दशैंमा नोटको अभाव हुँदैन ः राष्ट्र बैंक
नोटको मौज्दात ९७ अर्ब
दशैंका लागि २५ अर्ब
सुकिला र नयाँ नोट मिसाएर बजारमा
नागरिक संवाददाता
काठमाडौं भदौ 31
राष्ट्र बैंकले आगामी दशैंका लागि नयाँ र सुकिलो नोट मिसाएर उपलव्ध गराउने भएको छ । ९७ अर्ब रुपैयाँ नोट मौज्दात रहेको जनाउँदै दशैंका अवसरमा २५ अर्ब रुपैयाँ सम्मको नोट बजारमा पठाउने तयारीमा राष्ट्र बैंक छ । यसमध्ये ११ अर्ब रुपयाँको नयाँ नोट बजारमा आउने छ । बाँकी एक पटक प्रयोगमा आइसकेका सुकिला नोट हुनेछन् ।
गतवर्षको दशैंमा राष्ट्र बैंकबाट ६ अर्ब रुपैयाँ बजारमा गएको थियो । यसअघिको वर्ष दशैंमा केन्द्रीय बैंकले ५ अर्ब रुपैयाँ पठाएको थियो । गतवर्ष नोटको अभावदेखिए पछि यसपटक समयमा नै पर्याप्त व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । ुसर्वसाधारण ढुक्क भएहुन्छ यसपटक नोटको अभाव हुने कुनै गुन्जायस छैनु राष्ट्र बैंकका प्रवत्ता गोपाल काफ्लेले भने ।
ुदेशभर नोटको कमी नहुने वातावरण बनाईएको छु काफ्लेले बुधबार नागरिकसँग भने-ुदशैंका लागि करिव ८ अर्ब नोट बजारमा जाने अनुमान भन्दा धेरैको व्यवस्था गरिएको छ ।ु
फरक दरका नोट आवश्यकता अनुसार दिइने व्यवस्था भएको काफ्लेले बताए । यसपटक सुकिला र नयाँ नोटसँग सँगै बजारमा पठाइने कन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका देशभर रहेका ७ क्षेत्रीय कार्यालयमा पर्याप्त नोटको व्यवस्था भैसकेको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकमा रहेको राष्ट्र बैंकको ६७ नोटकोषमा रकमको व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
नोट कोषमा समेत रकम न्युनतम तहमा आउन नदिने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । नोट कोषमा राख्ने क्षमता भएजति नोट राख्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् ।
बुधबार सम्म राष्ट्र बैंकबाट बजारमा १ खर्ब ५१ अर्ब रुपैयाँ गएको छ । दशैंमा यो रकम बढछ् । दशैंमा राष्ट्र बैंकबाट गएका नयाँ नोट ३ महिनामा फिर्ता आउने गरेका छन् । यी मध्ये दशैंमा बजारमा गएका ८० प्रतिशत नोट पुन प्रयोग गर्न नमिल्ने गरि राष्ट्र बैंकमा फर्कने गरेको छ । नयाँ नोट धेरै पठाउँदा यसको आयू घटने भएकोले यसपटक सटहीका लागि विगतमा जस्तो विशेष व्यवस्था गरिएको छैन । डेढ वर्ष सम्म प्रयोग गर्न सकिने नोट ३ महिनामा नै काम नलाग्ने भएपछि मुलुकको खर्च बढ्ने गरेको छ । यस्तो खर्च बढ्न नदिन यस पटकदेखि दशैंमा नयाँ नोट दिने अवधारणा हटाउन खोजिएको राष्ट्र बैंकले जनाएको छ । ुसधैं सफा नोट प्रयोग गर्ने विषय राष्ट्र बैंकको प्राथमिकतामा छु एक अधिकारीले भने ।
राष्ट्र बैंकले तीन वर्षका लागि आवश्यक नोट छपाईका लागि दिइसकेको छ । तीन वर्षका लागि आवश्यक नोट मध्ये पहिलो खेप आउने क्रम जारी छ । त्यसपछि दोस्रो खेप आउने छ । अन्तिम खेप आएपछि पुन बोलपत्र आव्हान गरि राष्ट्र बैंकले नोट छपाईमा दिने जनाएको छ । बोलपत्र र छपाई भएर नोट मुलुकमा आइपुग्न ९ महिनाको अवधि लाग्ने गरेको छ । गतवर्षको अभावबाट पाठ सिकेर राष्ट्र बैंकले नोटको अभाव हुन नदिने दीर्घकालीन नीति अवलम्वन गरेको हो ।
No comments:
Post a Comment