Thursday, October 21, 2010

पुँजी जम्मा भएपछि सिडिएस कम्पनी दर्ता गरिने

नागरिक संवाददाता
काठमाडौं कातिक 2
वाणिज्य बैंक नागरिक लगानी कोषलाई पुँजी जम्मा गरेपछि केन्द्रीय निक्षेप प्रणाली सिडिएस कम्पनी दर्ता गरिने भएको छ ।

ुकेही दिनमा नै १२ वाणिज्य बैंक र कोषलाई पैसा जम्मा गर्न समय दिइने छु स्टक एक्सचेन्जका महाप्रबन्धक शंकरमान िसंहले भने-ुत्यसपछि कम्पनी दर्ता हुनेछ ।ु

छिनभरमा नै सेयरको नामसारी गरी बजारलाई आधुनिकीकरण गर्न धितोपत्र बोर्डले सिडिएस नियमावली कार्यान्वयनमा ल्याइसकेको छ । नियमावली कार्यान्वयनमा आएपछि कम्पनी दर्ता गर्ने बाटो खुला भएको िसंहले नागरिकसँग बताए ।

सिडिएस कम्पनीमा एक्सचेन्जको ५१ प्रतिशत सेयर रहने छ । कोषको १० र ३९ प्रतिशत सेयर १२ वाणिज्य बैंकलाई दिने सहमति भैसकेको छ । सुरुमा ३० करोड चुक्तापुँजी रहेको कम्पनी स्थापना गर्ने योजना छ ।

आगामी तीन महिना भित्र सिडिएस साचालनमा आउने भएकॊले कम्पनी चाँडै दर्ता गर्नुपर्ने उनले जनाए । सिडिएसको सफ्टवेयर भारतिय कम्पनीले तीन महिना अगाडी नै एक्सचेन्जलाई बुझाउने जनाउँदै िसंहले भने-ुहार्डवेयरको काम पनि त्यस अगाडी नै पुरा हुन्छ ।ु सिडिएस स्थापनाका लागि भारतले नगद र प्राविधिक समेत करिव १४ करोड रुपैयाँ सहयोग उपलव्ध गराएको छ ।


बजारमा धितोपत्रको केन्द्रीय निक्षेप सेवा सांचालन गर्ने कम्पनीको प्रवेश भएपछि कारोवार भएका धितोपत्रको हालको मानवीय नामसारी प्रणाली विद्युतीयमा परिणत हुनेछ । सिडिएस साचालनमा आएपछि कारोवार भएका धितोपत्रको तत्काल नामसारी हुनेछ । यसले धितोपत्र कारोवार धेरै बढ्ने अनुमान छ ।
सेवा प्रदान गर्ने कम्पनीले धितोपत्र बजारमा रहेका सम्पूर्ण सेयर र सेयरधनीको विद्युतीय अभिलेख राख्नेछ । यसबाट लगानीकर्ताको वास्तविक पहिचान हुनेछ ।
सार्क मुलुक मध्ये नेपालमा मात्र यस्तो कम्पनी थिएन । नियमावली कार्यान्वयनमा आएपछि नेपालको धितोपत्र बजार समेत सार्क मुलुकको स्तरमा पुग्ने विश्वास बोर्डले लिएको छ ।


एकदिनमा पटक पटक सेयर विद्युतिय धितोपत्र सेवा उपलव्ध गराउने कारोवारपछि राफसाफ गर्ने लगानीकर्ताको विद्युतिय खाता खोल्ने हस्तान्तरणका लागि निश्चित पद्वति विकास गर्ने जारी धितोपत्र जम्मा गरी निक्षेपकर्तालाई निस्सा दिने विद्युतिय धितोपत्र राखी ऋण दिने र इन्टरनेट सेवा सिडिएसले दिनेछ ।

