Thursday, October 21, 2010

पाँच सय र हजारका भारु चलाउन भारत सकारात्मक

नारायण सापकोटा
काठमाडौं कात्तिक 3
पाँच सय र एक हजारका भारतिय रुपैयाँ नेपालीमा चलाउने विषयमा भारतिय रिजर्भ बैंकका अधिकारीहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकका साचालक विश्वम्भर प्याकुर् याल र पार्थिवेश्वर तिमि_िल्सनासँगको छलफलमा रिजर्भ बैंकका उच्च अधिकारीहरु सकारात्मक देखिएका हुन् ।

प्याकुर् याल र पार्थिवेश्वर रिजर्भ बैंकका उच्च अधिकारीसँग छलफल गरि केहीदिन अगाडी नेपाल फर्किएका हुन् । रिजर्भ बैंकका डेपुटि गभर्नर लगायतका अधिकारीसँग उनीहरुले छलफल गरेका थिए ।
ुपाँच सय र हजारका भारतिय नोट प्रचलनमा ल्याउने विषयमा भारतिय पक्ष सकारात्मक देखिएको छु प्याकुर् यालले बुधबार नागरिकसँग भने । यसका लागि औचित्य प्रमाणित गर्ने प्रस्ताव नेपाली पक्षले पठाउनुपर्नेछ । ुठुला भारु नेपालमा चलाउन उनीहरु जति नकारात्मक छन भन्ने सुनिएको थियो छलफलमा त्यस्तो पाईएनरु उनले भने ।

ठुला भारतिय नोट प्रचलनमा नरहँदा नेपालीलाई मात्र नभै सिमा क्षेत्रमा भारतियलाई समेत असजिलो भएको धारणा प्याकुर् यालले राखेका थिए । नेपालीसँगै भारतका उद्योगी र व्यापारीलाई समेत साना नोटको प्रयोगबाट असजिलो भएको छ । घुम्न आउने भारतिय अझ असजिलोमा पर्ने गरेका छन् । ठुला नोटको प्रयोगका लागि प्रस्ताव पठाउन नेपाली पक्षसँग अनुरोध गरिएको जानकारी पनि उनले दिए ।
सन् २००२ देखि भारतले उसका पाँच सय र यसभन्दा बढिका नोट नेपालमा पठाउन र लिन रोक लगाएको थियो । नेपालमा ठुला भारतिय नोट प्रचलन हुँदा पुँजी पलायन हुने विश्लेषण गर्दै रोक लगाईएको थियो ।

नेपालसँगै भुटानका लागि पनि यहि व्यवस्था गरिएको छ । यस अवधिदेखि कानुनी रुपमा नेपालमा ठुला भारतिय नोट प्रयोग गर्नु गैरकानुनी मानिन्छ । तर व्यवहारमा ठुला नोट प्रचलनमा छन् ।

राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले केही समयअघि भुटानमा भएको छलफलमा समेत ठुला नोट प्रचलनमा ल्याउन रिजर्भ बैंकका गभर्नरसँग अनुरोध गरेका थिए । यो अनुरोधसँगै भारतिय पक्षले ठुला नोट प्रयोगमा ल्याउँदा आपराधिक गतिविधिमा संलग्नलाई सहयोग पुग्ने आशंका व्यक्त गरेको थियो । ुछलफलका लागि खुला भनेपनि भारतिय पक्ष ठुला नोट प्रयोगमा ल्याउन दिने पक्षमा छैनु राष्ट्र बैंकका एक अधिकारीले भने ।

नेपालमा भारतिय नोटको प्रयोग उच्च रुपमा बढेका विषयमा रिजर्भ बैंकका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । भारतिय नोटको प्रयोग अवैध कार्यका लागि प्रयोग भएको उनीहरुको आशंका छन् । ुनक्कली भारु प्रयोगमा ल्याउने समूहले यसको प्रयोग बढाएको उनीहरुको आशंका छु प्याकुर् यालले भने ।
भारुको प्रयोग बढेको विषयमा भारतिय पक्षले नेपालमा अनुसन्धान टोली पठाएर तथ्य संकलन गरेको उनले बताए । ुभारतियले यहाँ आएर अध्ययन गरेको उता गएर छलफल गर्दा थाहा भयोु उनले भने ।
खुला सिमाना मात्रै भारुको प्रयोग बढ्नुको कारण नभएको भारतिय पक्षको विश्लेषण छ । जति माग्यो त्यति भारु नेपाललाई दिने पक्षमा भारतिय पक्ष नरहेको पनि प्याकुर् यालले जनाए ।

भारुको प्रचलन बढ्नु लगायतका विषयमा संयुक्त अध्ययनको प्रस्ताव भारतिय पक्षले गरेको छ । अध्ययनका लागि दुई मुलुकका केन्द्रीय बैंकले प्रकि्रया अगाडी बढाउने जानकारी समेत प्याकुर् यालले दिए ।
गतवर्ष नेपालले २ खर्ब ९ अर्ब भारु खरिद गरेकेा थियो । यो वर्ष ५९ अर्ब भारु खरिद गरिसकिएको छ । भारत र नेपालमा विदाको दिन बाहेक हरेक दिन २ करोड अमेरिकि डलर बिक्री गरि भारु खरिद गर्ने गरिएको छ । ुअहिले भारुको प्रयोग उच्च रुपमा बढेको छु प्याकुर् यालले भने ुअवैध रुपमा भारु १ सय ६५ रुपैयाँमा समेत किनबेच भएको पाईएको छ ।ु
भारुसँग स्थिर विनिमयदर भएपनि नेपाली रुपैयाँको अवमूल्यन भैरहेको विश्लेषण प्याकुर् यालको छ । भारतसँग नेपालको व्यापार घाटा उच्च छ । उच्च व्यापार घाटाले भारुको माग झन बढाएको छ ।

No comments:

Post a Comment