताको बाटो खुला भएको छ । धितोपत्र सम्वन्धि ऐन २०६३ को दफा ११६ को व्यवस्था वमोजिम नियमावली ल्याएर सिडिएस स्थापना गर्न लागिएको हो ।

कम्पनीमा स्टक एक्सचेन्जको ५१ र बाँकी बैंक तथा वित्तीय संस्था नागरिक लगानी कोषसँग रहने तय भएको छ ।ुकम्पनी स्थापनाको सवै गृहकार्य पुरा भएको छु एक्सचेन्जका महाप्रवन्धक शंकरमान िसंहले भने-ुनियमावली पारित भएको जानकारी आएपछि कम्पनी दर्ता प्रकि्रया अगाडी बढ्छ ।ु

सिडिएस स्थापनाका लागि भारतले नगद र प्राविधिक समेत करिव १४ करोड रुपैयाँ सहयोग उपलव्ध गराउनेछ । सुरुमा ३० करोड चुक्तापुँजी रहेको कम्पनी स्थापना गर्ने योजना छ । सिडिएस सफ्टवेयर निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको जानकारी आएको िसंहले बताए । ुआगामी चार महिनामा सिडिएस साचालन हुने छु उनले भने ।

धितोपत्रलाई विद्युतिय रुपमा परिवर्तन गरि निक्षेप राख्ने र लगानीकर्ताको माग वमोजिम भौतिक रुपमा परिणत गर्ने यसको प्रमुख उदेश्य छ । यसबाट सेयरको नामसारी गर्न १ महिना कुर्नुपर्ने अहिलेको अवस्थाबाट लगानीकर्ताले मुक्ति पाउनेछन् ।

एकदिनमा पटक पटक सेयर विद्युतिय धितोपत्र सेवा उपलव्ध गराउने कारोवारपछि राफसाफ गर्ने लगानीकर्ताको विद्युतिय खाता खोल्ने हस्तान्तरणका लागि निश्चित पद्वति विकास गर्ने जारी धितोपत्र जम्मा गरी निक्षेपकर्तालाई निस्सा दिने विद्युतिय धितोपत्र राखी ऋण दिने र इन्टरनेट सेवा सिडिएसले दिनेछ ।

धितोपत्रधनीसँग सम्झौता गरी उनीहरुका लागि खाता खोल्ने संगठित संस्थासँग धितोपत्र निक्षेप लिने लगानीकर्ताको अभिलेख विद्युतिय र दर्ता किताब दुवै माध्यममा राख्नुपर्ने व्यवस्था छ ।
स्नाकोत्तर चाटर्ड एकाउन्टेन्ट वित्तीय क्षेत्रमा पाँच वर्षको अनुभव भएको व्यक्ति कम्पनीको कार्यकारी प्रमुख हुनेछ । सरकारले अनुमति दिएको अवस्थामा बाहेक नेपाली नागरिक नै कार्यकारी प्रमुख हुने व्यवस्था छ । प्रमुखको नियुक्ति साचालक समितिले गर्नेछ । सिडिएसमा तीन स्वतन्त्र साचालक सहित नौ जनाको साचालक समिति बन्नेछ ।
धितोपत्र बजारमा सूचिकृत बैंक कर्जा सूचना केन्द्रको कालोसूचिमा नरहेको लगातार तीन वर्ष वित्तीय विवरणको लेखापरिक्षण भएको चुक्तापुँजी भन्दा नेटवर्थ कम नभएको पाँच विकास क्षेत्रमा शाखा कार्यालय स्थापना भएका संस्था कम्पनीको निक्षेप सदस्य हुनेछन् । कारोवार थाल्नुअघि सदस्यले कम्पनीमा धरौटी राख्नुपर्नेछ ।
बोर्डबाट प्रमाणपत्र लिएको कम्पनीले लगानीकर्तालाई सेवा दिनुअघि केन्द्रिय निक्षेप कम्पनीको सदस्यता लिनुपर्नेछ । केन्द्रिय निक्षेप कम्पनीसँग सदस्यता लिएका धितोपत्र व्यवसायी वा संगठित संस्था नै निक्षेप सदस्य हुन् ।
सवै धितोपत्रको कारोवार राफसाफ र नामसारीका लागि कम्पनीमा निक्षेप गराउनुपर्नेछ । सरकारी ऋणपत्र कमसर्ियल पेपर मौज्दात प्रमाणपत्र वस्तु बजारका भर्पाइ र प्रमाणपत्र समेत निक्षेप राख्न सकिने नियमावलीमा छ । मुद्रा बजारका उपकरण समेत निक्षेप गर्न सकिने छ । बोर्डमा दर्ता भएको धितोपत्र मात्रै निक्षेप गर्न पाईने व्यवस्था गरिएको छ । निक्षेपमा लिएका सवै धितोपत्रको विद्युतिय अभिलेख कम्पनीले राख्नेछ । यो कम्पनी साचालनमा आउनुअघि साचालनमा रहेका संस्थाले एकवर्षभित्र धितोपत्र निक्षेप गराईसक्नुपर्ने व्यवस्था छ ।
धितोपत्र खरिद बिक्री गर्न चाहने लगानीकर्ताले कम्पनीमा अनिवार्य खाता खोल्नुपर्नेछ । कम्पनीमा खाता खोल्न चाहने लगानीकर्ताले निक्षेप सदस्य संस्थामा व्यक्तिगत रुपमा उपस्थित भई निवेदन दिनुपर्ने व्यवस्था छ । प्रत्येक लगानीकर्ताको अलग अलग खाता कम्पनीमा रहनेछ । एक लगानीकर्ताले एकभन्दा बढी खाता खोल्न नपाउने मस्यौदामा छ ।
कम्पनीले बोर्डको स्वीकृतिमा शाखा समेत खोल्न पाउनेछ । हरेक कारोवारको न्युनतम ३ रुपैयाँ कर लगानीकर्ताले कम्पनीलाई बुझाउनुपर्नेछ । कम्पनीको सकि्रयतामा राफसाफ कोष खडा हुनेछ । यसमा कम्पनीले सुरुमा एक करोड रुपैयाँ राख्नेछ । निक्षेप सदस्यले समेत यसमा पैसा राख्नुपर्ने व्यवस्था छ ।
सिडिएस साचालनमा आएपछि मुलुकको सेयर बजार आधुनिकीकरण हुनेछ । कारोवार उच्चदरमा बढ्नेछ । लगानीकर्ताले अहिले सेयर नामसारीमा भोगिरहेको झन्झट समाप्तहुनेछ ।

No comments:

Post a Comment