राज्य नियन्त्रित साम्यवाद र अनियन्त्रित पुँजीवादी व्यवस्थाको विपक्षमा
उत्पादनको वृद्वि राज्य नियन्त्रित व्यवस्थाबाट हुँदैन
आर्थिक विकासका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठ्नॆ
कृषिमा अनुदान पुर्नस्थापना गरिने
शिक्षाका लागि सरकारी र सामूदायिक विद्यालय
घटदो सेयर बजारले लगानी हतोत्साही
नारायण सापकोटा
काठमाडौं असोज ४
मुलुकको सवैभन्दा पुरानो र लोकतान्त्रीक राजनीतिक दल नेपाली काँग्रेस राज्य नियन्त्रित साम्यवाद र परम्परागत अनियन्त्रित पुँजीवादी व्यवस्थाको विपक्षमा देखिएको छ ।
पुँजीवादको गतिशिल पक्ष र समाजवादी व्यवस्थाको समानता र सामाजिक न्यायको सम्मिश्रणबाट आर्थिक सम्वृद्विसगै सामाजिक न्यायको लक्ष्य प्राप्त गर्न सकिने उसको ठहर छ ।
आर्थिक र सामाजिक रुपान्तरणका लागि निश्चित फर्मूला र चमत्कारी बाटो नहुने जनाउँदै काँग्रेसले आर्थिक विकासका लागि राष्ट्रिय सहमतिको बाटो अवलम्वन गर्ने जनाएको छ ।
काँग्रसको १२ अधिवेशनबाट पारित आर्थिक सामाजिक नीति र कार्यक्रममा उसले अवलम्वन गरेको प्रजातान्त्रीक समाजवादको दर्शनमा व्यक्तिको आर्थिक स्वतन्त्रता र उद्यमशीलताको हक र राज्यको भूमिका समेटनुपर्ने उल्लेख छ । काँग्रेस नेता रामशरण महतले यो आर्थिक नीति अधिवेशनमा प्रस्तुत गरेका थिए ।
उदार अर्थनीतिले सृजना गरेको बचत पुँजी र सरकारी राजस्व आयबाट नै समाजवादमुखी जनकल्याणकारी र सामाजिक न्यायका कार्यक्रममा लगानी संभव हुने काँग्रेसको निस्कर्ष छ । नीति तथा कार्यक्रममा पुँजीको विकास नभै आर्थिक विकास सम्भव नहुने र उत्पादन वृद्वि नभै वितरणको काम सम्भव नहुने स्पष्ट पारिएको छ ।
उत्पादनको वृद्वि राज्य नियन्त्रित व्यवस्थाबाट नभै निजी क्षेत्रको पूँजी श्रम र उद्यमशीलता र राज्यको लगानी मैत्रि नीतिबाट संम्भव भएको उसले जनाएको छ ।
उत्पादन र आय वृद्वि नभै सरकारको ढुकुटी बलियो हुन सक्दैन । सरकारको ढुकुटि बलियो बनाएपछि गरिवी निवारण गाउँको विकास कृषिमा िसंचाईको सुविधा स्वास्थ्य सेवा सडक विजुलीमा लगानी बढाएर सामाजिक लगानी बढाएर सामाजिक न्याय दिन र क्षेत्रीय विषमता न्युन गर्न सकिने काँग्रेसले बताएको छ ।
विगतमा अवलम्वन गरिएको उदार आर्थिक नीतिले विषम राजनीतिक परिस्थितिमा समेत आर्थिक परिदृष्य टाट नपल्टिएको दावी उसको छ ।
२० वर्षअघि काँग्रेसले अवलम्वन गरेको नीतिले आर्थिक गति र सम्वृद्वि बढाउन सकिने जनाउँदै शान्ति र राजनीतिक स्थिरता कायम भएमा एक दशकमा नै नेपाललाई अतिकम विकसित राष्ट्रबाट सवल मुलुकमा रुपान्तरण गर्न सकिने अठोट गरेको छ ।
प्रजातान्त्रिक समाजवादको मुल प्रेरणा अनुरुप देशको आर्थिक सम्वृद्वि सामाजिक न्याय विभेदमा परेकोका शसक्तिकरणको नीति काँग्रेसले लिएको छ । शिक्षा स्वास्थ्य आवास खाद्य सुरक्षा रोजगारी लगायत सामाजिक आर्थिक क्षेत्रका आधारभुत सुविधा र सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने उसले जनाएको छ । शैक्षिक र स्वास्थ्य क्षेत्रमा देखिएका द्वैधता र विभेदको अन्त्य गर्ने गरिवीर पछौटेपनबाट देशलाई मुक्त गर्ने प्रतिबद्वता काँग्रेसको छ ।
उत्पादन वृद्वि समाजवादी अर्थ व्यवस्था निर्माणतर्फको पहिलो र आवश्यक पाइला भएको जनाउँदै काँग्रेसले देशको उत्पादन र आय वृद्वि रोजगारीका अवसर बढाउने नीति लिएको छ ।
आर्थिक विकासका लागि राजनीतिक स्वार्थ भन्दा माथि उठेर जलविद्युत विकासलाई उच्च प्राथमिकतामा राख्ने उसले जनाएको छ । कृषि पर्यटन जलस्रोत र पुर्वाधार विकासलाई काँग्रेसले आर्थिक विकासको मेरुदण्ड र रोजगारी प्रर्वद्वन गर्ने दिगो क्षेत्रका रुपमा विकसित गर्ने नीतिमा छ । नेपाललाई दक्षिण एशियाकै जलविद्युत उर्जा घर बनाउने घोषणा काँग्रेसले गरेको छ ।
कृषि क्षेत्रको विविधिकरण र व्यवसायीकरणबाट कृषिमा आश्र्ति अधिकां नेपालीको जीवनस्तर सुधार्न सकिने नीतिमा छ । कृषिबाट रोजगारी बढाउन र सामाजिक असमानता घटाउने दृष्टिकोषण उसको छ । विगतमा अनुदानको विपक्षमा रहेको काँग्रेसले कृषिमा अनुदान पुर्नस्थापना गर्ने घोषणा गरेको छ ।
उद्योगहरुलाई आगामी ३ वर्षमा उर्जा संकटबाट मुक्त गर्ने योजना काँग्रेसले अगाडी सारेको छ । उद्यमी व्यवसायी र लगानीकर्तालाई लगानीका लागि पूर्ण सुरक्षाको अनुभूती दिने उसले जनाएको छ ।
काँग्रेसले अवलम्वन गरेको आर्थिक नीतिबाट लगानीकर्ता आकर्षित हुन र भविस्यप्रति आश्वस्त हुनसक्ने नीतिमा छ । यसका लागि सुरक्षाको प्रत्याभूति बलपूर्वक बन्द र हड्ताल अन्त्य गरि शान्ति र सुशासनको प्रत्याभूति आवश्यक भएको उसले जनाएको छ ।
भूमिलाई आधुनिक रुपमा औद्योगिकखेती वन वस्तीपर्यटन लगायतमा उपयोगका आधारमा भू उपयोग नीति तर्जुमा गरिनुपर्ने काँग्रेसले जनाएको छ । भूमि प्रशासनलाई आधुनिक बनाउन बैज्ञानिक भूमिसुधारको कार्यान्वयन गर्ने प्रतिबद्वता काँग्रेसले गरेको छ ।
आर्थिक रुपान्तरण र आधुनिकीकरणका लागि देशमा चौतर्फि पूर्वाधारको विकास गरि देशका कुनाकाप्चा सम्म आर्थिक अवसर सृजना गर्ने वचन काँग्रसले दिएको छ । विगतमा उसले सुरु गरेका वृहद आयोजनाको नामावली प्रस्तुत गर्दै काँग्रेसले वृहद राजमार्गको सन्जाल देशभर विस्तार गर्ने घोषण गरेको छ । प्रस्तावित संघीय प्रणाली अन्तरगत प्रान्तीय राजधानीलाई आर्थिक विकास केन्द्रको रुपमा विकसित गर्ने नीति अवलम्वन गरिने भएको छ।
काँग्रेसले सुरु गरेको मेलम्ची खानेपानी आयोजना र चक्रपथलाई स्तरोन्नती गर्ने कार्यक्रमलाई तिब्रता दिने उसको नीतिमा छ । पुर्व पश्चिम विद्युतीय रेलमार्ग भारत र चीनको सिमानाका नाका जोड्ने उत्तर दक्षिण दु्रत मार्ग २५ हजार किलोमिटर स्तरिय कालोपत्र सडक देशका सवै भागमा पुर्ण विद्युतको पहुँच पुर् याएर आर्थिक पूर्वाधारको सुदृढ आधार निर्माण गरिने काँग्रेसले जनाएको छ । यी आयोजनालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै उसले देशका प्रमुख शहर र धार्मिक स्थलमा पनि विस्तार गर्ने बताएको छ ।
आधारभूत शिक्षा र स्वास्थ्य राज्यले सुनिश्चित गर्नुपर्ने मौलिक अधिकारका लागि नीतिको पुनरावलोकन गर्ने उसले जनाएको छ । विद्यालयबाट उत्पादित दुई किसिमको शैक्षिक उत्पादनको अन्तरलाई समाप्त गर्दै देशभरका सरकारी एवं सामुदायिक विद्यालयको सुधार अभियान प्रभावकारी रुपमा साचालन गरिने काँग्रेसले बताएको छ । प्राविधिक व्यवसायिक शिक्षा मार्फत रोजगारीका अवसर सृजना गरिने उसको नीतिमा छ । प्राविधिक विद्यालय खोल्ने योजना पनि काँग्रेसले अगाडी सारेको छ । आगामी ५ वर्षभित्र सवैका लागि शिषाको लक्ष्य प्राप्त गर्न कि्रयाशिल सदस्य र भातृ संस्थाको सकि्रय सहभागीता रहने काँग्रेसले जनाएको छ ।
स्वास्थ्य सेवाको बढ्दो व्यापारीकरण नियन्त्रण गर्नुपर्ने नीतिमा छ । आयुर्वेद शिक्ष र आधुनिक चिकित्सा प्रणालीलाई एकिकृत गर्दै राष्ट्रिय चिकित्सा प्रणालीको रुपमा विस्तार गरिनुपर्ने उसले जनाएको छ । ६५ वर्ष उमेर पुगेका नागरिकका लागि निशुल्क स्वास्थ्य सेवा उपलव्ध गराइने नीतिमा छ ।
उत्पादनमुलक कार्यमा लगानी गर्न इच्छुक विपन्न वेरोजगारका लागि सहुलियत र सुविधापूर्ण ऋणको व्यवस्था गर्ने वचन उसले दिएको छ ।
सेयर बजारको घट्दो अवस्थाले लगानी प्रोत्साहन नहुने काँग्रेसले जनाएको छ । छरिएर रहेको बचतलाई पूँजीगत लगानीमा आकर्षित गर्न पूँजी बजार र धितोपत्र बजारको विकास आवश्यक भएको उसको विश्लेषण छ । सेयर बजारमा गैर आवासिय नेपालीको पुँजी आकर्षित गर्न आवश्यक भएको उसको नीतिमा छ ।
No comments:
Post a Comment