Tuesday, October 12, 2010

दसैंमा १६ अर्ब नयाँ नोट नोटको कमी छैन ः राष्ट्र बैंक

नारायण सापकोटा
काठमाडौं असोज 25
दसैंमा १६ अर्ब नयाँ नोट
नोटको कमी छैन ः राष्ट्र बैंक

दसैंका लागि राष्ट्र बैंकले सोमबारसम्म बजारमा १६ अर्ब रुपैयाँको नोट थपेको छ । बुधबारसम्म थप ४ अर्ब बजारमा जाँदा यस वर्ष दसैंमा २० अर्ब नयाँ नोट जाने बैंकले जनाएको छ ।
गत वर्ष दसैंमा बैंकहरुलाई आवश्यक नोट दिन नसकेपछि राष्ट्र बैंकले तीन वर्षका लागि छपाउन दिइसकेको छ । राष्ट्र बैंकले यस वर्ष दसैंमा २५ अर्ब नयाँ र प्रचलनमा आइसकेका नोट बजारमा पठाउने व्यवस्था गरेको छ ।
ुयही अनुमानभित्रै नोट बाहिरिने स्थिति छु राष्ट्र बैंकका कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरले नागरिकसँग भने ुयस वर्ष नोटको कमी छैन ।ु
असोज १ सम्म १ खर्ब ५१ अर्ब रुपैयाँका नोट बजारमा थिए भने असोज २४ मा१ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । यस वर्षको दसैंमा ठूला नोटको सटहीसहित ३५ अर्ब रुपैयाँ बजारमा गएको राष्ट्र बैंकले जनाएको छ ।
गत वर्ष दसैंमा ६ अर्ब नयाँ नोट बजारमा गएको थियो । गत वर्ष नोटको अभाव भएकाले केन्द्रीय बैंकले यस वर्ष मागभन्दा अधिक नोट बजारमा पठाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले आवश्यक रकम पठाउँदा पनि बैंकहरुले नयाँ नोट ग्राहकमा केन्द्रित गर्दा सर्वसाधारणले सहज रुपमा पाउन सकेका छैनन् । मागेजति नयाँ नोट दिन नसके पनि प्रचलनमा आएका सग्ला नोट पर्याप्त रहेको बैंकरले जनाएका छन् । ुयस वर्ष झुत्रा नोट प्रयोग गर्नुपर्ने स्थिति छैनु नेपाल बैंकस्र संघका अध्यक्ष शशीन जोशीले भने ुसबै बैंकमा नोटको पर्याप्त व्यवस्था छ ।ु
राष्ट्र बैंकले थापाथली कार्यालयमा चार काउन्टरबाट नयाँ नोट साट्ने सुविधा दिएको छ त्यहाँ दुई घन्टासम्म कुरेर नयाँ नोट साट्नुपरेको ग्राहकको गुनासो थियो ।
अन्तिम समय नोट पठाउन नसकिने जनाउँदै राष्ट्र बैंकले पर्याप्त मौज्दात रहँदै माग गर्न निर्देशन दिएको थियो ।
हवाई सेवामा आएको कठिनाइले खाँदबारीमा नोट पुर् याउन नसकिएको केन्द्रीय बैंक अधिकारीहरुले जनाएका छन् । काठमाडौं बाहिरका ७ शाखामा दसैंअघि नै पर्याप्त नोट पठाइसकेको राष्ट्र बैंकले जनाएको छ । ुअन्यत्र नोटको व्यवस्था भइसकेको छु ठाकुरले भने ुअब उपत्यकामा मात्रै ध्यान केन्द्रित गरिएको छ ।ु
बैंकले यस पटक नयाँसँगै प्रयोगमा आइसकेका सग्ला नोट मिसाएर बजार पठाएको छ । यो व्यवस्थाबाट बजारमा नोटको कमी नहुने केन्द्रीय बैंकको अनुमान छ ।
दसैंमा बाहिरिएका नोट तिहारपछि राष्ट्र बैंकमा फर्कन थाल्छन् । तीन महिनामै अधिकांश नोट झुत्रिने गरेकाले एउटा नोटको बन्डलमा एक मात्र स्टिच लगाउन पाइने व्यवस्था छ । केही समयमै नोटमा स्टिच नै लगाउन नपाइने व्यवस्था राष्ट्र बैंकले गर्दैछ ।
मुलुकमा नोटलाई जतन गर्ने चलन छैन । जतिसुकै झुत्रा नोट समेत व्यवहारमा छन् । एटिएममा समेत धेरै समय चलेका नोट राखिने गरेको छ । नेपाली नोटको कागज गुणस्तरीय भएकोले पुराना नोटसमेत एटिएममा चलाउन सकिएको हो । पुराना नोटले एटिएम मेसिनको आयु घटाउने गरेको छ ।
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका ६४ ठाउँमा राष्ट्र बैंकको नोट कोष छ । यी कोषले समेत पुराना नोटको सट्टा नयाँ दिने गरेका छन् । पुराना सक्कलीमा नक्कली नोट मिसाउँदा सुरक्षाको चिह्न छुट्याउन राष्ट्र बैंकलाई समस्या छ ।
नक्कली नोट पहिचान गर्नका लागि समेत पुराना नोटको चल्ती हटाउने योजना राष्ट्र बैंकले बनाएको हो । सहरको तुलनामा ग्रामीण र दुर्गम क्षेत्रमा पुराना नक्कली नोट बढी भएको अनुमान छ ।
पुराना नोटको प्रयोगबाट विभिन्न रोग एक व्यक्तिबाट अर्कोमा सर्ने सम्भावना हुन्छ । सर्वसाधारणलाई स्वस्थ नोट प्रयोग गर्न दिन नयाँ नोट मात्रै ल्याउन खोजिएको हो । पुराना नोटको एकिन तथ्यांक छैन । कामै नलाग्ने नोट राष्ट्र बैंकले जलाउने गरेको छ ।

No comments:

Post a Comment