नारायण सापकोटा
काठमाडौं भदौ 23
मुलुकमा उपभोग गर्ने क्रम बढेको छ । यसले वचत अझ घटाएको छ । कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ० शुन्य ३ प्रतिशत विन्दुले वढेर ९० दशमलव ६ प्रतिशत पुगेको छ । कुल गार्हस्थ्य उत्पादनमा गार्हस्थ्य बचतको अनुपात ९ दशमलव ४ प्रतिशतमा सिमित भएको तथ्यांक राष्ट्र बैंकले दिएको छ ।
कुल ग्राहस्थ उत्पादनको ९० उपभोगमा जानु र वचत १० प्रतिशत भन्दा तल रहनु अर्थतन्त्रका लागि घातक रहेको अर्थशास्त्री विश्वम्भर प्याकुर् यालले नागरिकसँग बताए ।
ुउपभोग बढने बचत कम हुने स्थितिले लगानी संकुचित हुन्छु अर्थशास्त्री रुद्र सुवालले भने-ुलगानीका लागि वचत कम भएपछि राज्यले ऋण र सहायता बढाउनु पर्ने हुन्छ ।ु
कुल ग्राहस्थ वचत दर २० प्रतिशतको हाराहारीमा रहनुलाई सकारात्मक मानिन्छ । ुअधिकांश विकासशिल र विकसित मुलुकमा यस्तो छु उनले भने-ुवचत १० प्रतिशत भन्दा तल हुनु अर्थतन्त्रका लागि सकारात्मक अवस्था होइन ।ु
अघिल्लो वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल पूँजी निर्माणको अनुपात ३१ दशमलव ९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०६६÷६७ मा यस्तो अनुपातमा सीमान्त वृद्धि भई ३८ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा पुँजी निर्माण बढेको छ । ुवचत कम भएको अवस्थामा पुँजी निर्माण बढनु भनेको आन्तरिक बाह्य ऋणले होु सुवालले भने-ुयस्तो ऋण उत्पादनमुलक क्षेत्रमा लगानी भए अर्थतन्त्रका लागि सकारात्मक नै हुन्छ नत्र हानिकारक हुन्छ ।ु
पुँजी निर्माण र वचतमा २८ प्रतिशतको फरक देखिएको छ । यो दुरी पुरा गर्ने माध्यम भनेको सरकारले लिने ऋण सहायता नै हो । ुयसले सरकारको दायित्व दिनदिनै बढाउँछु उनले भने-ुउपभोग घटाई वचत बढाउन सके भविस्यमा पर्न सक्ने अप्ठेरो कम हुन्छ ।ु
पुँजी निर्माण ६ प्रतिशत विन्दुले बढेपनि यसमा औद्योगिक क्षेत्रको योगदान हुन नसकेकोले अर्थतन्त्रलाई लाभ हुने अवस्था नभएको प्याकुर् यालले बताए । ुअर्थतन्त्रका परिसूचकले आर्थिक वृदिदरमा सहयोग गरेको अवस्थामा यो पुँजी निर्माणले अर्थ राख्थ्योु प्याकुर् यालले भने । औद्योगिक क्षेत्रले पुँजी निर्माण नगरेकोले उत्पादनको लागत घटाउने अवस्था छैन । प्रतिस्पर्धात्मक क्षमता पनि बढेको छैन । औद्योगिक क्षेत्रमा लगानी र रोजगारी सृजना हुन सकेको छैन । ुयसले पुँजी निर्माण भए पनि उत्पादनसँग सम्वन्धित भएको देखाउँदैन र यसले अर्थतन्त्रलाई दीर्घकालीन रुपमा उकास्न सघाउँदैनु उनले भने ।
रेमिट्यान्स लगायतका ट्रान्सफर आयले पुँजी निर्माण बढेको हो । व्यापारमा आधारित यो पुँजी निर्माणले अर्थतन्त्रलाई सहयोग गर्ने अवस्था नभएको प्याकुर् याल बताउँछन् । अहिलेको व्यापारमा आधारित पुँजी निर्माणबाट लाभ हुन नसक्ने जनाउँदै उनले भने -उत्पादन र औद्योगिक क्षेत्रबाट पुँजी विस्तार हुन नसकेकोले व्यापार र उद्योगलाई सँगसँगै लगे मात्रै उपलव्धि हुनसक्छ ।ु
रेमिट्यान्सले गर्दा कुल राष्ट्रिय खर्च योग्य आय बढेको छ । लगानीको वातावरण नभएकाले यस्तो आय पनि उपभोगमा नै लागेको छ । ुयस्तो आय लगानीको वातावरण बनेको भए उपभोगमा कम खर्च हुन्थ्योु प्याकुर् यालले भने ।
वातावरण बनेको अवस्थामा कुल राष्ट्रिय खर्च योग्य आय बढदा लगानीमा जान्थ्यो । लगानी नभएकोले उपभोगमा खर्च भएको उनको विश्लेषण छ । गत आर्थिक वर्षमा १८ प्रतिशतले कुल खर्च योग्य आय बढेको छ । अघिल्लो वर्ष २५ प्रतिशतले बढेको थियो । यस्तो आयको वृद्विलाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए । आर्थिक मुद्दालाई प्राथमिकता दिएर राजनीतिक तहबाट पुँजीको विकास हुन नसकेमा विदेशबाट कामदारले पठाएर बढेको राष्ट्रिय खर्च योग्य आय पनि उपभोगमा खर्च हुन उनले बताए । यस्तो रकमलाई लगानी गर्ने वातावरण राजनीतिक तहबाट सृजना हुनपर्ने सुझाव प्याकुर् यालले दिए ।
No comments:
Post a Comment