Tuesday, October 5, 2010

निर्माण अवधिमा सेयर बिक्रीमा कम्पनी आकर्षित भएनन्

नागरिक संवाददाता
काठमाडौं असोज 3
वित्तीय क्षेत्र बाहेकका संस्थालाई सेयर बजारमा ल्याउन निर्माण अवधिमा नै सर्वसाधारणलाई सेयर बिक्री गरि पुँजी संकलन गर्न पाउने धितोपत्र बोर्डको व्यवस्थाप्रति कम्पनी आकर्षित हुन सकेका छैनन् ।
धितोपत्र दर्ता तथा निस्काशन नियमावली २०६५ शंसोधन गर्दै बोर्डले गत जेठमा जग्गा खरिद कारखाना भवन लगायत अन्य आवश्यक निर्माण कार्य सुरु गरिसकेको कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउने व्यवस्था गरेको थियो । ुतर अहिले सम्म कम्पनीको आवेदन आएको छैनु बोर्डका निर्देशक निरज गिरिले भने-ुसेयर बिक्री गर्न चाहने कम्पनीको सोधखोज बढेको छ ।ु

सेयर बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षित गर्न निर्माण अवधिमा नै पुँजी संकलनका लागि सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।
वित्तीय क्षेत्रको प्रभृत्व रहेका सेयर बजारमा वास्तविक क्षेत्रलाई समेत सँगसँगै लग्न नयाँ व्यवस्था प्रभावकारि हुने विश्वास बोर्डले जनाएको छ । यो व्यवस्था वित्तीय क्षेत्रका लागि नभएको बोर्डले जनाएको छ ।

कम्पनी साचालनमा आएको एक वर्ष पुरा भएपछि मात्र सर्वसाधारणलाई सेयर विक्री गर्न पाउने नियम शंसोधन गर्दै बोर्डले नयाँ व्यवस्था गरेको हो ।

। उदेश्य अनुसारको कारोवार साचालनका लागि आवश्यक कार्य अगाडी बढाएको एक वर्ष भएको उपकरण खरिद प्रकि्रया अगाडी बढाएको वित्तीय लगानी छिनोफानो भएको कम्पनी निर्माण अवधिमै सेयर बिक्रीका लागि योग्य हुनेछन् ।

जलविद्युत कम्पनीले विद्युत खरिद सम्झौता गरि पुर्वाधार निर्माणका लागि वोलपत्र आव्हान गरेपछि सर्वसाधारणलाई सेयर बिक्री गर्न पाउने छन् । ुयो व्यवस्थाबाट सेयर बजारमा जलविद्युत कम्पनी आकर्षित हुनेछन्ु गिरिले भने ।
सर्वसाधारणलाई सेयर बिक्रीका लागि संस्थापकले कम्पनीबाट लिन कबुल गरेको रकम शत प्रतिशत चुक्ता भैसक्नुपर्नेछ ।

नियमावलीमा न्युनतम १५ देखि अधिकतम ४९ प्रतिशत सम्म सेयर सर्वसाधारणलाई बिक्री गर्न पाउने नयाँ व्यवस्था गरिएको छ । अहिले सम्म ३० प्रतिशत सेयर बिक्री गर्न पाउने व्यवस्था थियो । प्राकृतिक स्रोत र साधनलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने संगठित संस्थाले जारी पुँजीको १५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याउनुपर्ने छ । १० प्रतिशत सेयर उद्योग प्रभावित क्षेत्रका वासिन्दालाई विक्री गर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणलाई सेयर बिक्री गरेपछि मात्र सर्वसाधारणका लागि आवेदन खुला गर्नुपर्ने प्रावधान शंसोधित नियमावलीमा राखिएको छ ।
जल विद्युत कम्पनीका लागि ठुलो लगानी आवश्यक पर्ने भएकोले यस्तो कम्पनीले १५ प्रतिशत सेयर बिक्री गरेपुग्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । यो व्यवस्था जलविद्युत कम्पनीका लागि बढि प्रभावकारी हुने बोर्डको अनुमान छ ।

सम्वन्धित क्षेत्रका नियामक निकायले तोकेको अवस्थामा बाहेक जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारलाई छुट्याउनुपर्ने व्यवस्थ्ा नियमावलीमा छ । संस्थापकको हिस्सा ५१ प्रतिशत रहनै पर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ । सम्वन्धित संस्थामा कार्यरत कर्मचारीका लागि ५ प्रतिशत सेयर बिक्री गर्न सकिने व्यवस्था नियमावलीमा छ ।
५० हजार रुपैयाँ भन्दा बढि सेयरका लागि आवेदन गर्दा एकाउन्ट पेयी चेक पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । १० लाख रुपैयाँको आवेदन गर्नेले अनिवार्य रुपमा प्यान नम्वर लिनुपर्ने प्रावधान राखिएको छ ।
सेयरका लागि भुठा विवरण पेश गरि आवेदन गरेमा रकम जफत गर्ने अधिकार बिक्री प्रवन्धकलाई दिईएको छ । यस्तो रकम कोष खडा गरि पुँजी बजारको विकासमा खर्च गरिने प्रावधान छ ।

हकप्रद सेयरको हक हस्तान्तरका लागि स्टक एक्सचेन्जबाट कारोवार गर्न सकिने व्यवस्था नियमावलीमा छ । नियमावली कार्यान्वयनमा कुनै वाधा अडकाउ परेमा फुकाउने अधिकार पनि सरकारले बोर्डलाई दिएको छ ।

No comments:

Post a Comment