Tuesday, October 5, 2010

इन्भेस्टमेन्ट बैंक नगद लाभांश

नागरिक संवाददाता
काठमाडौं असोज ३
नेपाल इन्भेस्टमेन्ट बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । गत शुक्रबार बैंकको साचालक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय साधारण सभाबाट पारित भै राष्ट्र बैंकले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । बैंकको चुक्तापुँजी २ अर्ब ४० करोड छ । बैंकको निक्षेप करिव ५० अर्ब रुपैयाँ छ।
बैंकका ४१ शाखा छन् । ६७ एटिएम छन् । बैंकले यो वर्ष १० शाखा र २० एटिएम थप्ने विज्ञप्तिमा छ ।

No comments:

Post a Comment