Monday, October 11, 2010

कम्पनीहरु संस्थापक सेयर साधारणमा परिणत गर्ने प्रकि्रयामा

नागरिक संवाददाता
काठमाडौं असोज 24
संस्थापक सेयर साधारणमा परिणत गर्ने धितोपत्र बोर्डको नियम भित्र कम्पनीहरु प्रवेश गरेका छन् । सर्वसाधारणलाई सूचना आव्हान गरि सेयर बिक्री गर्न चाहने केही कम्पनीले यसका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

यसरी आवेदन दिने कम्पनीमा एस डेभलपमेन्ट बैंक र बुटवल फाइनान्स छन् । एसले ६ लाख ७५ हजार कित्ता र बुटवलले ७३ हजार ७ सय ७० कित्ता संस्थापक सेयर साधारणमा परिणत गर्न आवेदन दिएका छन् । बोर्डले स्वीकृति दिएपछि बिक्री प्रबन्धक मार्फत सर्वसाधारणलाई सेयर खरिदका लागि कम्पनीले आव्हान गर्नुपर्नेछ ।

ुअरु कम्पनी पनि संस्थापक सेयरलाई साधारणमा परिणत गर्न यही प्रकि्रयामा आउने क्रममा छन्ु बोर्डका उप निर्देशक ध्रुव तिम_िल्सनाले आइतबार नागरिकसँग भने ।

बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयर ५१ प्रतिशतमा सिमित गरेपुग्ने व्यवस्था गरेपछि कम्पनीहरुले संस्थापक सेयर सोझै साधारणमा परिणत गर्न थालेका थिए । पछि बोर्डले नियम बनाएर संस्थापक सेयर साधारणमा परिणत गर्न ुपव्लिक अफरिङु मार्फत जानुपर्ने व्यवस्था गरेको थियो । यसपछि केही कम्पनीले यस्तो व्यवस्थाप्रति असहमति जनाएका थिए । विरोध जनाउने कम्पनीले संस्थापक सेयर स्वत सााधारणमा परिणत हुनुपर्ने माग राखेका थिए । संस्थापक सेयर साधारणमा परिणत गरिसकेका केही कम्पनीले यो व्यवस्थाबाट उन्मुक्ति पाएका छन् ।

सर्वसाधारणलाई सूचना निकालेर बिक्री नभएमा यस्तो सेयर संस्थापक समूहमा नै रहनेछ । सर्वसाधारण समूहमा परिणत गर्ने घोषणा गर्ने कम्पनीले प्रवन्धपत्र र नियमावली शंसोधन गरि बोर्डबाट स्वीकृति लिनुपर्नेछ । अब यही प्रकि्रयामा नछिरि संस्थापक सेयर साधारणमा परिणत हुन नसक्ने तिम_िल्सनाले बताए ।


नेपाल आवास वित्त कम्पनीमा रहेको राष्ट्रिय वाणिज्य बैंकको संस्थापक सेयर बिक्री स्वीकृतिका लागि बोर्डमा आवेदन पेश भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको राष्ट्रिय वाणिज्य बैंकको संस्थापक सेयर बिक्रीका लागि बोर्डसँग स्वीकृति मागिएको छ । ुयी दुई कम्पनीको सेयर संस्थापक समूहमा नै रहने छु तिम_िल्सनाले भने ।

थप सेयर

चालु आर्थिक वर्षमा बोर्डले ९ कम्पनीलाई ५ करोड ५० लाख रुपैयाँको हकप्रद सेयर निस्काशनका लागि अनुमति दिएको छ । चालु वर्षमा ३ कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्ने स्वीकृति बोर्डबाट लिएका छन् । यो वर्ष सर्वसाधारणलाई सेयर बिक्री अनुमति पाउनेमा कामना विकास बैंक कन्ट्री डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रो कम्पनी छन् ।
गत वर्ष ३५ कम्पनीले १० अर्ब ९६ करोड २७ लाखको हकप्रद सेयर बिक्री अनुमति बोर्डबाट पाएका थिए । ३७ कम्पनीले ३ अर्ब १४ करोडको सेयर सर्वसाधारणलाई बिक्री गर्न स्वीकृति लिएका थिए ।
चालु वर्षको असोज अन्तिम सम्म १२ कम्पनीले १९ करोड ८२ लाखको सेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएका छन् । हकप्रद सेयर बिक्री गर्ने अनुमतिको पर्खाइमा २३ कम्पनी छन् । यी कम्पनीले ५ अर्ब ४५ करोडको हकप्रद सेयर बिक्री गर्न बोर्डमा आवेदन दिएका हुन् ।
बोर्डमा आवेदन दिएर पनि लामो अवधि सम्म आवश्यक कागजात नबुझाउने कम्पनी धेरै रहेको तिम_िल्सनाले बताए । ुबोर्डको तर्फबाट कुनै पनि कम्पनीको साधारण र हकप्रद निस्काशनमा ढिलाई भएको छैनु उनले भने ।
संस्थापकले सर्वसाधारणलाई हकप्रद बिक्रीको सूचना निकाल्नुअघि नै रकम जम्मा गर्नुपर्ने भएकोले कम्पनीका तर्फबाट नै आवश्यक प्रकि्रयामा ढिलाई भएको तिम_िल्सनाको विश्लेषण छ ।
एक पटक हकप्रद सेयर बिक्री गरेको १ सय ८० दिन पुरा नभएकोले पनि केही कम्पनीले निस्काशनको स्वीकृति नपाएको जानकारी उनले दिए । प्रकि्रया पुरा गर्नेलाई एक साता भित्र नै स्वीकृति दिने गरिएको तिम_िल्सनाले बताए । विगतका वर्षका तुलनामा चालु वर्ष हकप्रद सेयर निस्काशनका लागि स्वीकृति माग्ने कम्पनीको चाप कम भएको बोर्डले जनाएको छ ।

No comments:

Post a Comment