Saturday, October 23, 2010

बजेटका लागि सरकारको जिम्मेवारी माओवादीलाई देउ ः भट्टराई

नारायण सापकोटा
काठमाडौं कातिक 4
पुर्व अर्थमन्त्री वाबुराम भट्टराईले बजेटका लागि सत्ताको जिम्मेवारी माओवादीलाई दिन आग्रह गरेका छन् । सरकारमा बस्नेहरुले राजनीतिक निकास नदिई हलो अड्काएको जनाउँदै उनले बिहिबार नागरिकसँग भने- ुमाओवादीलाई सरकारको जिम्मेवारी दिएर बजेट ल्याउनुपर्छ ।ु
ुजिम्मेवारी लिनेले निकास दिएर बजेट ल्याउने वातावरण बनाउनुपर्छु उनले भने ।
माओवादीले बजेटका विषयमा विपक्षको भूमिका निर्वाह गर्ने भट्टराईले बताए । बजेटको नाममा माआवादीसँग ुइमोसनल व्लाकमेलु गर्न खोजिएको गुनासो उनले गरे । लोकतान्त्रीक मूल्य मान्यता अनुरुप अहिले सरकारमा रहनेहरु नचलेको जनाउँदै भट्टराईले भने-राजनीतिक हलो अडकाएर हामी बजेटका लागि सहमति गर्दैनौं ।
राष्ट्रपतिले सम्वोधन नगर्ने र अर्थमन्त्रीको प्रस्तुती पनि नरहने प्राविधिक बजेट ल्याउने प्रस्तावप्रति उनले सहमति जनाएनन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले प्राविधिक बजेट ल्याएर समस्या समाधान गर्नुपर्ने प्रस्ताव गरेका थिए । राजस्वका दर आन्तरिक र बाह्य ऋण लगायतका प्राविधिक विषयमा सहमति गर्दै राजनीतिक एजेन्डा प्रस्तुत नगरि संसदबाट यस्तो बजेट पारित गर्नुपर्ने पोखरेलले जनाएका थिए । मुलुकलाई बन्धक बनाउनुभन्दा दलहरुले बजेटमा न्युनतम सहमति गर्नुपर्ने उनको सुझाव छ ।

ुसंकट सृजना गर्नेले नै समाधान खोज्नुपर्छ विगि्रएको र भत्किएको दोष विपक्षमा बस्नेले लिने होइन सत्तामा बस्नेले लिनुपर्छु भट्टराईले भने ।

बजेटमा भएको ढिलाईले अर्थतन्त्रमा समस्या पर्ने उनले स्वीकारे । ुबजेट नआएर मात्रै होइन सवैक्षेत्र बर्वाद भएको छ अहिलेको अन्योललेु भट्टराईले भने ।
अर्थमन्त्रालय बजेट जुनसुकै बेला बजेट पेश गर्न तयार भएर बसेको छ । ुबजेट पेश गर्न हामी तयार भएर बसका छौंु अर्थमन्त्रालय बजेट महाशाखा प्रमुख बोधराज निरौलाले भने ।
संसदमा बजेट पेश गर्ने विषयमा दलहरु बीच कुनै सहमति हुन सकेको छैन । ुसहमतिका लागि प्रयास जारी छ अहिले सम्म सहमति जुटन सकेको छैनु अर्थ मन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार केशव आचार्यले भने ।

मुलुक ठप्प भएको जनाउँदै प्रधानमन्त्री माधवकुमार नेपालले बजेटको अन्तिम तयारी गर्न अर्थमन्त्रालयलाई निर्देशन दिइसकेका छन् । ुअनन्तकाल सम्म बजेट नल्याइ मुलुक चल्न नसक्ने भएकोले संसदिय प्रकि्रया अनुरुप प्रधानमन्त्रीले अगाडी बढने जनाउनुभएको छु प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले भने ।
सहमति नभएमा बहुमतबाट पारित गर्ने योजना सहित बजेट पेश हुने उनले बताए ।

नेपाली काँग्रेसले बजेट ल्याउने विषयमा सरकारको नेतृत्व गर्ने एमालेले पहल गर्नुपर्ने जनाएको छ । ुसरकारको नेतृत्वकर्ता दलले बजेट ल्याउने विषयमा छलफल गरि निकास दिनुपर्छु काँग्रेस नेता अर्जुननरिसंह केसीले भने ।


बजेट नआउँदा राजस्वको वृद्विदरमा ह्रास आइसकेको छ । सरकारको पुँजीगत लगानी घटेको छ । यसले रोजगारी गुम्ने बैंकिङ क्षेत्रमा तरलताको समस्या आउने छ । बजेटमा ढिलाई हुँदा विकास निर्माणका काम सबै ठप्प भैसकेका छन् औद्योगिक र व्यापारिक गतिविधिमा नकारात्मक असर परेको छ ।ुबजेटको अभावमा मुलुक झन बर्वादी तर्फ अगाडी बढछ्ु पुर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले भने ।

कर्मचारीको तलबमा गत वर्ष ६६ अर्ब खर्च भएको थियो । यसको एक तिहाइ २२ अर्ब रुपैयाँ खर्च गर्ने अधिकार सरकारले पाएको थियो । दसैंअघि नै यो बजेट खर्च भैसकेको छ । अब तलव लगायतका रकम लागि बजेट नआइ खर्च गर्न सक्ने स्थिति छैन । कात्तिकदेखि संवैधानिक निकाय बाहेक तलव भत्ता लगायत कुनै पनि खर्च गर्न नसकिने अर्थमन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment