नागरिक संवाददाता
काठमाडौं भदौ 22
लामो नीतिगत अस्थिरता र स्रोत अभावका कारण लक्ष्यअनुसार विकास नहुँदा दैनिक ७४ रुपैयाँ एक अमेरिकी डलर आर्जन गर्न नसक्ने जनसंख्या ७० लाख छ ।
राजधानीमा मंगलबार सार्वजनिक नेपाल स्रहश्राव्दी लक्ष्य प्रगति प्रतिवेदन २०१० अनुसार मुलुकको दुई करोड ७५ लाख जनसंख्यामध्ये दैनिक ७४ रुपैयाँ आम्दानी गर्न नसक्ने ७० लाख छन् । दैनिक एक अमेरिकी डलर आर्जन गर्न नसक्नेलाई गरिवीको रेखामुनी राख्ने प्रचलन छ ।
मुलुकको ठूलो जनसंख्या गरिवीको रेखामुनी भए पनि प्रतिवेदनमा लक्ष्यअनुसार गरिवी घटाउन सफल भएको उल्लेख छ । पाँच वर्षअघिको प्रतिवेदनमा गरिवीको संख्या ३१ प्रतिशत थियो । अहिले यो ५ प्रतिशत बिन्दुले घटेर २५ दशमलब ४ प्रतिशतमा झरेको छ । पाँच बर्षअघि २ करोड ३१ लाख जनसंख्या हुँदा गरिव ७१ लाख ७६ हजार थिए ।
ुगरिवी वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले घटाएको होु राष्ट्रिय योजना आयोगका सदस्य पुष्कर बज्राचार्यले भने । स्रहशाव्दी विकास लक्ष्यले सन् २०१५ सम्ममा गरिवी २१ प्रतिशतमा झार्ने उद्देश्य राखेको छ ।
प्रतिवेदनले शहरी क्षेत्रको गरिवी ८ र ग्रामीण क्षेत्रको २२ प्रतिशत रहेको देखाएको छ । गाउँको तुलनामा सहरको गरिवीको दर घटेको छ । सहरको गरिवी २० र गाउँको १८ प्रतिशतले घटेको प्रतिवेदनमा छ । ुआर्थिक नीतिको अस्थिरता र सरकारको कार्यक्रम कार्यान्वयनमा स्रोत अभाव बढिरहेको अवस्थामा समेत गरिवी घटाउने विषयमा प्रगति भएको छु राष्ट्रिय योजना आयोगका उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले भने ।
नेपालले अन्य लक्ष्यका तुलनमा बालमृत्य घटाउन र मातृ स्वास्थ्यमा प्रगति गरेको छ । सन् १९९० को बालमृत्यु दर प्रतिहजार १ सय ९ बाट २०१० मा ४१ मा झरेको छ । ५ वर्षमुनीका बालकको मृत्युदर पनि प्रतिहजार १ सय ६२ बाट ५० मा झरको छ ।
प्राथमिक शिक्षामा मुलुकले ९३ दशमलव ७ प्रतिशतको लक्ष्यमा पुगेको छ । छोरा र छोरीको शिक्षाको असमानतामा कमी आएको छ ।
विश्वव्यापारी स्वास्थ्य सरसफाई र रोजगारीको लक्ष्य हासिल हुन नसकेको उपाध्यक्ष पोखरेलले बताए । नेपालम बेरोजगारी २ दशमलव १ प्रतिशत रहेको अनुमान छ । आर्थिक रुपमा सकि्रय १ करोड ५० लाख जनशक्ति मध्ये वैदेशीक रोजगारीमा जानेको संख्या उच्च रहेकोले वास्तविक वेरोजगारी प्रतिविम्वित हुन नसकेको बज्राचार्यले बताए ।
स्रहशाव्दी विकास लक्ष्यले सन् २०१५ सम्ममा वेरोजगारी अन्त्य गर्दै मर्यादित रोजगारको व्यवस्था गर्ने उदेश्य लिएको छ । ुयो उदेश्यमा पुग्न सम्भव छैनु बज्राचार्यले भने ।
हरेक वर्ष ४ लाख जनशक्ति श्र्रम बजारमा आउने गरेको छ । गतवर्षको तथ्यांकलाई आधार मान्दा ३ लाख जनशक्ति वैदेशीक रोजगारीमा गएको छ । ुअझै पनि २० देखि ५० वर्ष उमेरको करिव ३ लाख जनशक्ति बेरोजगार छु बज्रचार्यले भने । यसमा पनि २५ देशि २९ वर्षको जनशक्ति बढि बेरोजगार रहेको उनले बताए ।
मुलुकको औपचारिक क्षेत्रमा १० लाख र अनौपचारिक क्षेत्रमा ४० लाख जनशक्तिले रोजगारी पाएको छ ।
रोजगारीका अवसर वृद्वि सामाजिक असमानता घटाउने विषय चुनौतीका रुपमा रहेको उनले बताए । नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासिय प्रतिनिधि रोर्बट पाइपरले नेपालले बच्चा र मृत्युदरमा घटाउने विषयमा सफलता हासिल गरेको बताए ।
महासंघले गुणस्तरको सत्यतथ्य बाहिर ल्याउने
काठमाडौं भदौ २२ नागरिक- नेपाल उद्योग वाणिज्य महासंघले अहिले विभिन्न वस्तुको गुणस्तरमा उठेको विवादका बारेमा सत्यतथ्य बाहिर ल्याउने भएको छ ।
महासंघले गुाणस्तर विवादको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित सबै पक्षलाई राखेर छलफल गराउन लागेको अध्यक्ष कुशकुमार जोशीले बताए ।
गुणस्तर सम्मेलन सम्बन्धी मंगलबार राजधानीमा भएको पत्रकार सम्मेलनमा जोशीले उपभोक्तावादी सरकारी पक्ष र उत्पादकबीच छलफल गरी सत्यतथ्य पत्ता लगाउने र त्यसलाई सार्वजनिक गर्नेे जानकारी दिए ।
ुगुणस्तरका विषयमा आएको विवादको समाधान गर्न र सत्य कुरा बाहिर ल्याउन छलफल गर्न लागेका हौु उनले भने ।
उपभोक्ता हित संरक्षण माचले गुणस्तरका बारेमा प्रश्न उठाएर महासंघलाई छानविन गर्न आग्रह समेत गरेको जोशीले बताए । ुछलफल गरेर गुणस्तरका विषयमा प्रष्ट भएपछि हामी धारणा सार्वजनिक गर्छौु जोशीले भने ।
उनले सिमेन्ट ग्यास रेगुलेटर रियल जुस र उपभोग्य एवं खाद्य वस्तुका बारेमा उठेका गुणस्तर सम्बन्धी विवादबारे छलफल गरिने जानकारी दिए । ुयो विवादले हाम्रो उत्पादन र सरकारी पुर्वाधारको अवस्था कमजोर छ भन्ने बहस बाहिर आएकाले छलफल गराउन लागेका हौु उनले भने ।
No comments:
Post a Comment