धितोपत्रधनीसँग सम्झौता गरी उनीहरुका लागि खाता खोल्ने संगठित संस्थासँग धितोपत्र निक्षेप लिने लगानीकर्ताको अभिलेख विद्युतिय र दर्ता किताब दुवै माध्यममा राख्नुपर्ने व्यवस्था छ ।
स्नाकोत्तर चाटर्ड एकाउन्टेन्ट वित्तीय क्षेत्रमा पाँच वर्षको अनुभव भएको व्यक्ति कम्पनीको कार्यकारी प्रमुख हुनेछ । सरकारले अनुमति दिएको अवस्थामा बाहेक नेपाली नागरिक नै कार्यकारी प्रमुख हुने व्यवस्था छ । प्रमुखको नियुक्ति साचालक समितिले गर्नेछ । सिडिएसमा तीन स्वतन्त्र साचालक सहित नौ जनाको साचालक समिति बन्नेछ ।
धितोपत्र बजारमा सूचिकृत बैंक कर्जा सूचना केन्द्रको कालोसूचिमा नरहेको लगातार तीन वर्ष वित्तीय विवरणको लेखापरिक्षण भएको चुक्तापुँजी भन्दा नेटवर्थ कम नभएको पाँच विकास क्षेत्रमा शाखा कार्यालय स्थापना भएका संस्था कम्पनीको निक्षेप सदस्य हुनेछन् । कारोवार थाल्नुअघि सदस्यले कम्पनीमा धरौटी राख्नुपर्नेछ ।
बोर्डबाट प्रमाणपत्र लिएको कम्पनीले लगानीकर्तालाई सेवा दिनुअघि केन्द्रिय निक्षेप कम्पनीको सदस्यता लिनुपर्नेछ । केन्द्रिय निक्षेप कम्पनीसँग सदस्यता लिएका धितोपत्र व्यवसायी वा संगठित संस्था नै निक्षेप सदस्य हुन् ।
सवै धितोपत्रको कारोवार राफसाफ र नामसारीका लागि कम्पनीमा निक्षेप गराउनुपर्नेछ । सरकारी ऋणपत्र कमसर्ियल पेपर मौज्दात प्रमाणपत्र वस्तु बजारका भर्पाइ र प्रमाणपत्र समेत निक्षेप राख्न सकिने नियमावलीमा छ । मुद्रा बजारका उपकरण समेत निक्षेप गर्न सकिने छ । बोर्डमा दर्ता भएको धितोपत्र मात्रै निक्षेप गर्न पाईने व्यवस्था गरिएको छ । निक्षेपमा लिएका सवै धितोपत्रको विद्युतिय अभिलेख कम्पनीले राख्नेछ । यो कम्पनी साचालनमा आउनुअघि साचालनमा रहेका संस्थाले एकवर्षभित्र धितोपत्र निक्षेप गराईसक्नुपर्ने व्यवस्था छ ।
धितोपत्र खरिद बिक्री गर्न चाहने लगानीकर्ताले कम्पनीमा अनिवार्य खाता खोल्नुपर्नेछ । कम्पनीमा खाता खोल्न चाहने लगानीकर्ताले निक्षेप सदस्य संस्थामा व्यक्तिगत रुपमा उपस्थित भई निवेदन दिनुपर्ने व्यवस्था छ । प्रत्येक लगानीकर्ताको अलग अलग खाता कम्पनीमा रहनेछ । एक लगानीकर्ताले एकभन्दा बढी खाता खोल्न पाउने छैनन् ।
कम्पनीले बोर्डको स्वीकृतिमा शाखा समेत खोल्न पाउनेछ । हरेक कारोवारको न्युनतम ३ रुपैयाँ कर लगानीकर्ताले कम्पनीलाई बुझाउनुपर्नेछ । कम्पनीको सकि्रयतामा राफसाफ कोष खडा हुनेछ । यसमा कम्पनीले सुरुमा एक करोड रुपैयाँ राख्नेछ । निक्षेप सदस्यले समेत यसमा पैसा राख्नुपर्ने व्यवस्था छ ।
सिडिएस साचालनमा आएपछि लगानीकर्ताले अहिले सेयर नामसारीमा भोगिरहेको झन्झट समाप्तहुनेछ ।

No comments:

Post a Comment