Thursday, October 21, 2010

आइएमएफको नयाँ सहयोग कार्यक्रममा नेपाल

मिलनमणि शर्मा
वासिङटन ं असोज 28
शोधनान्तर घाटा हुन नदिन र वित्तीय स्थायित्व कायम गर्न नेपाल अन्तराष्ट्रिय मुद्रा कोषआईएमएफ को नयाँ सहयोग कार्यक्रममा समावेश हुने भएको छ ।

आईएमएफ र विश्वबैंकको वार्षिक बैठकमा सहभागी अधिकारीहरुले विस्तारित कर्जा सुविधामा नेपाल सहभागी हुने विषयमा सकारात्मक छलफल भएको जनाएका छन् ।

ुनेपाल सरकारसँग छलफल भैरहेको छ सवै विषय ठिक तरिकाले अगाडी बढेमा नेपालले सन् २०११ देखि तीन वर्षका लागि सहयोग कार्यक्रम सुरु हुनेछु नेपालका लागि आईएमएफका आवासिय प्रतिनिधि जोन नेल्मेसले नागरिकसँग भने

नयाँ बन्ने सरकारले अस्वीकार नगरेमा सन् २०११ देखि नेपालले तीन वर्षका लागि आईएमएफको सहयोग पाउने छ । औपचारिक रुपमा सहयोगको राशी बताउन अधिकारीहरुले चाहेनन् । एक अधिकारीका अनुसार यो ऋण सहयोगको राशी १२ करोड अमेरिकी डलर हुने अनुमान छ । यो सुविधा अन्तर्गत सन् २०१२ देखि उसलाई नेपालले ० दशमलव ५ प्रतिशत व्याज बुझाउनुपर्नेछ ।
यो सहयोग विदेशी मुद्राको संचितिको व्यवस्थापन शोधनान्तर स्थिति सकारात्मक राख्न र सुधारका कार्यक्रमलाई निरन्तरता उसले दिन लागेको हो ।

तीन वर्षदेखि आईएमएफको कुनै सहायता कार्यक्रम नेपालमा छैन । तीन वर्षअघि सम्म पोभर्टी रिडक्शन ग्रोथ फेसिलिटी पिआरजिएफ कार्यक्रममा नेपाल थियो ।

आईएमएफले कार्यक्रम स्वीकृत गरेमा वित्तीय अनुशासन कायम गरि यसको स्थायित्वका लागि अनुगमन प्रभावकारी हुनुपर्छ । सरकारले गत वर्ष सहुलियत कर्जा सुविधामा सहभागी हुन आईएमएफलाई औपचारिक पत्राचार गरेको थियो । वार्षिक बैठकमा सहभागी राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्रालयका उच्च अधिकारीले आईएमएफका उच्च अधिकारीसँग यो कार्यक्रममा सहभागीता जनाउने विषयमा छलफल गरेका थिए ।
बैठकका अवसरमा आईएमएफका एशिया प्यासिफिक डिभिजनका प्रमुख अनुप िसंहसँग नेपालको आर्थिक अवस्था र कार्यक्रममा प्रवेशका सम्वन्धमा अधिकारीहरुले इच्छा व्यक्त गरेका थिए । दुई साताअघि काठमाडौं आएर फर्केको आईएमएफको मिशनले प्रतिवेदन बुझाएपछि नेपाललाई सहयोग कार्यक्रममा सहभागीता जनाउने विषयमा निर्णय हुने जानकारी नेल्मेसले दिए । आईएमएफले हालै २ करोड ४० लाख अमेरिकी डलर दिइसकेको छ । यो सहयोग दु्रत कर्जा सुविधा अन्तर्गत उसले दिएको हो । यो एक पटकका लागि दिइने सहायता हो । सहायता गतवर्ष उच्च रहेको शोधनान्तर घाटाको स्थितिलाई कम गराउन दिईएको थियो ।
यो सहयोग कार्यक्रम र सूचीमा आधारित सहयोग भएको एक अधिकारीले बताए । यस अन्तगर्त नेपालले सार्वजनिक वित्त व्यवस्थापन सुधार संरचनात्मक सुधारमा श्रम वित्तीय सुधार पेट्रोलियम क्षेत्रमा सुधार ल्याउनुपर्नेछ । सार्वजनिक प्रशासनमा सुधार लगायतका शर्त उसले राख्नेछ ।
। यी शर्त पालना गर्न नसकेमा आईएमएफले उसको सहयोग कार्यक्रम बीचमा स्थगित गर्नसक्नेछ । यस्तै सूचीमा आधारित पिआरजिएफ कार्यक्रम साचालन गरेको अनुभव नेपालसँग छ ।
आईएमएफले नेपालको सार्वजनिक वित्त व्यवस्थापनको सुधारमा सन्तोषजनक मानेको छ । आईएमएफको यो सहयोग वित्तीय र प्राविधिक हुनेछ । यसले सुधारका कार्यक्रममा सहयोग गर्ने आर्थिक समस्यासँग जुध्ने र दाताको सहायता बढाउने छ । सहायताले अन्तराष्ट्रिय लगानीकर्ताको विश्वास बढाउँदै बजेटरी सहायता र लगानीको वातावरण बनाउने विश्वास छ ।

No comments:

Post a Comment