Wednesday, October 6, 2010

शोधनान्तर घाटा ३१ करोडमा झर् यो

निर्यात १७ प्रतिशत घट्यो
आयात १९ प्रतिशत बढ्यो

नागरिक संवाददाता
कााठमाडौं असोज 19
गत वर्ष उच्च रहेको शोधनान्तर घाटा चालु आर्थिक वर्षको पहिलो महिनामा घटेर ३१ करोड २८ लाखमा आइपुगेको छ ।
शोधनान्तर घाटा कम हुनु अर्थतन्त्रका लागि सहज अवस्था हो । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक अवस्थाबारे मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा शोधनान्तर घाटा ८ अर्ब ४४ करोड थियो । चालु खाता २ अर्ब ४२ करोडले घाटामा छ । अघिल्लो वर्ष सोही अवधिमा यो खाता २० करोड ५४ लाखले बचतमा थियो ।
समीक्षा अवधिमा वस्तु तथा सेवा व्यापार घाटामा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता घाटा उच्च रहन गएको हो । ट्रान्सफरअन्तर्गत यो अवधिमा ७ दशमलवग ८ प्रतिशतले विप्रेषण वृद्धि भएको छ । अघिल्लो वर्ष ३५ दशमलव ३ प्रतिशतले बढको थियो ।
पहिलो महिना कुल वस्तु निर्यात १७ दशमलव २ प्रतिशतले घटेको छ । गत वर्ष सोही अवधिमा १५ दशमलव ६ प्रतिशतले बढेको थियो । कुल निर्यातमध्ये भारततर्पु गत वर्ष ६ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । निर्यात भने १२ दशमलव १ प्रतिशतलॆ बढेको छ । अन्य देशतर्फको निर्यात गत वर्षको तुलनामा २५ दशमलव ४ प्रतिशत बढेको थियो भने चालु वर्ष ४४ दशमलव ८ प्रतिशतले घटेको छ ।
भारततर्पु जुटका सामान एमएस पाइप आयुर्वेदिक औषधी पिना र प्लास्टिकका घरायसी सामानको निर्यात बढेको छ । अन्य मुलुकतर्पु विशेषगरी दाल नेपाली कागज र यसबाट बनेका वस्तु पस्मिना सुन र चाँदीका गरगहना जडीबुटी निर्यातमा ह्रास आएको छ ।
समीक्षा अवधिमा कुल आयात १९ दशमलव ४ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो महिना १९ प्रतिशतले आयात बढेको थियो । कुल आयातमध्ये भारतसँगको आयात ३४ दशमलव ३ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा १६ दशमलव ६ प्रतिशतले भारतबाट आयात वृद्धि भएको थियो । अन्य मुलुकबाट भएको आयात गत वर्षको पहिलो महिना २२ दशमलव ५ प्रतिशतले बढेकोमा समीक्षा अवधिमा २ दशमलव १ प्रतिशतले घटेको छ ।
भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ एमएस बिलेट रसायनिक मल मेसिनरी तथा पाटर््स कोल्डरोल्ड सिट इन क्वाइल र अन्य मुलुकबाट विशेष कच्चा पाम तेल साचार उपकरण तथा पार्टस अन्य मेसिनरी पार्ट्स एमएस बिलेट टेलिभिजन तथा पार्टपुर्जा आयातमा वृद्धि आएकोले पहिलो महिना कुल आयात बढेको हो ।
२०६७ साउन मसान्तमा कुल विदेशी विनिमय सिाचति २ खर्ब ६७ अर्ब ८५ करोड पुगेको छ । २०६७ असार मसान्तको तुलनामा सिाचति शुन्य दशमलव ५ प्रतिशतले बढेको छ । अमेरिकी डलरमा २०६७ असारदेखि साउनसम्ममा कुल सिाचति शून्य दशमलव ४ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड डलर पुगेको छ । गत वर्ष सिाचति अमेरिकी डलरमा गणना गर्दा ४ दशमलव ४ प्रतिशतले घटेको थियो । पहिलो महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सिाचतिको विद्यमान स्तरलॆ ८ दशमलव ८ महिनाको वस्तु आयात र ७ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेकॊ राष्ट्र बैंकले जनाएको छ ।
सरकारी बजेट ४ अर्ब ९७ करोडले बचतमा छ । समीक्षा अवधिमा सरकारी खर्चको तुलनामा राजस्व परिचालन उच्च रहेकाले सरकारी बजेट बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट ३ अर्ब १८ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्चमा ८ दशमलव १ प्रतिशतले कमी आई ९ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा सरकारी खर्च ४४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा चालु खर्चमा उल्लेख्य वृद्धि भए पनि पँुजीगत खर्च सावाँ भुक्तानी र पि्रुज खर्चमा कमी आएकाले कुल सरकारी खर्चको वृद्धिदर घटेको हो । यो साउन महिनाको तथ्यांक हो ।
आर्थिक वर्ष २०६७÷०६८ को पहिलो महिना सरकारलाई वैदेशिक नगद ऋणवापत् १८ करोड ३५ लाख र वैदेशिक नगद अनुदान वापत् १ अर्ब २८ करोड प्राप्त भएको छ । अघिल्लो वर्ष यही अवधिमा ती शीर्षकमा २० करोड ८७ लाख र १ अर्ब ५० करोड प्राप्त भएको थियो ।
पहिलो महिना विस्तृत मुद्राप्रदाय शून्य दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ दशमलव ६ प्रतिशतले बढेको थियो । सँकुचित मुद्राप्रदाय अघिल्लो वर्ष ५ दशमलव १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा ४ दशमलव २ प्रतिशतले घटेको छ । आवधिक निक्षेप अघिल्लो वर्ष ४ दशमलव ६ प्रतिशतले बढेकेामा समीक्षा अवधिमा शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।
आन्तरिक कर्जा १ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष्रको सोही अवधिमा यस्तो कर्जा १ दशमलव ७ प्रतिशतले घटेको थियो । वाणिज्य बैंकको कुल निक्षेप परिचालन ३ अर्ब २७ करोडले घटी २०६७ साउन मसान्तमा ६ खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्ष कुल निक्षेप परिचालन ५ अर्बले बढेको थियो । त्यस्तै समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रतर्फको कर्जा शून्य दशमलव ८ प्रतिशत ३ अर्ब ७६ करोड ले घटेको छ । अघिल्लो वर्ष शून्य दशमलव ३ प्रतिशत १ अर्ब २१ करोड ले बढेको थियो ।
नयाँ मूल्य सूचकांक साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ९ दशमलव ५ प्रतिशत छ । यसै आधारमा मापन गर्दा अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १० दशमलव १ प्रतिशत थियो । आर्थिक वर्ष २०५२÷०५३ को आधारमा तयार गरिएको मूल्य सूचकांकअनुसार यस्तो वृद्धि १० दशमलव ४ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा वार्षिक विन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक १४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष २२ दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा तलव उप-सूचकांकमा कुनै वृद्धि नभए पनि ज्यालादरमा भएको वृद्धिका कारण समग्र सूचकांकमा वृद्धि देखिएको हो । कृषि मजदुरको २८ दशमलव ६ औद्योगिक मजदुर ३ दशमलव ९ र निर्माण मजदुरको १५ दशमलव ८ प्रतिशतले ज्याला दर बढेको छ ।

No comments:

Post a Comment