Thursday, October 21, 2010

सेयर दलालको सिफारिश कातिक तेस्रो साता

नागरिक संवाददाता
काठमाडौं कातिक 2

स्टक एक्सचेन्जले कातिकको तेस्रो साता सेयर दलाल कम्पनी छनोटको सिफारिश गर्ने भएका छ । उसले ३४ कम्पनीको सिफारिश गरेपछि त्यसभित्रबाट धितोपत्र बोर्डले २७ दलाल छनोट गर्नेछ ।
कातिक १५ सम्म दलाल कम्पनीको पुँजीको रकम बैंकमा दाखिला गर्न सयम दिईएका छ । ुत्यसको एक दुई दिनमा बोर्डलाई ३४ को नामावली सिफारिश गरिने छु एक्सचेन्जका अध्यक्ष टंक पनेरुले नागरिकसँग भने ।
गत असोज २० मा एक्सचेन्जले दलाल कम्पनीसँग लिखित परिक्षा लिएको थियो । परिक्षामा १ सय ३४ कम्पनीका प्रतिनिधि सहभागी थिए । त्यसैदिन परिणाम समेत सार्वजनिक गरिएको थियो । २५ अंकको लिखित परिक्षा र अन्यको ७५ नम्बर जोडेर उत्कृष्ठ कम्पनीको नामावली सिफारिश गरिने पनेरुले बताए ।

एक्सचेन्जले सिफारिश गरेका कम्पनी मध्येबाट बोर्डले २७ छनोट गर्नेछ । यसपछि सेयर दलालको संख्या ५० पुग्नेछ । थपिएका सेयर दलालको काम केन्द्रिय निक्षेप प्रणाली सिडिएस सँगै सुरु हुने अनुमान छ ।

तीन वर्षअघि बजारमा दलालको संख्या ५० बनाउन २७ दलाल थप्ने प्रकि्रया अगाडी बढेको थियो । यो पनि संविधान सभाको चुनाव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप र अदालतमा मुद्दा परेकोले रोकियो । अदालतको मुद्दा किनारा लागेपनि प्रकि्रया अगाडी बढाउन एक वर्ष लाग्यो ।
दलाल बन्नका ३ सय ३४ कम्पनीको आवेदन परेको थियो । यसमध्ये नेप्सेले ३ सय १६ को प्रकि्रया अगाडी बढाएको थियो । केही दिन अघि १ सय ३८ कम्पनी सहभागीताका लागि योग्य भएका थिए । लामो समयसम्म प्रकि्रया अवरुद्व हुँदा कम्पनी स्थापनाका लागि आवेदन दिने अन्य काममा लागिसकेकोले लिखित परिक्षा िदंदा कम्पनीकेा संख्या घटेको हो ।
आवेदनका लागि नीजि र पव्लिक कम्पनी दर्ता गरिएको थियो । सरकारी पदमा रहने र अरु कम्पनीमा काम गर्ने आवेदक दलाल कम्पनी साचालनका लागि अयोग्य मानिएको थियो ।


स्थापनापछि बजारको आकार जति बढेपनि सेयर दलालको संख्या झनै घटेको छ । २०५० मा एक्सचेन्ज स्थापना हुँदा ६० कम्पनी सूचिकृत थिए । दलालको संख्या ३२ थियो । अहिले बजारमा सूचिकृत कम्पनीको संख्या १ सय ७८ पुगेको छ । दलालको संख्या घटेर २३ मा झरेको छ । लगानीकर्ताको संख्या करिव १५ लाख छ । यी सवै लगानीकर्ताले प्राथमिक
बजारबाट सेयर खरिद गरॆपनि बिक्री गर्ने दलाल मार्फत हो ।

लगानीकर्ताहरुका अनुसार दलाल धेरै भएपछि नयाँ र सानो लगानी पनि बजारमा आउँछ । साना लगानीकर्ताले अवसर पाउँछन । दलाल बीच प्रतिस्पर्धा भएपछि लगानीकर्ताले थप सुविधा पाउँछन् । किनवेचका लागि सेवा राम्रो भएका दलालकोमा लगानीकर्ता जाने वातावरण बन्छ । नयाँ लगानीकर्तालाई आकर्षित गर्न दलालले प्रयास गर्ने र संख्या बढेपछि बजार कसैको नियन्त्रणमा नरहने उनीहरुको विश्लेषण छ । सेयर दलालको शाखा जिल्लामा खुलीसकेका छन् । जिल्लामा शाखा र नयाँ दलालको संख्याले बजार प्रतिस्पर्धात्मक हुने लगानीकर्ताको अनुमान छ ।

No comments:

Post a Comment